त्यहाँ भएका जम्मैले उदेक मानेर एकै स्वरले भने “यो त त्यस बखतदेखि घरमै छ । यसले कुन चाहिँ चिठी राजधानी पुर्‍याउन लग्यो ?”

वाङ चेनले भन्यो, “महिना दिन जति भयो होला, यसैले मुमाको चिठी ल्याएर मलाई दिएको हो। पुगेका दुई दिन मात्र पछि मैले यसलाई घर गई सबैको चित्त बुझाउँदै गर् भनी पठाएको हुँ। यो फर्केपछि सारा सम्पत्ति बेचबिखन गरी हस्याङफस्याङ गर्दै सरासर आउँदै छु । यो त राजधानी गएकै होइन भनी तिमीहरू अझै कसरी ढिपी गर्छौँ ?”
त्यहाँ भएका सबै जना जिल्लाराम परे । तिनीहरूले आश्चर्यसाथ भने,  “के भयो होला ? ठिक ल्यू अर्‌कै अनुहारको अरू कोही छ कि ?”
कुटाइ खाएर रन्थनिएको ल्यू-अर्सुद्धाले हाँसो थाम्न सकेन । त्यसले भन्यो, ‘हरे, म कसरी राजधानी जाँदो हुँ । म त सपनामा पनि गएको छैन !M वाङ चेनकी आमाले भनी, “खोइ, त्यो चिठी ल्याऊ त हेरूँ मेरै हातले लेखेको हो त ?”

वाङले दिक्दारीसाथ भन्यो, “हजुरका अक्षर नचिनेको भए त्यस्ता कुरामा विश्वासै किन गर्दो हुँ ?”

त्यसले भारी फुकाली चिठी झिकेर हेर्दा त त्यसमा फट्टी एउटा अक्षरसम्म रहेनछ, त्यो त खालि सादा कागजको पाना मात्र रहेछ । आश्चर्यले वाल्ल परेर वाड चेन त्यसलाई ओल्टाई पल्टाई हेर्न लाग्यो ।
 उता आमा चाहिँ “खोइ, त्यो चिठी हे त भन्दै थिई ।
 वाड चेन चाहिँ बरबराउँदै थियो, “कस्तो उदेक सारा लेखोट उडेर कता गयो होला ?”
 आमाले भनी, ‘हुनै नसक्ने कुरो । हामीलाई आउनू भनी वा फुका हात पठाएको तिम्रो पत्र र उसैका हात मैले दिई पठाएको त्यसको जबाफसिवाय तिमी गएदेखि हाम्राबिच कुनै पत्र-व्यवहारै भएको छैन । अनि मेरो जाली चिठी लिएर तिमीलाई ठग्न जाने नक्कली ल्यू अर्‌को कुरै कताबाट उठ्छ ? अब झन् त्यो त सादा कागज पो हुन गएछ भन्छौ । यस्ता वाहियात कुरा त जन्म कहिल्यै सुनेकी थिइन । “
  वाङ फु घर गएको थियो भन्ने सुन्दा अब वाङ चेनको तीन छक पर्ने पालो आयो । त्यसले भन्यो, “अरे, वाङ फु त बराबर मैसित राजधानीमा थियो । यहाँ पनि ऊ मैसित आएको हो। त्यसलाई चिठी दिएर मैले हजुरकहाँ कहिले पठाएँ ?”
आमाचाहिँले भनी, “भयो, अब चुप लाग । तिमीले झन् वाहियात कुरा गर्‍यौ । एक महिनाअघि वा फुले मलाई तिम्रो चिठी ल्याएर दिएको कसो होइन भन्छौ ? त्यसमा ‘राजधानीको हाम्रो सारा सम्पत्ति जस्ताको तस्तै सुरक्षित रहेछ, सचिव भएका मेरा साथी हूले प्रधानमन्त्रीसित मेरो परिचय गराइदिए, र उनले मलाई एउटा जागिरमा बहाल पनि गरेका छन्’ भनी लेखेका होइनौ । त्यस नयाँ जागिरमा बहाली गर्न जाँदा सँगै जानुपरेकाले दक्षिणका सारा घर खेत बेचबिखन गरी सरासर राजधानीमै आइपुग्नू भनी लेखेकै हो। त्यसैले सबै कुरा बेचबिखन गरेर यसै नाउमा सरासर आउँदै हो। अनि बाउ फु गएकै होइन भनी किन नचाहिँदो ढिपी गर्दी
सासूका कुरामा बुहारी पनि सही थाप्तै थिई।
 वाड चेनले जिल्ल परेर भन्यो, “खोइ, क्या हो, क्या हो म त हजुरहरूका कुरा सुनेर बौलाहा मात्र हुन सकिन। कुन चाहिँ हु भनाउँदो सचिवले मलाई प्रधानमन्त्रीसित परिचित गरायो र कसले मलाई जागिर दिलायो ए बाबा ठाकुरे । हजुरहरूलाई राजधानी सवारी हुन मैले कहिले चिठी लेखें ?”
