थोरै लजाउँदै र धेरै धकाउँदै शिवानी बोल्छे ‘मम्मा आइ ह्याभ बिग सरप्राइज फर यु‘ । मेसेन्जरमा छोरीको धपक्क बलेको अनुहार हेर्दै बोल्छिन् सरिता, ‘के हो बेबी त्यस्तो सरप्राइज भन न छिटो’ । ‘कान्ट वेट मोर’, आमाको ब्यग्रता बुझेपछि शिवानीले आशुतोषलाई इशारा गरेर मेसेन्जरको क्यामेरातिर बोलाउँछिन् । आशुतोष काखमा हिजो मात्रै न्वारान गरिएको सानो शिशु लिएर कठघरामा उभिएको कैदी जस्तै भयभित हुँदै क्यामेरा अगाडि बस्छ र बोल्छ ‘नमस्ते आन्टी’ । उताबाट नमस्कारको बदला नमस्कार बाहेक अन्य केही आउँदैन । एकछिन नजानिँदो चिसो सन्नाटाले तिनैजना स्तब्ध हुन्छन् । सरिता एकछिन अलमल्ल पर्छिन् र सोध्छिन् ‘शिवु कहाँ छौ र तिमी ? को नि उहाँ’ ? शिवानी एकछिन छातीमा टाउको छिनाइको कुखुरो जस्तै भट्भट् भट्भटाइरहेको मुटु थामेर बोल्छे, ‘मम्मा म पहिलेदेखि हजुरलाई एउटा कुरा भन्न खोजिरहेको थिएँ तर भन्न सकिरहेको थिइन । ऊ आशुतोष, हजुरको हुनेवाला ज्वाइँ र यो चाहिँ हाम्रो ‘लिटल एन्जेल’, हजुरको नाति’ ।
सरिताको सर्वाङ्ग चीसो भएर आयो । एकछिन हेरिरहिन् मात्रै वाक्य फुटेन । हिजोसम्म सानी बच्ची जस्तो लाग्ने आफ्नी छोरी एक्कासि ठूली मात्र हैन पराइ समेत भएको जस्तो लाग्यो । अरु बोल्नका लागि कुनै शब्द केही भेटिनन् । केही नबोलिकन मेसेन्जरको भिडियो अफ गरिन् ।
आशुतोष र शिवानी एक तमासको भय र क्षोभले मुखामुख गरे । शिवानीको आँखाबाट खसेका बलिन्द्र आँसु पुछ्दै आशुतोष बोल्यो ‘डन्ट वरी बेबी, एभरिथिङ विल बि अलराइट’ ।
जति नै पीडादायक पल भए पनि कुनै न कुनैदिन त रहस्योदघाटन हुनै पथ्र्याे । आज होस् या भोलि एकदिन त यो दिनको सामना गर्नै पथ्र्याे । फेरि बल्ल बल्ल साहस बटुलेर आँसु पुछ्दै ल्यापटपमा मेसेज लेख्न बस्छे शिवानी ।‘मम्मा आइ एम सरि, आइ डन्ट वान्ट टु हर्ट यु’ । तर परिस्थिति नै यस्तै थियो । म अमेरिका आइसकेपछि केही महिनासम्म त सबै ठिकठाक चलिरहेको थियो तर केही पछि म बिरामी परेँ गरिरेहेको काम छुट्यो पछि तीन महिनासम्म काम पाइन । मामु, मेरो सपनाको संसारमा न कुनै सपनाहरू सोकेसमा बिक्रिमा राखिएका थिए न त टिप्नकै लागि फूलबारीमा फुलिरहेका थिए । मेरा सपनाहरू कि त आफ्नै गहभरिको आँसुमा प्रतिबिम्बित हुन्थे भने कि बिरलै खुल्ने अमेरिकी आकासमा तारासँगै चिम्चिमाइरहेका हुन्थे । मलाई थाहा छ हजुरहरूलाई भनेको भए भन्नासाथ पैसा पठाइदिनुहुन्थ्यो तर म यहाँ आइसकेपछि आफ्नो लागि आफैँ कमाउनुपर्छ भन्ने मानसिकतामा थिएँ र भन्न सकिन र चाहिन पनि । फेरि हजुरहरूले बिदेश नजानको लागि गरेको अनुनय विनयलाई लत्याएर अमेरिका भासिएकी म तपाईंहरूका अगाडि मेरो निरिहता प्रस्तुत गर्न मेरो अहंम्ले दिदैनथ्यो । तपाईँलाई थाहै छ मामु, एउटा आफुले खाएको थाल पनि