प्रजातन्त्रको मसिहा भनेर चिनिने भूगोल र जनसङ्ख्याका हिसाबले संसारमा तेस्रो ठूलो देश अमेरिकाको साहित्यिक विकास पनि द्रूततर गति अगाडि बढेको छ।अमेरिकी अग्रज दार्शनिक तथा साहित्यकारहरूको नाम लिंदा वेञ्जामिन फ्रान्कलिन, अलेक्जेण्डर हामिल्टन, थोमस पाइन र थोमस जेफरसनको नाम आउँछ। त्यसै गरेर विभिन्न अग्रज कवि तथा साहित्यकारहरूको नाम लिंदा वासिङ्टन इर्भिङ, एगर एलेन पो, राल्फ वाल्डो इमर्सन, हेनरी डेभिड थेरेउ, फ्रकरिक डगलस, थर्न, नाथालियल ह्वा हर्मन मरभिल्ले, वाल्ट हेमिल्टन, मार्क ट्वाइन, इमिली डिकिन्सन, हेनरी जेम्स आदिको नाम लिन सकिन्छ। तर साहित्यमा नोबेल पुरस्कारको कुरा गर्दा नोबेल पुरस्कार घोषणा भएको ३० वर्षपछि मात्रै अमेरिकाले सन् १९३० मा पहिलो पटक साहित्यमा नोबेल पुरस्कार जित्न सफल भएको थियो ।
अमेरिकाबाट साहित्यतर्फ पहिलो पटक नोबेल पुरस्कार जित्न सफल सिनक्लेयर लेविस Sinclair Lewis को जन्म १८८५ मा भएको थियो। कथाकार, नाटककार तथा उपन्यासकारका रूपमा परिचित लेविस Sinclair Lewis का कृतिहरूमा Main Street, Babbit, Arrowsmith आदि हुन्। राजनीतिक तथा सामाजिक विसंगतिलाई उजागर गर्दै लेखिने उनका लेखबाट उनलाई Charles Dickens र Honor De Balzac सँग तुलना गरिन्छ । सन् १९३० मा साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल Sinclair Lewis को देहान्त सन् १९५१ मा भयो ।
अमेरिकाबाट साहित्यतर्फ दोस्रो पल्ट नोबेल पुरस्कार जित्न सफल युजिनो ए नेल Eugene O’Neill को जन्म १८८८ मा भएको थियो। २४ वर्षको उमेरमा क्षयरोगबाट ग्रसित साहित्यकार युजिनो ए नेल Eugene O’Neill त्यही समयमा धेरै साहित्य अध्ययन गरेका थिए। आफ्नी छोरीको बिहे चार्ली चाप्लिनसँग गरिदिएका युजिनो ए नेल Eugene O’Neill विशेष गरेर नाटककारका रूपमा प्रसिद्ध छन् । उनका तीन दर्जन जति कृतिहरू प्रकाशित छन्। साहित्यकार युजिनो ए नेल Eugene O’Neill को निधन सन् १९५३ मा भएको थियो ।
पर्ल एस. बक सन् १८९२ मा अमेरिकामा जन्मेर चीनमा क्रिश्चियन मिशनरीको रूपमा कार्यरत रहँदा चीनको सामाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिलाई निकै नजिकबाट नियालेकी थिइन्। उनको सो कार्यमा संलग्न रहँदा चीनका महिलाहरूको गतिविधिहरू पनि सूक्ष्म तरिकाले अध्ययन गरेकी थिइन्। The Good Earth मा बकले त्यहाँको सांस्कृतिक वातावरणलाई अभिनयात्मक तरिकाले उतारेकी छिन् । बकको लेख प्रस्तुतिमा देखेको अनुभव हुन्छ । महान साहित्यकार वकका The Good Earth सहित The Enemy, East Wind and West Wind, The Big Wave तथा Sons आदि पुस्तकहरू विश्वप्रसिद्ध छन् । उनको सन् १९७३ मा अमेरिकामा निधन भयो ।
सधैँ पढिरहन रूचाउने लेखक विलियम फकनर लेखक नभै सक्दा कामबाट नै हात धुन परेको लेख उतारेका छन्। साहित्य के हो भन्ने हेक्का नभएका महानुभावहरूलाई साहित्य भनेको टाइम पास मात्रै हो भन्ने नै लाग्छ होला तर साहित्य भनेको सबथोक हो भन्ने कुरा बुझाउन नसक्नु हाम्रो कमजोरी हो भन्ने कुरा फकनरले दर्शाएका छन्। आफ्नो जिन्दगीको समय अन्तरालमा जुत्ता सिलाउनेदेखि खलासीसम्मको काममा लागेका फकनर एक दिन महान् साहित्यकार भएर निस्के। यी साहित्यकार सन् १८९७ मा जन्मेका थिए। १३ वर्षकै उमेरमा कविता लेख्न शुरू गरेका साहित्यकार फकनर जोसेफ कनराड, रोबर्ट फ्रस्ट, एज्रा पाउण्ड र सरवुड एण्डरसनबाट प्रभावित थिए। As I lay down, Absalom Absalom, A rose for Emily तथा Sound and Fury जस्ता कृतिहरूका लेखक फकनरको निधन सन् १९६२ मा अमेरिकामा भयो ।
सत्यवादी लेख तथा रचना दिन सफल अर्नेष्ट हेमिङवेको लेखनशैली अचम्मको थियो । उनको लेखले पाठक पात्रसँगै बोलेको अनुभव गर्दछ। जादुगरी लेखन शैलीका हेमिङवे दोस्रो विश्व युद्धमा एम्बुलेन्स चालकका रूपमा इटालीमा खटिएका थिए। आफ्ना जिन्दगी प्रत्येक दिन कापीमा उतार्ने यी लेखकका The Sun also Rise, The Old Man and Sea, For Whom the bell tolls तथा The farewell of the arms आदि पुस्तकहरू धेरै प्रसिद्ध छन्। हेमिङवे लेखिनै रहे लेखि नै रहे, सधैँ लेखि नै रहे। उनको लेखिरहने बानी नै उनलाई लेखकका रूपमा स्थापित गर्यो । सन् १८९९ मा जन्मेका हेमिङवे सन् १९६१ मा आफैँलाई गोली हानी हामीबाट बिदा भए ।
प्रसिद्ध लेखक जोन स्टेनव्याक सन् १९०२ मा क्यालिफोर्नियामा जन्मेका थिए। प्रसिद्ध पुस्तक द ग्रेप्स अफ द राथ उनको सबैभन्दा प्रसिद्ध पुस्तक हो। The grapes of wrath जस्तै प्रसिद्ध पुस्तकहरू East of Eden र The Pearl जस्ता कृतिहरूका लेखक स्टेनव्याकले सन् १९६२ मा साहित्यतर्फ नोबेल पुरस्कार जित्न सफल भए। प्रसिद्ध लेखक स्टेनव्याकको सन् १९६८ मा न्युयोर्कमा निधन भयो ।
समाजशास्त्र तथा मानवशास्त्रका विद्यार्थी साउल विलोको जन्म क्यानडामा भएको थियो। पच्चीस वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र अध्यापन गरेका विलो इन्साक्लोपेडिया ब्रिटानिकाको सम्पादन शाखामा पनि काम गरेका थिए। सन् १९४४ मा प्रसिद्ध पुस्तक ड्याङलिङ म्यान प्रकाशित भयो, जुन रसियन लेखक फयोदर दोस्तोभोस्कीको लेखनबाट प्रभावित मानिन्छ। आफ्नो जीवनमा ५ विवाह गरेका विलोका प्रमुख कृतिहरू द एडभेञ्चर अफ अगि मार्च, द नोवेल स्याभेज, ह्याम्वोल्ट गिफ्टहरू विशेष प्रसिद्ध छन्। सन् १९७६ मा नोबेल पुरस्कार पाएका विलोको जन्म सन् १९१५ मा भएको थियो भने २००५ मा देह त्याग गरेका थिए ।
प्रसिद्ध लेखक इज्याक वासेविस सिङ्गरको जन्म पोल्याण्डमा भएको थियो। यहुदी धर्मावलम्बी इज्याक वासेविस सिङ्गरको जन्म १९०३ मा भएको थियो । विश्व प्रख्यात कृतिहरू The Slave, The Family Moskat, Enemies तथा A love story जस्ता पुस्तकका लेखक सिङ्गरले सन् १९७८ मा नोबेल पुरस्कार जित्न सफल भएका थिए । सिङ्गरको देहान्त सन् १९९१ मा अमेरिकामा भयो ।
अमेरिकाको तर्फबाट अश्वेत महिलाको रूपमा सन् १९९३ मा नोबेल पुरस्कार जित्न सफल टोनी मोरिसनको जन्म सन् १९३१ मा भएको थियो। प्रख्यात कृतिहरू Beloved, The Bluest Eye, Song of Solomon, Sula जस्ता प्रसिद्ध पुस्तकहरूको लेखिका मोरिसनका कृतिहरूमा समाज भित्रका विकृतिहरू पाइन्छन्। विशेष गरेर काला र गोरा बीचको विभेदलाई टोनी मोरिसनले अति सुन्दर तरिकाले साहित्य मार्फत उतारेकी छन् ।
साहित्यतर्फ नोबेल अवार्ड दिँदैआएको इतिहासमा सन् २०१६ मा अमेरिकी गायक बब डिलनलाई नोबेल अवार्ड दिइयो । उपन्यास, कविता, नाटक, दर्शन, कथा, आख्यान तथा गैरआख्यानतर्फ दिइँदै आएको पुरस्कारमा एकै चोटी गायक तथा गीत रचनाकारलाई पुरस्कार दिंदा केही समय विवाद पनि भयो। प्रसिद्ध गायक तथा गीतकार डाइलन सन् १९४१ मा अमेरिकामा जन्मेका थिए ।
साहित्य तर्फका सबै प्रसिद्ध अमेरिकन तथा वेलायती पुरस्कारहरू जित्न सफल लुइस ग्लुकले सन् २०२० मा साहित्यतर्फ नोबेल पुरस्कार पनि जित्न सफल भइन्। विशेष गरेर कविका रूपमा परिचित लुज ग्लुक सन् १९४३ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी थिइन् । उनको निधन हालै २०२३ अक्टोबर १३ मा भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।