 बुढीले भनी, ‘उसो भए बाइ फु पनि लुच्चै हो त ? त्या त्यस पाजीलाई, यहाँ ल्या !”
वाङ चेनले भन्यो, ‘ऊ नाउको बन्दोबस्त गर्न गएको छ। आ होला ।”
 नोकरचाकरहरू वाङ फुको विचार गर्न नाउका अघिल्ला भागमा जम्मा भए । छिटै टाढाबाट दगुर्दै घाटतिर आइरहेको वाङ फुमाथि तिनका दृष्टि परे । त्यसले पनि आशौचकै लुगा लगाएको थियो बेसरी हात हल्लाई हल्लाई डाकेको देखेर त्यसले तिनीहरूलाई टाढैबाट चिन्यो छक्क परेर त्यसले विचार गयो, “यी यहाँ के गरिरहेका होलान् ?”
 अलि वर आइपुग्दा तिनीहरूले देखे ऊ पहिलेभन्दा अलि बदलिएको – रहेछ । चिठी लिएर आउँदा त्यसको एउटा आँखा फुटेको थियो, अहिले भने दुवै आँखा पित्तले घुँझैँघरु बाटुला र टल्कने रहेछन् ।
 तिनीहरूले चिच्याएर टाढैबाट सोधे, ‘वाङ फ, पहिले घर आउँदा त तेरो देखे आँखो कानो थियो, अहिले भने सहे नै देखिन्छ नि, कसो हो ?”
वा फुले बेसरी झोक्किएर उनीहरूलाई थुक्क थुक्तै भन्यो, ‘तिमीहरू नै अन्धा होउला । म कहिले घर गए र ? मलाई दृष्टिविहीन भनेर किन गाली गरेका ? “
तिनीहरूले हाँस्तै भने, “लौ भैगो, आऊ, मालिक्नीबाट तिमीलाई मर्जी भएको छ । आशौचका लुगा फुकालिहाल र अनि भित्र जाऊ ।”
वाड फु वाल्ल पयो । त्यसले सोध्यो, “होइन, बुढी मालिक्नी अझै बाँचेकै होइबक्सिन्छ ?”
 तिनीहरूले भने, “अँ क्या।”
 वाङ फुले पत्याएन । लाएका लुगा नफुकाएरै ऊ सरासर हुर्रिँदै भित्र दाखिल भयो ।
 वाड चेनले त्यसलाई त्यसरी आएको देखेर जाग्दै भन्यो, “बजिया, मुमा भित्रै होइबक्सिन्छ । जा, तुरुन्त लुगा फेरेर मुन्टिई ।”
वाङ फु हस्याङफस्याङ गर्दै बाहिर निस्क्यो । तुरुन्तै लुगा फेरेर आई त्यसले भित्र पसेर बुढी मालिक्नीलाई दण्डवत् गयो ।
 बुढीले आँखा पुछी-पछी त्यसलाई हेरेर दोहोऱ्याई तेहेऱ्याई भनी, “उदेकै लाग्यो ! अघि आउँदा त यसको देब्रे आँखो कानो पो देखेकी थिए, अहिले भने सद्दे नै देख्तछु, यो उही मान्छे हो भन्नै नसकिने ।”
उसले हत्तपत्त छोराको चिठी किकी । तर, त्यसमा मसीको एउटा सानो धर्सोसम्म रहेनछ, त्यो त कागजको सादा पानाबाहेक केही रहेनछ ।
 सबै जना जिल्ल परे । ल्यू-अर् र वाड फुका भेष लिई आएका को हुन् ? छाङआन गई वाड चैनलाई र हाङचाउ गई उसकी आमालाई कसले र किन यसरी ठगेर सारा परिवारकै बरबादी गन्यो ? भन्ने बुझ्नै सकिएन । पछि परन्तु अझै के-के परिआउने हो भन्ने शड्का र चिन्ताले उनीहरू भुटभुटिन लागे । धेरै विचार गर्दा वाङ चेनलाई झल्याँस्स त्यस नक्कली वाङ फुको देब्रे आँखो कानो थियो भन्ने सम्झना भयो । त्यसले बल्ल लख काट्यो ।
 त्यसले भन्यो, “बल्ल बुझियो । तिनै अधम पशुले यी सारा उपद्रव गरेका हुन् ।”
 कुरा केही नबुझेकी हुनाले आमाले चाहिँ सोधी, “के भन्यौ ?”
