“हामीबाट फुत्किएका दिनहरू नै हाम्रा स्वर्ग हुन्”

“रचना बिनाका शिक्षा आडम्बरी र ढोंगी हुन्छ”

सभ्यता, प्रजातन्त्र र शिक्षाको जननी भनेर चिनिने फ्रान्समा जन्मेका मार्शल प्रुस्ट सन् १८७१ मा पेरिसको एक धनाढ्य परिवारमा जन्मेका थिए । उनका बाबा चिकित्सक थिए त आमा पनि व्यापारी तथा धनी यहुदी परिवारकी छोरी थिइन्। आफू चिकित्सक भएकाले चिकित्सक नै बनाउने सुरमा रहेका बाबाको इच्छा विपरीत मार्शल प्रुस्ट चिकित्सक बन्न चाहेनन्। उनी कानून पढ्न थाले । विस्तारै प्रुस्ट साहित्यतर्फ ढल्किदै गए । स्मरण रहो,स् प्रुस्टका रचनाहरू निचलाई ऐना बनाएर लेखिएका छन् । प्रायः धेरै लेखक तथा साहित्यकारहरूको जीवनी हेर्दा, देख्दा र अध्ययन गर्दा यस्तो लाग्छ कि लेखक तथा साहित्यकार बन्नका लागि कि त गरिब कि त अपाङ्ग कि त सामाजिक रूपमा केही अलग किसिमको हुनु पर्ने रहेछ कि ! प्रुस्ट मुटु रोगी थिए । नौ वर्ष कै उमेरमा उनी मेटुरोगी भै सकेका थिए । धेरै लेखकहरू भन्ने गर्दछन्, महान् आख्यानकार तथा फ्रान्सेली उपन्यासकार मार्शल प्रुस्ट जसलाई साहित्यमा नोवेल पुरस्कार नदिएर अन्याय गरियो।

प्रुस्टका अनुसारः ‘माया, आदर्श र पुरानो सम्झनाको सारको एकीकृत दस्तावेज नै साहित्य हो ।’

‘मान्छेको मनमा आउने जाँगर, अल्छीपना, माया, क्रोध, ईर्ष्या, पीडा तथा मानसिक रोगको समग्र अभिव्यक्ति नै साहित्य हो”

“मेरो जीवनमा घटेका समग्र यथार्थ विवरण मैले यथार्थ तरिका प्रस्तुत गर्न सक्नु नै मेरो साहित्य हो”

३००० पाना, सात भाग र १२ लाख शब्दले बनेको प्रुस्टको इन सर्च अफ लस्ट टाइम (In search of lost Time) उनकै जिन्दगी हो तर हामीले पढ्दा हाम्रै जिन्दगी हुन्छ । प्रत्येक शब्द ओठ र आँखामा आउँछन् र सोधेर जान्छन् आखिरमा तिमी को हौ ?

यो पुस्तक तयार गर्न प्रुस्टले निकै लामो समय ल सानो समय सकेका थिएनन् ! यो पुस्तक तयार गर्नका लागि प्रुस्टले १४ वर्ष खर्चेका थिए। संसारलाई राम्रा रचना दिनका लागि धैर्यता चाहिन्छ भन्ने कुरा प्रुस्टको यो रचनाले पनि हामीलाई सिकाएको छ। राम्रा रचना लेख्नका लागि धनी देशमा नै रहनु पर्छ भन्ने छैन, अग्रेजीमा नै लेख्नु पर्छ भन्ने छैन, पैसा चाहिन्छ भन्ने छैन र राम्रो/राम्री हुनु पर्छ भन्ने छैन, राम्रा कथा बन्नका लागि मारपिट नै हुनु पर्छ भन्ने छैन । राम्रा रचना हुनका लागि त प्रेम, धैर्य र लगनशिलता चाहिन्छ । राम्रा रचनाहरू आफैँमा राम्रा हुन्छन् ।

