जब ती पुरुषहरू डिनर टेबल छोडेर महिलाहरूसित चित्रहरू बनाउने कोठामा मिसिन गए बारोन फ्लोरेन्स भएको महिलाहरूको ग्रुपमा गए । कुरा गर्दै जाँदा काइजरवर्थ भन्ने शब्द दोहोरिइ रह्यो । फ्लोरेन्स लगायत सबैले यो के कुरा हो भनेर जान्न चाहन्थे । यसैले उनले त्यो केहो भनेर बताउन दबाब गरिन् ।
काइजरवर्थ इन्सिटिच्युट जर्मनीमा सोह्र वर्ष अघि एक जना लुथेरान पाष्टर र उनकी श्रीमतीद्वारा स्थापना भएको थियो । ती पाष्टरको नाम डोर फ्लाएन्डर थियो । सुरुमा तिनीहरूले आफ्नो ग्रीष्मकालीन घर भर्खर जेलबाट छुटेका कैदीहरू बस्ने होस्टेलमा परिणत गरेका थिए । पछि सन् १८३६ मा तिनीहरूले त्यो घरलाई अनाथालय, मानसिक रोगीहरू बस्ने, कम उमेरका अपराधीहरूलाई थुन्ने, स्कुलका शिक्षकहरूलाई तालिम दिने र महिलाहरूले नर्सिङ तालिम गर्ने अस्पतालमा बिस्तार गरेका थिए । संसार भरी नर्सहरूले त्यति नाम नकमाएको बेला त्यस काइजर वर्थमा विवाह नगरेका र भविष्यमा गर्ने उद्देश्य पनि नभएका महिलाहरू, आदर कमाएका विधवाहरूलाई स्वीकार गरिन्थ्यो । तिनीहरूको तालिममा खाना पकाउने, लुगा धुने र बगैंचाको कामहरू पनि समावेश थिए । तिनीहरूलाई धार्मिक शिक्षा पनि दिइन्थ्यो । जसमा शोक सन्तप्तहरूलाई कसरी सम्झाई बुझाई गर्ने भन्ने कुरा सिकाइन्थ्यो । तिनीहरूले बिरामीहरूलाई उनीहरूकै घरमा हेरचाह गर्थे र घरबार बिहिनहरूलाई त्यहि इन्टिच्युटको कोषबाट सहायता गर्थे । थियोडोर र उनकी श्रीमतीले हालै एक पुस्तक प्रकाशित गरेका थिए । यो पुस्तक त्यहि इन्टिच्युटको बारेमा थियो र नर्सिङको पाठ्यपुस्तकलाई दुई गुणा बनाएको थियो ।
उच्च वर्गका मानिसहरू त्यो ठाउँ कसरी चलेको छ भनेर हेर्न जान्थे । एलिजावेथ फ्राइ जो एकजना ख्याती प्राप्त जेल सुधारक थिइन्, तिनले त्यो ठाउँ देखेर निकै प्रभावित भएकी थिइन् र उनी आफैले नर्सिङ तालिम केन्द्र खोल्ने सोच बनाएकी थिइन् ।
बारोन बन्सेनले यसरी बताई रहँदा फ्लोरेन्स मन्त्रमुग्ध भएकी थिइन् । उनको हृदय खुशीले गद्गद् भै रहेको थियो । उनले आफ्नो बाल्यकाल सम्झन थालिन् । जुन बेला उनले भेटघाटको लागि आउने पाहुनाहरूको बच्चाहरूको नर्सरीमा स्याहार सुसार गर्थीन् । बिग्रेका खेलौना, गुडियाहरूको मर्मत गर्थिन् र बिरामी जनावरहरूको उपचार गर्थिन् । मान्छेकै स्याहार सुसार गरेर निको हुन सहयोग गर्ने काम सिक्न पाए कति आनन्द हुने थियो होला भनेर तिनी सोँच्न थालिन् ।
यो पहिलो वास्तविक ज्ञान थियो । जुन ज्ञान उनले उनको जीवनमा के गर्न चाहन्छिन् भन्ने थियो ।
त्यस रात भेटेको अर्को मान्छेको विषयमा भन्नुपर्दा यो कुरा सबैलाई स्पष्ट थियो कि फ्लोरेन्स र रिचर्ड एकापसमा आकर्षित भएका छन् र फ्लोरेन्सको परिवारको खुशीको लागि रिचर्डले गम्भिर प्रकारले माया दर्शाउन (Courtship) थालेका थिए । जुन कुरा फ्लोरेन्सले स्वागत गरेकी थिइन् ।
