बिहानदेखि सूर्यको आलोकले
जब नयनलाई झस्काउने
गर्दोरहेछ
मेरी प्यारी मातामहीले
जब रेडियो नेपालको
त्यो पुरानो
जापानी रेडियोलाई
फेरि बिजुलीको
नास्ता दिनु हुन्थ्यो
तब धार्मिक कार्यक्रममा
पुरुषोत्तम सरको
मुर्धन्य आवाजले
पुरै घरमा
लाग्दथ्यो
देवताहरू पनि
स्वर्गलोकबाट
प्रतिस्थापन हुँदैछन्
दशैंको टीकामा
जमराहरू पनि
पर्याप्त जलले
हाम्रो शरीरका
हरितरङहरू
प्रदर्शन गर्ने
तदारुकता देखिने रहेछन्
चेतनामा पनि
दशैंका धड़ीहरूले गुन्जाइस गरेका
हुन्थे टीका थाप्नलाई
जब शुद्ध गोरस
मिश्रित चियाको
तेजिलो फाकीले
सिरक सँगको
प्रेमिल सम्बन्ध
बडो दुखारी
सँग यो अवयव
त्यो रात्रीसम्म
बिछोड
हुन् बाध्यकारी
हुन्थ्यो
अब दलानदेखि
मतान हुँदै
भान्सा कोठासम्म
यी रातो माटोले र गोबरले
नयाँ मुहार पाएका
ओर्गानिक कार्पेटलाई
पैतालाहरूले
एउटा नवोत्पन्न
शिशुझैँ
विस्तारै यो
तनले
घरबाहिर
सूर्य नमस्कार अर्पण
गर्दथ्यो
बाहिडो माडीबाट
सूर्यसँग युद्ध गरिरहेका
कुहिरोलाई
धापले विलीन गरेको हुन्थ्यो
तब सुरु हुन्थ्यो एउटा
आफ्नै संस्कार
माया, अनुरक्त र करुणाको
सागरले
भरिएको एउटा सदाबहार दशैं
टीका
एउटा आफ्नै संस्कार
प्रवाह गरेर
समापन
हुन्थ्यो पितामही
र मातामहीको
हातबाट
टीका, जमरा
र आशीषका
अमर वाणीले
गरेको छ जीवन्त
हाम्रो चोखो संस्कारलाई पहिले
बगिरहेको छ
दशैं केवल
सम्झनाको दहमा अहिले
स्मृतिको बादलमा
स्नान गरेको हुन्छु
मनस्पटलमा आज
प्रत्येक टीकामा
न्यास्रो लाग्दोरहेछ यो संस्कार
दृष्टिगोचर गर्नु नपाएर अहिले
तर आशा छ
फेरि त्यो शैशवकालीन
दशैं फर्किएर आउने छ
यो चोलामा
अर्को टीकामा ।
बर्तुङ्, पाल्पा
(हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।