भिक्टोरियन युग महिलाहरूलाई सीमित घेरामा राख्नेमा सधैं आलोचित छ । तर सन् १८३७ भन्दा धेरै पहिले जब रानी भिक्टोरिया राजगद्दिमा हुनुहुन्थ्यो, त्यसबेलाको धारणाले अहिले पनि प्रभाब पार्दछ । बीस वर्षको आसपासमा पुग्दासम्म बिहे नगर्ने महिलाहरू जीवन भरी बिहे गर्दैनथे । विशेषगरी अली नराम्री महिलाहरूलाई “बुढी कन्ये” भनिन्थ्यो । र तिनीहरूलाई माइतीमा ज्याला बिनाको काम लगाइन्थ्यो । तिनीहरूलाई आफ्ना दाजुभाइ दिदी बैनीहरूको बालबच्चाको स्याहार सुसार गर्न लगाइन्थ्यो र तिनीहरूलाई आन्टी भनिन्थ्यो ।

फ्रान्सेस स्मिथ जसलाई मायालु भाषामा फ्यानी भनेर बोलाइन्थ्यो, उनको तीस वर्षको हुँदासम्म बिहे नहुँदा सबै अचम्म परेका थिए ।

अझ अचम्मको कुरो त उनका पति जसको नाम विलियम एड्वार्ड नाटिङ्गेल थियो र छोटकरीमा वेन भनेर बोलाइन्थ्यो उनको उमेर तेईस वर्षको मात्र थियो ।

दुलही सात वर्ष जेठी हुने त कुरै छोडौँ दुई-तीन हप्ता मात्र जेठी छिन् भने समाजमा कुरा काट्थे ।

त्यतिबेला वेन र फ्यानीको धेरै कुरामा जोडी मिलेको थिएन । तिनीहरू दुबै उच्च परिवारका थिए । तिनीहरू धेरै बुद्धि भएका, प्रसिद्ध र शारीरिक रुपमा आकर्षक पनि थिए । तैपनि फ्यानीको स्वभाव अलि साँगुरो खालको थियो । तिनी अलि काम नलाग्ने, हँसाउने कुरामा ब्यस्त हुन्थिन् । र अलि स्वार्थी कुरा गर्थिन् । वेन लजालु, शान्त र कितावहरूमा समय बिताउने खालका थिए । उनलाई शान्तिपूर्ण वातावरण मन पर्थ्यो र उनी त्यति महत्वकाँक्षी थिएनन् र उनलाई त्यस्तो हुनु आवश्यकता पनि थिएन । उनको काकाबाट उनले वार्षिक आठ हजार पाउण्डको भत्ता पाउँथे । त्यो रकम त्यतिबेलाको लागि असाध्यै धेरै मानिन्थ्यो । यसैले तिनी एकदम धनी मानिसमा गनिन्थे । उनी धेरै भाषा फरर बोल्थे । उनलाई आर्ट (कला) मन पर्थ्यो । तर त्यो मन पराई गहिराईमा गएको थिएन । वेन खाली चित्रहरू, मूर्तिकला र संगित मन पराउँथे । खासै भन्ने हो भने कला उनलाई मन पर्दैन थियो भने पनि हुन्छ ।

सन् १८१८ मा तिनीहरूको बिबाह पछि प्रकारले सजिएका नोकरहरूको साथमा हनिमुन मनाउन निस्के । विशेष डुङ्गामा चढेर तिनीहरू इँग्लिश च्यानल (फ्रान्स र ईंग्ल्याण्ड बीचको छोटो समुन्द्रीबाटो) बाट युरोपको मुख्य भूमिमा आइपुगे । त्यहाँ फ्रान्स, स्वीटरजरल्याण्ड र इटलीमा धेरै समय बिताए । यसलाई ‘महायात्रा’ भनेर चिनिन्थ्यो । धनी यात्रीहरूले आफन्तहरू, साथीहरू र छिमेकीहरूलाई भेट्थे ।

