विख्यात अंग्रेज साहित्यकार विलियम सेक्सपियरको लोकप्रियता उनको निधनको चार सय वर्ष बितिसक्दा पनि कम छैन । उनको लोकप्रियतालाई मध्यनजर गर्दै हालै बेलायती फिल्ममेकर ज्याक जेवर्सले उनको तस्बिर अंकित पोट्रेट अन्तरिक्षमा पुर्याइएको छ ।
अन्तरिक्षमा पठाइएका सामग्रीहरूमा तस्बिर मात्र छैन, उनले लेखेका कतिपय संवादहरूको अडियो रेकर्डसमेत पठाइएको छ ।
सेक्सपियरको लोकप्रियतामा भूमिका खेलेको भनिएको प्रथम कृति मि. विलियम सेक्सपियर्स कमेडिज, हिस्ट्रिज एन्ड ट्रयाजेडिज् कृति उनको निधनको सात वर्षपछि प्रकाशित भएको थियो । ९०० पृष्ठभन्दा बढीको सो कृतिमा उनका ३६ नाटकहरू संकलित थिए । रोचक चाहिँ, यदि यो संकलित रचना प्रकाशित नभएको भए म्याकबेथजस्तो कालजयी नाटक हराउने सम्भावना बढी हुन्थ्यो भनी रोयटर्सले उल्लेख गरेको छ ।
अन्तरिक्षमा पठाउने कार्य भने इनभर्स फिल्म्सले जिम्मा लिएको थियो । एउटा व्यावसायिक अन्तरिक्ष फ्लाइटको सहयोगमा सेक्सपियरको तस्बिर, उनको पहिलो प्रकाशित कृति, सो कृतिमध्ये उत्कृष्ट मानिने अ मिडसमर नाइट्स ड्रिम कृतिका संवादहरू अन्तरिक्षमा पठाइएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 









