जाडोको मौसममा इम्बली पार्क सरे पछि फ्लोरेन्सले गणितको अध्ययन फेरि सुरु गरिन् । यो काम उनले गोप्य रूपमा गर्न थालिन् र उनले साथीहरू र नातेदारहरूलाई थुप्रै चिठ्ठी लेखिन् ।

यी चिठ्ठीहरूबाट धेरै मान्छेहरूले उनको मानसिक स्थिति कमजोर भएको बिचार गर्न थाले। उनको पत्रहरूबाट यो थाहा लाग्यो कि उनी आफूले आफैलाई “कठै बिचरा” भनी रहेकी थिइन् । यति धेरै कि बिना कारण अरूसित डराउने मानसिक रोग (Paranoid) को सिमामा पुग्नै लागेकी छिन् । क्लार्कीले बारोन बन्सेनलाई जर्मनीबाट सम्पर्क गरेर फ्लोरेन्सलाई सहयोग गर्न केही गर्नुपर्ने सुझाव दिए। अरू साथीहरू र चिने जानेकाहरूले वरिपरि जुलुसनै गरे। उनको इच्छा के छ भन्ने थाहा पाएर उनीहरूले अस्पताल र नर्सिंड सम्बन्धी पाए जति सूचना बटुलेर फ्लोरेन्स कहाँ पठाउन थाले ।

प्रत्येक दिन झिसमिसे उज्यालोमा नोकरहरू आएर पर्दा खोल्नु अघि र उनलाई उठाउनु अघि नै उनी उठेर दुई घण्टा अस्पताल व्यवस्थापन र वार्षिक प्रतिवेदनको अध्ययन गर्थिन्। तर ती सबै “आधिकारिक” कागजपत्र हुन्थे र धेरै धेरै पुरानो भैसकेका हुन्थे । फ्लोरेन्सलाई थाहा भयो कि त्यहाँ उनले जान्न चाहेका धेरै कुराहरू थिएनन् ।

दुखेको थाहा नपाउने औषधी (Anaesthetics) पत्ता लाग्नु भन्दा पहिलेका दिनहरूमा अप्रेसन गर्दा यातना दिए जस्तो हुने अवस्थामा दुखाई कम गर्ने एक मात्र उपाय बिरामीलाई बेस्सरी रक्सी खुवाउनु थियो । अथवा अफिम र त्यही अफिमबाट बनेको लाउडानम (Laudanum) भन्ने खतरनाक पदार्थहरू खुवाइन्थ्यो ।

ती सबै पदार्थहरू सम्भवतः ज्यानमारा खालका हुन्थे । रक्सी एउटा रक्तस्राबलाई अत्यन्त बढावा दिने पदार्थ हो । यस्तो पदार्थ अप्रेसन गर्नुपर्ने मान्छेले खाँदा झन् कस्तो होला । प्रायः बिरामीहरू रक्तस्रावको कारणले मर्थे र यसरी कोही लामो समयसम्म उपचारको लागि अस्पतालमा बसेर निस्कँदा कित जड्याहा वा लागु औषधी सेवन गर्ने भएर निस्कन्थे। यदि उनीहरू अस्पतालबाट बाँचेर निस्के पनि त्यो रक्सी र अफिमको कारण केही समय पछि जसरी पनि मर्थे ।

अस्पतालहरू यति नराम्रो अवस्थाका हुन्थे कि मानिसहरू त्यहाँ जा भनेपछि डरले भयभीत हुन्थे । विशेष गरी अप्रेसन गर्ने भने पछि । य उनीहरूले सकेमा अस्पताल लग्न खोज्ने मान्छेसित “म जान्न” भनेर लहर खोज्थे। बिरामीहरूलाई यस्तो लाग्थ्यो कि अस्पताल जाने मान्छे चाहे त्यो जवान होस् वा बुढो, धेरै जना जिवितै फर्कँदैन । गर्भवती महिलाहरू प्रायले आफ्नो भर्खर जन्मेको बच्चा गुमाउँथे । आमाहरू पनि थोरै जना मात्र बाँच्थे।

