आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई तालिम दिन वा तिनलाई सूचना दिन अस्ट्रेलियाका उम्दा लेखकका उम्दा सिर्जनाहरू बिना जानकारी प्रयोग गरिएको हुनसक्ने अस्ट्रेलियाका प्रख्यात लेखकहरूले आशंका व्यक्त गरेका छन् ।
केही लेखकले त यसलाई संसारकै सबैभन्दा ठूलो प्रतिलिपि अधिकार हनन भनिरहेका छन् ।
मेटा (फेसबुक), ब्लुमबर्ग (यसले अनलाइन पत्रिकासँगै बिजनेसविक म्यागेजिन र टेलिभिजन पनि सञ्चालन गर्छ)जस्ता संस्थाले बुक्सथ्री डेटासेट प्रयोग गरिरहेको केही लेखकको आरोप छ ।
अस्ट्रेलियाका प्रख्यात लेखक रिचर्ड फ्लानागनले आफ्ना १० उपन्यासहरू बुक्स थ्री डेटासेटमा फेला परेको बताएका छन् । उनले संसारभर विभिन्न पुरस्कार प्राप्त गरेको सन् २०१३ मा प्रकाशित भएको न्यारो रोड टु द डिप नर्थ किताब पनि त्यसमा उपयोग गरिएको दाबि गरेका छन् ।
‘यत्रा ठूला कम्पनीले यसरी मेरा सिर्जनाहरू बिना कुनै जानकारी प्रयोग गर्दा मलाई नाङ्गै बजारमा घुमाएको महसुस भइरहेको छ,’ उनले भने, ‘यो त इतिहासकै सबैभन्दा ठूलो प्रतिलिपि अधिकार हनन हो ।’
द अस्ट्रेलियन पब्लिसर्स एसोसिएसन (एपिए)ले १८ हजारभन्दा बढी आख्यान तथा गैरआख्यान पुस्तकहरू एआईलाई तालिम दिन दुरूपयोग गरिएको बताएको छ ।
यो घटना ठूलो कानुनी तथा नैतिक चुनौतीकोध् विषय भएको एपिएका प्रवक्ता स्टुआर्ट ग्लोभरले बताए ।
अमेरिकाको प्रख्यात म्यागेजिन द एटलान्टिकले आफ्नो अनलाइन संस्करणमा यो कुराको खुलासा गरेको थियो । एटलान्टिकले पिटर केरी, हेलेन गार्नर, केट ग्रेनभाइल लगायतका सयौँ लेखकका सिर्जनाहरू चोरी गरी तिनका कन्टेन्ट एआईलाई उपलब्ध गराइएको बताइएको छ । यस्ता पुस्तकको संख्या १ लाख ८० हजारभन्दा बढी रहेको दाबी एटलान्टिक पत्रिकाले गरेको छ ।
समाचार प्रकाशनपछि अस्ट्रेलियन सोसाइटी अफ अथर्सले यस घटनाले लेखकहरूलाई आतंकित बनाएको प्रतिक्रिया दिएको छ । लेखकसँग बिना कुनै अनुमति कसैको निजी कम्पनीलाई तालिम दिलाउन उपयोग गराउनु निर्लज्जताको पराकाष्ठा भएको सोसाइटीले बताएको छ ।
यसअघि यस्तै विषयमा च्याटजिपिटीको मूल कम्पनी ओपन एआईलाई किताबी डेटासेट बुक्स १ र बुक्स २ माथि अनुसन्धान गर्न मुद्दाको तयारी अस्ट्रेलियाली लेखकहरूको समूहले गरिरहेको थियो । नयाँ खुलासापछि सोसाइटीले ब्लुमबर्ग र फेसबुकको मुख्य कम्पनी मेटालाई पनि मुद्दा हाल्ने तयारी थालेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।