फेदोर भासिलिभ

सन् १८५० फेब्रुअरी २२ मा जन्मिएका फेदोर भासिलिभ रूसका ल्यान्डस्केप चित्रकार हुन् । उनले जीवनका उत्तरार्द्धमा निकै ख्याति बटुले तर यो ख्यातिको मजा पाँच वर्ष लिन नपाउँदै उनको देहान्त भयो । उनले सन् १८७३ अक्टोबर ६ मा यो संसारबाट बिदा लिए ।

ल्यान्डस्केप चित्रकारितामा उनले त्यो बेलाको रूसलाई नयाँ आकाश, धर्ति, बादल दिए भनेर उनको प्रशंसा गरिन्छ ।

उनको ल्यान्डस्केपमा प्रकृतिसँगको आध्यात्मिक ऊर्जा, कवित्व र संसारको उत्तेजनात्मक सुन्दरता प्रखर रूपमा अभिव्यक्त भएको केही दाबी गर्छन् । उनको यही अभिव्यक्तिले उनलाई अहिलेसम्म रूसी जनताको मनमस्तिष्कमा जीवित राखेको छ ।

हिजो अक्टोबर ६ मा उनको स्मृति दिवस भएकाले आज हामीले यहाँ स्मरण गरेका छौँ । आउनोस्, आज हामी उनका तिनै जोडदार कृति अवलोकन गरौँः