उसले देख्यो – पाहुनाहरूमध्ये एउटा त फ्याउरो पो रहेछ । त्यस जन्तुलाई ‘फ्याउरो’ भन्छन् कि के भन्छन् ? उसलाई थाहा थिएन । तैपनि उसले त्यस फ्याउरोलाई औँलाले देखाउँदै दगुरेर आई सोध्यो, “हजुरबुबा, यो बडेमानको बिरालो यहाँ किन बसेको यसलाई यहाँबाट किन नधपाएको ?”

यति सुन्ने बित्तिकै वाड चेन झल्याँस्स भयो । त्यसले विचार गयो – यो त आफैले आँखामा चोट लगाएको उही फ्याउरो पो हो । कम्मरबाट फुत्त तरबार तानेर उसले फ्याउराको टाउकोमा बजाइहाल्यो । फ्याउरोले पछिल्तिर तर्केर तरवारको त्यो चोट छल्यो । त्यसपछि ऊ आफ्नो सक्कली रूप धारण गरी भुईँमा लड्यो । अनि जुरुक्क उठेर उसले सुइँकुच्चा ठोक्यो । वाङ चेन पनि हातमा तरबार लिएको लिए लखेट्तै त्यसका पछि दगुर्‍यो । धेरै घर नाघिसकेपछि फ्याउरो बुरुक्क एउटा पर्खालमाथि उक्ल्यो । तर, त्यताबाट उम्कने कुनै ढोका थिएन। त्यसैले ऊ फरक्क फर्क्यो । हातमा बत्ती लिएको होटल मालिक र वाङ फू पनि हस्याङफस्याङ गर्दै त्यतै आइरहेका थिए । फ्याउरासित उनीहरूको जम्काभेट भयो ।

होटल मालिकले भन्यो, “भैगो, यसलाई अब जान दिऊँ ।”

वाङ चेनले भन्यो, “तै तपाईँको नातिले देखिहाल्यो, नत्र भने यस पाजीले पुस्तक उडाइसकेको ।”

होटल मालिकले भन्यो, “फ्याउराहरू यस्तै धूर्त हुन्छन् । यो पछि पनि आउला कि ?”

वाड चेनले भन्यो, “अब फेरि कुनै नौलो मानिसले मसित यिनका कुरा गर्नासाथ यो उही फ्याउरो हो भनी चिन्न मलाई कति बेर लाग्दैन । तरवार त यी तयार छँदै छ ।”

कुनै गर्दै उनीहरू होटलमा पुगे । त्यहाँ बास बस्ने अरूले पनि यो उदेकलाग्दो कुरा सुनिसकेका थिए। उनीहरू वाई सित नाना थरीका कुरा सोध्न वरिपरि जम्मा भए । सबैलाई केही न केही भन्नुपरेकोले बिचरो वाङको धोको पनि सुक्यो । लखतरान परेको खाईवरी आफ्ना कोठामा गई सुत्यो ।

घाइते हुँदाहुँदै पनि फ्याउराले पुस्तक फर्काउन भरमग्दुर गरेकोले वाङले त्यस पुस्तकलाई अझै किस्मती ठान्यो ।

आधा रातमा फेरि कसैले ढोका घचघच्यायो ।

फ्याउराहरू कराउन थाले, “लौ छिटो हाम्रो किताब फर्काऊ । पुस्तक दियौ भने नतिजा पनि बेस होला, नत्र पछि तिमीलाई नै पछुतो होला।”

वाङ असाध्य जाग्यो । अरूहरू पनि बिउँझेलान् भन्ने डरले तरबार समातेर ऊ बिस्तारै बाहिर निस्क्यो । तर होटल मालिकले मूल ढोकामा ताल्चा मारिराखेको रहेछ ।

उसले विचार गयो – होटल मालिकलाई डाकी ढोका खोलाउन्जेल त फ्याउराहरू बेपत्ता भइसक्लान्, तिनलाई किमार्थ भेट्टाउन सकिने छैन। अर्कातिर अनाहक अरूलाई बिउँझाउनु मात्र होला। भएन, अब भोलि बिहानसम्म पे लागेर बस्नुपर्‍यो ।

ऊ फर्केर फेरि सुत्न गयो । तर फ्याउराहरूले भने धेरै बेरसम्म कसैलाई सुत्नै दिएनन् । भोलिपल्ट बिहान वाङ चेनले होटलभरिका मानिसको कचकच सुन्नुपर्‍यो । उनीहरूको भनाइ थियो “त्यस किताबमा भएको तपाईँ केही बुझ्नुहुन्न । त्यसलाई आफूसित राख्ने मतलब के भयो र ? बरु फर्काउनु नै बेस हो । नत्र फ्याउराहरूले दुःख दिन छोड्ने छैनन् । पछुताउनुबाहेक हात केही लागोइन ।”

