यस लेखमा म महाकविका भूमिका (प्रकाशोन्मुख) बारे आफ्ना धारणा प्रस्तुत गर्दछु । शिव रेग्मीद्वारा सङ्कलित, सम्पादित रचनाहरूको यो दुर्लभ सङ्ग्रहको अध्ययनबाट प्राप्त केही धारणा र विश्लेषण प्रस्तुत गर्दछु । प्रस्तुत सङ्ग्रहले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई बुझाउन ठूलो मद्दत गर्नेछन् । यसबाट महाकविको समालोचक व्यक्तित्व छर्लङ्ग हुनेछन् । यसमा १९९७ मा प्रकाशित राजकुमार प्रभाकरको “समर्पण” देखि लिएर मिति नखुलेको मैनाको “भूमिका” सङ्कलित छन् ।

सबै गरी ३५ वटा “भूमिका” सङ्कलित छन् यो दुर्लभ रचनाको अपूर्व सङ्ग्रह हो । यसमा महाकविले आफ्ना कृतिका बारेमा लेखेका, अरूका कृतिका बारेमा लेखेका भूमिका छन् । सङ्कलक श्री शिव रेग्मीले खुलाउनु भएकै छ ती कतै पुस्तक परिचय भएर छरिएका, कति भूमिका भएर कति जुन कृतिको लागि लेखियो त्यसमा नछापिएर धेरै वर्षपछि कुनै पत्रिकामा वा अर्को संस्करणमा प्रकाशित  भएका छन् । छरिएका र बिर्सिएका रचना पनि वर्षौंपछि यहाँ समेटिएका छन् ।

यस सङ्कलनले महाकविको समालोचक द्रष्टा व्यक्तित्वलाई अझै उज्यालो पार्दछन् । उहाँका लक्ष्मी निबन्धसङ्ग्रहमा प्रकट कतिपय विचार र भावनाका झिल्का यहाँ सुसङ्गत भएर आएका छन् । सुसङ्गत कसरी भने एक ठाउँमा कविताको भूमिका लेख्ता कविताको विशेषता के हो, त्यसका प्रमुख तत्त्व के हुन् भन्ने विषयमा प्रकाश पार्नु भएको छन् अर्का ठाउँमा उपन्यासबारे कुरा गर्दा उपन्यासको, अर्को ठाउँमा नाटकबारे कुरा चल्दा नाटकको अनि, काव्यको चल्दा काव्यको विशेषता गुण आदिका कुरा उठाइएका छन् । यस सङ्कलनमा अधिकांश काव्यकविता विषयक भूमिका छन् ।  तिनीहरूमा झ्याउरे, खण्डकाव्य, गीतिकाव्य, महाकाव्यमा वितरित छन् । अरू विधामा नाटक, गद्यनिबन्ध र उपन्यास छन् । ती  विषयमा भूमिका छन् ।

नेपाली साहित्यले भर्खरै पाइला टेक्न थालेको समयमा, लेखन प्रकाशनको परम्परा स्थापित नभएको समयमा जे जस्ता कृति आए पनि महाकविले तिनको गोडमेल गर्नु भएको छ, सर्जकलाई प्रोत्साहित गर्नु भएको छ, कहीँ अत्यन्तै गम्भीर सूक्ष्म दर्शक यन्त्र बोकेर समालोचकको रूपमा पनि उभिनु भएको छन् ।

००००

इतिहासको गर्तबाट

यहाँ लेखिएका कति नाम इतिहासको गर्तमा बिलाएर गए होलान्, नेपाली साहित्यले कतिलाई बिर्सिसक्यो होला, कतिको कतै कहीँ नाम उल्लेख भएन होला, नामेट भए होलान् । यीमध्ये कतिपय नाम नेपाली साहित्यले बडै नसुनेका पनि छन्, जस्तै देवीप्रसाद पौडेल, तेजकुमार शर्मा, वासुदेव ढकाल, खङ्गबहादुर, रामकृष्ण पुडासैनी, वासुदेव त्रिपाठी ‘देवेश’, विष्णुप्रसाद शर्मा ‘परिमल’, भैरवनाथ रिमाल, आदि ती इतिहासले छोपेका नाम हुन् । इतिहासको गर्तबाट खोजेर यहाँ सङ्कलकले एक ठाउँ गरिदिएका छन् ।

कति भने नेपाली साहित्यका अमर सिर्जना र तिनका स्रष्टा परेका छन् । यहाँ सङ्कलित मुनामदन, सावित्री सत्यवान्, राजकुमार प्रभाकर, सुलोचना, लक्ष्मी निबन्धसङ्ग्रह, शाकुन्तल, मनोरञ्जन, म्हेन्दु, रावणजटायु युद्ध, छहरा र मैना महाकविकै पद्य–गद्य सिर्जना हुन् भने अरू हामीले पढेका नाम चलेका साहित्यकारमा हृदयचन्द्रसिंह प्रधान, लीलाध्वज थापा क्षत्री, धर्मराज थापा, श्यामदास वैष्णव, अनङ्गनाथ पौड्याल, माधवप्रसाद देवकोटा, हरि श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ, लक्ष्मण लोहनी, लेखनाथ पौड्याल, जनकलाल शर्मा, रामहरि जोशी, ग्रीष्मबहादुर देवकोटा, टेकबहादुर नवीन पर्दछन् ।

महाकविले १९९७ देखि २०१६ सम्म अर्थात् जीवनको, अन्त्य कालसम्म भूमिका लेखनमा ठूलो परिश्रम गरेको देखिन्छन् । यी भूमिका विभिन्न रूपमा प्रस्तुत भएका देखिन्छन्— लेखेर तत्कालै छापिएका, लेखिएको मिति नभएका, महाकविको देहान्त पश्चात् धेरैपछि कृतिमा छापिएका, कृतिबाहिर कुनै पत्रिकामा छापिएका लेखाइए पनि कतै नछापिएका इत्यादि प्रकारका देखिन्छन् ।

यिनका शीर्षक पनि अलगअलग छन्- कतै ‘समर्पण’ (मुनामदन), कतै ‘दुई शब्द’, कतै ‘भूमिका’, कतै ‘परिचय’, ‘कतै वक्तव्य’, कतै ‘एक झलक’, कतै ‘श्री’, कतै ‘एक दृष्टिकोण’, कतै ‘विचार’, तरुण तपसीको चाहिँ ‘तरुणतपसी प्रदक्षिणा’, कतै ‘सम्मति’, अनि ‘म्हेन्दु’ को विषयमा रहेका छन् . एक ठाउँमा बडो हाँस उठ्तछ पं. सोमनाथ शास्त्रीले लेखेको पुस्तक छ आशौच विज्ञान जसको भूमिका आधि नेपालीमा र आधि अङ्ग्रेजीमा  ‘Preface’ छन् । दुईवटा कृति छन् गोविन्द भट्टको बिना शीर्षकको कवितासङ्ग्रहको र वासुदेवप्रसाद त्रिपाठीको काव्य नेपाली जनक्रान्ति दुवै हिन्दीमा छन् जसको भूमिका क्रमशः हिन्दीमा र नेपालीमा छन्त्रिपाठीको ता पुस्तक पनि उपलब्ध छ, गोविन्द भट्टको कृति शीर्षक के थियो, त्यो छापियो, छापिएन त्यसको पत्तो छैन ।