बहुसङ्ख्यक साधारण सरसफाइको अभावमा मर्थे । डाक्टर र नर्सहरुले राम्ररी हात नधोईकन एक जना महिलाको बच्चा जन्माई दिन्थे र फेरि हात राम्ररी नधोईकन अर्कीलाई सहयोग गर्थे । सायद ती महिलामा सरुवा रोग पनि हुन सक्थ्यो ।

अति नराम्ररी पाकेको, सडेको घाउको ड्रेसिङ गरेर नर्सहरू सिधै अको एम्पुटेसन गरेको बिरामी कहाँ वा एपेन्डिक्सको अप्रेसन गरेको बिरामी कहाँ जान्थे। अप्रेसनमा प्रयोग हुने चक्कुहरू कहिल्यै पनि धोइन्नथ्यो । घाउ-चोट सिलाउने सियोहरू धेरै चोटि प्रयोग गरिन्थ्यो । अप्रेसन गर्दा डाक्टर नर्सहरूले लाउने लुगाहरूमा रगतले भिजेर सुकेर कडा भएको हुन्थ्यो । अप्रेसन गर्ने डाक्टरहरू त्यस्तो लुगामा घमन्ड गर्थे । किनभने लुगामा धेरै रगतका टाटा पाटा देखियो भने त्यो डाक्टरले धेरै मान्छेहरूको अप्रेसन गरेको मानिन्थ्यो।
बिरामीहरू सुत्ने वार्डहरू नराम्ररी गन्हाउँथे र यति कोचाकोच हुन्थ्यो कि बेडहरूको बिचबाट हिँड्ने बाटोसम्म हुँदैनथ्यो । बिरामीको रेखदेख गर्ने त कुरै छोडौँ, नर्सहरू बिरामीको बेडमा बिरामी सँगै सुत्नु सामान्य कुरा थियो ।
फ्लोरेन्सले यस्ता डरलाग्दा तथ्यहरू पढिन् । उनले यो कुरा बुझिन् कि दुखेको थाहा नहुने औषधी पत्तो लागेपछि त्यस्तो अवस्थामा केही सुधार आएको थियो। तर प्रभावशाली व्यक्तिहरू खडा नभएसम्म अरू कुराहरूमा कहिल्यै सुधार आउने वाला थिएन । यस कारण उनले आफ्नो अध्ययनमा राजनीति शास्त्र पनि थपिन् ।
यसरी तीन वर्ष बित्यो । उता त्यसै समयावधि भर रिचर्डले उनलाई पछ्याई रहेका थिए। विवाह प्रस्ताव गरिरहेका थिए । फ्लोरेन्सले पनि रिचर्डलाई धेरै माया गर्थिन् र परमेश्वरको बोलावट भन्ने कुरो उनको बिचारबाट हटेको थिएन ।

यसै बेला माइजू माई र मामा ओक्टाभिअस फ्लोरेन्सकी आमा फ्यानी र बाबा विलियम (वेन)लाई फ्यानीलाई काइजरवर्थ (जर्मनी) गएर उनी आफै यो सबै के रहेछ भनेर हेर्न जान दिनुस् भनेर मनाई रहेका थिए । बन्सेन र मोहल परिवारको दबाबमा अन्तमा फ्यानी र वेनले छोरी फ्लोरेन्सलाई दुई हप्ताको लागि जाने अनुमति दिए । जेठी छोरी पार्थेनोप पनि सँगै जर्मनी जाने। तिनी फ्राङ्कफोर्ट (जर्मनी) मा क्लार्की र उनका नयाँ पतिसित बस्ने, फ्लोरेन्स उनले भनेको ठाउँमा जाने सर्तमा ।

त्यसैबेला जर्मनीमा क्रान्ति हुन लागेको खबर आयो । आमा फ्यानी यो जर्मनी जाने योजना त्याग गर्नुपर्ने परिस्थिति आएकोमा खुसी भइन् र वर्सेस्टरसाएरको मालवर्न जहाँ प्राकृतिक रूपमा विशेष खालको पानी (Spa) प्रशस्त थियो त्यहाँ जाने योजना बनाइन् ।