माझ्न नसक्ने म हजुरकी ‘बेबी गर्ल’ कसरी रेष्टुरेन्टमा ‘डिस वासर’ को काम गरेँ हुँला, आफू सुतेको बिस्तारा पनि नमिलाउने उरन्ठ्याउली केटी कसरी ‘हस्पिट्यालिटि’ को काम गरेँ हुँला तर जति दुःख गर्नु परे पनि म हजुरहरूलाई भन्न चाहन्नथे । जे जे भए पनि जेनतेन गुजारा चलेकै थियो । अभाव र थकानको परिभाषा अमेरिकाको विश्वविद्यालयले राम्रैसङ्ग सिकाउँदो रहेछ मम्मा ।
यसमा मेरो मोबाइल नम्बर छ, आवश्यक पर्दा फोन गर्नू’। मैले कार्ड हातमा लिएर हेरेँ, लेखिएको थियो ‘आशुतोष उपाध्याय’ ।
जब काम छुट्यो, पाउरोटी र पानी मात्र खाएर कति दिन गुजारा चलाएँ कुरा गरि साध्य छैन । मैले अंग्रेजी ‘फेयरी टेल’ मा पढे जस्तो न त स्पाइडर म्यान मलाई बचाउन आयो, न त म कुनै सिन्ड्रेलाको वन्डर्ल्यान्डमा थिएँ, न त अमेरिकामा कुनै ‘प्यान्डोराज बक्स’ नै थियो न त म ‘प्यान्डोरा’ नै थिएँ । मेरो सपनाको राजकुमारको कथामा त मलाई विश्वास हुन छाडिसकेको थियो तर आशुतोषले मलाई सुपरम्यानले भन्दा सहयोग गरेको थियो । लगभग दुई हप्तासम्मको पाउरोटी र पानीले थम्थमाएको भोकको उपचार गरिदिएको थियो मलाई मन पर्ने खाना खुवाएर । पहिलोचोटि ‘भोजनभन्दा भोक मिठो’ भन्ने उखानको अर्थ बुझेकी थिएँ मैले त्यो दिन । रेष्टुरेन्टको बिल आफँैले तिरेर अनि काम खोजिदिने आश्वासन दिएर सम्भावित आत्महत्या गर्नबाट बचाएको थियो मलाई । रेस्टुरेन्टबाट निस्कँदै गर्दा भिजिटिङ कार्ड दिँदै भनेको थियो, ‘म यो रेस्टुरेन्टको सुपरभाइजर हो । यसमा मेरो मोबाइल नम्बर छ, आवश्यक पर्दा फोन गर्नू’। मैले कार्ड हातमा लिएर हेरेँ, लेखिएको थियो ‘आशुतोष उपाध्याय’ ।
अलि पर के पुगेकी थिएँ उसले ‘हेल्लो’ भनेको आवाजले टाउको मोडेर फर्केर हेर्दा आशुतोष दौडदै मतिरै आइरहेको थियो । उसले बढेको सासमा स्याँस्याँ गर्दै सोध्यो, म तपाईँको नाम सोध्नै बिर्सेछु त्यसैले । मैले अलिअलि अन्कनाउँदै अनि कपाल कन्याउदै आँखीभौँ उचालेर ग्लानी भाव देखाउँदै भनेकी थिएँ, शिवानी शर्मा । उसले ‘आहा ! कति मीठो नाम’ भन्दै मुस्कुरायो । म भने मुस्कानको बदलामा मुस्काएँ या रुन्चे अनुहार गराएँ त्यति हेक्का छैन मलाई अहिले ।
केही दिनमै आशुतोषले नै मलाई काम खोजिदियो । बिदाका दिनमा हामी भेट्थ्यौ, लामो गफ गथ्र्याैँ, घरका, कलेजका, कामका अनि विदेशमा भोगेका समस्या र एक्लोपनका । थाहै नपाइ छोटो समयमै हामी मन मिल्ने साथी भइसकेका थियौ । दुबै जना विद्यार्थी भएकाले सँगै बस्दा सजिलो हुने हिसाबले हामी किचन सेयर गरेर एउटै फ्लाटमा भिन्दा–भिन्दै कोठामा बस्न थाल्यौ । कामको थकान, पढाइको बोझ, असाइन्मेन्टको अजङको भारी, एक्लोपन जस्ता बेमौसमी हावाहुरी थिए जस्ले बेलाबेलामा गुटमुटाएर एकै कुनामा थन्काइदिन्थ्यो हामी दुईलाई । हुँदाहुँदै पनि शारीरिक निकटताले निम्त्याउन सक्ने जोखिमबारे दुबै सजग थियाँै तर अब एउटाको काख अर्काको सिरानी र एउटाको हात अर्काको आँसु पुछ्ने रुमाल भइसकेको थियो । एउटा फुट्दा अर्कोले जोड्थ्यौँ, अर्को भत्किदा एउटाले सम्हाल्थ्यौँ ।
