२९
सडकमा निस्कनासाथ हिउँदे सिरेटाले आमाको शरीरलाई बेस्सरी अँगालो मार्यो । हावा तीरजस्तो नाकभित्र पस्दै थियो र आमालाई सास फेर्न मुस्किल पर्न थाल्यो । उनी थामिइन् र चारैतिर हेरिन् । सडकको मोडमा एक जना बग्गी हाँक्ने मान्छे भुवादार टोपी लाएर उभिएको थियो, उसको अलि अगाडि अर्को एक जना मान्छे कम्मर झुकाउँदै हिँडिरहेको थियो र जोडोबाट बच्न उसले आफ्नो टाउको दुवै काँधभित्र घुसारेको थियो । अगाडिअगाडि एक जना सिपाही आफ्नो कान मल्दै दौडिरहेको थियो ।
सिपाहीलाई पसलमा केही किन्न पठाएका होलान् ।” – आमाले सोचिन् र अगाडि बढिन् । आफ्नो खुट्टामुनिको हिउँ चरमराएको आवाज सुन्न आमालाई बडो मजा लागिरहेको थियो । उनी अलि अगाडि नै स्टेसन आइपुगिन्, तर तेस्रो दर्जाको फोहोर, धुवाँले कालो भएको प्रतीक्षा कक्षमा मान्छेहरूको भीड लागिरहेको थियो । रेल लाइनमा काम गर्ने मजदुरहरू, बग्गी हाँक्ने मान्छेहरू र झुत्रा झुत्रा लुगा लगाएका घरबार नभएका धेरै मान्छेहरू त्यहाँ जाडोबाट बच्न बसेका थिए । यात्रीहरूमध्ये केही किसान, रेकुन फरको कोट लगाएको एक जना मोटो बनियाँ, एक पादरी र उसकी छ्याकटे छोरी, पाँच–छ जवान सिपाहीहरू थिए । केही सहरिया बासिन्दाहरू यताउता दौडधुप गर्दै थिए । मान्छेहरू चुरोटको धुवाँ उडाउँदै कुरा गरिरहेका थिए । चिया र भोद्का पिउँदै थिए । रेष्टुराँबाट कसैले बडो जोडले हाँसेको आवाज आयो । जताततै धुवाँको बाक्लो बादल फैलिएको थियो । ढोका खुल्दा चुँ चुँ आवाज निस्कन्थ्यो र बन्द हुँदा झ्यालहरूका ऐनाहरू खड्खडाउँथे । हलमा सुर्ती र नुनिलो माछाको गन्ध फैलिएको थियो ।
आमा ढोकानजिकै एउटा त्यस्तो ठाउँमा बसेर पर्खन थालिन्, जहाँ उनलाई चारैतिरबाट सजिलैसँग देख्न सकिन्थ्यो । जब ढोका खुल्थ्यो, आमा चिसो बतासको चर्को झोक्का भित्र पसेको अनुभव गर्थिन् । यो झोक्का उनलाई बडो आनन्ददायक लाग्थ्यो र हरेकपल्ट ढोका खुल्दा उनीभित्र मुटुसम्म पुग्ने गरी सास तान्थिन् ।
धेरैजस्ता मान्छेहरूले पोको बोकेका थिए र ढोकाबाट पस्दा त्यो पोको अड्कन्थ्यो । उनीहरू गाली गर्दै आफ्नो पोको भुईँमा अथवा बेन्चमा फाल्थे र आफ्नो कठालो र बाहुला, जुँगा र दाह्रीबाट हिउँ झार्दै भुतभुताउन थाल्थे ।
एक जना युवक छालाको सुटकेस बोकेर ढोकाभित्र पस्यो र छिटो छिटो चारैतिर हेर्दै सिधा आमा बसेकी ठाउँमा आयो ।
“तपाई मास्को जाँदै हुनुहुन्छ ?” – उसले सानो स्वरमा सोध्यो ।
“हो ताचियानाकहाँ जाँदै छु !” – आमाले जवाफ दिइन् ।
“लौ, यो लिनोस् !”