००००

अनेक सूचना र जिज्ञासा छन् …

भूमिकाको अन्त्यमा लेखिएको नाम ठेगाना मिति आदिबाट पनि अनेक सूचना प्राप्त हुन्छन् । जस्तै— सावित्री सत्यवान् ‘प्रथम संस्करण’ भनिएको छ मिति छैन, राजकुमार प्रभाकारको १९९७ रहेको छ, केही नेपाली नाटकमा १५ आश्विन २००२ लेखिएको छ, सुलोचना भूमिका लेखिएको एक वर्षपछि प्रकाशित देखिन्छन् । त्यसैगरी कहीँ ‘लक्ष्मीप्रसाद देवकोटा’ मात्र छ, केही ठाउँमा ‘प्रो. लक्ष्मीप्रसाद देवकोटा’ छ, धेरैमा वी.ए.वी.एल जोडिएको छ, एक ठाउँमा ‘कविवर’ छ, कति ठाउँमा ‘डिल्लीबजार’ छ, धेरै ठाउँमा ‘कविकुञ्ज मैतीदेवी’, हुस्सु पथिक (माधवप्रसाद देवकोटा) को भूमिका तानसेन (पाल्पा) मा लेखेको देखिन्छ, कुनैमा पूरा नाम ठेगाना छ ‘लक्ष्मीप्रसाद देवकोटा, कवि कुञ्ज, मैतीदेवी, कान्तिपुरी’ वा ‘मैतीदेवीफाँट, डिल्लीबजार काठमाण्डू’ आशौच विज्ञानको अङ्ग्रेजी भूमिकामा   ‘Laxmi Prasad Devkota Sometime Education and Local Self Government Minister. Now Member, Nepal Academy’ Kave kunja, Maiti Devi Kathmandu Nepal’ लेखिएको छन् ।

कुनै भूमिका अत्यन्त छोटा छन् । मुनामदनको भूमिका दस लाइन, झ्याउरेमै छ; अझ रामहरि जोशीको झंकारमाथि लेखिएको भूमिका जम्मा पाँच हरफमा छन् सबैभन्दा लामो भूमिका तरुणतपसी प्रदक्षिणा १३ पृष्ठ रहेको छन् ।

यी भूमिकाको विश्लेषणबाट अनेक निष्कर्ष निकाल्न सकिन्छ ।

यसबाट नेपाली साहित्य भर्खरै उठ्तै गरेको बेला यसलाई प्रकट गर्ने भाषाको स्वरूप देख्न पाइन्छ ।

महाकविको त्यस भाषामाथिको पकड, सूक्ष्म विश्लेषणको शक्ति, तार्किकता र जगतलाई बुझाउने शिल्प देख्न पाइन्छ ।

यी रचनाले महाकविको समालोचक, चिन्तक, दार्शनिक र विश्लेषक व्यक्तित्वलाई प्रस्तुत गर्दछन् । एक शक्तिशाली गद्यलेखकलाई यहाँ देख्न पाइन्छ ।

यी रचनाले महाकविको समालोचनात्मक विश्लेषणात्मक चेतनाको  कालक्रमिक विकास र उहाँका धारणामा देखिने अन्तर पनि प्रस्तुत गर्दछन्, जस्तै मुनामदन  झ्याउरेमा लेख्ताको केही सङ्कोच, त्यसपछि धर्मराज थापा पहाडी पुकारमा, लक्ष्मण लोहनीको थानसिङ्–कान्छी अनि त्यसपछि आउने अरू झ्याउरे सिर्जनामा वा छन्दको कुरा चलेको ठाउँमा क्रमिक रूपले अरू थपिँदै जाँदा उहाँको मनमा लागेको सन्तोष र ढुक्क, एक ‘नेपाली पाना’ र नेपाली लोकजीवनमा पसेर नयाँ फूल फुलाउन सकेको भावना बारम्बार आउँछन्

यी रचनाले महाकविको पूर्वीय शास्त्रप्रति, पाश्चात्य सिर्जना र चिन्तनप्रति, हिन्दी र नेपाली भाषाप्रति, संस्कृत, अङ्ग्रेजीप्रति, धारणाहरू प्रस्तुत गर्दछन् । त्योभन्दा ठूलो कुरा व्यक्तिगत जीवनका केही अप्ठ्यारा क्षण र अनुभूतिहरू अचानक प्रस्तुत हुन्छन् ।  जस्तै २०१५ साल जेष्ठ २२ गते मनोरञ्जनको भूमिकामा कवि बोल्दछन् : स्वास्थ्य बिग्रेको छन् अपरेसन केही अगाडि उपस्थित छन् । दूध र आधा उँभालिएका फुलको खुराकमा, यस्तै आयो । गहिरो पानी शुकेछन् लेउ काई समेत केही यहाँ छन् । उच्चस्तरलाई नभए पनि, सर्वसाधारणलाई दिल बहलाउने काम मलाई झैं दिए पुग्यो । हास्यरस यसमा प्रधान छन् तर गंभीर वस्तुभन्दा मनोरंजनका साधन मात्र पाइन्छन् ।  यो पनि नेपाली साहित्यको एक अंग होला भनी आशा गर्न मलाई अलि संकोच लाग्छ । पारख गर्नेले हो भनेर केही भाग लिए भने पनि यसको अहोभाग्य हो ! अलं !

००००

शैशवकालमा प्रोत्साहन

सबैभन्दा महत्त्वपूर्ण कुरा महाकविले नेपाली कथा, कविता, नाटक, उपन्यास विधाहरूको भर्खर जन्म मात्रै भएको बेला आफैले निबन्धको, महाकाव्यको, नाटकको झ्याउरे लेखनको नमूना मात्र प्रस्तुत गरेनन् उनले ता हरेक नवागन्तुकलाई हौस्याएर, प्रशंसा गरेर, केही गुणदोषको सन्तुलित मूल्याङ्कन गरेर प्रत्येक लेखकलाई प्रोत्साहित गर्नुभयो, अरू कृति आउन् नेपाली साहित्यको ससानो भण्डारको आकार बढ्दै जाओस् भन्ने कामना गरेर, सो अनुसार प्रयत्न गर्नुभयो । नेपाली साहित्य शैशवकालमा थियो ।

