पोस्टरकवितामा स्थापित मात्र होइन तर इमान्दरीपुर्वक कविता लेखनमा आउने नयाँ कविहरूलाई पनि हामी ठाउँ दिँदैछौं।
लियानार्दो दा भिन्चीले भन्का छन्-‘ चित्रकारले बनाएको चित्र छुन सकिने अनुभूत गर्न नसकिने कविता हो भने कविताचाँहि छुन नसकिने तर अनुभूत गर्न सकिने चित्र हो।’
कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विद्याहरूमध्ये एक हो । साहित्यमा कविता विद्या अत्यन्त सशक्त र प्रभावशाली माध्यम भएर देखापर्छ । कविता लेखन सरसर्ती हेर्दा जति सहज लाग्छ त्यति सहज भने हुँदैन । शब्दको छनौट, वाक्यको बनौट, बिम्ब, प्रतिक, सान्दर्भिक्ताले पाठकमा प्रभावशाली छाप पार्न सकिएन भने कविले कविताको बाटोमा आफुलाई लड़खड़ाएको कुरा महसुस गर्न सक्नुपर्छ र आफुलाई कविता लेखनमा सचेत बनाउनु आवश्यक देखिन्छ ।
कविता आफैमा एउटा अविषकार हो । कविता लेख्ने कवि पारखी हुनुपर्छ ।
कविता कविको निम्ति समय र समाजसँग बात मार्ने औजार बन्छ । आफूले बोकी हिड़ेको विचारको सम्प्रेषण गर्न, आफ्नो पक्षधरतालाई प्रकट गर्न अनि समाज र समयसँग बात मार्न कविले कवितालाई साधन बनाउँछ। कवितामा विचारलाई स्पेश दिनु अति आवश्यक देखिन्छ।
विचारको रङले पोतिएको कविता ज्यादै बलशाली हुन्छ। मनको गहिरो कुवामा कुनै विषयले स्पर्श गरेपछि नै कविताले आकार लिन्छ। हरेक कवि वैचारिक रूपमा स्पष्ट हुन आवश्यक छ। कविता बाँच्ने नै विचारले हो र कवि बाँच्ने कविताले। विचार नै कविताको प्राण हो, जीवन हो र सर्वस्व हो। कविताको भाषा कलात्मक हुन्छ।
कविताले वास्तमा सामाजिक राजनीति गर्छ। संवेदनशील भएर कविले वास्तवमा कविताबाट समाजलाई प्रतिनिधि गरिरहेका हुन्छन् । राम्रो कविमा चेतनाको नुन तिक्खर हुन्छ । कवितामा मौन विद्रोह देखिन्छ। कविताको नदीमा कविहरू मानक आदर्शहरू भत्काउँछन्, वर्जित सिमानाहरू तोड़छन्, आगोको फूलहरू कुल्चिन्दै हिड़छन् । कविले कविता ‘आउट अफ बिट’ लेख्नु भुक्तभोगी मान्छेको मौलिक अनुहार र अर्गायनिक गन्ध कवितामा लेखेर साँचो धर्म पुरा गरेको कुरा बुझ्न सकिन्छ । यी कविहरूले लेखेका कविताहरू पढ़ेपछि कविताको शक्ति कति हुन्छ भन्ने कुरामाथि बलियो विश्वास गर्न सकिन्छ।
कविता लेखन साधना हो अनि यसमा लामो समयसम्म लागिरहनु वा कविताकर्मी हुनुलाई इमान्दरीपुर्वक अध्ययन गर्ने प्रवृति नअपनाए कविता दुई दिनको रहर मात्र साबित हुन्छ। पठन –संस्कृतिको विकाश गरेर लाने आवश्यक्ता देखिन्छ ।
नेपाली कविताहरूको उचाईहरू पनि यी यस्ता मसिना मसिना भोक,पहिचानको सँघर्ष र सपनाको द्वन्दहरूबाट उतपन्न भएको जस्तो लाग्छ। अहिलेको पुस्तामा केही सृजनात्मक अराजकता देखिन्छ, त्यो अराजकता वास्तवमा समय र समाजबिचको समकालिन अनुहार हो। आजको गतिशील साहित्यिक समाजले कवितामा केही नया कुराहरू खोजिरहेको अवस्था हामी थाहा भएको बोध गरिरहेका छौं । कविता वाचन प्रस्तुतिको रूप पनि अहिले नया तरिकामा गरिन्दा प्रभावकारी भएको देखिन्दैछ । पाठकलाई आफ्नो कुरा सम्प्रेषण गर्न कविहरू आफ्ना कवितालाई पर्फरमिङ आर्टतिर ढालदैछन् । अभिसङ्गी कविता। संगीत कविता नाटक कविता, दृश्य कविता, फोटो कविता, मल्टीमिडिया कविता र अहिले हामीले गर्दैगरेको पोस्टरकविता जस्ता प्रयोगले पनि पाठकलाई कवितातर्फ तानिरहेको छ।
नव युवा पुस्ताहरू कविता लेखनमा होमिएका छन् । स्थापित कवि वा अग्रजलाई मात्र पत्र पत्रिकामा ठाउँ दिएको तर हामीलाई ठाउँ नदिएको हाम्रो सृजनालाई वास्ता नगरिदिएको गुनासो पटक पटक भइ रहन्छ। साहित्यमा एक प्रकारको गुटबाजी भएको र आफ्नै सर्कलका साथीभाइहरूले मात्र कविता पढिदिने मन पराइदिने लाइक र कमेन्ट गरिदिने तर फलानाले मेरो सृजना नहेरिदिएको गुनासो फेसबुकको वालमा हामी हेरिरहन्छौं । यो भएको पनि छ कताकता तर सँधै होइन ।
पोस्टरकवितामा स्थापित मात्र होइन तर इमान्दरीपुर्वक कविता लेखनमा आउने नयाँ कविहरूलाई पनि हामी ठाउँ दिँदैछौं।
प्रस्तुत छ यस शृङ्खलाका कविताहरूः
१.
मञ्जिलको जन्म दार्जेलिङमा भएको हो । कविता लेखनमा सक्रिय रहेका मञ्जिलको बादलभित्रको बस्ती कृति प्रकाशित छ ।
२.
पश्चिम सिक्किममा जन्मेका जीवन सन् २०१२ पछाडि कविता लेखनमा आएका हुन् । उनका कुनै कृति प्रकाशित नभए पनि उनी लेखन क्षेत्रमा सक्रिय छन् ।
३.
झापाकी माया मितुले पचासकै दशकबाट कविता लेख्न सुरु गरेकी थिइन् । उनी सञ्चारकर्मी पनि हुन् ।
४.
तेह्रथुममा जन्मिएका सविन गजलमा विशेष चाख राख्छन् । उनी कविता पनि लेख्छन् । उमेरले धेरै बसन्त नछोए पनि उनी एक उम्दा कवि हुन् ।
५.
आशिष भर्खरै कवितामा आएका हुन् तर उनको विचार अब्बल छ ।
६.
सुवासले सन् २०१४ बाट कविता लेख्न सुरु गरे । उनको कृति पहिलो पाइला प्रकाशित छ ।
७.
दार्जेलिङमा जन्मिएका नरेश कटुवाल छेत्री कवितामा सक्रिय नाम हो । उनको दुई कृति र अनुवाद भएका कृति प्रकाशित भएका छन् ।
८.
जीवन लिवाङ
जन्मिएका जीवन लिवाङ विद्यार्थी छँदा नौ श्रेणीदेखि कविता लेखनमा आएको बताउँछन् । पत्र पत्रिकामा यिनका कविताहरु छापिएका हुन्।२००४ नवागमन समसामयिक पत्रिकामा पहिलो कथा निष्कर्ष छापिएको थियो । बिम्बको राम्रो प्रयोगमा निकै उम्दा उमदा कविताहरु लेख्छन लिवाङ।
९.
वाक्सेली थापा नेपाली साहित्यमा रुचाइएको नाम हो । उनी लगभग विसं २०५३ बाट लेखनमा आएका हुन् ।
१०.
नारायण काफ्ले
भारतका डुवर्स बाग्राकोटका हुन् कवि नारायण काफले।
कविता लेखनमा आएको ४ र ५ बर्ष भयो। राम्रा कविताहरु लेखिरहेका छन्। सिलीगुडी कलेजमा नेपाली विभागका प्रथम वर्षमा अध्यनरत छन्।
कविता पठाउनको लागि
कविहरूले आफ्ना छोटा कविता युनिकोड फन्टको प्रयोग गरेर , आफ्नो फोटो र संक्षिप्त परिचय ravirodan88@gmail.com मा पठाइदिनुहुन विनम्र निवेदन गर्दछौँ ।
(पोस्टरकविता सम्पादक, रवि रोदन )
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।