सुखी यौन जीवनको सूत्र बाँड्ने एक अमेरिकी प्राध्यापक र उनकी पत्नीको जागिर खोसुवामा परेको छ । प्राध्यापक जो गोवले आफ्नै घरको बैठक कोठमा आफू र पत्नी कार्मेन विल्सन रतिरागमा सक्रिय फिल्म निजी प्रयोगका लागि खिचेको भए पनि पछि अश्लील साइटमा समेत राखेको खुलासा भएपछि गोव र उनकी पत्नीको जागिर खोसुवामा परेको हो ।
दुवै पतिपत्नीले आफूलाई ‘सुपर ह्यापी कपल’का रुपमा चिनाउँदै आएका थिए । अश्लील भिडियो सार्वजनिक भएको महिना दिनपछि विश्वविद्यालयले दुवैको सो गतिविधिमाथि अनुसन्धान गरेको थियो । पछि सो कुरा प्रमाणित भएको भन्दै प्राध्यापक गोवले पढाउने युनिभर्सिटी अफ विस्कन्सन–ला क्रोसेले उनको जागिर खोसेको हो । उनलाई पढाउन प्रतिबन्ध लगाइएको छ ।
मनोविज्ञानकी प्राध्यापक समेत रहेकी उनकी पत्नी विल्सन प्राध्यापक गोवको सहयोगीका रुपमा सोही विश्वविद्यालयमा काम गर्ने गरेकी थिइन् । उनको जागिर पनि तत्काल खोसुवामा परेको छ ।
यी दुईले २०१४ मा बिहे गरेका थिए । दुवै जना मिलेर नक्कली नाममा दुई वटा पुस्तक समेत लेखेका थिए । ‘म्यारिड विद बेनिफिट्सः आवर रियल लाइफ एडल्ट इन्डस्ट्री एडभेन्चर्स’ र ‘मोनोगामी विद् बेनिफिट्सः हाउ पोर्न इनरिच आवर रिलेसनसीप’ शीर्षकका किताब सर्वसाधारणले रुचाएको दाबी पनि गरिएको थियो ।
दुई महिनाअघि यो जोडीले आफ्ना भिडियो सार्वजनिक गरेका थिए । लगत्तै प्राध्यापक गोवले आफू चान्सलर पदबाट राजिनामा दिने बताएका थिए ।
युट्युबमा यो जोडीले ‘सेक्सी हेल्दी कुकिङ’ शीर्षकको भिडियो समेत बनाउने गरेको थियो । सो भिडियोमा अश्लील फिल्मका नायक–नायिका निम्त्याइन्थे । उनीहरूले प्राध्यापक दम्पतिको घरमा खाना बनाउँछन्, खान्छन् र त्यसपछि यौनक्रियामा लिप्त हुन्छन् । यौनमा लिप्त भएको भिडियोलाई भने युट्युबमा राखिदैनथ्यो । पछि ‘वन्ली फ्यान्स’ नामक अश्लील भिडियो साइटमा प्राध्यापक गोवले राख्ने गरेका थिए ।
उनीहरूले यस्ता अश्लील क्रियाकलापका गतिविधि लोकप्रिय साइटहरू पोर्नहब र एक्सह्यामस्टरमा पनि राखेका थिए । ती वेबसाइटमा कसैले दुई प्राध्यापकहरूलाई चिनेपछि विश्वविद्यालयलाई जानकारी दिएका थिए ।
मनोविज्ञानकी प्राध्यापक पत्नी कार्मेन विल्सन भन्छिन्, ‘हाम्रो भिडियो यति चाँडै चर्चित होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं । यति छिटो १० लाख बढीले हेरेछन् ।’
उता विश्वविद्यालय बोर्डले भने यस्तो वाहियात सिर्जना भन्दै उनीहरू दुवैलाई जागिर निकाला गरेकामा आश्चर्य नलागेको विल्सन बताउँछिन् । जब उनले आफ्नी आमालाई अश्लील भिडियोका कारण जागिर गएकोबारे बताइन्, आमा निकै रिसाएको बताइन् ।
उता अश्लील फिल्म उद्योगले भने उनीहरूको यस हिम्मतका लागि थपथपाउँदै उनीहरूसँग काम गर्न इच्छुक रहेको विल्सनले जानकारी दिइन् ।
घटना सार्वजनिक भएयता किनमेल राति हुँदो मात्र गरिरहेको दुवैले बताएका छन् । स्थानीय अखबारले दुई दिनअघि मात्र प्राध्यापक गोवलाई ‘स्थानीय वर्ष व्यक्ति’ घोषणा गर्न लागेको थियो तर पछि उनी विश्वविद्यालयको निकालामा परेको खबर छापेको थियो ।
उनीहरू अश्लील फिल्म बनाउने धन्दामा लागेको थाहा पाएपछि केही कुराकानी गर्न इच्छुक रहेको तर केहीले भने जीवनभर नबोल्नू भन्दै छड्किने गरेको गोव बताउँछन् । गोव चाहिँ आफूले संविधानसम्मत काम गरेको र यस्तो कार्य कुनै आपराधिक कार्य नभएको बताएका छन् ।
उता विश्वविद्यालयले भने चान्सलर पद देशको ‘रोलमोडल’ हुनुपर्नेमा यस्तो इज्जतै खाने काममा लागेको भन्दै दुःख व्यक्त गरेको छ ।
गोव १७ वर्षदेखि सो विश्वविद्यालयमा चान्सलर पदमा थिए । सामाजिक सञ्जालमा केहीले भने उनीहरुको भिडियोमा वयस्कको यौनजीवन, शाकाहारी जीवन, अश्लील भिडियोका बारेमा छलफल गरिने भएकाले ती जानकारीमूलक रहेको भन्दै समर्थनसमेत गरेका छन् ।
गोव भन्छन्, ‘अधिकांश कलेजका युवा अश्लील फिल्म, अश्लील वेबसाइटमा गएर हेर्छन् । अनि हामीले यसका बारेमा स्वस्थ छलफल गर्न किन नमिल्ने ?’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।