यस सङ्कलनभित्र पस्ता महाकविको जीवनका झल्का, उहाँका पठनपाठनका, सम्पर्कका, दर्शनका, विचारका, मान्यताका विषयमा प्रकट भएका सूक्ष्म कुराहरू प्राप्त हुन्छन् ।  ती सारामध्ये तीक्ष्ण समालोचकीय चेतना र परिभाषा छ, सिद्धान्त निर्माण छ जो अन्यत्र नपाइन सक्छ ।

राजकुमार प्रभाकरमा महाकवि बोल्नु भएको छ— “नेपाली साहित्यको शैशवकालमा” छन् साँच्चै त्यो शैशवकाल नै थियो— १९९७–२०१५ सम्मै । माध्यमिककालीन चेतना र धङ्धङीबाट छुटेर एउटा सन्धीकाल पार गर्दै आधुनिककालतिर नेपाली साहित्य अवतरण गर्दै थियो ।  त्यसबेला नाटक, काव्य, उपन्यास, निबन्ध सबै विधा प्रारम्भिक अवस्थामा थिए कतिपय नयाँ विधा जन्मेकै थिएनछन् ।  तापनि प्रत्येक विधाको स्तरीय सिर्जना कस्तो हुनसक्छ तिनको स्थापना महाकविबाटै भयो । आफूले स्थापना गरेको विधामा उहाँले अरूको प्रशंसा गर्नु भयो— समको, लेखनाथको, सिद्धिचरणको र अनेकौँ नयाँ आउनेहरूको । ती प्रशंसामा नेपालको उन्नत भाषासाहित्यको सपना थियो जो आज पूरा हुँदैछ  ।

सन् १९५८ को ‘तासकन्द वक्तव्य’ मा उहाँले नेपाली साहित्यको जग बसाउनेहरूमा लेखनाथ पौड्याल, पं. हेमराज, सोमनाथ सिग्देल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण, भीमनिधि तिवारी, भवानी भिक्षु, माधवप्रसाद घिमिरे, विजयबहादुर मल्ल, जनार्दन शर्मा, मोहन कोइराला, टेकबहादुर, नवीन, हृदयचन्द्रसिंह, जगदीश शमसेर, श्यामदास वैष्णव, कुलमणि देवकोटा, कृष्णचन्द्रसिंह प्रधान, ईश्वर बराल, रत्नध्वज जोशी, गोविन्दप्रसाद लोहनी, हृदयराज शर्माका नाम लिनु भएको थियो । वास्तवमा ती दिनमा लेखकको सङ्ख्या सानो थियो; तिनीहरूलाई यस्तो प्रोत्साहन आवश्यक थियो ।

तीमध्ये यहाँका भूमिकामा प्रसङ्गवश माधवप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजयबहादुर मल्लका नाम उठेका छन् तर भूमिकामा आएका अरू धेरै नाम छन्तीमध्ये धर्मराज थापा, श्यामदास वैष्णव, श्यामकृष्ण श्रेष्ठ, गोविन्द भट्ट, लक्ष्मण लोहनी अझै सक्रिय छन्

००००

समालोचक दृष्टि

त्यसबेला लेखिएका मानक शब्दमा एउटा शाश्वतता छन् जस्तै असल सिर्जनाको लक्षणतिर औँल्याउँदै महाकवि भन्नुहुन्छ : हामी शायद धेरै जसो, मान्न सक्तछौं कि बुद्धिपक्षको प्रबलताले रचना शास्त्र हुन्छ; भावनाको आधिक्य छ भने पागलको प्रलाप पनि हुन सक्तछ; तर संगतिशील छ भने महोच्च कला पनि बुद्धिपक्ष र भावपक्षको उत्तम सन्तुलन नै कलाको आत्मा मानेको म सम्झन्छु ।

हृदयचन्द्रसिंहको केही नेपाली नाटकबारे “दुई शब्द” लेख्ता भन्नु भएको छ : सिर्जनाभन्दा पनि एक दृष्टिकोणले त म समालोचनालाई नै अझ ठूलो देख्तछु । शेक्सपियरभन्दा पनि एक हिसाबले शेक्सपियरका सालोचकहरु अझ प्रशंसनीय देखिन्छन् । लेख्नेलाई भन्दा देख्नेलाई तारीफ गर्न मन लाग्छ ।

यसरी हृदयचन्द्रसिंहको कर्मको मूल्याङ्कन गर्दागर्दै महाकवि आफैँ एक सूक्ष्म, समालोचकीय चेतना भएका व्यक्ति देखिनु हुन्छ : आजकाल हाम्रो त्यस अवस्था छ जसमा सृजनाले जंगली दौड लिएर रूप–रङ्गको ढङ्ग याद नराखी जताततै भिरालाबाट, काँध्लाबाट हांफालिदिनामा कुनै किसिमको रोकटोक देखिन्न, नियत मार्ग छैन, कक्षा छैन । कलाको आंग राम्ररी कसिएको हुन्न; उत्तरदायित्वको चेत बहुत कम पाइन्छ; भाषा बाङ्गिन्छ; जो पनि लेखक हुन्छन् भन्ने कुरा भए पनि नभएपनि; रूपको ठेगाना छैन; छन्द बिग्रिदो छ; मात्रा गडबड हुन्छन्; भावहरू जंगली छावा झैं नाच्छन्; विचारमा लगाम छैन; आदर्शलाई बादलले ढाक्दछ; हाम्रो‚ विदेशी सौन्दर्यको सच्चा आदर्श कुइरोभित्र छिपेको छ; मान्छे तुलना गर्न सक्तैनन्; बुझ्न सक्तैनन्; मौलिकतादेखिन् तर्सिन्छन्; मूल सडक छाडेर नयाँ बाटो लिने लेखकलाई बहुलठ्ठी सम्झन्छन्; साहित्यको अनुहार मान्छेलाई थाह छैन, सृजनात्मक प्रयासको सुनौला बाली कुन हो मान्छेले जाँचेको छैन; त्यसकारण बिना समालोचना हामी उफरपाफर गर्छौं, सहलिया दौडमा छौं; हाम्रो लगाम छैन; समालोचना साहित्य–क्षेत्रमा प्रादुर्भाव भएपछि हाम्रा गोठाले मिजास तर्सिन्छन्; असुन्दरको भावना त्यसै नीली हुन्छ; सक्नेले हेलचेक्र्याइँ  गर्न पाउँदैन; नसक्नेले ठगी गर्न पाउँदैन; सच्चा मोलतोल मालुम हुन जान्छ; झुठो झलक पैसामाथिको चाँदीको तबक हुन्छ । यो सब देखाउने समालोचक हो ।

त्यसो भए तापनि समालोचकका सीमा र कर्तव्यरेखा छन्तरुणतपसी प्रदक्षिणामा कवि समालोचक बोल्छ : समकालीन कविको सामीप्यको कारण, समालोचना स्थायी या ठोस मोलको बनाउनु अत्यन्त कठिन हुन जान्छ, कविकृतिको सच्चा कसी ता समयलाई नै मान्नु पर्ला । समालोचक बन्दा हामीहरू ज्यादाजसो आफ्ना युगले सीमित भएर, भविष्यले देख्न सक्ने धेरै कुराहरू देख्न सक्तैनौं । एक दृष्टिकोणमा प्रत्येक व्यक्ति एक घेराको कैदी जरुर रहन्छ । निजी प्रवृत्ति ज्यादा समुच्चारित भएका व्यक्तिले समालोचना गर्दा आफूतर्फ हमेशा सतर्क रहनु पनि अत्यावश्यक छन्