यस्तो खालको हनिमुनमा धनि मानिसहरूले वर्षौँ बिताउँथे । त्यसरी समय बिताउँदै इंग्ल्याण्ड फर्कंदा नवबिबाहितहरूले परिवारसित भेट्थे । भेट्थे फ्यानी र वेनको लागि पनि त्यस्तै भयो ।

घुमेका देशहरू मध्ये तिनीहरूलाई सबैभन्दा बढी इटली मन परेको थियो । त्यहाँ तिनीहरूले सबै भन्दा बढी समय बिताएका थिए । बिबाह गरेको एक वर्षमा उनीहरूको पहिलो बच्चा जन्मेको थियो । त्यतिबेला तिनीहरू नेपल्स (इटली) मा थिए ।

भेसुभिअस् पहाडको फेदीमा एउटा बन्दरगाह थियो, जहाँ ठूलाठूला घरहरू र मूर्तिकलाहरू थिए । यो अत्यन्त सुन्दर सहर भएकाले तिनीहरूले आफ्नी छोरीलाई पनि सुन्दर नामा विचार गरे । तर नेपल्स भन्ने नाम त्यति सुहाउँदो नलागेर होला उनीहरूले ग्रीक नाम राखि दिनेमा सहमत भए र पार्थेनोप भन्ने नाम राखि दिए । छितै यो नाम छोटकरी र मायालु भाषामा पप भनिन थाल्यो र यो नाम केही समयसम्म रह्यो ।

दुई वर्ष पछि तिनीहरू फ्लोरेन्स भन्ने ठाउँमा एउटा घर भाडामा लिएर बस्न थाले । त्यो घरको नाम भिल्ला कोलम्बिया थियो । घर लामो थियो । सटर भएका झ्यालहरू थिए । सुन्दर इटालियन बगैंचा थियो । ठूल्ठूला छायाँदार रूखहरू थिए । तुस्कानी पहाडको टुप्पाबाट सहरका कुलाहरू देखिन्थे । साथै पुलहरू, पिजाघर र अरू ठूल्ठूला घरहरू देखिन्थे ।

यही मे १२, १८२० मा उनीहरूको दोस्रो बच्चा जन्मियो । यसबेला बच्चाको नाम फ्लोरेन्स भनेर राख्ने विचार गरे । त्यो नाम छिटै फ्लोमा परिणत भयो ।

अहिलेसम्म पनि पार्थेनोप भन्ने नाम त्यति पुचलनमा छैन । त्यतिबेला फ्लोरेन्स भन्ने नाम पनि त्यस्तै थियो । वास्तवमा यो दाबी गरिन्छ कि नाइटिङ्गेल दम्पतीको छोरीको नाम नै यो पहिलो नाम थियो । फ्लोरेन्स भनेर

अरू केहि वर्षको यात्रा गर्दै गर्दा पार्थेनोप तीन वर्गको र फ्लोरेन्स एक वर्षकी भइन् । यतिबेला वेन र फ्यानी उत्तरी इंग्ल्याण्डको डर्बीसाएर भन्ने ठाउँमा नयाँ घरमा स्थाई बसोबास गर्ने विचार गरे ।

यो घर डिजाइन वेन आफैले गरेका थिए । यो घर डरवेन्ट नदीको छेउको एकान्त ठाउँमा थियो । यो घरमा नोकर चामरहरूको एउटा टिम नै थियो । घरमा १५ वटा सुत्ने कोठाहरू थिए । अत्यन्त महङ्गो र सानदार थियो त्यो घर । चित्रहरू बनाउने कोठा, संगित कोठा, पुस्तकालय कोठा सब अलगअलग थिए । फ्यानीको आफ्नै एउटा सुन्दर कोठा थियो । जहाँ उनी आफ्नो व्यक्तिगत समय बिताउँथिन् । वेनको पनि यस्तै एउटा व्यक्तिगत कोठा थियो । जहाँ उनी धुम्रपान गर्थे ।

