सन् २०२३ का भारतीय ब्लकबस्टर फिल्महरूमा पठान, जवान, टाइगर, रकी और रानी की प्रेम कहानी पर्छन् । ती फिल्ममा अभिनय गर्ने अभिनेत्रीहरू पनि कम धनी छैनन् तर टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार दीपिका पादुकोण, नयन तारा तथा आलिया भट्टले पनि २०२३ मा सबैभन्दा धनी नायिकाको पगरी गुथ्न पाएनन् ।
यो पगरी बलिउडकी एक मात्र सुन्दरी नायिकाको खातामा छ । ७७६ करोड नेटवर्थका साथ पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बलिउडकै सबैभन्दा धनी नायिकाका रूपमा स्थापित छिन् ।
करिब ५० वटा फिल्ममा अभिनय गरेकी रायले प्रति फिल्म उनले १०‑१२ करोड लिने गरेकी छन् ।
उनको वार्षिक आम्दानी बढाउने काम भने विभिन्न विज्ञापनले गर्छन् । विभिन्न ब्रान्डकी ब्रान्ड एम्बेसडरसमेत रहेकी उनी एक दिने इभेन्टकै लागि ६ देखि ७ करोड रूपैयाँ भारू लिने गर्छिन् ।
ऐश्वर्यापछि प्रियंका चोपडा सबैभन्दा धनी कलाकारमध्येमा पर्छिन् । उनको सम्पत्ति ६२० करोड रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
आलिया भट्ट र करिना कपुर खान पनि निकै धनी कलाकारमध्येमा पर्छन् । आलियाको कुल सम्पत्ति ५१७ करोड छ भने करिना कपुर खानको ४८५ करोड छ ।
यसपछि धनी कलाकारमध्येमा दीपिका पादुकोण पर्छिन् । उनको नेट वर्थ ३१४ करोड छ । यस्तै अनुश्का शर्माको कुल सम्पत्ति २५५ करोड रहेको जिक्यु म्यागेजिनले जनाएको छ ।
यस्तै माधुरी दीक्षितको कुल सम्पत्ति २४८ करोड, काजोलको २४० करोड र कट्रिना कैफको २२४ करोड रहेको छ ।
यस्तै शिल्पा सेट्टी कुन्द्राको कुल सम्पत्ति १५८, नयन ताराको २०० करोड, रानी मुखर्जीको २०० करोड, अनुश्का सेट्टीको १३३ करोड, सामन्था रूथ प्रभुको ८९ करोड रहेको लाइफस्टाइल एसिया म्यागेजिनले लेखेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।