यस उदाहरणले त्यो समय बोल्दछन् सारा अभाव, त्रुटि, आरम्भकाल, शैशवकालका अभिलक्षणहरू प्रतिध्वनित हुन्छ ।

लक्ष्मी निबन्धसङ्ग्रहको प्रकाशनले पाठक समक्ष उत्कृष्ट दर्जाको निबन्धको नमूना पेश गर्यो । ती निबन्धको आवश्यकताबारे कविले लेख्नु भएको छ : यस किसिमको रचना नेपालीमा ज्यादा प्रचलित नभकोले मैले यसतर्फ हातको कुत्कुती नोकदार कलमको चुट्किलो तवरसँग मार्ने एउटा मीठो प्रयत्न गर्न खोजेको हुँ । आज ता उत्कृष्ट कोटीका धेरै नेपाली निबन्धकारको नाम लिन सकिन्छ, कृति गन्न सकिन्छ । उसबेला महाकविका शब्द अर्थपूर्ण थिए । त्यसैगरी आज पनि कथाको परिभाषालाई समेट्ने गरी महाकविका शब्द आउँछन्— यो एउटा आँखीझ्याल हो ।

त्यतिकै शक्तिपरक परिभाषा छ नाटकको । लीलाध्वज थापाको अमरमायामा लेख्नु भएको छ सत्य भ्रान्ति नै नाटकको पहिलो कसौटी हो । वास्तवमा सम्पूर्ण नाटक वा रङ्गकर्मममा लागू हुने अन्तिम सिद्धान्त यही हो । आजको सम्पूर्ण भिजुअल मिडिया अनि परोक्षयथार्थता, अतियथार्थता सबै नयाँ कुरा यही सिद्धान्तमा अडेका छन् ‘भ्रान्तिमा’ ।

महाकविले नयाँ कृतिको आलोचनात्मक परिचय पेस गर्दा पनि होसियारले तौलिएर मानिसलाई नदुख्ने शैली अपनाएको देखिन्छ । तेजकुमार शर्माको क्रान्तिमा त्यस्तो एक सङ्केत छ : वहाँको विकासशील व्यक्तित्व छन् वहाँको शैली हिन्दी ढङ्गको, वहाँको उच्चारण जोशपूर्ण, वहाँको भाषाको लयमा ठाउँ ठाउँमा कसर देखिएला तर जो एक सानो कूचीले वढार्न सकिएला । रामकृष्ण पुडासैनीको प्रेममा त्यस्तै शब्द छन् : मलाई हर्ष छ कि एक भाइ कविताक्षेत्रमा जागरत भइरहेछन् म प्रशस्त आशा गर्न चाहन्छु । पहिला चिजमा पनि गहक छन् आशा छ, वजन प्रगतिशील होला ।

महाकविले मुनामदनको रचना र प्रकाशन गरेपछि झ्याउरेलाई प्रोत्साहित र  स्थापित गर्न धेरै प्रयत्न गर्नु भएको देखिन्छ । धर्मराज थापा पहाडी संगीत लिएर उदाएपछि उहाँलाई अत्यन्तै ठूलो आनन्द लग्यो । लोकजीवनबाट टिपिएको नेपाली पानाको यो भाकाको अरूले पनि साधना गर्न लागे, यस्तो मौलिकता प्रति उहाँको अपार प्रेम थियो । महाकविलाई मौखिक परम्पराको झ्याउरे लेख्यमा स्थापित गर्ने आविस्कारकको रूपमा बोल्न मन लाग्छ : झ्याउरेको नेपाली खेत बाँझो देखेर अलिकति डल्ला फोरफार गर्ने काम र दुई चार बीउ रोप्ने काम मैले पनि अगाडि गरेको थिएँ । हुन त झ्याउरेको खेत वास्तवमा न बाँझो थियो, न बाँझो हुन सक्ने या रहन सक्ने थियो । प्रतिदिन, प्रतिक्षण पहाड खाडीमा यही झ्याउरे हावामा लहराइरहेको नेपाल नै यसको नित्य हरित, नित्य पैदावारीको अब्बल भूमिस्वरूप थियो र छँदै छन् तर झ्याउरे कविताको साहित्यिक सम्भावना–उपर नजर कसैको गएको थिएन, त्यस समयसम्म । गए पनि फोहरी तवरका साँहिलीनानी ढंगका नीच रुचिका कविता सिपाही र लाहुरेका पाकेट कुत्कुत्याउने किसिमका चीजहरू मात्र पैसा तनुवा साहित्यिक व्यापारीले चलाउन खोजेका थिए होलान् ।

झ्याउरे लयप्रति उत्पन्न प्रेमले, त्यसलाई उत्थान गर्ने रहर र स्थापित गर्ने जोशले मुनामदन लेखियो । तर मुनामदन कत्रो प्रवाहमा लेखियो भन्ने कुरा यसरी पहाडी पुकारको भूमिकामा अङ्कित छन्

त्यसपछि लक्ष्मण लोहनीको थानसिङे कान्छी (२०१३) आएपछि झ्याउरे छन्द अझ लोकप्रिय हुँदै गयो । त्यो देखेर कविज्यू आफूले आरम्भ गरेको अभियान स्थापित हुँदै गएकोमा खुसी प्रकट गर्नु हुन्छ : यो नेपाली मुटुको लय निख्खरा नेपाली भाषा र पानामा ‚पन्दित हुन्छ, यो बाँझो तर विशाल सम्भावनाले सम्पन्न क्षेत्र मैले अपनाएथें या औल्याएथें, यसमा मेरो इसाराले प्रचुर प्रभाव पैदा गरायो भनेर अब आत्मसंतोष हुन्छ ।

चार दिनमा लेखिएको मुनामदन आज नेपाली साहित्यमा अमर कृति गनिएको छ, एक दर्जनभन्दा बढी भाषामा अनूदित छ, प्रत्येक वर्ष सर्वाधिक बिक्री हुने कृतिमा गनिन्छ । त्यो केवल झ्याउरे छन्द र लय मात्र थिएन, त्यो विशेष काव्य चेतनाले भिजेको नेपाली हृदयको वाणी थियो । धर्मराज थापाको पहाडी संगीतपछि बासुदेव ढकालको शशि–कला नेपाली झ्याउरे (२००७) आयो । त्यसको पनि महाकविले स्वागत गर्नु भयो । अनङ्गनाथ पौड्यालको राधाकृष्ण मिलनबारे लेख्ता एउटा समालोचकीय ज्ञान पनि यसरी मिसाइएको छ— जस्तो कविता हुन्छ दुई किसिमको एउटा अभ्यन्तरीक वा स्वविषयी र दोस्रो हुन्छ वाह्यविषयी । अभ्यन्तरीक कृतिको उदाहरण छ संगीति कविता भने वाह्यविषयमा नाटक महाकाव्य, वर्णनात्मक कविता आदि ।

यो महाकविको आफ्नै विश्लेषण हुन सक्तछन् ।

यो नेपाली साहित्यको ‘शैशवकाल’ थियो; भूमिका लेखकले कृतिको‚ तर मापनदेखि त्यसको उपयोगिताको लागि पनि सिफारिस पनि गर्नुपर्थ्यो । राधाकृष्ण मिलनको अन्त्यमा कविको निर्णय छ : तर पाठ्यक्रमलाई राखेका खंडमा पनि यति राम्रो सुघ्घर चुट्कीलो तथा शुद्ध र रसीलो काव्य नेपालीमा अरू विरलै भएकाले, यसको राम्रो उपयोगीता देख्न शकिएला । छपाउने कुराको प्रवम्ध मात्र हुन लागेको छन् अर्थाद्रद्रभाव नै सव नेपाली कविको विलक्षण गुण हो जसले गर्दा धेरै कृतिहरू आपसे आप मरेर जाने गर्छछन् ।  म आशा गर्दछु यस कितावले नेपाली साहित्यका क्षेत्रमा प्रथम या उच्च द्वितीय कक्षाको परिक्षा लिनशक्ला अहिले सम्मलाई कमसेकम म अरू आशा गर्दछु कि यसलाई छपाउने काममा शीघ्र मद्दत दिन रसिक भक्त, देशप्रेमी सज्जन र साहित्विक संघहरू शीघ्र तया अग्रसर होलान ।

महाकविको नेपाली भाषाप्रेम यसलाई सम्मिलित गर्ने उहाँको कलम यी अतुलनीय कुरा छन् । त्यो ‘शैशवकाल’ मा नेपाली भाषाले भर्खर दह्रा पाइला टेक्तै थियो तर अझै संस्कृतको अत्यधिक प्रयोग, हिन्दी मिश्रण वा अङ्ग्रेजी तर्फ ढल्किने चेष्टामा थियो । उहाँको भाषामा हिन्दीको प्रचुर प्रयोग पाइन्छ । जस्तै— ज्यादै भोर भएको कथा (सावित्री सत्यवान्) नोकदार चकाचौँधी आत्मोत्सर्गको आतसवाजी, प्रभाव रश्मी डाल्ने किरण (क्रान्ति) । हिन्दी प्रयोगका अरू पनि उदाहरण छन् : अलिकति ताजूबीकार हौसला आयो, पंडितहरु नाक सिकुड्न, ठूला संगमरमरका ढेरदेखि नफरत थियो (पहाडी जीवन) । विद्यावृक्षबाट फल तोडेर चाख्ने प्रवृत्ति (ललित–कला र साहित्य), एक कुरा भन्न लायक छ कि (ललित–कला र साहित्य) । यस्तो भएता पनि यो सहज स्वाभाविक अवचेतनबाटै गरिएको हो । नेपाली तङ्ग्रिन सकेको थिएन । त्यसैले कविले गोविन्द भट्टको भूमिकामा भन्नुहुन्छ : नेपाली भाषामा लेख्नुभएको भए म अझ आनन्दित हुने थिएँ । शायद नेपालीमा अनुवाद निकाल्नु हुनेछन् हिन्दीमा भन्दा नेपालीमा अझ ज्यादा वहाँको जरुरत देखिन्छ ।

त्यस्तै गरी अनुवाद गर्नुपर्छ भन्ने कुरा जनक्रान्तिमा छन् क्रान्तिका लेखको भाषामाथि पनि टिप्पणी गर्नु भएको छ : वहाँको शैली हिन्दी ढङ्गको (पाइन्छ) ।

समालोचना के हो, त्यो कस्तो हुनुपर्छ, उपन्यास के हो, महाकाव्य र उपन्यासमा के फरक छ, अनि निबन्ध र कविता, गीत कसरी परिभाषित गर्ने भन्ने विषयमा कति सूत्रात्मक वाणीमा महाकविका धारणा प्रकट छन्‚ त्यस्ता सिद्धान्तकार भएर अनेक सैद्धान्तिक विषयमा बोल्दा कविता यसरी परिभाषित छ : तर सिद्धान्तले कविता बन्दैन, कविताबाट बगेर आएको वस्तु कति प्रभावकारितासँग मुटुमा पस्तछ सो रसिक र पारखीको चेतबाट मात्र थाहा पाइन्छ ।

महाकविलाई पढ्यैपिच्छे नेपाली साहित्यको ‘शैशवकाल’ मनमा राख्नु पर्दछन् आज हामी विधा परिवर्तन–मिश्रणलाई नौलो झैँ कुरा गर्दैछौँ । उसैबेला महाकविले सुलोचनाको भूमिकामा भनेका कुरा बुझ्दा उहाँको मन परम्परा तोडेर प्रयोगतिर प‚न खोज्दै थियो : मैले यो सम्झें कि यो पनि एक नयाँ ढङ्ग होला । नाटकभन्दा शायद बेस हुन सक्छ, किनकि कल्पनालाई प्रशस्त खेल्ने अवकाश मिल्छ । समाज–चित्रण य‚ता काव्यमा राम्रो तवरले गर्न सकिन्छ — नाटकमा भन्दा । म यहाँ कवितात्मक नाटककार बनेको हुँला अथवा पद्यात्मक उपन्यासकार । के उपन्यास छन्दमा लेखिन सकिंदैन ? शायद कविता र उपन्यास मिले दुवैको मजा त आउला । कति मात्रामा मिल्न सक्छन् र यहाँ कति सफलता पाएको छु, सो पाठकवर्गले विचार गर्ने कुरा हो ।

क्रान्तिको चेतना, झंझावात उत्पन्न गरी जगतका बेथिति मडार्ने कुरा, युवावर्गमा हुनुपर्ने बलिदानी सपना र तानाशाहीलाई उखेल्नु पर्ने कुरा बारम्बार आउँछन्; २००७ सालमा उखेले पनि त्यसले देशमा कुनै उज्यालो ल्याउन नसकेको असन्तुष्टि उहाँका रचनामा बारम्बार आउँछन् । हाकविको क्रान्तिकारी छवि बेलाबेलै उचालिन्छ । जागीरको भूमिकामा यो चेतना अति प्रबल भएको छ ।

महाकविको सबैभन्दा अग्लो समालोचक व्यक्तित्वसँग तरुणतपसी प्रदक्षिणामा भेट हुन्छ । यो विशिष्ट दर्जाको समालोचनाको नमूना हो । यो रचना कहाँबाट कसरी प्राप्त भयो भन्नेबारे यसको पृष्ठभूमिबारेमा लेखकीयमा प्रष्ट्याइएको छन् यो रचना कसरी सार्वजनिक हुन सक्यो भन्ने कुराको इतिहास भनौँ त्यसको साक्षी श्री रोचक घिमिरे हुनुहुन्छ । यो ग्रन्थको सबैभन्दा लामो रचना हो । यसमा महाकविले तरुणतपसीमा भूमिका लेख्न नभ्याएपछि र त्यहाँ बालकृष्ण समको भूमिका प्रकाशित भएर आएको देखेपछि पछुतो मान्दै त्यसमाथि उच्च बौद्धिक र तार्किक किसिमले आफ्ना विचार प्रस्तुत गर्नु भएको छन्

कवि शिरोमणि लेखनाथ पौड्याललाई महाकविले अद्वितीय युगप्रवर्तक भन्नु भएको छ, बालकृष्ण समलाई शेक्सपीयरसँग तुलना गर्नुभएझैँ । महाकविलाई समले कवि शिरोमणिको तरुणतपसीको आलोचना गरेको ठाउँठाउँमा मन परेको थिएन । नेपाली साहित्यका यी तीन ह‚तीको भेटघाट एउटा अपूर्व संयोग लाग्दछन् महाकवि अत्यन्तै नरम र विनयशील भएर पनि समसँग भिन्न मत राख्नु हुन्छ । यो तर्क, दृष्टिकोण र प्रस्तुति हेर्दा नेपाली समालोचनामा यस्तो उचाइ पुग्नको सक्यो होला भने जस्तो लाग्छ ।

००००

पश्चिमतिर फर्केर

महाकविको पश्चिमी विश्वतिरको फर्काई, उताको ज्ञानले यता शैशवकालीन नेपालीलाई बुझ्ने बुझाउने प्रयत्न गम्भीर विद्वताका उदाहरणीय पक्ष छन् । कति शब्द सापटी छन्, कति विचित्रका अनुवाद छन्, कतै अनुकूलित छन् कसरी भाषा भण्डार गर्नुपर्ने बेला थियो । साथै अनेकौँ पाश्चात्य लेखक चिन्तक पढेको प्रभाव प्रशङ्ग आइरहन्छ । उहाँले ‘गेयका’ सट्टा ‘लिरिक’ प्रयोग गर्नुभएको छ, टमस ग्रे, जोन ड्राइडनका काव्य शक्तिको चर्चा आउँछन् त्यसमा कति नयाँ शब्द नव निर्मित छन्— ‘कन्ट्रोलदार’, ‘मा‚टरी’, ‘लिरिकीप्रवाह’ ‘क्लासिष्ट’ नेपालीलाई ‘बर्गिष्ट’ बनाइएको र राजनैतिक निन्दा–लेखलाई ल्यांपून नै राखिएको छन् ‘खँदिलिँदो’ जस्तो नयाँ क्रिया निर्मित छन् अन्त्यमा लेखनाथलाई उहाँले ‘नेपाली ड्राइडन’ भन्नु भएको छन्

खड्गबहादुरको विद्रोह (उपन्यास) को भूमिका लेख्ता अनेक नयाँ चेतना प्रकाशमा आएका छन् । सात सालको क्रान्ति, त्यसको अधूरोपन र त्यहाँ लुकेको असन्तुष्टि, भोक, गरिबी छन् त किनभने हाम्रा नेताहरुले माथितिर हात दिलाएर तलतिर छाती दिलाएनछन् ।  नेपाल विषमताले जलाइएको छन्

जनकलाल शर्माको कृतिमाथि लेख्ता महाकविले गरेको राहुल साङ्कृत्यायनको विद्वता, त्यसको जनकलाल माथिको प्रभाव र प्रेम अनि नेपाली भाषा प्रेममा डुबेका छन्— हेला गरिएकी मातृभाषा अलि उठिरहिछन् ।

महाकविको विचारमा आरम्भिक कालमा अन्यको प्रेरणा पनि आवश्यक थियो— संस्कृतको, खासगरी अङ्ग्रेजीको । तर तिनको प्रभावबाट मुक्त भई मौलिक ‘नेपाली पाना’ को विकास गर्नु अति आवश्यक थियो । अन्धो अनुकरणले मौलिकता मेटाइदिन्छ । झ्याउरे छन्द एक ‘स्वदेशी पाना’ थियो, लेखनाथको परिष्कार अर्को । जनकलालको गद्यलाई लेख्नु हुन्छ— ‘संस्कृतप्रधान, हिन्दी प्रभावले छिर्केको, दहरो कहीँकही अलि काठ पसेको जस्तो ।’ समको अनुस्टुप छन्द प्रयोगलाई टिप्पणी छ— शेक्सपियरका पद्यात्मक शैलीको प्रभावमा पूरा भिजेर पनि एक स्वदेशी चीज र नवीन नाटक शैली र भाषाको नयाँ अनुहार वहाँले निकाल्नु भएको थियो । म सम्मतीमा स्वदेशी पानाको अधिक देख्दछु, यद्यपि विदेशी प्रभावको छाप पनि टड्कारो छन् ।

महाकविको मुख्य उद्देश्य अरुको प्रभाव ग्रहण गर्दागर्दै मौलिकताको खोजी र परि‚कार पनि हो । साथै पाश्चात्य प्रभावबारे के भन्ने ? त्यसमाथिको उहाँको सन्तुलित विचार आज पनि हामीलाई उदाहरणीय लाग्दछ : व्यक्तिगत दृष्टिकोण र भावना या रसा‚वादनका आधारमा रहेको पाश्चात्य समालोचनाको प्रवाह न्यून भएपनि विशिष्ट तथा सजीव र प्रगतिशील छ भन्ने मान्दै र दर्शाउँदै, पूर्वीय समालोचनाका व्यापक र वैज्ञानिक आधारहरू, खोतलेर वहाँ यसको उपयोगी वैशिष्ट्यलाई सम्झाउनुहुन्छ र दुवै प्रणालीको पार‚परिक पूरकत्वको व्याख्या गर्दै भावी समीक्षाको एक अत्यावश्यक र मनोहर पथको निर्देश गर्नुहुन्छ । यो बाटोमा नचली शायद हामीलाई सुख हुने छैन । किनकि हामी सजातीय वलिया जरा काट्न पनि शक्तैनौं, विजातीय विशेषतालाई निरादर गर्न पनि शक्नैछैनौं ।