बिसौं सताब्दीको सुरुसम्ममा नर्सरी पूर्ण रुपमा काममा आएको थियो र नाइदिङ्गेल परिवार पनि यसबाट टाढिएका थिएनन् । बच्चाहरूको लागि कार्पेट हालेको भुई थिएन । सानो गुन्द्री मात्र हुन्थ्यो । कडा कुर्सीमा राख्नलाई चकटी पनि हुँदैनथ्यो । टेबिलमा पालिस गरेको हुँदैनथ्यो । सुत्ने खाटको वरिपरि न्यानोको लागि पर्दा हुनु पर्नेमा त्यो पनि हुँदैनथ्यो ।

दुर्भाग्यबस लियाहर्स्ट नामको त्यो घर सुन्दर भएतापनि यो घर त्यति व्यवहारिक देखिएन । किनभने १५ वटा कोठा भएको घर फ्यानीलाई सानो लाग्यो । साथै त्यो ठाउँ अरू सामाजिक गतिविधिबाट टाढा थियो । त्यतिबेला घर न्यानो बनाउने बिधि (Central Heating System) थिएन । मान्छेहरू घर न्यानो बनाउन कोइला र दाउरामा निर्भर थिए ।

सन् १८२५ मा चार वर्षपछि तिनीहरू लियाहर्सटको त्यो घरमा ग्रीष्म ऋतुमा बस्ने गरी त्यो परिवार दक्षिण इंग्ल्याण्डको ह्याम्पसाएर भन्ने ठाउँमा सरे । त्यतिबेला पप सात वर्ष र फ्लोरेन्स पाँच वर्षका थिए । त्यो घर रातो इँटाले बनेको थियो । त्यो घर न्यू फोरेस्टको छेउमा थियो । त्यो घरमा सर्नुमा अर्को फाईदा थियो । तिनीहरूको प्रिउ साथीहरू पाल्मर स्टोन्स भन्ने परिवार त्यही बस्थे । भिस्काउन्ट हेन्रि पाल्मर स्टोन युद्धको लागि राज्य सचिब (Secretary of State for War) थिए । उनलाई छोटकरीमा पाम भनिन्थ्यो । उनी अलि रुखो स्वभावका थिए । धेरै बोल्दैनथे । जुनकुरा रुखो जस्तो लाग्थ्यो । नजिकबाट चिन्नेले उनलाई मन पराउदैन थे । र उनी जाने सबै घरहरू मध्ये त्यो घरलाई बढी मन पराउँथिन् ।

साथै ती नाइटिङ्गेल परिवारको नातेदारहरू पनि नजिकै बस्थे । बोनहाम कार्टरस् कि छोरी हिलारी फ्लोरेन्सको प्यारी भदिनी थिईन् ।

अरू धेरै मानिसहरू जस्तै नाइटिङ्गेल परिवार मे, जुन र जुलाई महिनाको मौसममा लण्डनमा बस्थे । त्यहाँ सबैले बल खेल जस्तै फुटबल, बगैंचामा पकाएर खाने, डुंगा चलाउने प्रतिस्पर्धा, आस्कोट दौड, ओपेरा आदिमा भाग लिन्थे । बसन्त ऋतुको अन्त र ग्रीष्म ऋतुको सुरुतिर सबै घरका मान्छेहरू उत्तर तिर बसाई सर्वे । त्यहाँ तिनीहरू ग्रस भन्ने विशेष खालको चराको सिकार खेल्थे । नाइटिङ्गेल परिवार भने खैरो रङ्गको तित्रा चराको र स्यालको सिकार खेल्थे । जब जाडो मौसम सुरु हुन्थ्यो, उनीहरू फेरि दक्षिणमा सर्थे । तिनीहरूको ह्याम्पसाएरको घरमा वेनका दाजुभाई दिदीबैनीहर थिएनन् । फ्यानीका दशजना दाजुभाइ, दिदी बैनीहरू थिए। यसैले पप र फ्लोरेन्सका धेरै जना मामा माइजूहरू थिए । ती मामा माइजुका पनि धेरै बालबच्चाहरू थिए । यसको मतलब ती केटीहरू (पप र फ्लोरेन्स) सधैँ स-साना बच्चाहरूको साथमा हुन्थे ।

