चित्रकला अचेल सम्पत्ति बढाउने विभिन्न धातुजस्तै बन्न पुगेको छ । बरू धातु त सस्तो नै पाइन सक्छ तर केही चित्रकला त केही धातुभन्दा महँगा हुनसक्छन् । शानका लागि राख्न सकिने, सजिलो गरी टाँग्न मिल्ने, बजारको उतारचढावबाट मुक्त यस्ता चित्रकलाहरू अचेल किन्नेको संख्या क्रमशः बढ्न थालेको छ । किन्न पनि महँगो दाममा किन्नेहरूको संख्या बढ्न थालेको छ ।

यस्ता चित्रकलाहरू न्युयोर्कको क्रिस्टीज् भन्ने संस्थाले सार्वजनिक रूपमा डाक बढाबढ गरी बेच्ने गर्छ । कहिलेकाहीँ निजी डाक बढाबढ पनि राख्ने गरिन्छ र ती निजी डाक बढाबढको खबरहरू बिबिसी, न्युयोर्क टाइम्स तथा ब्लुमबर्गजस्ता मिडियाले दिने गर्छन् ।

त, यस्ता सार्वजनिक या निजी डाक बढाबढमा सबैभन्दा महँगो मूल्य हालेर किनिएका केही चित्रकलाका बारेमा यहाँ चर्चा गरिन्छ ।

पाब्लो पिकासोको ले रेभलाई स्टिभन ए. कोहनले १५५ मिलियन डलर हालेर किनेका थिए । सन् २०१३ मा किनेभन्दा यतिबेला मूल्य बढेको छ । हाल यसको मूल्य १९४ मिलियन डलर पुगेको छ । यो चित्रकला संसारकै महँगा चित्रकलामध्ये १२ औँ नम्बरमा पर्ने गरेको छ ।

सन् २०२२ मा एन्डी वारहोलले बनाएको चर्चित पेन्टिङ १९५.०४ मिलियन डलरमा बिक्री भएको थियो । कसले किन्यो भन्ने नखुले पनि यो चित्रकला मार्लिन मुनरोको हो । वारहोलले मुनरोको चार भागमा यो पेन्टिङ बनाएको भनिन्छ ।

सन् २००६ मा १३५ डलरमा बिक्री भएको गुस्ताभ क्लिम्टको यो चित्रकलाको नाउँ हो एडल ब्लोक-बउर । अहिले यसको मूल्य १९६ मिलियन डलर पुगिसकेको छ । यो चित्रलाई कस्मेटिक सामग्री उत्पादक रोनाल्ड एस. लोडरले आफ्नो बनाएका थिए ।

सन् २००६ मा हलिउडका फिल्म निर्माता डेभिड गेफेनले यो चित्र किनेका थिए । ज्याक्सन पोलकले पाँच नम्बर नाम दिएको यो चित्र १९४८ मा किनेका थिए । १४० मिलियन डलरको यो चित्रको मूल्य यतिबेला २०० मिलियन डलर पुगेको छ ।

इटालीका चित्रकार एमेडियो मोडिग्लियानीले बनाएको नु काउच शीर्षकको यो चित्र १७०.४ मिलियन डलरमा २०१५ मा डाक बढाबढमा बिक्री भएको थियो ।

नेदरल्यान्ड्सको सरकारले रेम्ब्रान्टले बनाएको आफ्नै तस्बिरलाई नेदरल्यान्ड्स सरकारले १९८ मिलियन डलरमा किनेको थियो । रेम्ब्रान्टले यसको शीर्षक स्टान्डर्ड बियरर हो ।

पाब्लो पिकासो लेस फेमी डी एल्गरको यो चित्र १७९.४ डलरमा बिक्री भएको थियो । अहिले यसको मूल्य २०० मिलियन डलरभन्दा माथि पर्छ ।

नेदरल्यान्ड्सको सरकारले यो चित्रकला १८०.६ मिलियन डलरमा क्रिस्टीबाट किनेको थियो । मार्टिन सुलमान्स र उनकी पत्नी उपजेन कोपिटको यो चित्र रेम्ब्रान्टले बनाएका थिए । देशकै चित्रकलाका पिता भएकाले महँगो दरमा किनिएको थियो ।

रूसका धनाढ्य दिमित्री राइबोलोभ्लेभलाई एक जना स्विट्जरल्यान्डका आर्ट डिर येभ्स बोउभिएरले ११२ मिलियन डलरमा बेचेका थिए । यसपछि दिमित्रीले यसलाई अरू नै कसैलाई तत्काल १८३ मिलियन डलरमा बेचेका थिए । अहिले यसको बजार मूल्य २३० मिलियन डलर पर्छ । यो चित्र गुस्ताभ क्लिम्टले बनाएका हुन् ।

ज्याक्सन पोलकले आफ्नो हस्ताक्षर गरेको यो तस्बिरलाई सन् २०१५ मा खर्बपति केन ग्रिफिनले किनेका थिए । त्यो बेला २०० मिलियन डलर तिरेका थिए ।

पल गउगुइनको दुई जना युवतीको तस्बिरलाई कतारका एक ग्राहकलाई ३०० मिलियन डलरमा बेचेका थिए ।

खर्बपति केन ग्रिफिथले विलेम डि कूनिङको यो चित्र २०१५ मा किनेका थिए । यसको मूल्य ३०० मिलियन डलर पर्छ ।

सन् २०१७ मा भएको सबैभन्दा महँगो चित्रकला किनबेच मानिन्छ । रूसी खर्बपति दिमित्री राइबोलोभ्लेभले यस चित्रलाई ४५० मिलियन डलरमा बेचिएको थियो । यस चित्रलाई लियोनार्दो दा भिन्सीले बनाएका थिए ।

द डेली डाइजेस्टबाट साभार