वाङ अलि दूरदर्शी भएको भए त्यसले उनीहरूका कुरा अवश्य चाँदी हो । पछि त्यसले उसको भलै हुँदो हो। तर ऊ त असाध्यै जिद्दीवाल थियो । उसले कसैका कुरा खाएन । आखिरमा फ्याउराहरूले उसको सर्वनाशै गरे ।

अर्ती लिए बनिन्छ;

नत्र दुःख खनिन्छ ।

बिहान जलपान गरेर होटलको बिलसिल तिरी भारी तारी बोकाएर वाङ चेन सहरभित्र पस्यो । सहरका सारा घर भताभुङ्ग थिए। सडक र गल्लीमा साई थोरै मानिस देखिन्थे । मानिस अघिजस्तो यताउति जान्नथे । आफ्नो घर पनि त्यसै भताभुङ्ग भई माटोको थुप्रो मात्र बाँकी रहेको देख्ता वाङलाई दुःख लाग्यो । त्यसमा गई बस्न नमिल्ने भएकोले उसले एउटा डेराको बन्दोबस्त गयो । त्यसपछि ऊ आफ्ना नातागोताको खोजीमा लाग्यो। ती पनि थोरै मात्र रहेछन् । उनीहरूले छुट्टिएदेखि यता आइपरेका दुःखको बेलीविस्तार गरे, बिच- बिचमा ज्यादै दुःख लाग्दा प्रसङ्ग आउँदा आँसु पनि चुहाए। उनीहरूले वाङ चेनलाई भने, “विद्रोह मच्चिँदा धेरै परिवारको बिल्लिबाठे पयो परिवारबाट छुट्टिएर पक्राउ परे, कति मारिए र कतिले ज्यादै दुःख खेप्नुपर्‍यो । कति हामी पनि बडा मुस्किलैले जोगिएका हौँ। तिमी त भाग्यमानी रहेछौ – एउटा घर मात्र गयो; जहान-बच्चा त कुशल पूर्वकै रहेछन् । त्यसबाहेक हामीले तिम्रा जमिन-जायदादको हेरविचार पनि गरिदिएकै छौँ। तिम्रो कुनै जमिन जफत हुन पाएन । अब त फर्केर आउने बेस होला, किनभने तिम्रो परिवार अझै पनि हुँदाखाँदो छँदै छ ।”
वाङ चेनले सबैलाई धन्यवाद दियो । उसले एउटा घर किनेर चाहिने मालमत्ताले त्यसलाई सजायो । त्यसपछि उसले आफ्ना भएका जग्गा जमिन खेतीपाती हुने लायक पार्‍यो । यति गर्दागर्दै दुई महिना बिते । त्यत्तिकैमा एक दिन उसले एक जना मानिसलाई पिठ्यूँमा भारी बोकेर आशौचका पूर्वतिरवाट छिटो छिटो आइरहेको देख्यो । त्यो त आफ्नै नोकर ल्यू-अर् पो रहेछ भन्ने चिनेर वाङ चेन झसङ्ग भयो ।

उसले हत्तपत्त गई सोध्यो, “कसो ल्यू-अर, कताबाट आइस् ? किन यस्ता लुगा लगाएको ?”

“ओहो, मालिक त यहाँ पो राज भएको रहेछ, खोज्न कस्तो फसाद पर्‍यो !”

वाङले हत्पतिएर सोध्यो, “भन् न, आशौचका लुगा किन लगाइस् ?”

“चिठी ल्याएको छु, हजुर। त्यसैबाट जाहेर होला ।”

बोकेको भारी घरभित्र राखी उसले त्यसबाट एउटा चिठी झिकेर मालिकका हातमा राखिदियो । वाडले देख्ने बित्तिकै आफ्नो आमाको लेखोट चिनिहाल्यो । चिठीमा लेखेको रहेछ-

“छोरा, तिमी गएपछि उत्तरतिर अझै उत्पात भइरहेको खबर पाएकोले दिनरात फिक्री लागिरहन्थ्यो । आखिरमा थलै परेँ। कति ओखती गर्दा पनि छुँदै छोएन । अब छिटै मर्छु कि भन्ने लाग्दछ । साठी पुगिसकेकी छु तैपनि काल नआई कसो पो मरिएला भन्ने पनि लाग्दछ । मरे पनि केही छैन, आखिरी दिनमा यी सब टन्टा-फसाद देख्नुपरेकोले मात्र पिर लाग्छ । घरबाट यति टाढा बिरानो ठाउँमा, र उही पनि दुई छोरामध्ये एउटा पनि आफ्ना आँखाअगाडि नरहेकाले मात्र मन पोल्दछ । उत्तर-पूर्वमा जन्मी हुर्केकीले यस बिरानो ठाउँमा मरेर चिहानभित्र पस्न मन लाग्दैन । तर, बागीहरू भने अझै बलियै छन् । राजधानी फेरि तिनका पन्जामा पर्नु अगावै तिमी त्यहाँबाट हिँडिहाल्नु बेस होला । चारैतिरका कुराको विचार गर्दा राजधानीमा भएका सबै जेथा बेचबिखन गरी पैसा लिएर आई मेरो अन्त्येष्टि गरिदिनु नै ठिक ठहर्‍याउँछु । मेरो