साहित्यकार प्रुस्ट लेखनीमार्फत जिन्दगी खोज्न शुरू गर्दछन्। आफ्नो जिन्दगीको ३७ वर्षदेखि लेख्न शुरू गरिएको उनको लेखनी In search of lost Time को पहिलो भाग छपाएर बजारमा गएपछिको सफलता लगत्तै अरू भाग लेखिएको थियो तर सबै भाग उनको देहान्त नहुँदै प्रकाशित हुन सकेन ।

प्रुस्टका अनुसार मान्छेको सम्झना २ प्रकारको हुन्छ। Voluntary र Involuntary। Voluntary अनुसार मान्छेले तत्काल सम्झिएका र गरेका कुरालाई लिइन्छ भने Involuntary अनुसार हाम्रो स्मरणमा रहेका तथा जम्मा भएर बसेका जति पनि कुराहरू छन् ती Involuntary लाई सिलसिलेवार तरिकाले सत्यमा लेख्नु नै यथार्थ साहित्य हो ।

सन् १९१२ मा प्रुस्टले In search of lost Time को पहिलो भाग प्रकाशन गरेका थिए। पहिलो भाग तयार भएपछि यस पहिलो भाग प्रकाशन गर्नलाई प्रुस्टलाई हम्मे हम्मे परेको थियो किनकि नचलेको लेखकको लेख छाप्न प्राय सबै प्रकाशकहरू पछाडि हट्थे ।

आफ्नी आमाको माया, आमाको मृत्युको दर्दनाक पीडा र त्यस पश्चातको जिन्दगीमा प्रुस्टको बाँच्ने कला कसरी विकास गरे त्यसमा साहित्यको कस्तो भूमिका रह्यो, कस्ता चिन्तन र कस्ता दिनहरू आए भन्ने सिलसिलेवार तरिकाको लेखाइले पाठकको आँसु आउँछ ।

प्रुस्टका अनुसार कलम, कापी र समय भए संसार जित्न सकिन्छ ।

केटाकेटी उमेर, वयस्क, जिम्मेवारी बहन शुरू के कसरी समाजको अगाडि प्रस्तुत हुँदै गए र कस्ता जिन्दगी कसरी लड्दै भिड्दै गए कस्ता विपरीत लिङ्गीका संगत आइ लागे के कसरी स्विकृति र अस्विकृतिहरू आपसमा लड्दै भिड्दै आए । राग मनोरञजनका पलहरू शारीरिक परिवर्तन, शारीरिक परिवर्तनसँगै आएका यौन चाहना, यसका स्वीकृति र अस्वीकृति । यसका स्वीकृति र अस्वीकृतिमा समाजको भूमिका । ती पलहरू कसरी निराश बनाए र के, कसरी ती आवेगहरू पन्छिदै गए भन्ने कुराको सिलसिलेवार लेख हो ।

यो परिवर्तित जगतमा समयअनुसार मान्छे परिवर्तन हुँदै जान्छ। समयसँगै मान्छेको रूप, चाहना, पीडा, अनुराग, राग, मोज, मस्ती गर्ने गराउने सबै तत्त्वहरू परिवर्तन हुँदै जान्छ । केटाकेटी अवस्थामा आमाले पकाएर दिएको खानाको स्वाद तथा सुगन्ध बुढ्यौली अवस्थामा कुनै रेस्टुराँमा पाइयो भने त्यो पल कस्तो हुन्छ भन्ने कुरा त्यही व्यक्तिलाई थाहा हुन्छ । मानवीय जिन्दगी भनेको हाल रहेको बिर्सने र अर्को कुनैको सम्झना ल्याउने हो ।