फ्लोरेन्सलाई विश्वासै गर्न गाह्रो भयो। फेरि पनि उनले सोचेको कुरा र उनको योजनामा कुठाराघात भएको थियो। के प्रभुले म माथि निर्दयी खेल खेल्नु भएको होत? उनले सोचिन् । यसो हो भने के म मनमा विद्रोही हुने तर बाहिर देखाउनलाई परमेश्वरकी आज्ञाकारी छोरी हुने होत? उनले आफ्नै मनमा प्रश्न गरिन् । के मैले मुखले उहाँकै (प्रभुकै। सेवा गर्छु भन्ने तर मनमा रिचर्ड मोङ्गटनलाई माया गर्ने होत? सबै प्रकारका प्रश्नहरू उनको मनमा आइरहे ।

सन् १८४९मा रिचर्डले फ्लोरेन्सलाई चिनेको सात वर्ष भएपछि उनले फेरि विवाह प्रस्ताव राखे । तर यसबेला फ्लोरेन्सले पहिले जस्तो नम्रता पूर्वक सोच्ने समय दिनुस् नभनेर सिधै इन्कार गरिन् ।। “म कहिल्यै पनि कसैसित बिहे गर्दिन” भनिन् ।

अब पक्कैपनि परमेश्वरलाई यो प्रमाण हुने छ की उनले गर्न खोजेका कुराहरू सही हुन् । परमेश्वर उनीसित एकचोटी बोल्नु भएको थियो नै । उहाँले फेरि बोलाउनु हुनेछ र उनी त्यसको उत्तर दिन तयार हुने छिन ।

जब यो कुरा उनको परिवारले सुने, तिनीहरू रिसले चुर भए । आमा फ्यानी फ्लोरेन्सको बाबा वेनसित बिहे गर्दा कति वर्षकी थिइन् भन्ने कुरा सम्झाउँदै भनिन् कि फ्लोरेन्स त तिस वर्षकी भै सकी। विवाह गर्ने यो नै अन्तिम मौका हो। अब यो मौका गुम्यो भने कुनै पनि पुरुषले विवाह प्रस्ताव राख्ने छैन ।

पार्थेनोप उनको बैनीसित बोल्दा पनि बोलिन् । फ्लोरेन्सले बिहे नगरेमा उनीप्रति कसैले चासो राख्ने छैन भन्ने सोँच्थिन पार्थेनोपले । आमा फ्यानीले फ्लोरेन्सलाई यस्तो नराम्रो व्यवहार गर्न थालिन् कि, फ्लोरेन्सको दिमागनै झण्डै खुस्कियो । यति हुँदाहुँदै रिचर्डलाई गुमाउनु परेकोले उनको हृदयमा आघात परेको थियो । उनी खान र सुत्न नसक्ने भइन् । दिन प्रतिदिन कुण्ठित Depressed) हुँदै गइन् ।

त्यसपछि प्रभु उनी कहाँ नसोचेको तरिकाले प्रकट हुनुभयो । ब्रासेब्रिज परिवार मिश्र देश र ग्रिसमा लामो छुट्टीमा जाँदै थिए । नोभेम्बरमा यसअघि रोममा छुट्टी गएको बेला फ्लोरेन्स पनि साथमा हुँदा कति रमाइलो भएको थियो भन्ने कुरालाई मध्यनजर राखेर उनीहरूले फ्लोरेन्सलाई पनि छुट्टीमा मिश्र देश सँगै जाऊँ भने ।

तर फ्लोरेन्सलाई यो यात्रा पहिलेको जस्तो रमाइलो लागेन । उनले रिचर्डलाई सम्झिन्थिन् र उसलाई मैले किन अस्वीकार गरे हुँ भनेर पछुताउ गरी रहन्थिन् । उनी एउटा उदार दिमाग भएका मानिस थिए । उनीसित बिहे गरेको भए म मेरो इच्छा अनुसार चल्न पाउने थिएँ- नर्स हुन पाउने थिए भन्ने उनी सोच्थिन् । तर फेरि सोच्न थालिन् । यदि बिहे गरेको भए एउटी विवाहित महिला घर बाहिर अस्पतालको नर्स हुन कसरी पो सम्भव हुन्थ्यो होला र ?