चिहानसिहान बनाइसकेपछि यहाँ याङ्त्से उपत्यकामा आएर बसे हुन्छ। यहाँको माटो बेस छ । उब्जनी राम्रो हुन्छ । मानिस पनि असलै छन् । सम्पत्ति जोर्नु भनेको गाह्रै कुरा हो । त्यसैले याङ्त्से उपत्यकाको जायदाद असावधानीसाथ बेची नहाले । लडाइँ सिद्धिएपछि उत्तरतिर फर्केर जाने बन्दोबस्त मिलाउन सकिहाल्दछौँ । मेरो कुराको वास्ता नगरी मच्चिइरहेका मारकाटमा कुनै बागीका फेला पर्‍यो भने कुल-कुलायनमा भइआएका पूजाआजा चलाइदिनेसमेत कोही नरहला भन्ने फिक्री लाग्दछ । कथंकदाचित् त्यसो हुन गयो भने परलोकमा भेट हुँदा तिमीलाई आफ्नो कोखबाट जन्मेको भनी मान्ने छैन । मैले भनेका कुरामा राम्ररी विचार गर्ने नै छौ भन्ने लाग्दछ ।”

चिठी पढेर वाङ बलिन्द्र-धारा आँसु बगाउँदै भुईँमा ड्वाङ्ग पछारियो । उसले भन्यो, “आफ्नै थलामा फर्केर आऊँ भन्ने मनसुबा गरेर यहाँ आइयो । मेरै लागि सुर्ता गर्दागर्दै मुमाको स्वर्गवास हुन जाला भन्ने मन- चित्तैमा थिएन । यस्तो होला भन्ने लागेको भए किन आइरहँदो हुँ ? गइसकेका कुरामा अब पछुतो गरेरै के फाइदा !”

केही बेर रोइ-कराइ गरिसकेपछि उसले ल्यू-अलाई सोध्यो, “स्वर्गे हुँदा मुमाबाट अरू केही मर्जी भएथ्यो कि ?”

ल्यू-अरुले भन्यो, “अरू त केही मर्जी भएन, यति मात्रै बिन्ती चढाउन मर्जी भएको हो – उत्तरमा भएका घरहरू र खेतबारी त सखापै भइसकेका होलान्, कथंकदाचित् तिनलाई फेरि ठिकठाक पार्न सकिबक्सिए पनि हजुरले यहाँ बस्न चाहिँ नबस्नु, किनभने राजधानीमा जहिलेसुकै अर्को विद्रोह उठ्न सक्तछ । यहाँको बन्दोबस्त सकेसम्म छिटो मिलाई लास उत्तरमै ल्याएर विधिपूर्वक गाड्नू र अनि त्यसपछि हाङचाउ गई त्यहीँ बसोबास गरे कुनै खतरा नपर्ला भन्ने पनि मर्जी भएको थियो । मैले भनेका कुरा मानिनस् भने चिहानमा सुतेर पनि मलाई शान्ति हुने छैन भन्ने पनि मर्जी भएको हो ।”

वाङ चेनले भन्यो, “एक त आमाको अन्तिम इच्छा पूरा गर्नुपर्ने, दोस्रो यता लडाई पनि चली नै रहेको छ । त्यस कारण उहाँबाट मर्जी भएअनुसार हामीहरूले पश्चिम तिरै गई वस्तु उचित हो।”

उसले आशौचका लुगाफाटाको बन्दोबस्त गर्‍यो । आमाका लागि एउटा समाधि बनाउन काम पनि उसले सिद्ध्याइहाल्यो । त्यसपछि पारिवारिक चिहानमा चाहिने बन्दोबस्त मिलाइराख्न मानिस खटाएर ऊ आफ्ना भएका सबै जग्गा-जमिन र जेथा बेतबिखन गर्ने तरखरमा लाग्यो । काम चाँडै सिध्याइहाल्नु परेकोले उसले आफ्नो इष्टमित्रहरूलाई पनि हारगुहार गर्यो ।