यथास्थितिमा कुनै पनि वस्तु रहँदैन । जिन्दगीमा कला (लेखन, गीत, संगीत, चित्र, नाच) कहिल्यै पनि ऊर्जाशील बनाउने तत्त्व हो । कलामा जसको राम्रो चाहना र रचना गर्ने आँट गर्दछ, त्यो मान्छे कहिले पनि बुढो हुँदैन । ऊ जहिले जवान रहन्छ । हामीले पाँच वर्षको उमेरमा सुनेका गीत ७५ वर्षमा सुन्यौ भने हामी ५ वर्षको उमेरमा पुग्छौं । हामी २५ वर्षको उमेरमा मायाप्रीति गर्दाको गीत मनोरञ्जनमा सुनेका गीत सुन्यौँ भने हामी २५ वर्षमा पुग्छौँ भने नाच्न थाल्यौँ भने पच्चिसै वर्षमा पुगेर नाचेका हुन्छौँ ।

“बितेर गएका सम्झनालाई सिलसिलेवार तरिकाको प्रस्तुत गर्नु नै प्रुस्टको साहित्य हो ।”

हुन त प्रुस्टको लेख अति नै भावनात्मक भयो भनेर आलोचना पनि नभएको होइन । उनको लेखमा उदासिनता पनि त्यति नै छ तर यथार्थ जीवन नै उदासिनता हो भन्ने कुरा नै पाठकले रूचाइदिए । उनको रचना रातारात आकाश चुम्न पुग्यो। हुन त कतिपय लेखकहरू हो-हल्ला बीचमै लेख्न पनि सक्छन् होला तर मार्शल प्रुस्ट लेख्नका लागि आफ्नो घर नै बाहिरको ध्वनि नसुनिने बनाएका थिए, प्रुस्ट भनेका यस्ता साहित्कार थिए कि लेखन नै मान्छेको जिउने आधार बन्नु पर्छ जसले गर्दा समाजमा सकारात्मक परिवर्तन गर्न सजिलो हुन्छ। प्रुस्टका अनुसार मृगले वीणा खोज्नका लागि पुरै जंगल चहारेको हुन्छ तर बिना आफ्नै नाभीमा रहेको हुन्छ । त्यस्तै हामी लेखक बन्नका लागि कथा खोज्छौँ, यथार्थ कथा हाम्रै जिन्दगी हो भन्ने कुरा भुलिदिन्छौँ ।

प्रुस्टका लेख, लेखन र लेखाइमा वियोगान्तमा रमाउने शक्ति, आँसुमा लेख्ने शक्ति, पीडामा लेख्ने शक्ति र अपमानमा कलममा हराउन सक्ने शक्ति रहेको छ। उनकै अनुसार, हामी भौतिक रूपमा नस्ट हुने अवस्था आयो भने पनि लेखनबाट आफ्नो शेष छोड्न सक्नु पर्छ जसबाट हामी यथार्थ मानवीयतामा हुने गर्दछौँ ।

धनी तथा सामन्ती परिवारमा जन्मे पनि उनी एक मानवीय जिन्दगीको पक्षमा उभिएका थिए । पिताजीको लाखौं कोसिसबाट पनि पिताजीको पेसामा नलागेर एक साहित्यकार बन्ने इच्छामा लागे। स्मरण रहोस्, प्रुस्टको जीवनकालमै पहिलो विश्वयुद्ध शुरू भएको थियो ।

प्रुस्टको लेखन समय मै धनी, सम्पन्न, अग्रगामी, शिक्षित र दीक्षित भनिने देश तथा विज्ञ जनशक्तिको निर्देशनमा नरसंहारका लागि प्रथम विश्वयुद्ध शुरू गरिएको थियो। शिक्षित र दीक्षित भनाउँदा विज्ञहरूका उपहारस्वरूप बमहरू फ्रान्समा पनि खसिरहेका थिए।

लेखक तथा साहित्यकार प्रुस्टको करिब एक दर्जन रचनामध्ये सबै भन्दा रोचक र प्रसिद्ध रचना In search of lost Time नै हो। प्रुस्ट लेख्दालेख्दै आफ्नै लेख प्रकाशन गर्न नपाउँदै सन् १९२२ मा स्वर्गारोहण हुन पुगे ।