वाङ चेनले फानचुआनमा फ्याउराहरूलाई गुलेलीले हानेको, तिनको पुस्तक भेट्टाएको र अनि एउटा चाहिले मानिसको भेष लिई होटलमा आएर आफ्नो पुस्तक फुत्काउने जुक्ति गरेको, र फुत्काउन नसक्ता रातभर होटलको ढोका घच्घच्याएको सारा बेनी- विस्तार सुनायो ।
त्यसले भन्यो, “पुस्तक उम्काउनेलाई तिनीहरू मान्छे बनी आएका होलान् । ती यत्तिका धूर्त होलान् भन्ने विचारै गरेको थिइन । “
 सुन्ने जति सबैले टाउको हल्लाउँदै जिब्रो काठे । उनीहरूले भने, “फ्याउरा के, बन-देउतै होलान् । ती साह्रै मापाका पो हुन्छन् । दुरुस्त मान्छेको रूप लिएर मान्छेकै लेखोटको उस्तै नक्कल गरी यति टाढा-टाढा रहेका हामी सबैलाई तिनले आएर कसरी झुक्याउन सके । यस्तो होला भन्ने थाहा पाएको भए बरु पुस्तक फर्किदिएकै भए हुन्थ्यो।”
 वाड चेनले सराप्ते भन्यो, “उछित्तो परोस्, तिनको । अब त ज्यान गए पनि पुस्तक फर्काउने होइन । फेरि दुःख दिन आए भने बरु त्यस किताबका चिल्थालाई पोलिदिन्छु ।”
 वाड चेनकी स्वास्नीले भनी, “लौ यो कुरा अहिलेलाई छोडौँ र आइपरेका मुख्य कुरैको विचार गरौँ। हामीहरू यहाँसम्म आइपुग्यौ – न उत्तरमै भयौँ, न त दक्षिणमै अब कसो गरे बेस होला ?”
 वाड चेनले भन्यो, “राजधानीमा भएका जम्मै घर खेत त हिँडिसके । अब उता गयौँ भने बास-न-गाँसको होइन्छ । उता जानु धेरै टाढा पनि छ । तसर्थ दक्षिणतिर फर्केर जानु बेस होला ।”
  आमाचाहिँले आपत्ति गर्दै भनी, “उता दक्षिणमा पनि त तातो न छारो केही रहेन । त्यहाँ गएर पो कहाँ बस्ने ?”
 वाङले भन्यो, “केही कालका लागि बहालमा एउटा घरको बन्दोबस्त मिलाउनुपर्ला। पछि परन्तु त चाहिने बन्दोबस्त भइहाल्छ ।” तिनको नाउ फेरि दक्षिणतर्फ लाग्यो । अघि गुड्डी हाँस्तै आउने नोकरचाकर धागो छिनिएका कठपुतलीझैँ चुपचाप र लल्याङलुलुङ पर्न गए । आउँदा उनीहरूको फुर्ती खुबै बढेको थियो, फर्कँदा भने तिनको सार-मस्ती गलिसकेको थियो ।
  हाडचाउ पुगेर वाङ चेन र उसका नोकरचाकरले किनारमा ओर्लनासाथ सबभन्दा पहिले अघि बसेकै टोलमा एउटा घर बहालमा लिए । त्यसपछि उनीहरूले चाहिने जति मेच पलङ भाँडाकुँडाको किनमेल गरे । अनि भारी तारी र वाङ चेनकी आमा र स्वास्नीलाई उनीहरूले नयाँ घरमा लगे । यति गरिसकी हिसाब हेर्दा भएको सम्पत्ति आधै जसो गइसकेको थियो । रिस र दुःखले गर्दा झोक्किएर उनीहरू बाहिर कतै निस्कने पनि गर्दैनथे- बाहिर निस्केर डुलफिर गर्ने कसैलाई इच्छै पनि हुन्नथ्यो । वाङ चेनकी आमालाई त्यहाँबाट गएको र फेरि लगत्तै फर्केर आएको देख्नेहरू सोधपुछ गर्न आउँथे । वाङ चेनले आफूमाथि आइपरेका कुरा सुनाउँदा उनीहरू छक्कै पर्दथे । रहँदा बस्ता आधा हाङचाउ सहरमा उनीहरूको यो अनौठो वृत्तान्त एक कान, दुई कान मैदान हुन गयो ।