
बेलायतको प्रतिष्ठित गैरआख्यानमूलक कृति पुरस्कार द बेली गिफोर्ड प्राइज जोन भिलान्टद्वारा लिखित पुस्तक फायर वेदरः अ ट्रु स्टोरी फ्रम अ हटर वर्ल्डले प्राप्त गरेको छ ।
सन् २०१६ मा क्यानडाको जंगलमा लागेको आगोको मूल स्रोत खंगाल्दै लेखक भिलान्टले यसको दोषी त्यहाँको खनिज तेलका उत्पादक रहेको प्रमाण पेश गरेका छन् । संसारभर औसत तापमान वृद्धि भइरहँदा यसले सर्वसाधारणको दैनिकीमा पुर्याएको असरमाथि पुस्तकले टिप्पणी गरेको छ ।
बेली गिफोर्डले यो पुरस्कारको राशि प्रायोजन गर्ने गर्छ । ७५ हजार पाउन्ड राशिको यो पुरस्कार संयुक्त अधिराज्यमा बाँडिने गैर आख्यानका पुरस्कारमध्ये सबैभन्दा बढी राशियुक्त पुरस्कार हो । वर्षभरिका लागि सर्वोत्कृष्ट गैरआख्यान पुरस्कारको राशि भने ५० हजार पाउन्ड रहेको छ । बाँकी २५ हजार पाउन्ड भने कार्यक्रम आयोजनका लागि खर्च गर्ने गर्छ ।
गएको महिना आयरल्यान्डमा आयोजित एडिनबर्डग इन्टरनेसनल बुक फेस्टिभलको आयोजक पनि बेली गिफोर्ड थियो । यो कम्पनीले ठूला सम्भावनाका क्षेत्रमा लगानी गर्ने गर्छ । जसमध्ये खनिज तेल पनि एउटा हो । खनिज तेलका कारण संसारभरको पर्यावरणमा असर पुगेको भन्दै यस्तो कम्पनीले लगानी गरेको पुस्तक महोत्सवमा सहभागी नहुन केही साहित्यकारले पैरवीसमेत गरेका थिए । यस्तो विरोध गर्नेहरूमा जेडी स्मिथ र क्याथरिन रन्डेल पनि थिए । उनीहरूले यसअघिको बेली गिफोर्ड पुरस्कार हात पारेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