सुत्केरी मान्छे, लेख्दा लेख्दै हात फतक्क गलेर आए । तैपनि मनले मानेन थप्दै गई ।
समयको बहावसँगै आशुतोषको मिलनसार बानी, सरल व्यवहार र व्यावहारिक शीलस्वभावका कारण मैले उनलाई मन पराउन थालिसकेकी थिएँ र सायद उसले पनि । सँगै रहँदा बस्दा कहिले हामी प्रेममा पर्यौँ । दुबैलाई पत्तै भएन । हाम्रा थाल र चम्चा एउटै हुँदाहुँदै कहिले हाम्रो बेडरुम साझा हुन पुग्यो मेसो नै पाइएन । केटाकेटीपना र अल्लारेपनामै आमा बन्न लागेको धेरै ढिलो भइसकेपछि थाहा भयो । अब हामीसँग बच्चाको जन्म दिनु बाहेक अन्य विकल्प थिएन ।
सुत्केरी मान्छे, लेख्दा लेख्दै हात फतक्क गलेर आए । तैपनि मनले मानेन थप्दै गई ।
मामु अब हजुरले रिसाएर मसँग नबोले पनि हामीसँग कुनै बिकल्प छैन । हामीले सजिलोको लागि कोर्ट म्यारिज गरिसकेका छौँ । यदि हजुरहरूले छोरीको खुसी चाहनुहुन्छ भने मेरो ग्रयाजुएसनमा आउँदा टिकाटालो गरिदिने हिसाबले आउनुस् र दुबै परिवारलाई संबन्धको बाटो फुकाइदिनुस् होइन भने हजुरहरूको जो इच्छा ।
यति लेखेर शिवानी सन्तोषले सुइय सास फेरी । बच्चाको डाइपर फेरिदिई, दूध खुवाई र सुती । बिहान के जवाफ आउने हो भन्ने कुराले चाहिँ उसलाई पिरोलिरहेको थियो तर जब बिहान इनबक्समा मामुको मेसेजदेखि खुसीको उत्साहले आशुतोषलाई अँगाल्न पुग्छे ।
मेसेज यस्तो थियो ‘शिवु ! हाम्री प्राणभन्दा प्रिय छोरी । हाम्रो एकमात्र आशा र भरोसा तिमी । हाम्रो पनि रहर थियो तिम्रो धुमधामले बिहे गर्ने । यसरी बिहे नै नगरिकन बच्चा समेत जन्माएको खबरले हाम्रा खानदानमा कलङ्क त लगायौ नै त्यसमाथि हाम्रो जोरिपारी हँसायौ । कमसेकम एकचोटि त आफ्नो धर्म, संस्कृति र सामाजिक मर्यादाको ख्याल राख्नु पथ्र्याे । खैर ! तिम्रो मात्र के दोष । सायद हामीले तिमीलाई उचित संस्कार दिन पो सकेनौ कि ? प्रश्न आफ्नै कोख र काखमाथि पनि उब्जिएको छ छोरी । अब जे भयो भयो छाड । तिमीलाई हामी धेरे मायाँ गर्छौँ । त्यसैकारण तिम्रो खुसी नै हाम्रो खुसी हो । हाम्रो खानदानको दर्जा अनुसारले तिमीहरूको औपचारिक बिहे नेपालबाटै गरिदिने निर्णय गरेका छौँ तिम्रो बाबा र मैले । त्यसैले अब अर्को महिना बिदा मिलाएर आओ । हामी बिहेको लागि शुभमुहूर्त निकालेर कार्ड पनि छपाउने तयारी गर्छौँ । केटा पक्षको हजुरबुबा, बुबाआमाहरूको नाम सहित ठेगाना पठाउनू ।
आज बल्ल शिवानीको आङमा घाम लागेको छ । फुरुङग पर्दै मेसेजको रिप्लाई दिन्छे ।
आफ्नो एकमात्र सन्तान, आँखाको नानी त्यहाँमाथि आमा बनेकी छे । अनि चन्द्रमा जस्तो उज्यालो नाति देखेर सरितालाई भिडियो कल गर्न मन नलागेको हैन तर पनि जसरी छोरीले एकवचन नसोधी यत्रो फैसला एक्लै गरी र बाबुआमाको इज्जतको ख्यालको एकनिमेष पनि सोचिन तब उनीहरूको मन फुटेको काँच जस्तै भएको थियो । त्यसैले मनमा आएको विचारलाई तत्काल त्यागिन् । मोबाइल हातमै थियो । पिलिक्क शिवानीको मेसेज आयो । हतार हतार खोेलेर हेर्छिन् सुजाता । शिवानीका बाबु भर्खरै मर्निङ वाकबाट फर्केर चिया पिउँदै थिए ।
उनले हतासिदै सरिताको हातबाट मोबाइल थुतेर गौर गरेर म्यासेज पढे । बिश्वास भएन फेरि पढे अनि ठेगाना पढे ‘बाँसगढी नेपालगञ्ज’ ।
सरिताले छोरीको मेसेज पढिन् र पढ्दा पढ्दै उनका ओठ तालु सुक्दै गए । उनका मुखबाट जोरसँग आवाज निस्कियो ‘बाबुको नाम हरिहर उपाध्याय, आमाको नाम जानकी उपाध्याय, हजुरबुबाको नाम भानुभक्त उपाध्याय’ । सरिताको मुखबाट निस्केको आवाजले पत्रिकाको समाचारमा हराएका शिवानीका बुबाको ध्यान भङ्ग भयो । उनले हतासिदै सरिताको हातबाट मोबाइल थुतेर गौर गरेर म्यासेज पढे । बिश्वास भएन फेरि पढे अनि ठेगाना पढे ‘बाँसगढी नेपालगञ्ज’ ।
यति पढ्दापढ्दै उनको हातबाट मोबाइल फुत्त भुइँमा खस्यो । उनी सोफामै बेहोस भएर लडे । सरिताले हत्त न पत्त चिसो पानी ल्याएर टाउको भिजाइदिइन्, होसमा ल्याउने प्रयत्न गरिन्, सकिनन् । हतास् हतास् र हतार हतारमा ड्राइभर बोलाएर अस्पताल पुर्याइन् ।
अस्पतालमा इमर्जेन्सी वार्डका डाक्टरले जाँच चेक गरेर होसमा ल्याए । मानसिक झट्का र रक्तचाप बढी भएका कारण बेहोस भएको बताए र मानसिक तनाव कम गर्ने भनेर केहि घण्टापछि डिस्चार्ज गररे पछि उनीहरू घर फर्के ।
श्रीधर होसमा आए देखिनै एकदम बेचैन भइरहेका थिए । के गर्ने र कसो गर्ने छट्पटीले उनी पागल जस्तै भए । घरि भितामा टाउको ठोक्थे त घरि छातीमा मुड्की बजार्थे । बरबराउँदै रुँदै बोल्थे ‘सरिता अनर्थ भयो । घोर अनर्थ भयो’ । हे भगवान् ! हामी माथि के परीक्षा लिनुभएको हो ? सरिता आफ्नो मन दह्रो बनाएर छटपटिएका श्रीमान्लाई शान्त पार्न प्रयत्नरत थिइन् तर उनको प्रयास बिफल भइरहेको थियो ।
पुख्र्याैली घर नेपालगञ्जको बाँसगढीमा जन्मेका श्रीधर उपाध्याय एस. एल. सी पछि विज्ञान पढ्न काठमाडौ आएका थिए । आइएस्सी सक्ने बित्तिकै छात्रवृत्ति पाएर बेलायततिर लागे । उतै पढ्दै गर्दा युनिभर्सिटीमा काठमाडौं कि सरितासँग भेट भयो र प्रेम भयो । पढाइ सकेपछि नेपाल फर्के । बिहे गरेर काठमाडौंमै बस्न थाले । काठमाडौको खानदानी परिवार हुर्केकी सरिता गाउँमा जान त्यति मन पराउँदैनथिन् र आफ्नै परिवारभित्रका सासू, ससुरा, देवर, जेठाजु र नन्द आमाजु बाहेक अन्य नातेदारलाई खासै चिन्दैन थिइन् । श्रीधर आफू पनि कामको व्यस्तताले जन्मथलोमा अत्यन्त