तिनीहरूले ख्रीष्टमस र नयाँ वर्ष मिश्र देशमा मनाए । तर फ्लोरेन्सले ती समारोहहरू, राजाहरूका उपत्यकाहरू हेर्न र पिरामिडहरू हेर्नमा थोरै मात्र चासो राखिन् । उनले हिरग्लिफिक (Hieroglyphics) को अध्ययन गर्ने कोसिस गरिन् । यस बेला उनले कुनै पनि कुरामा धेरै बेर दिमाग केन्द्रित गर्न सक्तैन थिन् । उनको दुखितपना र चिन्ताले गर्दा चार्लस् र सेलिनालाई असर गरिरहेको थियो । यसैले एकदिन नाइल नदीमा डुङ्गामा भएको बेला उनीहरूले छुट्टी छोट्याउने विचार गरे ।

उनीहरूको अर्को रोकिने ठाउँ कार्नाक थियो । यो ठाउँ आदि कालका थेबेहरुको बस्ती थियो। त्यहाँबाट तिनीहरूले रामासी मन्दिर र हाइपोस्टिल हलको भग्नावशेष देख्न सक्थे । बाटोमा हिँड्दै जाँदा उनीहरूले स्फिङस्हरु (Sphinxes) पनि देख्न सक्थे (यो भनेको मिश्र देशमा ढुङ्गा कुदेर बनाएको एउटा जनावरको मूर्ति हो, जसमा टाउको मान्छेको र शरीर सिंहको हुन्छ । यही नै मार्च सन् १८५० मा एक छिन् सुस्ताउन बसेको बेला चौध वर्ष पछि परमेश्वरले फ्लोरेन्सलाई फेरि बोलाउनु भयो । अब उनलाई थाहा भयो कि उनले माया गरेको मान्छेसित बिहे नगरेर ठिकै गरेछु। अब आफू प्रभुको सेवामा लाग्न योग्य भएको प्रमाणित भएको उनलाई लाग्यो ।

उनी एकाएक यात्राका अरू साथीहरूको बिचमा खुसी देखिन थालिन् र उनले यो छुट्टी मनाउने यात्राप्रति चासो देखाउन थालिन् । त्यहाँबाट घुम्न जाने अर्को ठाउँ ग्रिस थियो । मे मैनामा ग्रिसको एथेन्समा पुगे पछि उनले एक्रोपोलिस र ओलम्पस पहाडको सर्भे गर्ने बिचार गरिन् ।

त्यस बेला एउटा चराको बच्चा गुँडबाट भुईँमा खस्यो र छटपटाई रहेको थियो । फ्लोरेन्सले यसको कुशलता पूर्वक उद्धार गरिन् र यसको नाम एथेना दिइन् र बाँकी रहेका यात्राका दिनहरू भरी यसलाई साथमै लिएर हिँडिन् ।

ब्रासेब्रिज परिवारले फ्लोरेन्स काइजरवर्थ जान नपाएकोमा निराश भएकी छिन् भन्ने जानेर त्यो यात्राबाट फर्किने बेला जर्मनीको बाटो भएर फर्कने विचार गरे। जहाँ उनले त्यो ठाउँ (काइजर वर्थ) देख्न सक्थिन् ।

जब ग्रिस छोड्ने समय आयो तिनीहरूले त्यो योजना फ्लोरेन्सलाई बताए । यो सुनेर उनी खुसीले झन्डै फेन्ट भइन् ।

जर्मनीको यात्रामा उनले टुरिस्टहरू जाने ठाउँहरू जस्तै ठुला ठुला चर्चहरू (Cathedrals), ग्यालरीहरू, दरबारहरू आदि भएका ठाउँहरू घुम्ने विचार त्यागिन् । यसको सट्टामा उनी अस्पतालहरू, अनाथालयहरू र अन्तमा काइजरवर्थको भ्रमण गरिन् । त्यहाँ फ्लोरेन्सले दुई हप्ता बिताइन् ।

यो एउटा धार्मिक संस्था भएकोले ननहरूको नियममा कडाइका साथ चल्नु पर्दथ्यो । विद्यार्थीहरू बिहान ५ बजे उठ्छे र करिब एक घण्टा काम गर्थे । ६ बजेर १० मिनेटको लागि बिहानको खाना (Breakfast) खाने छुट्टी हुन्थ्यो । यो खानेकुरामा एउटा पाउरोटी र केही पातलो पोरिज हुन्थ्यो । त्यसपछि फेरि काममा जानुपर्थ्यो ।

