आइपुगेका दुई दिनपछि ल्यू-अर्ले भन्यो, “हजुर, समाधि तयार पार्नमा त पक्का पनि दुई महिना लाग्ला उता घरमा भने सबै जना आत्तिइरहेका होलान् । यहाँ सबै ठिकै छ भन्ने खबर पुर्‍याउन म त हिँडी पनि हालूँ कि ?”

वाङले भन्यो, “बेस हो, त्यसै गर।”

उसले स्वास्नीलाई चिठी लेखेर बाटाखर्च दिई नोकरलाई घर जान बिदा दियो ।

बिदा हुन लाग्दा ल्यू- अरूले भन्यो, “हजुर, जाऊँ त । हजुर पनि यहाँका कामकाज सकेसम्म छिटो सिध्याई सवारी भइहाल्नुपर्दछ ।” वाङ चेनले झर्केर भन्यो, “तैँले सम्झाइरहनु पर्दैन । मलाई त आफैँ अहिले नै उडी जाऊ कि बुडी जाऊ जस्तो भइरहेछ ।”
ल्यू-अर् खुबै चित्त बुझेको अनुहार लगाई बिदा भयो ।

वाङ चेनका नाता कुटुम्बीहरू खबर पाएर उसलाई सान्त्वना दिन आए । उनीहरूले उसलाई उत्तरका सारा जग्गा जमिन लगत्तै बेची नहाल्न सल्लाह दिए। आमाको अन्तिम इच्छा यस्तै भएकोले वाडले उनका कुरा मानेन । हतारोमा बेच्नुपरेकोले उसले अब्बल खेतको पनि आधाभन्दा बढी मोल पाएन । पारिवारिक चिहानमा समाधि तयार हुन बिस दिन जति लाग्यो । न चाहिने अरू कुराको चाँजोपाँजो पनि मिलाई हाङचाउबाट आमाको लास ल्याउन भनी भारतारी ठिक पारेर उसले वाङ फुका साथ राजधानीबाट प्रस्थान गयो ।

अब उता वाङ परिवारका कुरातिर लागौँ ।

उत्तरतिर फेरि विद्रोह मच्चिएको खबर पाएर वाङकी आमा र स्वास्नी उसलाई किन जान दियौँ होला ? भन्ने पिरले दिनरात भुटभुटिन लागे। तसर्थ दुई तीन महिनापछि ढोकेले हाजिर भएर ‘राजधानीबाट वाङ फू मालिकको चिठीका साथ आएको छ’ भन्ने खबर पुर्‍याउँदा उनीहरूले त्यसलाई तुरुन्तै हाजिर गर भने । वाङ फुले आई मालिक्नीहरूलाई दण्डवत् गरेर चिठी टक्र्यायो । उनीहरूले त्यसका देब्रे आँखामा बेसरी चोट लागेको देखेका त हुन्, तर चिठी पढ्ने हतारोमा उनीहरू त्यससित के भयो भनी सोधपुछ गर्नमा अलमलिएनन् ।

चिठी यस बेहोराको रहेछ-

पूजनीय मुमाज्यू,
हजुरसित बिदा भई सुबिस्तासाथ राजधानी आइपुगेँ। यहाँ हाम्रो जग्गा- जमिन, घरबारी – सबै सुरक्षित नै रहेछन् । चाहिने मर्मत गराई तिनलाई ठिकठाक पनि पारिसकेको छ। भाग्यले आफ्ना साथी हूसित पनि यहीँ भेट भयो । उनी सचिव भएका रहेछन् । उनले प्रधानमन्त्रीज्यूसित भेट पनि गराइदिए । प्रधानमन्त्रीज्यूले कृपापूर्वक मलाई उत्तर पूर्वमा एउटा ठुलो जागिर पनि दिनुभयो । मैले तैनातीको चाहिने प्रमाण पत्र पनि पाइसकेको छु । अब काममा तुरुन्तै हिडिहाल्नुपरेकोले हजुरहरूलाई साथै लिएर आउन भनी वाङ फुलाई पठाएको छु । हजुरहरूले पनि मेरा साथै जानुपर्दछ । तसर्थ पत्र पाउनासाथ दक्षिणमा भएका सबै जायजेथा बेचबिखन गरी सकेसम्म छिटो यहाँ राजधानी सवारी होइबक्सिनुपन्यो। मोलतोलमा समय खेर नफाली बरु छिटो गर्नु तिरै बल गरिबक्सेला भन्ने आशा गर्दछु । अब छिटै दर्शन पाउने भएकोले बेली बिस्तारको भिजो किन बिन्ती चढाइरहूँ ?