कजिन हेन्री निकोल्सन् पनि उनको पछिलागि रहेका थिए । यसैले वेन र फ्यानीलाई खुसी लाग्यो कि उनीहरूको छोरी फ्लोरेन्सको जीवनमा अरू कोही आइसकेको छ । फ्लोरेन्सको भविष्यमा स्थायित्व हुन गई रहे जस्तो देखिन्छ । रिचर्डले फ्लोरेन्सलाई खुसी पार्न सबै खाले कुराहरू गरी रहेको बेला पनि फ्लोरेन्सले आफ्नो दैनिक क्रियाकलाप जस्तै पढ्ने, लेख्ने चिठ्ठीपत्र लेख्ने, पियानो बजाउने आदि काम जारी राखी रहेकी थिइन् ।
फ्यानी र वेन हरेक कुराको सुधार गर्न धेरै इच्छुक थिए । सन् १८४४ को जुन मैनामा जब फ्लोरेन्स २४ वर्षकी थिइन्, तिनीहरूले डा. सामुएल ग्रिडली हो र उनकी श्रीमतीलाई उनीहरूको घर एम्ब्ली पार्कमा बस्न निमन्त्रणा दिए ।
डा. हो एक जना प्रख्यात अमेरिकन दाता बिज्ञ (Philanthropist) थिए । उनले आफ्नो जीवन अरूलाई सहयोग गर्ने काममा समर्पित गरेका थिए र हालै नयाँ बनेको दृष्टि बिहिनहरूको इन्स्टिच्युटमा निर्देशकको पद पाएका थिए । यो बोस्टनको मासाच्युटसमा थियो ।
उनले आफ्नो जीवन समर्पित गर्नु भन्दा अघि उनलाई दृष्टि बिहिन हुनुको अर्थ के हो भनेर बुझ्नु थियो । यसैले उनले पुरै हप्ता आँखामा पट्टी बाँधेर बसे । यो परिक्षणको अन्तमा उनले के पाए भने उनको शरीरको छाला फुटेको, यताउता ठोकिएर निलडाम भएको, बिभिन्न सामानहरूमा अल्झेर लोटेको पाए ।
अहिले उनी युरोप घुम्न निस्केका थिए । दृष्टिबिहिनहरूलाई उत्तम तरिकाले पढाउने तरिकाको अध्ययन गर्न उनी युरोप गएका थिए । साथै बोस्टनमा भएको पर्किन्स इच्टिच्युटको लागि पढाउने शिक्षकहरू भर्ना गर्नु पनि उनको यो भ्रमणको उद्देश्य थियो ।
फ्लोन्सलाई थाहा भयो कि उनी उदार सोँचाई भएका र अमेरिकन भएकाले उनी परम्पराबादी हैनन् । यसैले एकरात खाना खाने बेला डरले सास पनि स्वाँ स्वाँ गरेर फेर्दै एकाएक सोधिन् कि के उनी एउटा अस्पतालमा नर्स हुन सक्छिन् । “के यो काम गर्नु एउटा डर लाग्दो कुरा हो ?” उनले सोधिन् । डा. होले एउटा बलियो हृदय भएकी ती महिलाको प्रशंसा गरे । उनकी श्रीमती जुलिया यसको जल्दोबल्दो उदाहरण थिइन् । किनभने उनले अमेरिकालाई गणतन्त्र बनाउने अर्थात बेलायती शासनबाट स्वतन्त्र हुने गीतहरू रचेकी थिइन् । त्यस कारण उनले फ्यानीको परिवारबाट माया पाएकी थिइन् । किनभने फ्यानीको परिवारले स्वतन्त्रता युद्धको समर्थन गर्थे । तर छिट्टै तिनीहरू उनका पति वेन सित निरास भएका थिए ।