मध्य दिनमा फेरि अर्को १० मिनेट छुट्टी हुन्थ्यो, जुन वेला उनीहरू तरकारीको झोल खान्थे । ३ बजे फेरि अर्को १० मिनेट जुन बेला उनीहरू पाउरोटीको टुक्रा र एक कप चिया खान्थे । ७ बजे उनीहरूको अन्तिम १० मिनेट छुट्टी हुन्थ्यो, जुन बेला उनीहरू अरू थप तरकारीको झोल खान्थे । त्यसपछि तिनीहरू धार्मिक अध्ययनमा लाग्थे, जसमा बाइबलबाट लामो पाठ पढिन्थ्यो ।

कहिल्यै नसकिने जस्तो लाग्ने प्रार्थना दिनभरि गरिन्थ्यो। साथै नर्सिङ अध्ययन, घरको कामहरू पनि गरिन्थ्यो। जस्तै लुगा धुने, भुई पुछ्ने आदि ।

चिकित्सा सम्बन्धी तालिम एकदम तल्लो स्तरको थियो । किनभने पढाउनेहरूसित आवश्यक ज्ञान थिएन । ठुलो रूपमा जुडिबुटी औषधीको प्रयोग गरिन्थ्यो । सरसफाईको स्थिति अत्यन्त तल्लो स्तरको थियो। तर पनि बिरामीहरूको रेखदेख र माया ममता भने चमकदार थियो । विशेष गरी बालबच्चाहरूले राम्रो हेरचाह पाउँथे ।

उनीहरू खेलहरूमा रमाउँथे । कथाहरू सुनाइन्थ्यो । गीतहरू गाइन्थ्यो र सबभन्दा महत्त्वपूर्ण उनीहरूलाई चुप्प खाने, काखमा लिने गरिन्थ्यो।

त्यस ठाउँमा फ्लोरेन्स एकदम लोकप्रिय भएकी थिइन् र उनले मेहनत साथ काम गर्थिन् ।

सेलिनाले फ्लोरेन्सकी आमा फ्यानीलाई चिठ्ठी लेखिन् । चिठीमा फ्लोरेन्सले अप्रेसन गर्ने ठाउँ जहाँ एकजनाको खुट्टाको अप्रेसन भएको थियो त्यहाँ कस्तो प्रतिक्रिया जनाइन् भन्ने कुरा लेखिएको थियो ।

यस कुराले फ्यानीलाई रिसले आँखा नदेख्ने बनायो । मेरो छोरीले  यस्तो “गैर महिला” काम गर्ने, भनेर यसरी रिसाएकी थिइन् । यो कुरा उनले आफ्नी जेठी छोरी पार्थेनोपलाई भनिन् ।

फ्लोरेन्सले पनि घरमा चिठी लेखिन् । चिठ्ठीमा उनले त्यो काइजरवर्थ भन्ने ठाउँ कति राम्रो थियो भनेर व्याख्या गरेकी थिइन् । तर उनको चिठ्ठीहरूको उत्तर आएन ।

त्यति भएता पनि फ्लोरेन्स त्यो काइजरवर्थ संस्थासित यति प्रभावित भएकी थिइन् कि उनले यसको बारेमा एउटा सानो पुस्तिका लेखेकी थिइन् र घर फर्केपछि त्यसलाई छपाउने मनसाय राखेकी थिइन् ।

त्यो छुट्टीको अन्तमा ब्रासेब्रिज परिवारले फ्लोरेन्सलाई घर पुऱ्याए । यस बेला उनमा वर्षौं देखि नदेखिएको तन्दुरुस्तपना र खुसीयाली देखिएको थियो । तर फ्लोरेन्सकी आमा र दिदी उनीहरूको वरिपरि घुमे र उनीहरूलाई धोकेबाज भन्न थाले । उनीहरू फ्लोरेन्स तिर फर्केर उनलाई अनाज्ञाकारी छोरी भनेर बेसरी गाली गर्न थाले ।