कम जान्थे । सानैमा गाउँ छाडेकाले गाउँघरतिरको लगाव र चिनजान पनि कम थियो । सरिता अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गर्थिन् र काम विशेषले देशभित्र भन्दा देश बाहिर धेरै बस्थिन् । एकमात्र सन्तान शिवानीलाई समेत समय दिन नसकेका कारण अङ्ग्रेजी बोर्डिङको होस्टेलमा राखिदिएका थिए । दोश्रो बच्चा जन्माउने अधिक चाहना हुँदाहुँदै र शिवानीको एउटा भाइ या बहिनी चाहियो भन्ने बालहठलाई पनि उनीहरूले नीच मारेका थिए ।
सानैदेखि होस्टेलमा हुर्केकी शिवानी आफ्ना बाबु र आमा बाहेक अरु खासै कसैलाई चिन्दैनथी । कहिलेकाहीँ गाउँबाट हजुरबुबा आउँदा ‘हजुर मेरो ड्याडीको ड्याडी हो’ ? भनेर सोध्दथी । आफ्ना बुबाको जन्मथलो नातागोताका बारे न उनलाई कसैले चिनायो, न घुलमिल गरायो, न बतायो । होस्टेलमै बसेर बाह्र कक्षा पास गरेपछि ऊ अमेरिकाको भिसा लागेर अमेरिका उडी । शिवानीका बुबाआमाले लाख जोर बिन्ती गरेका हुन् उसलाई विदेश नजानका निम्ति तर उसलाई घरमा बस्न पटक्क मन लाग्दैनथ्यो । जब ऊ घरमा आमा र बुबाको बीचमा हुन्थी, उसलाई एकतमासको उकुसमुकुस हुन्थ्यो । बाबुआमाले गरेको माया सब नाटकीय र औपचारिक लाग्थ्यो । जब उसलाई आफनो आमाको काखमा खेल्ने रहर लाग्थ्यो, बाबुको काँधमा चढेर हटहट घोडा खेल्न मन लाग्थ्यो, त्योबेला उसका बाबु र आमा छोरीलाई केयर टेकरको साथमा छोडेर सेमिनार र गोष्ठीमा व्यस्त हुन्थे । जब उसलाई आफ्नी आमाले पनि अरूका आमाले झैँ सुनकेस्रा र बायुपङखी घोडा चडेर आउने राजकुमारका कथाहरू सुन्दै आमासँग लुटपुटिएर सुत्न मन लाग्थ्यो त्योबेला खेलौनालाई अँगालेर अङग्रेजी बालकथाहरू ‘सिन्ड्रेला र प्यान्डोरा’ का कहानीहरू पढेर कुनै दिन त्यही काल्पनिक ठाउँ पुग्ने, राजकुमार भेट्ने सुनौला कल्पनामा रमाउँदा रमाउँदै निदाउने बानी परेको थियो । उसका बाबुआमाले जब उसलाई जबर्जस्ती गाडीमा राखेर रुवाउँदै होस्टेलमा छोडेर फर्किन्थे शिवानीको रुवाइ थामिन घन्टौ लाग्थ्यो । बेलाबेला फोन गरेर ‘हाउ आर यु बेबी ? आर यु ह्याप्पी ? योर बाबा एन्ड मम्मा मिस यु सो मच’, भन्दै औपचारिक माया देखाउँथे । बिस्तारै उसलाई घरदेखि बितृष्णा हुन थाल्यो र त्यही कारण देश छाडेर अमेरिका जान चाहन्थी । यसमा एउटा स्वतन्त्रताप्रतिको प्रेम थियो भने दोस्रो उनको सपनाको राजकुमार भेट्नु थियो जुन उसले काल्पनिक कथाहरूमा पढ्ने गर्थी अनि आफुलाई एक्ली राजकुमारीको कल्पना गर्थी । उसको जिद्दिका अगाडि उसका बाबुआमाको केहि सीप लागेन र हानिएकी थिई सपनाको आँखिझ्याल अमेरिका ।
श्रीधर सुइय सुस्केरा छोड्दै बोले सरितासँग । गल्ती हाम्रो हो सरिता । हामीले चिनाउनु पथ्र्याे हाम्रा नातागोता । हामीले त जन्मेको ठाउँ र आफन्ती चटक्कै बिर्सियौ भने छोरीको के दोष ?
सरिता इन्तु न चिन्तु छन् । रुँदारुँदै बसेको घाँटीको लेघ्रो तान्दै बोल्छिन् ‘अब के गर्ने होला त शिबुको बाबा ? म त केही सोच्नै सकिराको छैन । कस्तो धर्मसंकट ? यस्तो त शत्रुलाई पनि नपरोस्’ ।
बच्चालाई केटासँगै छोडेर आइज भन्नुपर्छ । यो कुरा बाहिर थाहा भयो भने अनर्थ हुन्छ । आफन्त भित्रको कुरो । कुन जुनीको पाप भोग्न लेख्या रहेछ र यो दिन देख्नुपर्यो ।
श्रीधर गम्भीर मुद्रामा बोले । अब जे भयो सो भयो । हाम्री शिवुलाई राम्रोसँग सम्झाएर केटोलाई डिभोर्स दिन भनौँ । उमेर नै के भा छ र केटाकेटी नै छे । गल्ती भयो अन्जानमा । बच्चालाई केटासँगै छोडेर आइज भन्नुपर्छ । यो कुरा बाहिर थाहा भयो भने अनर्थ हुन्छ । आफन्त भित्रको कुरो । कुन जुनीको पाप भोग्न लेख्या रहेछ र यो दिन देख्नुपर्यो ।
उता आफ्नी आमा र बुबाले धेरै दिनसम्म फोन नउठाउँदा र मेसेजको उत्तर नआउँदा शिवानी बेचैन थिई । केही दिन अगाडि नेपाल आएर बिहे गर्ने कुराले उत्साहित उनीहरू किनमेल, हवाई टिकट मिलाउने र बिदा मिलाउने चक्करमा व्यस्त थिए । सुटकेशमा लुगाहरू पट्याउँदै थिई फोनको घन्टी बज्यो । शिवानीले बढो उत्साहका साथ फोन रिसिभ गरी । उताबाट आमाको अलि गम्भीर र रुन्चे स्वर आयो ।
त्यसैले जतिसक्दो चाँडो तिमी आशुतोषलाई डिभोर्स देऊ र त्यो बच्चालाई कतै अनाथलयमा छाडेर नेपाल आऊ ।
शिवु, तिमीसँग अलि सिरियस कुरा गर्नु छ, त्यो पनि एकान्तमा । शिवानी कुनै अनिष्ट सङ्कट निम्तिए झै थर्र कामेको स्वरमा भनी ‘के कुरा हो र मम्मा ? म एक्लै नै छु आशुतोष काममा गएको छ । भनिस्योस न छिटो के कुरा हो’ ।
आमाले कम्पित र विक्षिप्त स्वरमा भनिन् । ‘नानु, मेरो बाबा । अनर्थ भएछ । आशुतोष त हाम्रै भतिज रहेछ । आशुतोषको जिजु हजुरबा र तिम्रो ड्याडीको जिजुहजुर बा दुइभाई पर्नुहुन्छ । तिमीलाई थाहै छ हाम्रो धर्म र कुलले यस्तो संबन्धलाई स्वीकार्दैन । तिमीले पठाएको नाम पढ्दा हामी त छाँगाबाट खसे जस्ता भयौँ । अब तिमी नै भन तिम्रो आशुतोषको विवाह कसरी स्वीकार्य हुन्छ ? अन्जानमा गरिएको पाप, पाप हुँदैन भन्छन् तर अब थाहा भइसकेपछि त यो हाडनाताभित्रको सम्बन्ध कायम हुनै सक्दैन । त्यसैले जतिसक्दो चाँडो तिमी आशुतोषलाई डिभोर्स देऊ र त्यो बच्चालाई कतै अनाथलयमा छाडेर नेपाल आऊ । यहाँ आएपछि समयसँगै सबै बिर्सिन्छ, ठिकठाक हुन्छ’ ।
उसले कान थुन्छे । अब अगाडि सुन्न र सहन सक्ने सामथ्र्य उसमा थिएन । आमाले भनेका प्रत्येक कुराले उसलाई कुनै अजङको घनले टाउकोमा हान्दै गरेको जस्तो भान भइरहेथ्यो । आशुतोष नै एक मान्छे थियो जसले उसलाई आत्महत्या गर्ने सोचबाट अलग्याएको थियो । उसले नै सिकाएको थियो उसलाई प्रेमको रङ कस्तो हुन्छ भन्ने । उसले नै पढाएको थियो घर कस्तो हुन्छ भन्ने । स्नेह भन्ने वस्तु तातो हुन्छ कि चिसो आशुतोषको स्पर्शबाट मात्रै बुझेकी थिई । त्यही आशुतोष जसले उसलाई जीवनको सही अर्थ सिकायो, जसले जिन्दगीको कठिनतम् सागर तर्ने साँघु बनायो, जसले बाँच्ने आधार दियो, बाँच्नपर्ने कारण दियो उसबाट अलग्गिनु पर्ने ? र उसको कोखको बच्चा जसले उसलाई सिकाइहेको छ जीवनको पाठ, जसबाट सिकिरहेकी छ प्रेमका कखरा, उसैलाई अनाथलयमा छाड्ने ?
