१.
आकाशबाट स्वाट्ट तारा झरेझैं को को झरे, के नाैलो भो तुलाराम
मलका ठाउँमा कहाँबाट ल्याई खेताँ बिख छरे, के नाैलो भो तुलाराम
दिनदिनै मन भएकाले मन दुखाएकै छन् मन नभएकालाई के अर्नु
अपराधीहरूले हत्या अपराध मिनाहा गरे, के नाैलो भो तुलाराम ?

२.
लाै बाजी ठोक्ने भए ठोकिहालम्, देश बनाैन के के दरकार छन् तुलाराम
मिलीजुली देश बनाैन कस्मा मनभित्र कर्तव्यका करकार छन् तुलाराम
यतै हेर जात्रा उतै हेर जात्रा हैन कति अचम्मका जात्राहरू चल्न थाले
आगो लाउनेले आगो लाएका छन् देशाँ कति सरकार छन् तुलाराम ?

३.
स्वाभिमानी नेपाली भन्थे देश बेच्न आफैँ बिक्छन् तुलाराम
यस्ता तालले कहिलेसम्म हाम्रा मौलिकता टिक्छन् तुलाराम
जातभात, थिचोमिचो, अन्याय, अत्याचार हटेका छैनन्
हेर, धर्म मान्छौं भन्नेहरूले आफैँ रडाको झिक्छन् तुलाराम !