यी बच्चाहरू मध्ये फ्लोरेन्सले अलि बेग्लै खालको स्वभाव देखाउन थालिन् । अलि गम्भीर देखिन् थालिन् । तीनलाई खेलौनाहरू मन पर्दथ्यो । र सबै खेलहरूमा भाग लिन्थिन् । तर अरू बच्चाहरू जस्तो रमाउँदैन थिइन् । तिनलाई पढ्न र सङ्गीत असाध्यै मन पर्दथ्यो । उनी आफ्नो भदिनीसित पियानो बजाउन घण्टौ बिताउँथिन् । ती भदिनीको नाम मारियान निकोल्सन् थियो । तिनलाई पनि फ्लोरेन्सलाई जत्तिकै सङ्गीत मन पर्दथ्यो ।

पालिएका जनावरहरूका (जस्तै: कुकुर, बिरालो) बिरामी भएमा वा चोटपटक लागेमा सन्चो नहुँदासम्म फ्लोरेन्सले राम्रो हेरचाह र स्याहार गर्थिन् । उनको घरमा भेटघाटको लागि आउनेहरूमा स-साना बालकहरू साथमा लिएर आउनेहरू उनलाई बढी मन पर्दथ्यो । त्यहाँ तिनी हराउँथिन् । अर्थात् नर्सरीमा ती बालबालिकाहरूको स्याहार सुसार गर्नमा तल्लिन् हुन्थिन् ।

उनले यसरी तनमनले बिरामी वा घाइते पाल्तु जनावरहरू, बिग्रेका खेलौनाहरू आदिको स्याहार सुसार गरेको देख्दा यिनको हृदय कति कमलो र दयालु रहेछ भनेर मान्छेहरू अचम्म मान्थे । थोरै जनाले मात्र यिनको यो दयालु स्वभावको भविष्य प्रति शङ्का गर्थे ।

फ्लोरेन्स ६ वर्षकी हुँदा उनी आफैले म अरू भन्दा फरक छु भनेर महसुस गर्न थालिन् । तिनले समाजमा महिलाहरू कस्तो हुनुपर्छ, तिनीहरू के हुनुपर्छ भन्ने कुरा सोच्न थालिन् । उनको आफ्नै भविष्य पनि अरू महिलाहरूको जस्तै हुने होला भनेर सोच्न थालिन् । अरू केटीहरू यी सामाजिक कुराहरू सहजै स्विकारी रहेका थिए । यसैले उनले मेरो दिमागमा केही खराबी त छैन भनेर सोच्न थालिन् ।

उनका बा आमा पनि चिन्तित हुन थाले । फ्लोरेन्सको मन यताउता घुमेको जस्तो देखिन्थ्यो । एकछिन् उनी लाज मानेर एउटा शान्त कुनामा जान्थिन् । अर्को एकछिनमा उनी दिमागमा केही गडबडी भए जस्तो व्यवहार गर्थिन् । झनक्क रिसाउँथिन् ।

यी दुई दिदी बैनीले दुईबर्ष जति स्कुल कोठामा समयसँगै बिताए । फ्यानीको हस्तक्षेपले गर्दा तिनीहरूले लामो समय बिताउन सकेनन् । वेन तिनीहरू घरीघरी आउने र जाने गर्नाले थकित भएका थिए । यसैले जब पप १४ वर्षकी र फ्लोरेन्स १२ वर्षकी भइन, उनीहरूको शिक्षाको जिम्मा वेन आफैले लिए ।

उनले तिनीहरूलाई इतिहास, दर्शनशास्त्र र गणित पढाउन थाले । साथै ग्रीक, ल्याटिन्, फ्रेन्च, जर्मन र इटालियन भाषाहरू पनि पढाउन थाले । यस्तो खालको शिक्षा केटाहरूले मात्र पढ्नु पर्छ भन्ने सोचाई राख्ने समाजमा केटीहरूको लागि अनौठो मानिएको थियो ।

