बेलारूसका समकालीन कलाकारका रूपमा स्लोबोदान ट्रेपेवस्की चिनिन्छन् । उनी सन् १९५९ मा मेसेडोनियामा जन्मिएका उनले चित्रकारिताभन्दा पहिला ग्राफिक डिजाइनको काम गरेका थिए ।

सन् १९८९ यता भने राजधानी मिन्स्कमा बसोबास गर्दै आइरहेका छन् भने १९९२ देखि भने उनले आफूलाई पू्र्णतः चित्रकलामा नै होमिदिएका छन् ।

उनका चित्रकला बेलारूसमा मात्र लोकप्रिय नभई रूस, जर्मनी, इजरायल, अमेरिका तथा क्यानडामा पनि उत्तिकै रूचाइएका छन् ।

उनलाई चित्रकलामा आकर्षित गर्ने भनेको बेलारूसका सुन्दर प्रकृतिले नै हो । खासगरी गर्मीयामको बेलारूसले उनलाई चित्र कोराउँछ । उनलाई हिउँले ढाकेको प्रकृतिले पनि उत्तिकै लोभ्याउँछ । उनका चित्रकलामा प्रायः पहारिला र हिउँले ढाकेका जंगल नै बढी देखिन्छन् ।