फ्लोरेन्सले पनि बहस गर्न थालिन् कि काइजरवर्थ सबै भन्दा आदर योग्य ठाउँ थियो । जहाँ जो कोही पनि जान सक्छ । तिनीहरूलाई थाहा नै थियो कि एलिजावेथ फ्राई बर्षौ पहिले त्यहाँ गएकी थिइन् र नर्सिङको स्तरमा सुधार हुनुपर्छ भन्ने सुझाव दिएकी थिइन् । तर फ्लोरेन्सले भनेका यी सबै कुराहरू बहिरा कानहरूमा पुगेका थिए । त्यो संस्थाको बारेमा बोल्नसम्म पनि रोक लगाइयो र उनी त्यो ठाउँमा गएको कुरा कसैलाई पनि नभन्ने भनियो । यदि फ्लोरेन्स त्यहाँ गएको कुरा फैलियो भने यो बिजेत सही नसक्नु हुनेछ भनेर ।

उनले सानो स्वतन्त्रता पाएर नर्सिङमा लागेको अनुभव गरे तापनि घरमा उनको जीवन खपी नसक्नु थियो । आमा फ्यानी र दिदी पार्थेनोप फ्लोरेन्ससित प्रत्येक क्षण कराउने, झगडा गर्ने गर्थे ।

एक किसिमले उनी अब “अधबैँसे” भै सकेकी थिइन् । उनलाई यस्तो अडर दिइन्थ्यो कि उनले बुढी हुँदै गएकी आमासित सँगसँगै हुनुपर्ने, खेल्नुपर्ने Companion) र दिदीको आदर गर्नुपर्ने ।

अक्टोबरमा निकोल्सन् परिवारसितको खाडल (मनमुटाब) सञ्चो भएको थियो । हेन्री निकोल्सन् स्पेनमा पानीमा डुबेको दुखद समाचार आएपछि यो निको भएको थियो। उनीकी आमा वेदनाले भुईँमा पल्टेकी थिइन् । उनले फ्लोरेन्सलाई आफ्नो नजिक भएको चाहन्थिन् । किनभने फ्लोरेन्स उनले माया गर्ने केटी थिइन् ।

मारियानले हालै एउटा निर्माण सम्बन्धी इन्जिनियरसित बिहे गरेकी थिइन् । उनको नाम क्याप्टेन डग्लस गाल्टन थियो । उनी पनि त्यति बेला वेभरली मै थिए । अब उनको भाइको मृत्यु भै सकेकाले मरियान फ्लोरेन्ससित अझ बढी रिसाइन् र उनी त्यहाँ होउन्जेल उनलाई पुरै बेवास्ता गरिन् ।

काकी आनी (Anne) लण्डनमा हेन्रीको कोठामा गएर सामान प्याक गर्न सकिनन् । यसैले उनीसित फ्लोरेन्स गइन् र सबै चिजहरू देखिन् । तर एक हप्ता नपुग्दै फ्यानी र पार्थेनोपले उनलाई इम्बलि पार्क घरमा फर्कन भनी रहेका थिए । त्यहाँ उनको बढी खाँचो थियो। फ्लोरेन्सले वेभरलीमा रहन दिन बिन्ती गरिन् र अरू थप दुई दिन पाइन् ।

जब उनी घरमा आइन् उनका बा-आमाले उनको नर्स हुने इच्छा मन नपराए तापनि तिनीहरूले छिट्टै उनको तालिमबाट फाइदा लिए। बेन आँखाको उपचार गर्न लन्डन जाँदै थिए। त्यति बेला उनको रेखदेखको लागि फ्लोरेन्सलाई पनि साथै लाने कुरो भयो ।

यदि उनले नर्स काम गर्न चाहेमा त्यही परिवार भित्रैमौका थियो । तीन वर्षसम्म उनले त्यसरी नै काम गरिन् । बिरामी नातेदारहरूलाई बोलाएको बेला गएर नर्सिङ सेवा दिने । नबोलाएको बेला उनले कहिल्यै अत्य नहुने चिठ्ठीहरू लेखेको लेख्यै गर्थिन् र पढेको पढ्दै गर्थिन् ।