ती उच्च व्यक्ति डा. हो ले फ्लोरेन्सको यो विचार मन पराए र उनले “हुन्छ अगाडि बढ” भने । फ्लोरेन्सका बा, आमा र दिदी पार्थेनोप एउटा आफ्नो घरमा आएको पाहुनाले यस्तो अनादर पूर्ण र नचाहिँदो सल्लाह दिएकोमा मुर्छित भए । त्यति बेला ननहरू (बिहे नगरी धर्ममा लाग्ने महिलाहरू) मात्र नर्सिङ कामको लागि ठिक ठानिन्थे । किनभने गैर नन सामाजिक रुपमा धेरै तल्लो स्तरका, जाँड रक्सी खाने, अनैतिक र अपराधी चरित्रका हुन्थे । त्यस्ता महिलाहरूले जिउनको लागि कमाउन सक्तैन थे। काम गरेर कमाउने भन्ने कुरा कडाईका साथ तल्लो स्तरका महिलाहरूको लागि मात्र हो भन्ने सोचिन्थ्यो ।
तर डा. हो को नर्सिङ समर्थनले गर्दा त्यो पेशा अझ धेरै आकर्षक देखियो । उनको त्यहाँको बसाई सकिए पछि फ्लोरेन्सले आफ्नो बा-आमा सालिबुरी इन्फर्मारीमा तालिमको लागि जान पाउन बिन्ति गरिन् ।
उनले सके जति सबै सिक्ने र त्यस त्यसपछि इम्बली पार्क फर्कने र नजिकै नर्सिङ तालिम केन्द्र खोल्ने योजना बनाइन् । यो एउटा गैर धार्मिक संस्थाको रुपमा हुन गई रहेको थियो । त्यस ठाउँमा आदरणीय महिलाहरूले तालिम पाउने छन् । नर्सिङमा मात्र हैन कि नर्सहरूलाई कसरी तालिम दिने भन्ने विषयमा पनि । त्यसपछि योग्य नर्स शिक्षिकाहरूले आफ्नै तालिम केन्द्र खोल्ने छन् भन्ने योजना थियो ।
तर जब उनका बा-आमाले उनको यस्तो योजना सुने उनीहरूले यसमा कडाइका साथ रोक लगाए । यो रोक लगाउनमा उनीहरूले राम्रो कारण बताए ।
नर्सहरूको कुरो त भयो । अस्पतालहरू पनि तल्लो स्तरका थिए । जहाँ जान मन पर्दैनथ्यो । बेहोस पार्ने औषधी (Anaesthetics) र किटाणुहरू मार्ने औषधी (Antiseptics) बिकास हुन लागेका दिनहरूमा ती अस्पतालहरू घिनलाग्दा, किटाणुहरूले भरिएका र रोगहरूको घर मानिन्थे । अस्पतालहरूमा मानिसहरू दुखेर ऐना र आत्थु गर्ने र कराउने आवाज गुञ्जेको हुन्थ्यो ।
धनी मानिसहरु आफ्नै घरमा ननहरु वा व्यक्तिगत नर्सहरुद्वारा सुसार पाउँथे । ती ननहरु वा नर्सहरुलाई समेत राम्रो सीपको ज्ञान थिएन । उनीहरू रोग फैलनबाट रोक्न सक्षम थिएनन् । त्यति बेला किटाणु भनेको के हो केहि पनि थाहा थिएन ।
त्यति हुँदा हुदै पनि, फ्लोरेन्स आफूले के गर्न चाहन्थिन त्यो बुझेकी थिइन् । उनले यो पनि बुझेकी थिइन कि उनले चाहेको कुरा गर्न उनलाई कहिल्यै स्वीकृति मिल्ने छैन । उनी धेरै चिन्तित भइन् र धेरै समय उनी केहि पनि नगरिकन दुःखित भएर बसिन् ।
उनलाई मनपर्ने फूपु माइ स्मिथ विलियम (वेन) की बैनी थिइन् । उनले फ्यानीको भाइ सामसित बिहे गरेकी थिइन् । यसबाट फ्लोरेन्स उनका धेरै नजिक भएकी थिइन् र फ्लोरेन्सले उनलाई मात्र विश्वास गर्थिन् ।
माइ स्मिथ आफ्नो परिवारको रेखदेखमा पूर्णतया लागेकी थिइन् । तर उनी अलि आत्मनिर्भर प्रकृतिकी भएकीले उनले फ्लोरेन्सको भावना बुझिन् । उनले बुद्धि भएका अरु धेरै महिलाहरुलाई भेटेकी थिइन्। ती महिलाहरु सानो समस्याहरुको पनि सामना गर्न सक्दैनथे । समाजको कारण केहि पनि नगरिकन बस्न पर्दा कोही कोहीको त दिमाग नै बिग्रन्थ्यो । आफ्नी भदिनी फ्लोरेन्स मानसिक जालोमा फर्कनबाट रोक्न माइले फ्लोरेन्सलाई उनको परिवारलाई मन पर्ने विषय छानेर पढ्न भनिन् । फ्लोरेन्स एकछिन् चुपचाप बसेर केहि कुरा सोचिन् । फ्लोरेन्स धेरै भाषाहरु जानी सकेकी थिइन् र तिनी विद्वान भइ सकेकि थिइन् । अन्तमा उनले गणित विषयले फाइदा गर्छ मन्ने सोचिन् ।