वेन इटालिएन भाषा फरर बोल्थे । उनको कलाप्रतिको रुचि देखावटी मात्र थियो । उनी इटालियन भाषा मातृभाषा जस्तै गरी बोल्न खोज्थे । विद्वान जस्तो गरी हैन । व्याकरणमा त्यति ध्यान दिँदैनथेँ । अर्कोतिर फ्लोरेन्स सानो भन्दा सानो पनि गल्ती हुन्छ कि भनेर चिन्तित हुन्थिन् । पाँच वटै भाषाका सबै पक्षमा ध्यान दिन्थिन् । उनले सबै शिक्षा गम्भीरताका साथ अध्ययन गर्थिन् । विशेष गरी गणित र विश्व इतिहास पढ्न उनी रमाउँथिन् । उनको दिदीले चाहिँ यी विषयहरू पढ्नै पर्ने बाध्यताले मात्र पढ्थिन् । फ्यानीको स्वभाव फरक भएकाले गर्दा उनी सामाजिक प्रतिष्ठामा बढी ध्यान दिन्थिन् । उनको एक मात्र लक्ष्य थियो समाजमा आफ्नो प्रतिष्ठा उच्च पार्ने र छोरीहरूले पनि त्यस्तै गरुन् भन्ने ।

समाजमा महिलाहरू पातली, हेर्दा अरू मान्छे आकर्षित नहुने, रुन्चेलो अनुहार, शान्त स्वभावका होउन् भन्ने आशा गरिन्थ्यो। साथै चित्रकला, गीत, सङ्गीत, नाच, विभिन्न सङ्गीतका बाजा बजाउन जान्ने आदि होउन् भन्ने पनि आशा राखिन्थ्यो । साथै विभिन्न डिजाइनमा सिलाउने, बुन्ने काम पनि महिलाहरूले जानेका होउन् भन्ने आशा राखिन्थ्यो । उनीहरू आफ्नो रूप रङ्गमा ख्याल राखुन्, कपाल राम्रो बनाउन घण्टौँ बिताउन, कपडा, गरगहनाबाट सामाजिक प्रतिष्ठा बढाउन् भन्ने आशा पनि राखिन्थ्यो ।

महिलाहरूबाट सबभन्दा बढी व्यवहारिक कुराको आशा के कुरामा राखिन्थ्यो भने उनीहरूले घर परिवार राम्ररी सम्हाल्न सक्ने होउन् । किनभने महिलाको अन्तिम उपलब्धि भनेको उत्तम विवाह नै हो भन्ने थियो ।

त्यस्तो विवाहमा प्रेमको आवश्यकता नै पर्छ भन्ने जरुरी पनि थिएन । फ्लोरेन्ससित उनको आमामा भएका सबै सुन्दरताहरू भएता पनि उनकी आमा फ्यानी यस कुरामा दुखित थिइन् कि फ्लोरेन्ससित माथि उल्लेखित कुनै पनि कुरा थिएन । यसको उल्टो बरु फ्लोरेन्ससित पुरुषमा हुनुपर्ने गुणहरू थिए ।

फ्यानीको परिबार अत्यन्तै राजनीतिक भावनाले प्रेरित थियो । सन् १७५३ देखि १७८५ सम्म उनका बाजे अमेरिका बेलायतबाट स्वतन्त्र हुनुपर्छ भन्ने अमेरिकीहरूको लडाइँका अन्धसमर्थक थिए । उनका आफ्नै बाबा दास प्रथाको कट्टर विरोधी थिए र लामो समयदेखि विलियम विल्वफोर्सका भक्त थिए ।

फ्यानी आफ्नी जेठी छोरीसित खुसी थिइन् । उनकी जेठी छोरी पप (पार्थेपोप) एउटा सुन्दर जीवन लिएर बढिरहेकी थिइन् । उनी आफ्नी आमाले आशा गरेजस्तै महिला बनेर एउटा उदाहरण बनिरहेकी थिइन् । दुःखको कुरा के भने उनले आमाले भनेको सबै कुरा मान्दा आफ्नो सुन्दरता र विवेक गुमाई रहेकी थिइन् ।

उनी सधैँ आफ्नी बैनी फ्लोरेन्सको अगाडि कमजोर महसुस गर्ने गर्थिन् । उनले फ्लोरेन्सको सुन्दरता र बुद्धिको तितो रूपमा तिरस्कार गर्न थालिन् । उनले बैनीलाई कब्जा गर्न र उनको समय खोस्न लागिन् ।