 हजुरको आज्ञाकारी छोरो,
चेन ।

पत्र पढेर वाङ चेनकी आमा र स्वास्नीको हर्षको ठेगानै रहेन ।

उनीहरूले सोधे, “वाड फु, तेरा आँखामा कसरी चोट लाग्यो ?”

वाङ फुले भन्यो, “यो कुरा बिन्ती चढाउँदा साह्रै लाज लाग्दछ । घोडामा यस्सो उघेछु । लडेर झन्डै यो आँखे गएको ।”

“राजधानीमा कत्तिको फरक परिसकेको रहेछ ? हाम्रा आफन्तहरू सबै त्यहीँ रहेछन् ”

वाङ फुले भन्यो, “आधा जति सहर बरबादै भएको देखेँ । अघिभन्दा त कता हो कता अर्कै पो भइसकेको रहेछ । हाम्रा धेरैजसो आफन्तहरूमध्ये कति मारिएछन्, कति थुनिएछन् र कति लाखापाखा लागेछन्, थोरैका परिवार मात्र त्यहाँ बाँकी रहेछन् । तिनका पनि जायजेथा चोरिइ-नासिइसकेको रहेछ । बिचराको घरबार आगलागी भएर भस्माभूत भएछन् । जमिन पनि खोसिएछन् । हाम्रो त एउटा घरखेत पनि नासिएको रहेनछ ।”

त्यसको कुरा सुनेर ती आइमाईहरू झन् खुसी भए। उनीहरूले भने, “ओहो, उसो भए हाम्रो सम्पत्ति त जम्मै जोगिएछ, होइन ? अझ झन् उनले ठुलो जागिरसमेत पाएछन् । यो जम्मै देव पितृका आशीर्वादले भएको हो । तिनलाई लाख-लाख प्रणाम छ । तिनैले जोगाएका हुन् । हिँड्नुअघि तिनीहरूको पूजाआजा राम्ररी गर्नुपर्छ । तिनको यस्तै कृपा रह्यो भने पछि परन्तु पनि भलै होला, सुख-सौभाग्य दिगो रहला ।”

तिनीहरूले फेरि सोधे, “यो हु भन्ने सचिव को रहेछ ?”

वाड फुले भन्यो, “मालिकका पुराना साथी रहेछन् ।”

बुढीमाउले भनी, “छोराले अघि कहिले पनि हुने हू भन्ने अफिसर साथीको कुरा गरेको त सुनेकी थिइन !”

बुहारीचाहिँले भनी, “नयाँ चिनापर्ची होला।”

बाड फुले भन्यो, “हो, ठिक मर्जी भयो। मालिकले हालसालै उनीसित बुढी मालिक्नीले भनी, “वाङ फु, बाटोमा ज्यादै धपेडी पर्यो होला । अब चिनापर्ची गरिबक्सेको हो।”

बुढी मालिक्नीले भनी, “वाङ फु, बाटोमा ज्यादै धपेडी पर्यो होला । अब जा, केही खाई पिई थकाइ मार् ।”

भोलिपल्ट आएर बाड फुले भन्यो, “हजुरहरूलाई यता केही अलमलै देख्तछु उता राजधानीमा मालिकको हेरविचार गर्ने कोही छैन । यताको खबर पुर्याउन र हजुरहरू पुग्नासाथ नयाँ जागिरमा हिँडिहाल्न चाहिने वर- बन्दोबस्त  मिलाइराख्न म गइहालेँ, भएन ”
बुढीमाउको चित्त बुझ्यो। उसले एउटा चिठी र बाटो खर्च दिएर वाङ फुलाई बिदा गरी । त्यसपछि उसले केही लुगाफाटा र साह्रै बहुमूल्य मालताल मात्र बाँकी राखेर सारा घर खेत, मेच-टेबुल, भाँडाकुँडाहरू धमाधम बेची सिध्याई । समय खेर फाल्नु उचित नभएकोले ऊ मोलतोल गर्नतिर लागिन । तसर्थ धेरैजसो जायजेथा सित्तै दिएजस्तो हुन गयो। अनि त्यसले साधु सन्तहरूलाई निम्त्याएर पूजाआजा गराई । त्यसपछि एउटा ठुलो नाउको बन्दोबस्त गरेर साइत देखाई उनीहरूले यात्रा थाले। रसबस बसेका छिमेकी आइमाईहरूले आई उनीहरूलाई बिदा गरे । नाउद्वारा उनीहरू हाङचाउवाट सुचाउ पुगे । त्यहाँबाट याङ्त्से नदीका मास्तिर यात्रा गर्दै उनीहरू याङचाउ पुगे। मालिकले ठुलो जागिर भेट्टाएका हुनाले नोकरचाकर बोलिसक्ना थिएनन् । ज्यादै फुर्ती बढेको हुनाले बाटोभरि तिनीहरू एकछिन चुप लागेर बसेका होइनन् ।

