अमृता प्रीतम पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा ‘रसीदी टिकट’ पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रतमलाई भारतको दोस्रो सबभन्दा ठूलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो ।
अमृता प्रीतमले लेखनयात्रा पंजाबी भाषाबाट सुरु गरेकी हुन् । अमृता जब ११ वर्षकी थिइन् त्यही समयमा नै उनी आमाको निधन भयो जसले गर्दा घरको जिम्मेवारी उनको काँधमा आइपर्यो । उनी ती कम साहित्यकारहरूमध्ये हुन् जसको पहिलो संकलन १६ वर्षको उमेरमा प्रकाशित भएको थियो । फेरि १९४७ साल भारत पाकिस्तान विभाजनको समय आयो, उनीले विभाजन

अमृता प्रीतम
को पीडा सहनुपर्यो, र त्यो पीडालाई उनले धेरै नजिकबाट महसुस गरेकी थिइन्, उनका केही कथाहरूमा त्यो पीडा महसूस गर्न सकिन्छ । विभाजनको समयमा उनका परिवार भारतको दिल्लीमा आएर बस्यो । अब उनले पंजाबीको साथै हिन्दीमा पनि लेख्न सुरु गरेकी थिइन् ।
उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो
अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उनलाई छोडिन् । उनी १६ वर्षकी हुँदा नै उनले आफ्नो पहिलो पुस्तक पुरा गरिन् र १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंह सँग भयो जो एक सम्पादक पनि थिए । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धको बीच सामंजस्य मिलाउन आउँथ्यो । आजीवन उनले साहिरसँग प्रेम गरिन् । दुइ छोराछोरीकी आमा पनि भइन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन र फेरि साहिरले पनि उनको साथ छोडे तर पनि सम्मानका साथ त्यो सम्बन्धबाट उनी अलग भइन् । उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो ।
अमृता साहिर लुधियानवीलाई अथाह प्रेम गर्थिन् । साहिर लाहौरमा उनको घर आइरहन्थे । भेटमा उनीहरू घण्टौंसम्म चुपचाप बस्दथे । साहिरलाई सिगरेट पिउने आदत थियो, उनी एक के बाद एक लगातार सिगरेट पिउने गर्दथे । उनी हिँडेपछि सिगरेटको ठूटोलाई साहिरको ओंठको निशानलाई महसुस गर्नका लागि अमृता पुनः पिउने गर्थिन् । यसैगरी अमृतालाई सिगरेट पिउने लत साहिरबाट लागेको थियो, जुन आजीवन कायम रह्यो । सारा जीवनर अमृताले साहिरलाई भुल्न सकिनन् । साहिर पनि उनलाई प्रेम गर्दथे र दुवै एक अर्कालाई चिट्ठी लेख्ने गर्दथे । पछि साहिर मुम्बई गए तर पनि उनीहरूको प्रेम कायमै रह्यो । अमृतादेखि टाढा भएकै कारण साहिरको जीवनमा सुधा मल्होत्रा आएकी थिइन् भन्ने गरिन्छ । यद्यपि दुवैको दिलमा एक अर्काको लागि प्रेम खतम भएको भने थिएन । अमृताले साहिरले पिएका सिगरेटको ठूटोहरू सम्हालेर राखेकी थिइन् भने साहिरले पनि अमृता पिएको चियाको कप संभालेर राखेका थिए भन्ने गरिन्छ । साहिरले अमृताले पिएको चियाको कप बर्षौंसम्म नधोइ राखेका थिए । तर पछि दुवै अलग भए । भनिन्छ, प्रेममा अमृता जत्तिको समर्पण साहिरको प्रेममा थिएन । कोही कोही ता यतिसम्म भन्ने गर्थे कि उनको प्रेम एकतर्फी थियो ।
अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ ।
जीवनको अन्तिम समयमा उनलाई हिँड्न डुल्न काफी तकलीफ हुन्थ्यो । त्यो समयमा उनलाई खाना खुवाउन, नुहाउन, घुमाउन जस्तो सम्पूर्ण दैनिक कार्य इमरोजले गर्ने गर्थे । बिमारीको लामो समयपछि अमृता प्रीतमले ३१ अक्टुबर, २००५ मा आफ्नो प्राण त्यागिन् । तर इमरोज भन्ने गर्थे कि अमृता उनलाई छाडेर जान सक्दिनन्, अझै पनि अमृता उनीसङ्गै छन् । उनका कविता, कथा, नज्म र संस्मरणहरू सदैव मानिसहरूका बीच हुनेछन् र उनका साहित्यहरूले मार्गदशर्न गरिरहनेछन् । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ ।
अमृताको एक कविता यहाँ प्रस्तुत गरिएको छ ।
म तिमीलाई फेरि भेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहा छैन
सायद तिम्रो कल्पनाको झिल्का बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
वा सायद तिम्रो क्यानभासमाथि
एउटा रहस्यमयी रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
वा सायद सूर्यको किरण बनेर
तिम्रो रङ्गमा घोलिनेछु
वा रङ्गको अँगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिनेछु
थाहा छैन कहाँ कसरी ?
तर तिमीलाई पक्कै भेट्नेछु
वा सायद एउटा झर्ना बनेको हुनेछु
र जसरी झर्नाको पानी उड्दछ
म पानीको थोपा
तिम्रो शरीरमा मिसिनेछु
र एउटा चिच्याहट जस्तै बनेर
तिम्रो छातीमा टाँसिनेछु
म अरू केही जान्दिन
तर यति चैँ पक्का जान्दछु
समयले जेसुकै गर्नेछ
यो जन्म त मेरै साथ चल्नेछ
यो शरीर रहँदा
सबै कुरा समाप्त हुनेछन्
तर चेतनाको धागो
ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ
म तिनै कणहरूलाई रोज्नेछु
धागोलाई बेर्नेछु
र फेरि भेट्नेछु तिमीलाई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