यस कुरालाई लिएर माइ फ्यानी कहाँ गइन् । उनले फ्यानीलाई भनिन् कि फ्लोरेन्स आफ्नो चिन्ताबाट मुक्त हुन अरु केहि शैक्षिक योग्यता हाँसिल गर्नु जरुरी छ । उनले यो कुरा बढो कुटनितिक तरिकाले भनिन् कि यस्तो खालका शैक्षिक योग्यता बिबाह पछि फ्लोरेन्सलाई राम्रो हुनेछ । गणित विषय कस्तो होला ? अलि पाको, बिहे गरेको पुरुष मान्छेले तीन बर्षसम्म फ्लोरेन्सलाई ट्युसन् पढाउने भन्ने प्रस्ताब राखिन् ।
फ्यानी गनगन गर्दै यि कुराहरु स्वीकार गरिन् । हप्तामा दुईवटा पाठ पढाउने, दुई घण्टा पढाउने भन्नेमा सहमति भयो । त्यो पढाउने ठाउँ मामा ओक्टाभिअस फ्यानीको अर्को भाइको घरमा पढाउने भन्नेमा सहमति भयो । यसको सट्टामा फ्लोरेन्सले उनको मामाको बालबच्चाहरुसित खेल्नु पर्ने थियो ।
फ्लोरेन्स उत्सुकता साथ ट्युसन पढ्न जान थालिन् । माइजु माई त्यति बेला त्यहि थिइन् । तिनी ६ बजे पुस्तकालय भएको घरमा आगो बाल्थिन । ताकि फ्लोरेन्सले त्यहाँ राम्रो काम गर्न सकुन् ।
त्यसपछि फ्यानीले एक मैना मै फ्लोरेन्सलाई घरमा काम गर्नुपर्छ भनेर पढ्नबाट रोक्न थालिन् । यस्तो रोकावटको बाबजुद एक मैनामै फ्लोरेन्सले अत्यधिक कुराहरु सिकी सकेकी थिइन् । विशेष गरी हिसाव किताब राख्न र ग्राफहरु बनाउनमा उनी बढी इच्छुक थिइन् ।
घर फर्के पछि उनले अरुले थाहा नपाउने गरी पढेको पढ्यै गर्न थालिन् । आफ्नै कोठामा बिहान झिसमिसे उज्यालो मै उनी उथिन् ।
त्यस वर्षको ख्रिष्टमस वेभरली आविमा निकोल्सनको घरमा मनाइयो, जहाँ सबै जनाले खुशीको समय बिताएका थिए । फ्लोरेन्सले भेनिसको व्यापारी (The Merchant of Venice) भन्ने नाटक प्रस्तुत गरिन् । त्यसमा परिवारका विभिन्न सदस्यहरुले भाग लिएका थिए । कुनै बेला यस्तो थियो उनी तल्लो तलामा झरेर चाँडमा भाग लिन चाहदैनथिन् ।
त्यो खीष्टमसको समयमा ध्यान दिनु पर्ने अर्कै केहि कुरा थियो । यो कुरा सबैलाई थाहा भएको भएता पनि हेन्री फ्लोरेन्ससित प्रेममा छन् भन्ने कुरा पत्ता लाग्यो र उनले फ्लोरेन्सलाई विवाह प्रस्ताव राखे । तिनी मुर्छा परे जस्तो भइन् र जिब्रो बाधियो । उनी बिस्तारै नबुझिने गरी बोलिन् । त्यो बोलिबाट थाहा हुन्थ्यो कि उनले भनी रहेकी थिइन् । सोच्नलाई समय चाहिन्छ ।
हेन्रीले पाँच वर्षसम्म क्याम्ब्रिज विश्वविद्यालयमा पढेका थिए र संसारमा एउटा पक्का काम पाउन मेहनत गरिरहेका थिए । यस्तो पद जसबाट उनी विवाह गर्न सकुन् ।