उता, बाङ चेन पनि राजधानीबाट हिँडेर हस्याङफस्याङ गर्दै याङचाउ आइपुग्यो । त्यहाँ उसले घाटकै छेउमा रहेको एउटा होटलमा भारीतारी बिसाएर घोडा फर्काइदियो । खानपिन सकी वाङ फुलाई एउटा नाउ ठिक गर्न पठाएर ऊ मालताल कुरी होटलबाहिर बसेर ओहोरदोहोर गरिरहेका नाउहरूको रमिता हेर्न लाग्यो । त्यत्तिकैमा मास्तिर आइरहेको एउटा ठुलो नाउमा त्यसको दृष्टि पयो । त्यस नाउका अघिल्ला भागमा चार पाँच जना मानिस बसी गीत गाउँदै हांसख्याल गरिरहेका थिए । नाउ केही वर आइपुग्दा त्यसले आफ्ना ती कारिन्दाहरूलाई चिनिहाल्यो ।

त्यसले मनमनै विचार गन्यो, “थी यहाँ किन आएका होलान् ? त्यस नाउमा बसेर तिनीहरूले के गरिरहेका होलान् ?”

त्यसपछि उसले मुमाको स्वर्गवास भएको हुनाले अब ती अरूकहाँ नोकरी गर्न गए होलान् भन्ठान्यो ।

ऊ यस्तै अनेक तर्क-वितर्क गर्दै थियो, त्यत्तिकैमा कसैले नाउका कोठाको पर्दा उठाई बाहिर चियायो । त्यसले आफ्नो घरकी त्यस केटीलाई तुरुन्तै चिनिहाल्यो । कस्तो उदेक साह्रै आश्चर्यमा परी ऊ विचार गर्न लाग्यो ।

वाङ चेनले त्यस नाउलाई रोक्न भनी डाक्नै लागेको थियो, त्यत्तिकैमा नोकरहरूले त्यसलाई देखिहाले । उनीहरूले सोधे, “हजुर यहाँ कताबाट ? आशौचका लुगा किन पहिरिबक्सेको ?”

उनीहरूले नाउ तुरुन्तै घाटमा लगाउन माझीलाई अह्राए ।

हल्लीखल्ली सुनेर वाङ चेनकी आमा र स्वास्नीले पनि के भएछ भनी पर्दा उठाएर चियाए । आमालाई जिउँदै देखेर वाड चेन आशौचका लुगा फुकाली भारीबाट अरू लुगा झिकेर लाउन हत्तपत्त होटलभित्र पस्यो । नोकरहरू त्यसलाई भेट्न किनारमा उत्रिसकेका थिए। तिनीहरूलाई आफ्ना मालताल नाउमा लैजान अढाएर ऊ आमासित भेट गर्न नाउभित्र पस्यो । नाउका अघिल्लै भागमा ल्यू-अर्लाई देख्नासाथ उसले सरासर गई त्यसलाई पक्रेर बजाइहाल्यो ।

यस्तो तमासा देख्ता हत्तपत्त ढोकाबाहिर निस्केर उसकी आमाले भनी, “कठै, बिचरोले के विराम गयो र त्यसलाई यसरी कुटेको ?”

वाङ चेनले ल्यू-अर्लाई छोडेर आमालाई दण्डवत् गर्दै भन्यो, “हजुरको चिठी ल्याएर सारा राजधानीमा सित्तै खैलाबैला गरायो। यस बजियालाई मैले जान्या छ।”