उसले सुटकेस आमाको छेउमा बेन्चमा राखिदियो र एउटा चरोट सल्कायो, अनि आफ्नो टोप छड्के पारेर मिलायो र अर्को ढोकाबाट निस्क्यो । आमाले सुटकेसको चिसो छाला हातले सुमसुम्याइन् र त्यही सुटकेसमा कुहिनो अडाएर बडो सन्तोषपूर्वक आफ्ना वरिपरि बसेका मान्छेहरुलाई हेर्न थालिन् । एक छिनपछि आमा त्यहाँबाट उठेर अर्को बेन्चतिर लागिन् । त्यो ठाउँ प्लेटफार्ममा निस्कने ढोकाको नजिकै पर्थ्यो । उनी आफ्नो टाउको ठाडो पारेर हिँड्दै थिइन् । आफ्नो छेउबाट पार भएका मान्छेहरूको अनुहार हेर्दै जान्थिन् । सुटकेस त्यति ठुलो थिएन र उनी सजिलैसँग लिएर गैरहेकी थिइन् ।
छोटो ओभरकोट लगाएको एक जना युवक उनीसँग टकरायो । उसले आफ्नो कोटको कठालो माथि उठाएको थियो । ऊ चुपचाप एकातिर हट्यो र आफ्नो हात उठाएर टोप छोयो । आमालाई उसको अनुहार परिचितजस्तो लाग्यो । उनले पछाडि फर्केर हेरिन् । कठालोभित्रबाट युवकको एउटा कैलो आँखा आमातिर हेर्दै थियो । उसको यस हेराइले आमालाई मुटु घोचेजस्तो लाग्यो । सुटकेस समातेको हात काँप्न थाल्यो र उनलाई आफ्नो सुटकेस एक्कासि गह्रौँ भएजस्तो लाग्यो ।
“कतै देखेजस्तो लाग्छ यसलाई !” – आमाले मनमनै सोचिन् । त्यस व्यक्तिलाई देख्दा उनको हृदयमा जुन अप्रिय भावना पैदा भएको थियो, अब त्यसको ठाउँ यस बिचरोले लियो । उनी यस भावनाको कारण पत्ता लाउन असमर्थ थिइन् र त्यसले बिस्तारै तर एक अदम्य शक्तिसहित उनको हृदय निमोठ्दै थियो । यो भावना बढ्दै गयो र उनको घाँटीसम्म पुग्यो । आमाले मुखमा तीतो स्वाद अनुभव गरिन् । त्यस मान्छेलाई फेरि पछाडि फर्केर हेर्ने एक अदम्य इच्छाले उनलाई छोप्दै थियो । आमाले फर्केर हेरिन् – त्यो मान्छे आफ्नो खुट्टा यताउता सार्दै त्यही उभिएको थियो । यस्तो भान हुन्थ्यो, ऊ केही गर्न चाहन्छ तर के गर्ने हो भन्ने निर्णय लिन सकिरहेको छैन । उसले आफ्नो बायाँ हात खल्तीभित्र घुसारेको थियो र दायाँ हातले कोटको टाँक समातेको थियो । उसको दायाँ काँध बायाँ काँधभन्दा अलि अग्लो लाग्थ्यो ।
आमा बिस्तारै बेन्चतिर लागिन् र यसरी सतर्कतापूर्वक बसिन्, मानौँ आफूभित्र केही कुरा फुट्ला भन्ने उनलाई डर थियो । भावी विपद्को तीव्र पूर्वाभासले ब्युँझिएको उनको सम्झनामा त्यो मान्छे दुईपल्ट देखा पर्यो – एकपल्ट खेतमा त्यस बेला, जब रिबिन जेलबाट भागेको थियो र दोस्रोपल्ट अदालतमा । त्यहाँ अदालतको हलमा ऊ त्यही पुलिससँग उभिएको थियो, जसलाई आमाले रिबिनको पिछा गर्न गलत बाटो देखाइदिएकी थिइन् । आमाले बुझिहालिन् । उनीहरू उनबारे जानकारी राख्छन् र अहिले उनका पिछा गर्नेछन्, अब यसमा कुनै शङ्का थिएन ।
“फेला परिस !” – उनले मनमनै भनिन् । एक छिनपछि फेरि काँप्दै सोच्न थालिन् –
“हुन सक्छ, मलाई लागेको मात्र हो … ।”
फेरि हृदय कडा पार्दै मनमनै दृढतापूर्वक भनिन् –
“हो, पक्का फेला पारियो !”