उनका बा-आमाले जोन स्मिथस्ट् ‘सितको सम्बन्ध टुटाई दिएपछि फ्लोरेन्सले फेरि विवाह गर्ने कुरा कहिल्यै सोचेकी थिइन् । उनी रिचर्ड मोक्टनसित प्रेममा थिइन् र उनी विश्वस्त थिइन् कि एकदिन यो आउनेछ ।
जब त्यो परिवार इम्बली पार्क आफ्नो घर फर्कदै थिए, हेन्रीको सानो भाइ विलियमले म पनि जान्छु भन्यो । उनका बा-आमाले मञ्जुरी दिए । तर किन जाने भनेर सोधे । पार्थेनोपले भनिन् किनभने फ्लोरेन्सले उनलाई गणित विषय पढाई रहेकी थिइन् र यो पढाई उसले सान्धर्सट सैनिक स्कूलमा नफर्कदासम्म जारी राख्न चाहन्थ्यो । यस कुराले उनका बाबा पड्किए । आफ्नो छोरालाई केटी मान्छेले पढाउने भनेर । यदि त्यस्तो भयो भने त्यो सैनिक स्कूलमा सबै जना हाँस्नेछन् । उसलाई सबले अपमान गर्ने छन् र सम्भवतः उसले त्यो स्कूल छोड्नु पर्नेछ ।
फ्यानी र वेनले धेरै धेरै माफी मागे र त्यहाँबाट हिंडे। तर इम्ब्ली पार्क पुगे पछि तिनीहरुले माफी मागेका पत्रहरु लेखेर पठाई रहे र ती दुई परिवारको बीचमा केहि समयको लागि शिथिलता आयो ।
एक बर्ष भित्रमा उनीहरुको मित्रता फेरि बढ्यो । त्यसपछि जब हेन्री पच्चिस बर्षका भए, उनले फेरि फ्लोरेन्सलाई बिबाह प्रश्ताव राखे । यस बेला फ्लोरेन्स तयार थिइन् र यदि उनले हेन्रीलाई अस्वीकार गरेमा हेन्रीको हृदयमा ठूलो चोट पर्नेछ र फेरि समस्याको उत्पत्ति हुनेछ ।
हेन्रीको बैनी मारियान फ्लोरेन्सको संधै एकदम मनपर्ने थिइन् । मारियानले उनको दाई हेन्रीलाई एक किसिमले पुज्थिन् र यदि फ्लोरेन्सले उनलाई अस्वीकार गरेमा उनी अत्यन्तै रिसाउने छिन् ।
६ बर्ष देखिको प्रेमलाई फ्लोरेन्सले कसरी लत्याउने साहस गर्लिन र ? उनले जान्न खोजिन् । उनले फ्लोरेन्सलाई यौन इच्छा पूरा गर्न मात्र बाहिरी देखावटी माया गर्ने, जिस्काउने, झुटो माया देखाउने जस्ता आरोपहरु लगाउन थालिन् र तिनीसित फेरि कहिल्यै नबोल्ने जस्ता बाचा गर्न थालिन् । यो घटनाले यी दुई परिवारको बीच अर्को एउटा खाडल बनाइ दियो । फ्लोरेन्स यस घटनाबाट एकदम रिसाइन र विशेष गरी मारियान सितको मुल्यवान सम्बन्ध टुट्न गइरहेकोमा उनी झन् दुःखित भइन् । तिनी आफ्नो पूरानो “सपना “मा फर्किन् ।
उनले परमेश्वरको दोस्रो बोलावट पर्खेको आठ बर्ष भइसकेको थियो । अब त यस्तो बोलावटको आशा झन् कमजोर र रित्तो भविष्य देखिन थाल्यो किनभने त्यो बोलावट अझै आएन ।
विलियम (वेन) र फ्यानीलाई थाहा थियो कि फ्लोरेन्स रिचर्ड मोकटनसित प्रेममा छिन् । रिचर्डले एक चोटी भन्दा बढी फ्लोरेन्सलाई प्रश्ताव राखेका थिए । तर उनले अस्वीकार गरेकी थिइन् । अब फ्यानीले फ्लोरेन्सलाई सोधिन् कि रिचर्डलाई कहिलेसम्म पर्खाउने । जब फ्लोरेन्सले “म त्यससित विहे गर्न चाहदैन” भनिन् उनकी आमा रिसले चुर भइन् । फ्लोरेन्सलाई बेसरी गाली गरिन् । कहिलेसम्म तंलाई पालेर राख्ने आशा गरेकी छेस् भन्दै गाली गरिन् ।