वासुदेव शर्मा त्रिपाठी ‘देवेश’ को नेपाली जनक्रान्ति एक शक्तिशाली ऐतिहासिक दस्तावेज हो । यो सबैले भुलिसकेका होलान् ।  यसको उद्देश्य १९९७ देखि २००७ साल पछिसम्मको जनक्रान्तिको दृश्य प्रस्तुत गर्नु शुक्रराज, धर्मभक्त आदिको सहादत नेपाली काङ्ग्रेसको वैरगनिया सम्मेलनदेखि पछिका युगान्तकारी परिवर्तनको प्रस्तुति हो । हिन्दी भाषा (पद्यमा) लिखित ९९ पृष्ठको यो सिर्जना पढ्दा य‚ता जल्दाबल्दा ‘देवेश’ को रहेछन्, उनको महाकविसँग कसरी सम्पर्क भयो होला, उनको साहित्यिक एवम् राजनीतिक परिचय के कस्तो होला भन्ने जिज्ञासा उत्पन्न हुन्छ । उनीभित्रको देशप्रेमको ज्वाला यी पङ्क्ति पढ्दा प्रस्ट हुन्छ  : अन्त में देश के उन सभी शहीदों के प्रति जिन्होंने देश जाति के उत्थान के लिए अपने प्राणों का बलिदान किया था तथा इसके पहले गद्दार खूनी राणाशाही से माफी न माँग कर मुसकराते हुये फाँसी पर लटक गये, गोलियाँ खाईं या जेलों में मरे, अपनी हार्दिक श्रद्धाञ्जली समर्पित करता हुआ उनकी दिवंगत आत्मा के प्रति शान्ति के लिए ईश्वर से प्रार्थी हूँ ।

यसैको भूमिकामा महाकविले जोडेका तुलसीमेहर, टंकप्रसाद आचार्य, मातृकाप्रसाद, गणेशमान, डा. के आइ सिंह विश्वेश्वरप्रसा कोइराला आदिका कार्यको ‚मरण छ, उताका महात्मा गान्धी रामवृक्ष बेनिपुरी, राममनोहर लोहिया छन्

००००

सारांशका शब्द

जम्मा ११४ पृष्ठको यो कृति अर्थात् महाकविका भूमिका ३५ वटा रचनाको सङ्कलन भएता पनि यो महाकविको कुनै अप्रकाशित कृति झैँ महत्त्वपूर्ण छन् ।

पुस्तकको आकार ससानै हो, यो पढेर म पनि यसमाथि यति लेखुँला जस्तो लागेको थिएन तर यो पढिसक्ता एउटा दुर्लभ विश्वभित्र प्रवेश गर्न पाएझैँ उत्साहको उत्तेजनाले मन भरियो । अनेक जिज्ञासाले म भरिएँ । दोहोर्याएँ, तेहेर्याएर पढेँ र यस भण्डारमा पसी अलिकति नवीन उपहार झिकेर प्रस्तुत गर्ने प्रेरणा जाग्यो ।

यसले महाकवि विषयक अध्ययन  अनुसन्धानमा एक नयाँ द्वार खोलिदिनेछ भन्ने लागेको छन् ।

यस कृतिको तयारीका सम्बन्धमा पनि केही कुरा बताउनु आवश्यक देख्तछु ।

निकै अघि शिव रेग्मीज्यूको अतीतका पाना प्रकाशित भइसकेपछिको प्रसङ्गमा उहाँले महाकविका केही दुर्लभ भूमिकाको सङ्कलन र तिनमा आफ्नो हृदय ढल्केको कुरा सुनाउनु भयो । यो दुई वर्ष अघिकै कुरा थियो । त्यसपछि यसमा अभिरुचि राखेर उहाँलाई अरू प्रोत्साहित गर्न थालेँ । उहाँ खोजीलाई तीव्रता दिन थाल्नु भयो । एउटा थपिन्छ, फेरि केही महिनापछि अर्को, उहाँले कति अनुसन्धाताको सहयोग लिनु भयो होला तर उहाँ एक अत्यन्तै आदरणीय र पुराना सिर्जना र प्रकाशनको अमूल्य भण्डार अनि अनुसन्धाता हुनुहुन्छ यो कुरा नेपाली वाङ्मयका अध्येता सबैलाई थाहै छन् सम्पर्कले, साधनाले, त्यागले शिव रेग्मी एक संस्था गनिनुहुन्छ । यता रेग्मीज्यूले खोज्दै जाँदा वर्षदिनमा यति रचना तयार भए । अन्त्यमा हामीलाई लाग्यो भोलिका अनुसन्धातालाई सजिलो पार्न यी कृतिका कभर पृष्ठ पनि राखिदिन पाए— पैँतीस मध्ये दुई वटा छुटे र उपलब्ध भएका कभर पृष्ठ पनि ‚क्यानिङ गरेर राख्यौँ तिनलाई अझ कलर छाप्न सकेको भए राम्रो हुन्थ्यो होला । सबै फेला पार्न सकेको भए झन् राम्रो हुन्थ्यो ।

यसमा अरू थपिन सक्लान् तर यो एक ऐतिहासिक आरम्भ हो ।

यो दुर्लभ वस्तुको खोजी र प्राप्ति हो ।

महाकविको जन्म शतवार्षिकीको अवसरमा सीमान्त प्रकाशनले यसको प्रकाशन गर्ने सौभाग्य प्राप्त गरेको छन्

वास्तवमा यो वर्ष, महाकविको जन्म शताब्दीको अवसरमा प्रकाशित ग्रन्थहरूमा अत्यन्तै महत्त्वपूर्ण मानिने यो एक दुर्लभ कृति हो ।

महाकविका भूमिका भित्र प्रवेश नगरी उहाँको अध्ययन अपूरै हुन्छ ।

यसको तयारी गर्ने क्रममा आवश्यक पर्ने सावधानीको उपयोग गरिएको छन्

विगतका ५०–६० वर्षमा भाषाको वर्णव्यवस्थामा परिवर्तन भएका छन् आज ‘काठमाण्डू’ ‘शांति’ जस्ता शब्द लेखिँदैनन् तर महाकविको समयमा यस्ता शब्द थिए… । तिनीहरूलाई जस्ताको तस्तै मूल अनुसार रुजू गरी राखिएको छन् यो ‘आर्काइव्’ लाई चलाउने सम्पादन गर्ने अधिकार कसैमा रहँदैन । कति ठाउँमा केही छुट र अस्पष्टता जस्ता लाग्ने ठाउँ छन् तर त्यस्तै छोडिएको छन् लेखकको कलम कागजबाट ओझेल परेपछि यी शब्द र वाक्यले कति यात्रा गरे होलान्, कति ठोकिए झरे होलान् ।

म आफूलाई यो सङ्कलनको अध्ययन गरी यति लेख्न पाउने अवसरलाई महाकविप्रतिको हार्दिक श्रद्धाञ्जलि अर्पण गर्ने एक सुवर्ण अवसर ठान्दछु । अन्त्यमा महाकविका भूमिकाभित्र सङ्कलित कृति शीर्षक, लेखक, प्रकाशक, प्रकाशन वर्षको कालक्रमिक सूची अरू अनुसन्धाताको सहयोगको निमित्त उपयोगी होला भन्ठानी निम्नानुसार प्रस्तुत गर्दछु ।