तैपनि जब कला सम्बन्धी कुरो आउँथ्यो त्यसमा पार्थेनोप नै अगाडि थिइन् । घरमा फूलले सजाउने काम सबै पार्थेपोपले गर्थिन् । उनको त्यस्तो काम समय बिताउने काम भन्दा ठुलो नभए तापनि प्रदर्शनको लागि भने महत्त्वपूर्ण थिए । यस्तो काम पुरुषहरूले पनि गर्नुपर्छ भन्ने मान्यता थियो ।

जुन बेला पार्थेनोपले आफ्नो सामाजिक भूमिका के हो भन्ने कुरा सिकिरहेकी थिइन् । उनकी बैनी अर्थात् फ्लोरेन्सले मन भित्रभित्रै विरोध गरी रहेकी हुन्थिन् । बाहिर सबै कुरा एकदम राम्रो थियो । झगडाको कारणहरू पनि थिएन । उनले आफ्नो जीवन घरेलु भोजभतेर, वनभोज, भकुन्डो खेल, छुट्टी मनाउनेमा मात्र सीमित गर्न चाहँदैनथिन् । साथीहरू, इष्टमित्रहरू सितको भेटघाट, पारिवारिक जमघट, बिहेको लागि मगनी, बिहे, बाल अर्पण आदि जस्ता कुरा फ्लोरेन्सलाई मनै पर्दैनथ्यो भन्न खोजेको हैन । त्यो परिवारमा लामो आयुको आशिष् भए तापनि कहिलेकाहीँ अरू मान्छे मर्दा मलामी पनि जानु पर्दथ्यो । जहाँसम्म महँगा गरगहना, नयाँ लुगा किन्ने, नयाँ नयाँ कपालको डिजाइन गर्ने, नयाँ नयाँ प्रकारका नाचको कुरो छ त्यसमा उनी एउटी सुन्दर महिलाको रूपमा आफूलाई परिपक्को पार्दै थिइन् । उनी आफ्नो सुन्दरतामा घमन्ड गर्थिन् । यसैले उनले यी कुराहरूको पूर्णरुपले आनन्द लिएकी थिइन् ।

उनलाई के कुराले असन्तुष्ट बनाएको थियो भने यस बाहेक कहिल्यै पनि अरू काम गर्न दिइने छैन । यस्ता कामहरू उनको लागि साँधैको खीष्टमस (दसैँ तिहार) जस्तै हुनेछ । चाडपर्वहरूमा जति रमाइलो भएता पनि हामी आफ्नो दैनिक काम काजमा फर्केनौ भने छिटै दिक्क लाग्दो हुन्छ ।

फ्यानी र पार्थेनोपले विश्वास गर्थे कि उनीहरू यस्ता चाडपर्व पछि सामान्य दैनिक जीवनमा फर्केका छन् । तर तिनीहरूको लागि सामान्य दैनिक जीवनमा फर्कनु भनेको चित्रकला बनाउन फेरि सुरु गर्नु, धेरै धेरै धन्यवादका चिट्ठीपत्र लेख्नु, बगैँचामा घुमफिर गर्नु, वा नयाँ नयाँ लुगाहरू छान्नु आदि नै थियो ।

सबभन्दा छिटो गर्नुपर्ने काम फ्यानीको लागि के हुन्थ्यो भने त्यस दिनकोलागि मेनुमा लेखिएका धेरै खानेकुराहरूबाट उनलाई मन पर्ने खानेकुरा छान्नु । फ्यानी कहिल्यै पनि भान्सा कोठामा जाँदैनथिन् । अण्डा उमाल्न पनि जानेकी थिइनन् । सबै परिवारको लागि खाना बनाउने त टाढैको कुरा भयो । नुहाउने कोठामा पानीको धारा समेत आफै खोल्दैन थिन् ।

मान्छेहरूको घरमा गएर भेटघाट गर्दा फ्लोरेन्सलाई अलि हल्का महसुस हुन्थ्यो । तर त्यहाँ महिलाहरूले गर्ने सामान्य गफ मात्र हुन्थ्यो । जब कि पुरुषहरूले गम्भीर विषयहरूमा कुरा गरिरहेका हुन्थे । तिनी ठुली भएपछि त्यस्तै गम्भीर विषयहरू जस्तै अर्थतन्त्र, व्यापार, शिक्षा, अपराध र सजाय, यस हप्ता संसदमा कुन विषयमा छलफल भयो भन्ने जस्ता कुराहरूमा भाग लिने ठुलो चाहना थियो ।

तर राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको विषयहरूमा कडाइका साथ पुरुषहरूले मात्र भाग लिन्थे । महिलाहरूको बुद्धि समाजमा प्रकट हुन सकेको थिएन । महिलाहरूको यस्तो बुद्धि समाजमा प्रकट भएमा त्यस्तो महिलाहरूलाई महिला गनिँदैनथ्यो र यस्ता कुराहरूमा उत्साहित गरिँदैनथ्यो ।

यस्तो मन भित्रभित्रैको जलनले फ्लोरेन्स पागल जस्तै हुन थालिन् । किन ? उनले प्रश्न गरिन् । उनका पुरुष भदै भतिजाहरू विश्व विद्यालय जाने तर उनी आफै र उनकी दिदी पार्थेनोप लगायत भतिजी भदिनीहरु विश्व विद्यालयमा पढ्न नजाने किन ? पलपलमा यस्तै शङ्काले उनलाई सताई रहन्थ्यो । उनमा एकदम अनौठो व्यवहार देखिन् थाल्यो । यसैले उनी मेरो दिमागमा केही खराबी छ कि भनेर सोच्न थालिन् । उनी बोल्दा केही नराम्रो बोल्छु कि भन्ने डर मान्न थालिन् ।

अब ती दिदी बैनीहरू पार्थेनोप र फ्लोरेन्स ठुला भए । तिनीहरूलाई जब ठुलो समारोहहरू जस्तै विवाह भोजमा निमन्त्रणा दिइन्थ्यो र तिनीहरू त्यहाँ जान्थे फ्लोरेन्सको मनमा एउटा त्रासले सताई रहन्थ्यो । उनी खाना खाने बेला गलत चम्चा काँटा प्रयोग गर्छु कि भनेर डराई रहन्थिन् ।

यसैले उनी सबैले खाई सकेपछि अन्तिममा मात्र खाना खान्थिन् । अरूले खाएको ध्यान दिएर हेर्थिन र अन्तमा त्यही अरूको तरिका अपनाउँथिन् ।

उनी सपनामा रमाउन थालिन् । यसबाट उनको ध्यान अरू मान्छेको कुराहरू तिर र नचाहिँदो गफहरू तिर जाँदैनथ्यो । उनको छटपटाहट बाहिर फ्याँक्ने र दिमागलाई ताजा बनाउने उपाय भनेको उनको मनका कुराहरू कागजमा पोख्नु अर्थात् लेख्नु थियो । उनले सयौँ नोटहरू लेखेकी छिन् । समय बित्दै गयो । आफ्नी आमालाई खुसी पार्न फ्लोरेन्सले अप्रत्यक्ष भूमिका खेलिरहेकी थिइन् । फ्लोरेन्सलाई थाहा हुँदै गयो कि उनी भित्र एउटा शक्तिशाली व्यक्तित्वको विकास भई रहेको छ । तर त्यो वातावरणमा उनको त्यो शक्ति के कामको लागि प्रयोग होला भनेर सोच्न थालिन् ।

तब फेब्रुअरी ७, १८३७ का दिन इम्बली पार्कमा आफ्नो डायरीमा लेखिन् । उनको सत्रौं जन्म दिन आउन चार मैना मात्र बाँकी रहँदा परमेश्वर उनीसित बोलेको सुनिन् । उनलाई परमेश्वरले मिसनमा लाग्न भनी रहनु भएको थियो । तर मिसनमा उनले के गर्ने भन्ने कुरा त्यति स्पष्ट थिएन ।