तर उनको परमेश्वर प्रतिको कर्तव्य र उनको आफ्नै मन भित्रका भावनाहरुको कर्तव्यप्रति के गर्ने त ? फ्लोरेन्स आफुले आफैलाई सोधिन् । परमेश्वरको सेवाको लागि आफु अझै योग्य भैसकेको नभए तापनि उनले परमेश्वरको बोलावट सुनेकी थिइन् । यो सबै सपना थिएन । उनले डाएरी खोलिन । त्यसमा लेखिएको मिति हेरिन् । जहाँ लेखिएको थियो “परमेश्वर मसित बोल्नु भयो र उहाँको सेवाको लागि बोलाउनु भयो” । उनी आफैलाई थाहा भएको कुराको विरुद्धमा जानु आत्मिक आत्महत्या नै थियो । उनले त्यो बोलावट अझै पर्खने निर्णय गरिन् ।
एलिजावेथ गास्कल जो क्रान्फोर्ड र मारिबार्टन पुस्तकहरुकी प्रसिद्ध लेखिका थिइन्, उनी नाइटिङ्गेल परिवारको एक असल मित्र थिइन्। उनी प्रायः भेट्न जान्थिन् । बिशेष गरी लियाहर्सटमा किनभने उनी चेशाएर भन्ने ठाउँमा नजिकै बस्थिन् ।
उनले फ्लोरेन्स खाना खान ढिलो आउने गरेको कुरा देखेकी थिइन् । यसरी ढिला आउनुमा फ्लोरेन्सले “महिलाहरुले गर्ने काम” गर्दै थिएँ भन्ने बहाना बनाउथिन् । यो बहाना एलिजाबेथलाई अनौठो लाग्थ्यो । किनभने फ्लोरेन्सले त्यो “महिलाहरुले गर्ने काम” भन्नेलाई संधै विरोध गरिरहेकी थिइन् र त्यस्तो काम गर्न परे तापनि नचाहि नचाहिकन गर्थिन् ।
एकदिन एलिजावेथले फ्लोरेन्स बगैंचामा बसेर आफ्नी भतिजी हिलारीलाई चिठी लेखिरहेको र धेरै दुःखित भएको देखिन् । एलिजावेथ फ्लोरेन्सको छेउमा गएर बसिन र के भएको थियो बताउन उत्साहित गरिन् । थाहा लाग्यो कि फ्लोरेन्स “महिलाहरुले गर्ने काम” त गरिरहेकी थिइन्, तर उनकी आमाले स्यावास भन्ने खालको काम हैन । उनी ती घरहरुमा गइरहेकी थिइन्, जहाँ उनको साँच्चिकै खांचो छ । कमिजका बाउलामाथि सार्दै र सरसफाई गर्दै, भाँडाहरु माझ्दै र खाना तयार गर्दै गर्थिन् उनी ।
तर त्यो बिहान उनी केहि गर्न नसक्ने स्थितिमा थिइन् । उनी विस्तराको छेउमा उभिएर एउटा जवान महिला मर्न लागेको देखेकी थिइन् । कसैले त उसको हेर बिचार गर्न सक्थ्यो । तर कसैले पनि त्यो मर्न लागेको महिलाको स्याहार सुसार गरेको थिएन । वास्तै गरेको थिएन । तिनीहरु त्यहाँ बसेर उसलाई हेरिरहन्थे । आफूआफुमा मात्र कुरा गर्थे । कुनैकुनै बेला अलिकति केहि पिउन दिन्थे ।
फ्लोरेन्सले यो तथ्यको सामना गरिन् कि यदि उनी नर्स भएको भए त्यो महिला मरे तापनि, अरु केहि गर्न नसके पनि उसलाई बचाउने प्रयास त गर्ने थिएँ । अरु केहि गर्न नसके पनि उनको त्यो अवश्यम्भाबी मृत्युलाई अलि सजिलो पार्न सकिन्थ्यो । उनले एलिजाबेथलाई भनिन् “म एउटा रमिते जस्तो मात्र भएर त्यहाँ उभिएर हेर्नु बाहेक केहि गर्न सकिनँ ।” तिनीहरु मौसमी छुट्टीको लागि लण्डनमा गएको बेलामा बारोन बन्सेन भन्ने मान्छेले थेओडोर फिलन्डरको “काइजरवर्थ जर्मनीमा भएको प्रोटेस्टेन्ट महिला डिकनहरुको संस्थाको बार्षिक पुस्तक” भन्ने किताब दियो । यो किताबको नामले फ्लोरेन्स मन्त्रमुग्ध भइन् । उनले त्यो डिकन भनेको के हो भनेर पत्ता लगाउन दुःख गर्न थालिन् र पत्ता लगाइन् कि ग्रीक भाषामा डिकनको अर्थ “सेवा गर्नु” हो। पहिलो महिला डिकन फोएवे थिइन् र उनले सन्त पावल बिरामी पर्दा सुसार गरेकी थिइन् । पछि उनलाई रोमीहरु कहाँ चिठी पूराउने काम दिइएको थियो । त्यसभन्दा अगाडि नर्सिङ काम गर्ने ड्युटी दासहरुको थियो । तर तिनीहरुले समेत विरामीको स्याहार सुसार कसरी गर्ने भन्ने तालिम लिएका हुँदैनथे । उनीहरुले बिरामीलाई सफा राख्ने र खुवाउने पियाउने काम मात्र गर्थे ।
यो किताब पढिसकेपछि फ्लोरेन्सले आफ्ना वा-आमा र दिदीलाई यी सबै देखाइन् । तिनीहरु महिला डिकनहरु ख्याति प्राप्त र सेविकाहरु थिए भन्ने कुरामा विवाद गर्न सकेनन् । तैपनि अझै फ्यानीले जोड दिइरहेकी थिइन् कि एउटा सुखी परिवारमा हुर्केकी, एउटी भिक्टोरियन युगकी केटीको लागि यस्तो पेशा गलत हो। तीस बर्षकी भएपछि फ्लोरेन्सलाई आफूले चाहेको काम गर्न बा-आमाको अनुमति चाहिएन । तर बा-आमा विरुद्ध जानु एउटी सुख सयलमा हुर्केकी भिक्टोरियन युगकी कुमारीको लागि उचित थिएन ।
यो किताब पढेपछि उनी यति कुण्ठित भइन् कि उनी यी तीनवटै रोगबाट संधै पीडित हुने छिन् र अरु थप खोकी लाग्ने, र हाछिऊँ आउने पनि हुनेछ । उनी सँधै भन्दा बढी दुःखित र चिन्तित भईन् ।
केहिँ पारिवारिक साथीहरु, चार्लिस परिवार र सेलिना ब्रासेब्रिज, जसले फ्लोरेन्सलाई छोरी जस्तै मान्थे, तिनीहरुलाई अब फ्लोरेन्स पूर्ण रुपमा मानसिक रोगी हुन्छिन् भन्ने कुरामा निश्चित जस्तै भए र फ्लोरेन्सको बारेमा चिन्ता गर्न थाले । उनीहरुले जाडोको बिदा रोममा मनाउने योजना बनाएका थिए । पहिलेको महायात्रामा फ्लोरेन्स एकदम रमाएको कुरालाई सम्झेर तिनीहरुले वेन र फ्यानीलाई पनि त्यो जाडोको बिदामा फ्लोरेन्सलाई पनि संगै लगेर जाने प्रश्ताब राखे ।
टुरमा जाँदा सँधै जस्तो उनीहरुले चिनेका धेरैलाई सगै टुरमा जाने प्रश्ताव राख्थे । एकदिन चार्लीिस र सेलिना सन्त पत्रुस व्यासिलिकाको चर्चको सिढीमा उभिएको बेला उनीहरुले फ्लोरेन्सलाई सिड्नी हरबर्टसित परिचय गराए । उनी पेम्ब्रोकका अर्लका आधा भाइ अर्थात् सौतेला भाइ थिए । उनी अति धनी र ख्रीष्टियन धर्मका एक भक्त अनुयायी थिए । साथै उनी धन पैसामा अरुलाई सहयोग गर्ने मानिस पनि थिए । उनी आफ्नो घर जग्गा भाडामा लिने, काम गर्ने मानिसहरु प्रति धेरै उदार थिए । उनी पार्लियामेन्टको सदस्य हुँदा, जुनबेला सर रबर्ट पिल्स सरकारमा थिए उनी बिदेश बिभागका सचिव थिए। तर अहिले त्यो काम छाडेका थिए। उनीहरु रोममा भेट्ने बेला उनी आफ्नी मुन्दरी श्रीमती एलिजाबेचसित होनिमुन मनाउन रोममा थिए ।
