हलिउडका लेखक तथा कलाकारहरूले गरेको बन्दको अन्तिम निष्कर्षका रूपमा एउटा सम्झौता हुने भएको छ ।
सिनेमा निर्माता स्टुडियोहरू र कलाकार तथा अभिनेताहरूले पछिल्लो समय आफ्नो पारिश्रमिक पुनरावलोकन गरिनुपर्ने माग गर्दै ११८ दिनसम्म हड्ताल आयोजना गरेका थिए । लेखकहरूले शुरू गरेको हडतालमा पछि कलाकारहरूसमेत थपिएका थिए । कलाकारहरूको सहभागितापछि हडतालले निर्णायक मोड लिएको थियो ।
यसअघि नै लेखकहरूसँग स्टुडियोको सम्झौता भइसकी काममा फर्किएको अवस्था थियो । पछिल्लो सम्झौता भने कलाकारहरूसँग भएको हो ।
सम्झौताअनुसार, अब कुनै पनि फिल्म स्टुडियोले फिल्म निर्माणका दौरानमा कलाकारहरूको नक्कल प्रयोग गर्न नपाउने, स्ट्रिमिङ सेवाबाट वञ्चित रहँदै आएको आम्दानीमा सहभागिता रहने जस्ता विषय सम्झौतामा उल्लेख गरिएका छन् ।
यो पछिल्लो सम्झौता, अन्तिम, उम्दा र यहाँभन्दा तल झर्न नसकिने भन्दै शुक्रबार स्टुडियो र आन्दोलनरत पक्षबीच सम्झौता भएको हो ।
यस सम्झौताले कलाकारहरूलाई विगत ४० वर्षमा नभएको न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गराएको बताइएको छ ।
एआईको प्रयोग गरिए पनि कलाकार तथा लेखकहरू त्यसको फाइदाको भागिदार हुनेसमेत बताइएको छ ।
गएको मे महिनादेखि आन्दोलनमा रहेका लेखकहरूलाई साथै दिँदै जुलाई १४ देखि कलाकारहरूसमेत सहभागी हुन थालेका थिए । त्यसयता ठूला स्टुडियो र स्ट्रिमिङ कम्पनी सम्झौताको बाटो कुरिरहेका थिए ।
आन्दोलनका कारणा ठूला स्टुडियोहरूलाई घाटा पुगिरहेको थियो । तर यो सम्झौतापछि कम्पनीहरू धराशायी हुनसक्ने समेत सचेत गराएका छन् । वार्नर ब्रदर्सले यो सम्झौतापछि स्टुडियोको ऋण तिर्ने क्षमता घट्ने र ऋणको म्यादहरू खुस्किदै जानसक्ने बताएको छ । उता डिज्ने कम्पनीले भने टेलिभिजनको निर्माण खर्च निकै घट्ने भनी सम्झौतालाई स्वागत गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।