उनले चारैतिर हेरिन्, तर केही पनि देख्न सकिनन् । उनको दिमागमा विभिन्न विचारहरू चिनगारीजस्तै चम्कँदै थिए ।
“सुटकेस छाडेर हिँड्ने कि ?”
तर अर्को, बढी चम्किलो चिनगारीले त्यस विचारको ठाउँ लियो –
“आफ्नो छोराको भाषण छाडेर हिँड्ने ? यिनीहरूको हातमा ?”
उनले अझ जोडले सुटकेस समाइन् ।
“सुटकेस लिएर हिँडिहाल्ने हो कि ? … भाग्ने हो कि … ? भाग्ने हो कि … ?”
यी विचारहरू उनलाई बिराना लागे, मानौँ कतै बाहिरबाट कसैले उनीमाथि जबरजस्ती थोपर्दै छ । ती विचारहरूले उनको शरीर झुसेल्दै थिए, मानौँ उनको दिमाग र मुटुमा आगलागी भएको छ । यी विचारहरूको पीडाले आमा कति व्याकुल भइन् भने उनले आफैँलाई बिर्सिन्, पाभेल र ती सबैलाई बिर्सिदिइन्, जो उनका लागि प्रिय थिए । उनलाई लाग्न थाल्यो, कुनै शत्रुतापूर्ण शक्तिले उनको काँध र छातीमा थिच्दैछ, कुनै घातक त्रासद्वारा उनको घाँटी अँठ्याउँदै छ । उनको कम्पटको नशा जोडले धड्कन थाल्यो । आमालाई लाग्यो, अब त उनका रौँका जराहरू पनि तातिन थालेका छन् ।
आफ्नो सम्पूर्ण शक्ति लगाएर आमाले यी विचारहरू पर सारिन् । यी सबै तुच्छ चिनगारीहरूलाई दबाइन् र बडो गर्वपूर्वक मनमनै भनिन् –
“धिक्कार छ तँलाई !”
उनलाई एकै चोटि सन्चो भएजस्तो लाग्यो । अब आमाको साहस बढ्यो र उनले मनमनै भनिन् –
“छोराको नाममा कलङ्क नलगा ! केलाई डराउन पर्यो र ।”
उनका आँखा कसैका दुई नीरस, कातर आँखासँग गएर जुधे । आमाको दिमागमा रिबिनको अनुहार बिजुलीजस्तो चम्क्यो । द्विविधाका ती केही क्षणहरूले उनको आत्मविश्वासलाई अझ दह्रो बनाइदिएका थिए । अब मुटुको स्पन्दन पनि बढी शान्त हुन थाल्यो ।
“अब के हुने हो ?” – आमाले चारैतिर हेर्दै मनमनै सोचिन् ।
जासुसले एक जना गार्डलाई डाकेर उसको कानमा केही भन्यो र आँखाले आमातिर इसारा ग¥यो । गार्डले आमातिर हे¥यो र एक पाइलो पछि हट्यो । यत्तिकैमा अर्को गार्ड आइपुग्यो । उनीहरूको कुरा सुनेर उसका आँखीभौँ तन्किए । अग्लो, सेतो कपाल भएको त्यो गार्ड बूढो थियो । उसले दाह्री खौरेको थिएन । उसले जासुसतिर हेरेर टाउको हल्लायो र त्यस बेन्चतिर लाग्यो, जसमा आमा बसेकी थिइन् । जासुस तुरुन्तै कतै बेपत्ता भयो ।
बूढो गार्ड बिस्तारै अगाडि बढ्दै थियो । ऊ आफ्ना क्रुद्ध आँखाले आमाको अनुहार छान्दै थियो । आमा आफू बसेकी बेन्चमा अझ पछाडि सरिन् ।
“पिट्ने त होइनन् … !”
गार्ड आमानेर पुगेपछि थामियो । उसले एक छिनसम्म केही बोलेन ।
“के हेर्दै छौ ?”
“केही होइन ।” – आमाले जवाफ दिइन् ।
“ए चोर, कहीँकी ! बूढी भैसकिस्, लाज लाग्दैन यस्तो काम गरेर हिँड्न !”
उसका शब्दहरू थप्पड हिर्काएजस्तो आमाको गालामा बर्सँदै थिए । एक…दुई, उसका शब्दहरू कति घृणित र दुष्ट थिए भने उसको प्रहारले आमालाई पीडा हुन थाल्यो । यस्तो लाग्दै थियो, मानौँ कसैले उनका गाला कोपर्दै छ र आँखा निकाल्दै छ … ।
“तँ झूटो बोल्दै छस्, म चोर होइन !” – आमा सम्पूर्ण शक्ति लगाएर चिच्याइन् । रिसको झोँकमा वरिपरिका सबै कुरा भुमरीजस्तो घुम्न थाले । अपमान र घृणाले उनको हृदय छियाछिया पर्न थाल्यो । उनले जोडले सुटकेस तानिन् । सुटकेस एकै झोक्कामा खुल्यो ।
“हेर, यी हेर् !” – उनी उभिँदै चिच्याइन् र एक मुठी पर्चा टिपेर टाउकामाथि घुमाउन थालिन् । चारैतिरबाट दौडँदै आइरहेका मानिसहरूका शब्दहरू उनका कानभित्रको गुञ्जन चिर्दै दिमागभित्र घुस्दै थिए –
“के भयो ?”
“ऊ त्यो जासुस … ।”
“किन र ?”
“भन्छन् चोर हो … ।”
“हेर्दा त निकै भलाद्मी देखिन्छे, छिः छिः !”
“म चोर होइन !” – आमाले चिच्याउँदै भनिन् । आफ्ना वरिपरि जम्मा भएका मान्छेहरूको भीड देखेर उनी अलि शान्त भइन् – “हिजो राजनीतिक कैदीहरूको मुद्दा फैसला भएको थियो । मेरो छोरो पाभेल भ्लासोभ नि ती कैदीहरूमध्ये एक जना थियो । उसले अदालतमा भाषण गरेको थियो, यही हो उसको भाषण ! म यो भाषण जनतालाई बाँड्न लैजाँदै छु, उनीहरूले पढुन् र सच्चाइ थाहा पाउन् भन्ने उद्देश्यले … ।”
कसैले बिस्तारै उनको हातबाट एउटा पर्चा लियो । आमाले पर्चाको त्यो मुठो भीडको बिचमा हुत्याइदिइन् ।
“यस्तो कामका लागि पनि त स्याबास भन्दैनन् नि !” – कसैको भयभीत आवाज सुनियो । आमाले देखिन् मान्छेहरू हतरपतर पर्चा टिप्दै छन् र कोटभित्र, खल्तीभित्र लुकाउँदै छन् । यो देखेर उनको हृदयमा नयाँ जोस सञ्चार भयो । उनी अझ शान्त भावले बढी जोससाथ बोल्न थालिन् । उनको हृदयमा गर्व र उल्लासका लहरहरू उर्लँदै थिए । उनी बोल्दै सुटकेसबाट पर्चाहरू निकाल्थिन् र दायाँबायाँ फाल्दै जान्थिन् । मान्छेहरू बडो उत्सुकतापूर्वक हात बढाउँदै ती पर्चाहरू टिप्थे ।
“के तपाईँहरूलाई थाहा छ, मेरो छोरो र उसका साथीहरूमाथि किन मुद्दा चलाइयो ? म तपाईँहरूलाई बताउँछु । तपाईँहरू एउटी आमाको हृदय र मेरो फुलेको कपालमाथि विश्वास गर्नोस् – उनीहरूमाथि किन मुद्दा चलाइएको थियो भने उनीहरू मान्छेहरूसमक्ष सच्चाइको सन्देश पुर्याउन चाहन्थे । हिजो मात्र मैले बुझेँ, यस सच्चाइलाई कसैले कुल्चन सक्दैन, कसैले पनि सक्दैन !”
भीड बढ्दै थियो, सबै चुपचाप थिए । ती आइमाईको वरिपरि जम्मा भएका ती सप्राण शरीरहरूको घेरा कसिँदै थियो ।
“गरिब, भोक र रोग – मान्छेहरू आफ्नो परिश्रमको बदलामा यही पाउँछन् । सबै कुरा हाम्रो विरुद्ध छ – जिन्दगीभर, प्रतिदिन एकएक थोपा शक्ति बाँकी रहेसम्म हामी कामैमा खर्च गर्छौ । सधैँ पोहोर मैलाले घेरिएर बसेका हुन्छौँ । हामी सधैँ ठगिन्छौँ, र अरू नै कसैले हाम्रो परिश्रमबाट फाइदा उठाइरहेका हुन्छन् र आरामले बस्छन् । उनीहरू हामीलाई सिक्रीले बाँधिएको कुकुरलाई जस्तो मूर्ख बनाएर राख्न चाहन्छन् । हामीलाई केही थाहा छैन, कसरी तर्साएर राखेका छन् भने हामी जे देखेर पनि हराउँछौँ । हाम्रो जिन्दगी रात समान छ, एक अन्धकार रात !”
“हो, ठिक भन्दैछिन् !” – कसैले सानो स्वरले समर्थन गर्यो ।
“बन्द गरिदे यसको मुख !”
आमाले भीडपछाडि त्यही जासुस र अरू दुई जना राजनीतिक पुलिसहरूलाई देखिन् र बाँकी रहेका पर्चाहरू पनि छिटो छिटो बाँड्न उनले सुटकेसतिर हात बढाइन् । तर जब सुटकेसमा उनको हात पर्यो, त्यहाँ अरू कसैको हात उनले छोइन् ।
“लेऊ, अरू पनि लेऊ !” – उनले झुक्दै भनिन् ।
“हट यहाँबाट !” – मान्छेहरूलाई घचेट्दै पुलिसहरू चिच्याइरहेका थिए । मान्छेहरूले अन्कनाउँदै पुलिसहरूलाई बाटो छाडे । केही मान्छेहरू पुलिसहरूलाई धक्का दिएर पछिल्तिर रोक्दै थिए । हुन सक्छ उनीहरू जानाजान यसो गरिरहेका थिएनन् । किन हो, मान्छेहरूको हृदयमा ठुलठुला आँखा र चौडा अनुहार भएकी कपाल फुलिसकेकी त्यस आइमाईप्रतिको आकर्षण बढ्दै थियो । जीवनले उनीहरूलाई अलगअलग पारेर राखेको थियो, उनीहरू कोही पनि एक–दोस्रासँग सम्बन्धित थिएनन्, तर अहिले शब्दको ज्वालाले तातिएर उनीहरू सबै एक भएका थिए । हुन सक्छ, अन्याय जीवनले पीडित भएका उनीहरूमध्ये धेरैको हृदयले लामो समयदेखि यी शब्दहरू खोज्दै थिए । आमाको सबैभन्दा नजिक भएका मान्छेहरू चुपचाप उभिएका थिए । उनीहरू बडो उत्सुकतापूर्वक एकटकले उनलाई हेर्दै ध्यानपूर्वक उनको कुरा सुन्दै थिए । आमा आफ्नो मुखमा उनीहरूको तातो सास अनुभव गर्दै थिइन् ।
“बुढिया, भाग यहाँबाट !”
“अहिले समाइनेछौँ !”
“कति साहसी त हँ !”
“हट यहाँबाट ! आ–आफ्नो काममा लाग !” – राजनीतिक पुलिसहरूले भीडलाई घचेट्दै चिच्याउन थाले । आमाको अगाडि उभिएको त्यो भीड एक छिन डगमगायो र उनीहरू फेरि यथावत् एक–दोस्रासँग टाँसिएर उभिए ।
आमालाई लाग्यो, उनीहरू सबै उनको कुरा बुझ्न र विश्वास गर्न तयार छन् । उनी आफूलाई थाहा भएका सबै कुरा उनीहरूलाई छिटो छिटो बताउन चाहन्थिन् । उनी ती सबै विचारहरू उनीहरूसम्म पुर्याउन चाहन्थिन्, जसको शक्ति उनी आफैँले अनुभव गरिसकेकी थिइन् । यी विचारहरूले उनको हृदयको गहिराइबाट निस्केर एक गतिको रूप लिँदै थिए । तर आमालाई कुन भावनाले अत्यन्त क्षुब्ध तुल्याउँदै थियो भने उनी यो गति गाउन सक्दिन थिन् – उनको स्वर सुक्दै थियो, घाँटी कस्सिँदै थियो ।
“मेरो छोराको भाषण एक त्यस्तो इमानदार मजदुरको भाषण हो, जसले आफ्नो आत्मा बेचेको छैन ! ऊ कति इमानदार छ भन्ने कुरा तपाईँले उसको यो साहसिलो भाषणबाट थाहा पाउनुहुनेछ !”
एक नवयुवकको भय र हर्षोल्लास मिसिएका दुई आँखा एकटकले उनको अनुहारमा हेर्दै थिए ।
कसैले बडो जोडले उनको छातीमा हिर्कायो । उनी थचक्क बेन्चमा बसिन् । राजनीतिक पुलिसहरूको हात भीडबाट जोडले हल्लँदै थिए । उनीहरू मान्छेहरूको काँध र गर्दन समातेर धकेल्दै थिए, मान्छेहरूको टोपी खोस्दै प्रतक्षिाकक्षको अर्को कुनातिर फाल्दै थिए । आमाका आँखाअगाडिको जमिन घुम्न थाल्यो, तर उनले जबरजस्ती आफ्नो कमजोरीमाथि नियन्त्रण राख्दै बाँकी रहेको आफ्नो सम्पूर्ण शक्ति लगाएर चिच्याइन् –
“जनता हो, आफ्नो समस्त शक्रि एकत्रित पारेर एकजुट हुनुहोस् !”
एक जना पुलिसले आफ्नो बडेमानको रातो हातले उनको गर्दन समातेर झट्का¥यो ।
“चुप लाग् !”
आमाको टाउको भित्तामा बज्रियो । एक छिनका लागि त्रासको निसास्सिने धुवाँले उनको मुटु छोप्यो । तर फेरि उनको साहस फर्क्यो र त्यो धुवाँ छाँटियो ।
“हिँड् !” – पुलिसले भन्यो ।
“केही कुरा देखेर नडराउनुहोला ! अहिले जस्तो हाम्रो जिन्दगी छ, त्योभन्दा खराब अरू केही हुन सक्दैन … ।”
“चुप लाग् भनेको !” – पुलिसले आमाको हात समातेर उनलाई जोडले धक्का दियो । अर्को पुलिसले उनको अर्को हात समायो र दुवैले उनलाई साथ लिएर हिँडे ।
“त्यो कटुताभन्दा हीन कुरा अरू के हुन सक्छ, जसले रातोदिन तिमीहरूको हृदय मिच्दै छ, तिम्रो आत्मालाई खोक्रो पार्दै छ !”