तिनीहरुले बांकी बिदा सगसगै मनाए। त्यसपछि त्यो हरबर्ट परिवार र फ्लोरेन्स एकदम मिल्ने साथी भए। बासेबिज परिवार जस्तै सिड्नी र लिज पनि आधुनिक सोचाईका थिए र नर्स हुन चाहनु कुनै गलत कुरा हैन भन्थे । उनीहरु आफै स्वास्थ्य सेवामा धेरै चासो रास्ने मान्छे थिए। एक दिन उनीहरु ननहरु पढ्ने स्कूल जुन ट्रिनिटा देमोन्टी भन्ने ठाउँमा थियो, त्यहाँ गए। त्यो स्कूल नयां विचारबाट पढाउने कलामा चिनिन्थ्यो। यो ब्रासेबिज परिवार नै थियो जसले यस्तो व्यबस्थाले कसरी काम गरेको छ भनेर जान्न चाहन्थे । फ्लो
रेन्स अत्यन्तै प्रभावित भइन् र उनको दिमागमा यो कुरो खेल्न थाल्यो कि “के नसिंड पेशा सधै भन्नै नहुने शब्द हुनेछ त” र उनले कतै एउटा सानो नसिंड स्कूल सुरु गर्ने बिचार गरिन्। यसले कुनै विवाद ल्याउने छैन । उनको सामाजिक घेरा भित्र धेरैले गरिबहरुको लागि स्कूलहरु खोलेकै थिए। यो “महिलाहरुले गर्ने काम” को एउटा रुप थियो ।
त्यो ननहरुले पढ्ने स्कूलमा ननहरु र हरबर्ट परिवारसितको जमघटले फ्लोरेन्सको आत्मविश्वास अझ बढायो र उनी भविष्यमा आफ्नो जीवन अझ बढी अनुशासित पार्ने संकल्प गरिन् ।
तर ६ मैना पछि जब फ्लोरेन्स घरमा फकिंन्, उनकी आमाले घरको सबै सामानहरु कति छन, कहाँकहाँ छन् लेखेर लिष्ट बनाउने अर्डर दिइन । जस्तै लगाउने कपडा कप, थालबटुका, गरगहना, दराजमा के के छन् सबै लिष्ट बनाउन लगाइन् । फ्लोरेन्सलाई फेरि जेलमा परे जस्तो भयो । ती सामानहरुको नामहरु लेख्दै जाँदा उनले एउटा दृढ संकल्प गरिन् । ती सामानहरु गनेर सक्ने बित्तिकै आफ्नो परिवारलाई लियाहर्षट्को नजिक एउटा स्कूल खोल्ने आफ्नो योजना भएको कुरा बताउँछु भनेर सोचिन ।
यो प्रस्ताब एकदम राम्रो विचार भनेर स्वागत गरियो र केहि हप्ता भित्रै उनको त्यो स्कूल सुरु भयो ।
गाउँका सबै बच्चाहरु त त्यो स्कूलमा गएनन्, तर उनको क्लासमा बिद्यार्थीहरुको सख्याको आकार ठिकै थियो र त्यस समयमा उनले आफ्नो त्यो काम मन पुराएकी थिइन् । तर छिट्टै उनलाई लाग्यो कि यो प्राथमिक स्तरको शिक्षा भएतापनि नर्सिङ शिक्षा दिनलाई त्यस विषयमा तालिम प्राप्त व्यक्तिको खाँचो छ । उनले बच्चाहरुलाई पढाउँदा रमाइ रहेकी त थिइन्, तर त्यस्तो शिक्षा उनको लक्ष्य थिएन । उनको नशा नशामा नसिंड शिक्षा मात्र थियो ।
उनकी आमा र दिदीले पनि अब मन बदलेका थिए । तर उनीहरुले घरमा संगसंगै बस्नुको सट्टा धेरै समय बाहिर बिताएकोमा हप्काई रहेका थिए । उनले त्यति लामो जाडो बिदा युरोपमा मनाई सकेकी थिइन् ।
यदि त्यतिबेला त्यो स्कूल भए त्यसरी घुम्न जाँदा खुल्न सक्ने थिएन । यसबेला शरद ऋतुको अन्त हुन लागेको थियो । यिनीहरु अब लियाहर्षट बन्द गरेर दक्षिण सर्ने वाला थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।