१.     मुनामदन (प्रथम संस्करण २००९) ‘समर्पण’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाली भाषा प्रकाशिनी समिति

२.     सावित्री सत्यवान (प्रथम संस्करण) ‘सावित्री सत्यवान’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: स्वयम्

३.     राजकुमार प्रभाकर (प्रथम संस्करण १९९७) ‘समर्पण’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: स्वयम्
४.     केही नेपाली नाटक (प्रथम संस्करण २००२) ‘दुई शब्द’

लेखक: हृदयचन्द्रसिंह प्रधान

प्रकाशक: स्वयम्
५.     सुलोचना (प्रथम संस्करण २००३) ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाली भाषा प्रकाशिनी समिति

६.     लक्ष्मी निबन्धसङ्ग्रह (प्रथम संस्करण २००२) ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाली भाषा प्रकाशिनी समिति

७.     अमरमाया (प्रथम संस्करण २००२) ‘परिचय’

लेखक: लीलाध्वज थापाक्षत्री

प्रकाशक:

८.     सीता (प्रथम संस्करण २००३) ‘परिचय’

लेखक: देवीप्रसाद पौडेल

प्रकाशक:

९.     शाकुन्तल (दोस्रो संस्करण २०२९) ‘वक्तव्य’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: साझा प्रकाशन

१०.    क्रान्ति (प्रथम संस्करण) ‘भूमिका’

लेखक: तेजकुमार शर्मा

प्रकाशक:

११.    पहाडी संगीत (दोस्रो संस्करण २०१४) ‘भूमिका’

लेखक: धर्मराज थापा

प्रकाशक: रत्न पुस्तक भण्डार

१२.    रातको आँसु (पहिलो संस्करण २००७) ‘एक झलक’

लेखक: श्यामदास वैष्णव (श्यामल)

प्रकाशक: स्वयम्
१३.    शशि–कला (प्रथमावृत्ति २००७) ‘परिचय’

लेखक: वासुदेव ढकाल

प्रकाशक: स्वयम्
१४.    राधाकृष्ण मिलन (प्रथमवृत्ति सं. २०१७) ‘भूमिका’

लेखक: अनङ्गनाथ पौड्याल

प्रकाशक:

१५.    हु‚सु पथिक ‘श्री’

लेखक: माधवप्रसाद देवकोटा

प्रकाशक: स्वयम्
१६.    “जा, गिर† !” (प्रथम संस्करण २००८) ‘एक दृष्टिकोण’

लेखक: हरि श्रेष्ठ

प्रकाशक: स्वयम्
१७.    श्यामकृष्णको लागि लेखिएको भूमिका ‘भूमिका’

साभार: नेपाली पूर्णाङ्क ८८

(कृति नखुलेको)

१८.    गोविन्द भट्टका निमित्त लेखिएको ‘भूमिका’

अप्रकाशित भूमिका

(कृति नखुलेको)

१९.    थानसिङे कान्छी (दोस्रो पटक २०१७) ‘विचार’

लेखक: लक्ष्मण लोहनी

प्रकाशक: रत्नपुस्तक भण्डार

२०.    तरुण तपसी  ‘तरुणतपसी प्रदक्षिणा’

लेखक: लेखनाथ

साभार: रचना, वर्ष–४, अङ्क १

२१.    विद्रोह (प्रथम संस्करण २०११) ‘भूमिका’

लेखक: खङ्गबहादुर

प्रकाशक: रामजी गोरखाली र साथीहरू

२२.    ललित–कला र साहित्य  ‘परिचय’

लेखक: जनकलाल शर्मा

लेखिएको तर नछापिएको भूमिका ।

साभार: ‘गरिमा’ वर्ष १ र अङ्क ८ (मिलेको छैन)

२३.    झंकार (प्रथम संस्करण २०१४)  ‘भूमिका’

लेखक: रामहरि जोशी

प्रकाशक: एवरे‚ट प्रकाशन

२४.    प्रेम (प्रथम संस्करण) ‘परिचय’

लेखक: रामकृष्ण पुडासैनी

प्रकाशक: स्वयम्
२५.    नेपाली जनक्रान्ति  ‘भूमिका’

लेखक: वासुदेव त्रिपाठी ‘देवेश’

प्रकाशक:

२६. मेरो वसंत (प्रथम संस्करण २०१३) ‘भूमिका’

लेखक: विष्णुप्रसाद शर्मा ‘परिमल’

प्रकाशक: सुशीला देवी

२७.    भैचम्पा (खण्डकाव्य) ‘भूमिका’

लेखक: भैरवनाथ रिमाल

प्रकाशक: रामप्रसाद

२८.    मरोरञ्जन (प्रथम संस्करण २०२४) ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाल साँस्कृतिक संघ डिल्ली बजार

२९.    आशौच विज्ञान (प्रथम संस्करण २०१५) ‘भूमिका’

लेखक: पं. सोमनाथ शास्त्री

प्रकाशक: घनानाथ शर्मा

३०.    नेपालको राजनीतिक दर्पण (द्वितीय वृत्ति २०२६) ‘सम्मति’

लेखक: गृष्मबहादुर देवकोटा

प्रकाशक: ध्रुवबहादुर देवकोटा

३१.    म्हेन्दु (प्रथम संस्करण २०१९)  ‘म्हेन्दुको विषयमा’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाली भाषा प्रकाशिनी समिति

३२.    रावण–जटायु–युद्ध (२०१९) ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: नेपाली भाषा प्रकाशिनी समिति

३३.    मेरा दुई चोइटा  ‘दुई शब्द’

लेखक: टेकबहादुर नवीन

प्रकाशक: ने.रा.प्र.प्र., काठमाडौँ २०४०

जेठ १६, २०१६

३४.    छहरा (प्रथम संस्करण २०१६) ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: ‚वयम†

३५. मैना ‘भूमिका’

लेखक: लक्ष्मीप्रसाद देवकोटा

प्रकाशक: ने.रा.प्र.प्र., २०३९

प्रत्येक शीर्षक अध्ययनको विषय छ, अनुसन्धानको विषय छ, अनुसन्धानको क्षेत्र छन्

जस्तै नं. १३ का स्रष्टा वासुदेव ढकालको साहित्यिक परिचय के होला ? नं. २२ को ललित–कला र साहित्यको भूमिका कसरी नछापिई रह्यो र पछि गरिमामा आयो होला ? नं. २४ को प्रेम कहिले प्रकाशित भयो होला । य‚ता तथ्याङ्कगत बाहेक अरू धेरै प्रकारका जिज्ञासा बोकेर यस कृतिमा प्रवेश गर्न सकिन्छ ।

यस्तो कृतिका संयोजक अनुसन्धाता श्री शिव रेग्मीज्यूको परिश्रमको, त्यागको, अमूल्य योगदानको हार्दिक प्रशंसा गर्दै आज यहीँ बिदा माग्दछु ।