उनी अब सानी बच्ची थिइनन् । उनी एउटा परिपक्को महिला भैसकेकी थिइन् । उनी आफ्नो भविष्यको बारेमा आफै सोच्न सक्थिन । एकतिस वर्षकी महिलालाई परिवारमा कैदी जस्तो बनाएर राख्नु एउटा हास्यास्पद कुरो थियो । उनी अब आफ्नो दिमागले काम गर्नकोलागि, आफ्नो दिमाग ठिक राख्नकोलागि जति सक्यो छिटो घरबाट भाग्नु थियो ।

तब उनलाई अर्को चिन्ता लाग्न थाल्यो । उनको व्यक्तिगत सामानहरू कसरी लग्ने । सामानहरू उनको आफ्नै थिएनन् ।

ती दिनहरूमा विवाह नगरेकी महिलाहरू उनीहरूको बाबाको अधीनमा हुन्थे । विवाह गरेपछि आफ्नो श्रीमान्को अधीनमा हुन्थे । बाबाको घरबाट ल्याएको सबै सामानहरू उनको श्रीमान्को सम्पत्ति हुन्थ्यो । केवल अविवाहित वा पतिको मृत्यु भएकाहरूले आफ्नो बाबाको वा पतिको सम्पत्ति उपभोग गर्न पाउँथे । त्यसमा पनि त्यो सम्पत्ति चलाउने मान्छे एउटा पुरुष हुनु जरुरी हुन्थ्यो ।

यसैले फ्लोरेन्स उनकी आमाले भने जस्तै “अधबैँसे” भैसकेकी भएता पनि उनी पूर्णरुपले खाना, लुगा र अरू सबै थोकको लागि परिवारमै निर्भर थिइन् ।

उनले वेस्ट मिन्सटरका कार्डिनलमानिसित आर्क बिसप पदको लागि अपिल गरिन्। प्रोटेस्टेन्ट सिस्टरहरूले चलाएको अस्पतालमा सहयोग गर्ने व्यवस्था मिलाई दिन पनि अनुरोध गरिन् । यसको सुरुवात एलिजाबेथ फ्राइले गरेको हुनाले पक्कै पनि उनको परिवारले यसमा विरोध गर्ने छैनन् भन्ने उनलाई लागेको थियो । उनको परिवारले एलिजाबेथको प्रशंसा गर्ने ।

तर तिनीहरूले विरोध गरे । किनभने कार्डिनलको धार्मिक विश्वास चर्च अफ इंग्ल्याण्ड र क्याथोलिक चर्च नजिक हुनुपर्छ भन्ने थियो । यसले फ्लोरेन्सलाई केही फरक पार्दैनथ्यो । तर ती काडिनलसित काम गर्ने कुराले फ्यानी फेरि रिसले आलोचना गर्न थालिन् ।

तै पनि फ्लोरेन्स एलिजाबेथ फ्राई कहाँ जाने र उनले गरेका राम्रो कामहरूको प्रशंसा गर्ने र आफ्नो महत्त्वाकाङ्क्षा के छ त्यो बताउने विचार गरिन् । श्रीमती फ्राई एउटी भाग्यशाली थिइन् । उनको परिवार सुधारको पक्षमा थिए । फ्लोरेन्सलाई जस्तो उनलाई अन्ध पूर्वाग्रहको अनुभव गर्नु परेको थिएन । यसैले उनले राम्री, गाढा खैरो रङ्गको कपाल भएकी केटी फ्लोरेन्सप्रति सहानुभूति देखाइन् र उनलाई सबभन्दा राम्रो गरिन् । जब काकी पर्ने एक जना बिरामी परिन्, फ्लोरेन्सलाई उनी नमदासम्म उनीसित बस्न पठाइएको थियो ।

फेब्रुअरी मैनामा उनी उनका बोनहाम कार्टर भन्ने नातेदारसित जानेवाला थिइन् । त्यहाँ उनले मोहल, परिवार जो अहिले पेरिसमा थिए उनलाई भेट्ने र हाउस अफ प्रोभिन्समा केही समय बिताउने कुराको सोच बनाएकी थिइन् । त्यो हाउस अफ प्रोभिन्स क्याथोलिक सिस्टरहरूले चलाएका थिए । तर उनी त्यहाँ पुग्ने बित्तिकै उनका बित्नै लागेका हजुर बा को स्याहार सुसार गर्न बोलाइएको थियो । उनका ती हजुर बा ९५ वर्षका थिए । उनले त्यस कुरामा पिर लिइनन् । कमसेकम ती वृद्ध काकीले मर्ने बेला उनको हातबाट सुसार पाउनेछिन् ।