उसलाई एकचोटि आफ्नो भाग्यलाई तथानाम गाली गरेर मन बुझाउन मन लाग्यो । पागल जस्तै मनमनै भुतभताउँछे ‘म बरु मेरो प्राण सजिलै त्याग्न सक्छु तर म यी दुई प्राणीसँग छुट्टिएर बस्न सक्दिन मामु । हजुरहरू बिर्सिदिनोस् कि तपाईंको कुनै सन्तान थियो भनेर । यति भनेर फोन काटिदिई ।
उसलाई आफुभित्र बगिरहेको रगतप्रति नै बितृष्णा भएर आयो किनकि यही रगत एउटा कारण थियो जसले उसका प्रिय मान्छेहरूबाट टाढा लैजादै थियो ।
आगो जस्तो कुनै तातो वस्तुले भित्रैदेखि पोलिरहेको थियो मानौ ऊ जिउँदै चितामा जलिरहेकी छे । आशुतोष कामबाट फर्केपछि कसरी यी कुरा उसलाई सुनाउने भन्ने कुराले उस्तै अत्तालिएकी थिई । जति आमाले भनेका कुरा बिर्सन खोज्दथी उत्ति उसलाई गाह्रो हुन्थ्यो । बच्चाको निर्दोष अनुहार हेर्थी झन् ममताले भक्कानिएर आउँथ्यो र छातीमा टाँसेर डाँको छोडेर रुन्थी । तर जब सम्झन पुग्थी ‘आशुतोष तिम्रो दाइ हो’ तब हजार भोल्टको करेन्टले
एकैचोटि चुसे जस्तो हुन्थ्यो । आफ्नै शरीरको मासु ताछ्दै फालौ या कपाल भुत्लाएर फालांै, अनुहार चिथोरेर कसैले नचिन्ने बनाऊँ या नशा काटिदिएर आफ्नो शरीरमा दगुरिरहेको आफ्नो पुर्खाको रगत बगाएर निखारिदिउँ जस्तो लागिरह्यो । उसलाई आफुभित्र बगिरहेको रगतप्रति नै बितृष्णा भएर आयो किनकि यही रगत एउटा कारण थियो जसले उसका प्रिय मान्छेहरूबाट टाढा लैजादै थियो ।
एकछिन ऊ चेतनाशुन्य हुन्छे । नजिकै आशुतोषको सेभिङ रेजर थियो । टपक्क टिप्छे र हातको नशा चरचर चिर्छे । नाडीको ठूलो नशा छिनेछ, कोशीको बाँध फुटेजस्तै रगतको खोलो हुलुलुलु बगिरह्यो । एकछिन रगत बगिरहेको देखेर हाँसिरही खुसीले कि अब उसमा त्यो रगत छैन जुन आशुतोषसँग मिल्छ र अब उसलाई आशुतोषसँंग कसैले अलग गर्न सक्ने छैन । केही छिनमा आँखाहरू धमिला हुन्छन् । छातीमा बच्चाले दूध चुसिरहेको आवाज र आवासले एकछिन सन्चो मानिरहन्छे । आँखाहरु लोलाइसकेका थिए तर मोबाइलमा बजेको आवाजले आँखा बिस्तारै खोलेर हेरी । मेसेन्जरमा ‘मम कलिङ’ डिस्प्ले भइरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।