आँशु पिएर भाेक मेटाउने मेरी आमाले
मलाई भने भाेजनका नाना
परिकार बनाइदिने गर्थिन्
त्यही पनि थाेपा विलय झैँ
देखावटी खुसी कहिल्यै विलय भएनन्
आमाका चम्किला मुहारबाट
बिझेका काँडाले पैताला
छियाछिया हुँदा
मलाई भने चप्पलका
डिजाइन किन्दिने मेरी
आमाकाे मुस्कुराहटमा चाेटकाे
पीडा कहिल्यै देखिनँ

फुटेकाे टायल भित्रबाट
वर्षिएकाे पानीले रुझेर
छाेरालाई न्यानाे आभास
दिने आमाकाे चेहरामा
वर्षातले कहिल्यै खुसीकाे
आँशु दिन सकेन

त्यही पनि रुझेर मक्किएका कपडा टाल्दै
छाेरालाई फेसनकाे कपडा किनेर
देखावटी खुसी दिने
आमाकाे काेमल हृदयमा
खुसी कहिल्यै आएन

सामग्री अभावमा पत्थरलाई
कुटेर भगवानको अर्चना
गर्ने मेरी आमाकाे
लुटिएको संस्कार फिर्ता कहिल्यै आएन
त्यही पनि धैर्यमा मूर्ति बनेर
धर्तीकाे माता बन्नबाट कहिल्यै पछि हटिनन्
तर खुसी कहिल्यै आएन
क्राेध र मायाकाे मध्यस्थ बनेर
जिउन सिकेकी मेरी आमाको
भावनामा कसिङ्गर कहिल्यै लगाउनु परेन
तर वास्तविक खुसी कहिल्यै आएन

एकाबिहानै फूल हासेकाे देख्न मन गर्ने चरीले
आमाकाे निद्रा बिथाेल्दै फुललाई हँसाउन,
सिकाइदिनु भन्दै बिन्ती गर्दा
जीवनमा गुम्सिदा गुम्सिदै देखाउन नपाई
हराउन लागेकाे मनभित्रकाे
हाँसाे उपहारस्वरुप फूललाई
दिएर हँसाउन सिकाइदिने मेरी माताकाे
जीवनमा वास्तविक खुसी कहिल्यै आएन ।

 

मोरङ