सन् १८५२मा जुन बेला उनी भाग्नलाई निश्चित गरेकी थिइन् त्यति बेला उनकी दिदी पार्थेनोपको मानसिक गडबडी भएको थियो । फ्लोरेन्सलाई उनको स्याहार गर्ने अडर दिइएको थियो । पहिलो ठाउँ उनकै गल्ती थियो र जे भएता पनि नर्सिङनै उनले चाहेको पेसा थियो ।

पार्थेनोप अत्यन्तै माग राख्ने, स्वार्थी, अधैर्य र सम्हाल्न नसकिने खालकी थिइन् र उनले फ्लोरेन्सलाई तैले गर्दा मलाई यस्तो भएको हो भन्न बाँकी राखिनन् । सन्चो हुँदै जानुको सट्टा उनको दिमाग झन् खराब हुँदै गयो । उनलाई कुनै कुराले खुसी पार्न सकेको थिएन र उनी हिस्टेरिक हुन थालिन् ।

तैपनि प्रभुले अचम्म प्रकारले काम गर्नुहुन्छ । अन्तमा उहाँले फ्लोरेन्सकोलागि बाटो देखाउनु हुनेछ ।

एक दिन पारिवारिक डाक्टर सर जेम्स क्लार्क जो रानीको पनि डाक्टर थिए, उनले फ्लोरेन्सलाई एकान्तमा लगेर भनेकी फ्लोरेन्स त्यो घरमा बस्दासम्म पार्थेनोपलाई कहिल्यै सन्चो हुने छैन। ती डाक्टरले फ्लोरेन्सलाई जति सक्यो चाँडै घर छाडेर अन्त कतै आफ्नै भलाइको लागि र उनकी दिदीको लागि पनि जाने सल्लाह दिए ।

त्यसपछि ती डाक्टरले श्रीमान् श्रीमती नाइटिङ्गेललाई यो सल्लाह दिएकी ३ मैना उपचारको लागि पार्थेनोपलाई जर्मनी लग्नुपर्छ । यो फ्लोरेन्सको लागि एउटा मौका भयो कि त्यहाँ उनको आवश्यकता पर्नेछ ।

जर्मनीमा क्लिनिकमा पुग्न बित्तिकै फ्लोरेन्सले भनिन् कि पार्थेनोप उपचारमा रहेको बेला उनी काइजरवर्य इन्स्टिच्युट जानेछिन् । यसबाट अरू डरलाग्दो कुरा भयो । आमा फ्यानी जोडले कराइन् र पाखुरा बटार्न थालिन् । विलियम (वेन) सुटुक्क एकातिर गए। पार्थेनोप चिच्याउन थालिन् । हिस्टेरिया जस्तो रिसाउन थालिन् र उनका गहना फ्लोरेन्समाथि फ्याक्न थालिन् । फ्लोरेन्सलाई गालामा चड्काइन । यसो गर्दा र सबै अरू कुराहरूले गर्दा फ्लोरेन्स मुर्छा परेर भुईँमा लडिन् ।

जब उनी होसमा आइन, उनले सम्हालिएर आफ्नो सामानहरू प्याक गर्न थालिन् र अन्तमा उनी आफू स्वतन्त्र भएको दाबी गर्दै बाहिरिइन् र काइजरवर्थ तिर लागिन् । त्यहाँ उनी तीन मैना बसिन् ।

फ्लोरेन्स गएपछि पार्थेनोपलाई सन्चो हुँदै आयो । यसैले त्यो परिवार फ्लोरेन्सको अनुपस्थितिको अनेक बहाना बनाउँदै घर फर्के।

तीन मैनापछि फ्लोरेन्स पनि जर्मनीबाट इग्ल्याण्ड घरमा आइन् । विलियमलाई पहिले जस्तै कराउने चिल्लाउने बहस सुरु हुन्छ कि भन्ने डर थियो । तर उनको त्यो सोचाई गलत भएको थियो । अर्थात् त्यसो भएन । आमा र दिदी फ्लोरेन्ससित बोल्दैनथे ।