जासुस आमाको अगाडि दौडँदै थियो र मुक्का देखाउँदै उनलाई धम्काउँदै थियो ।
“चुप लाग्, बोक्सी !” – उसले चिच्याउँदै भन्यो ।
आमाका आँखा चम्कन थाले र रिसले फैलिए । ओठ काँप्न थाले । जमिनको चिप्लो डुङ्गामा जोडले टेक्दै उनी घिच्च्याइन् –
“पुनर्जीवित आत्माको हत्या गर्न सकिन्न !”
“कुकुर कहीँकी !”
जासुसले उनको मुखमा थप्पड हिर्कायो ।
“चाखिस्, बोक्सी बूढी !” – कसैले दङ्ग पर्दै भन्यो ।
एक छिनका लागि आमाका आँखाअगाडि अन्धकार फैलियो । उनको अगाडि राता काला टाटाहरू नाच्न थाले र रगतको नुनिलो स्वादले उनको मुख भरियो ।
मान्छेहरूको कोलाहल सुनेर उनको होस फर्क्यो । उनीहरू चिच्याउँदै थिए –
“खबरदार पिट्न पाइन्न !”
“केटा हो, लौ आओ !”
“बदमास कहीँका !”
“हिर्का पाजीलाई !”
“हाम्रो चेतना रगतको धाराले दबाउन सकिन्न !”
आमालाई गर्दन र पिठ्यूँमा घचेट्दै थिए, टाउको र काँधमा हिर्काउँदै थिए, सबै कुरा चिच्याहट, क्रन्दन सिटीहरूको आवाजमा मिसिँदै उनको अगाडि नाच्दै थिए र बिजुलीजस्तै चम्कँदै थिए । उनीहरूको बाक्लो चर्को आवाजले उनका कान चर्किए, उनको घाँटी अँठियो, सास थामिन थाल्यो र खुट्टामुनिको जमिन धसिन थाल्यो । अब उनका खुट्टा पनि बाङ्गिँदै थिए, शरीरभरि आगाले पोलेजस्तो पीडा हुँदै थियो । शरीर झन्झन् गह्रौँ हुन थाल्यो र आमाको अशक्त शरीर लत्याकलुतुक भयो । तर उनका आँखामा अझ पनि त्यही चमक थियो । उनका आँखा अरू धेरै आँखामा हेर्दै थिए, ती सबै आँखाहरूमा त्यही साहसिलो ज्योतिको अग्निमय चमक थियो, जुन चमकसँग उनी राम्ररी परिचित थिइन् र उनलाई बडो प्यारो थियो ।
पुलिसहरूले उनलाई एउटा ढोकाभित्र हुले ।
उनले एकै झट्कामा आफ्नो हात फुत्काइन् र ढोकाको खापा समातिन् ।
“रगतको खोलाले पनि सत्यलाई डुबाउन सक्दैन … !”
पुलिसहरूले जोडले उनको हातमा हिर्काए ।
“ए उल्लूहरू, तिमीहरू जति बढी अत्याचार गर्दै जान्छौ, हाम्रो घृणा पनि त्यत्तिकै बढ्दै जानेछ ! अनि एक दिन पहाडजस्तो तिमीहरूको टाउकामा बज्रिनेछ !”
पुलिसहरूले आमाको घाँटी समातेर बेस्सरी दबाउन थाले ।
“अभागीहरू … ।” – आमाले सास फेर्ने कोसिस गर्दै भनिन् ।
यसको उत्तरमा कसैले सुँक्कसुँक्क गर्दै रोएको आवाज सुनियो ।
सन् १९०७–१९०९

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला