अहिलेको नयाँ पुस्ता जेनरेसन जेड टेलिभिजनमा के हेर्न चाहन्छ ? खैर, टेलिभिजन पनि उनीहरूका लागि धेरै पुरानो कुरा भइसक्यो । उनीहरूका लागि त स्ट्रिमिङ पो नयाँ त ! यस्तोमा उनीहरू के हेर्न चाहलान् ?
बेलायत र अमेरिकाका अध्येताहरूले नयाँ पुस्ता जेडहरूको रूचि यौन त कमै रहेको देखिएको छ । बरू उनीहरूमा बढ्दो एक्लोपनको महामारीका कारण आत्मियताबारे बनाइएका शृंखला वा फिल्महरू हेर्ने प्राथमिकतामा रहेको अध्ययनमा देखिएको छ ।
यसको साटो उनीहरूले टेलिभिजनहरूले बढी नै यौनमा आधारित शृंखलाहरू देखाइरहेको भन्दै अरूचि देखाएको पाइएको छ । १३ देखि २४ उमेर समूहका युवाहरूले हेर्न खोजेका कुराहरूमा मित्रताको गहिराई, आत्मिय प्रेम, प्लेटोनिक सम्बन्ध रहेको अध्ययनमा देखिएको छ ।
यस्तो सम्भवतः पछिल्लो समय बढ्दो एक्लोपनको महामारीका कारण टेलिभिजन वा फिल्ममा स्वाद परिवर्तन गर्न चाहेको संकेतका रूपमा केहीले लिएका छन् । अध्येताहरूले भने टेलिभिजनमा बढी देखाइने यौनदृश्य कम चाहने युवापुस्ताहरूको संख्या बढ्नुलाई ‘सेक्स रिसेसन’ का रूपमा लिएका छन् ।
युनिभर्सिटी कलेज अफ लस एन्जल्सले गरेको अध्ययनमा सहभागीहरूले टेलिभिजन तथा फिल्महरूले प्रेम र रोमान्सलाई अभिव्यक्त गर्न देखाउने यौनका दृश्यहरू अति बढी देखाएको र त्यो दिक्कलाग्दो रहेको प्रतिक्रिया दिएका थिए । रोमान्सका दृश्यहरूमा जे जस्ता कुरा देखाइन्छन्, ती यति वाहियात हुन्छन् कि ती हेर्नै नपरे हुन्थ्यो भन्ने सहभागीले ठानेका थिए । प्रेम र सेक्स मिसमास गरेर देखाउनाले ती दिक्कलाग्दा हुन थालेका सहभागीले बताएका थिए ।
प्रेम त्रिकोण, प्रेमजीवन सफल भएको जस्ता कथानक हेर्दाहेर्दा दिक्क लाग्न थालेको उनीहरूले बताएका छन् । खासगरी उनीहरूले ट्विलाइट शृंखला र हंगर गेम्सजस्ता उपन्यासमा आधारित फिल्महरूमा जे देखाइन्छन्, तीबाट अब आफूहरू अघाएको उनीहरूको प्रतिक्रिया थियत्र ।
यसको साटो ३९ प्रतिशतले यौनका कुनै दृश्य नभएका, रोमान्सका कुनै दृश्य नभएका (असेक्सुअल/अरोमान्टिक) चरित्र र कथानक आफ्नो रूचिमा रहेको उनीहरूको भनाइ थियो । पछिल्लो समय ‘हर्टस्टोपर’ निकै हिट भएको थियो । त्यसमा यौनका कुनै पनि दृश्य समावेश गरिएको थिएन ।
युसिएलएकी रिसर्च साइन्टिस्ट याल्डा उल्स भन्छिन्, ‘यस अध्ययनले के देखाएको छ भने अहिलेका किशोर किशोरीहरू उनीहरूका आमाबा भन्दा कम सेक्स गरिरहेका छन् र उनीहरूको यसमा रूचि घटिरहेको छ । टेलिभिजन र फिल्ममा उनीहरू सेक्स हेर्न चाहेका छैनन् । उनीहरू फरक फरक सम्बन्धमाथि बनाइएका सिर्जना पढ्न हेर्न चाहिरहेको यस अध्ययनले देखाएको छ ।’
नेटफ्लिक्सले पछिल्लो समय रिलिज गरेको सेक्स एजुकेसन र बिग माउथ कमेडी सोको विषय यौन नै भए पनि यसमा सम्बन्ध केन्द्रमा छ, यौन छैन । र, यही कारण ती ज्यादै हिट शृंखला साबितसमेत भएका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला