स्वभाव प्राणी सबमा समान छ-
स्तनै पिए, अण्डज वा भए पनि
कृतज्ञता जाहिर गर्छ हार्दिक-
‘चरा र मुन्द्री’ छ कथा प्रसिद्ध नै ।
यस श्लोकले याङ पाओ नामक एउटा नौजवान पण्डितको सम्झना गराउँछ । उनी हान वंशका शासन कालमा हुआसी भन्ने ठाउँमा गएका थिए । याङ पाओ विद्वान् त छँदै थिए, प्रतिभा पनि उनमा बेसै थियो ।
एक दिन मनोरञ्जनका लागि याङ पाओ जङ्गलमा डुलिरहेका थिए । औँसी- पूर्णिमाका हिसाबले चिनियाँहरू नवौँ महिनाको नवमीका दिन चाड मनाउने गर्दथे । त्यस दिन सहरबाहिर जङ्गल र पहाडमा गई दिल बहलाउ गरिन्थ्यो । यो यस्तै चाडको दिन थियो ।
केही बेर यताउति डुली याङ पाओ थकाइ मार्न एउटा रुखको छहारीमा बसे । चारैतिर ठुल्ठुला वृक्षका घना र सुखदायी छाया फैलिएका थिए । चराहरूका मधुर कण्ठका गीत जताततै सुनिन्थे । यस्तो रमाइलो बखत याङ पाओका अगाडि एक्कासि एउटा चरो फ्यात्त भुईँमा खस्यो । पीडाले चीं-चीं गर्दै उसले उड्न खोज्यो । तर, उड्न नसकेकोले लाचारीसाथ पखेटा लतार्दै ऊ त्यहीँ भुईँमा यताउति फत्र्याक्-फत्र्याक् गर्न लाग्यो ।
याङ पाओले ‘कठै, बिचरोलाई के भएछ !’ भनी विचार गरे । त्यस सानो, सुनौला रङको चरोलाई टिपेर उनले सुमसुम्याए । कसैले त्यसलाई घाइते पारेको रहेछ । त्यसै पीडाले ऊ साह्रै माया लाग्दो गरी कराइरहेको थियो ।
त्यत्तिकैमा हातमा गुलेली लिएको एउटा ठिटोले पछाडिबाट आएर भन्यो, “ल्याउनुहोस्, मलाई दिनुहोस्, मैले नै खसालेको हुँ ।”
याङ पाओले भने, “दिन त दिँदो हुँ, तर चरा र मानिस दुवै एउटै नभए तापनि दुवैको ज्यान भने उत्तिकै प्यारो हुन्छ । तिमी यस्ता चरा किन मार्ने गर्दछौ ? यस्ता हजारौँको ज्यान लिएर पनि तिमी धनी हुने होइनौ । बरु अर्को कुनै उपायले पेट पाले बेस होला । म यसलाई बचाउँछु भन – यसको कति मोल लिन्छौ ?”
उनले खल्तीबाट केही पैसा पनि झिके ।
ठिटोले भन्यो, “मैले न खानै पर्छ, न बेच्नैलाई चराको सिकार खेलेको हुँ। यो त मेरो लहड मात्र हो । चाहिन्छ भने म तपाईँलाई यो त्यसै दिउँला ।”
याङ पाओले भने, “निरापराध पशुपक्षीको ज्यानसित यसरी खेलबाड गर्नु कहाँसम्म ठिक हो ?”
“भइहाल्यो, भुल भएछ”, भन्दै त्यो ठिटो हातको गुलेली त्यही भुईँमा फ्यात्त फ्याँकी बाटो लाग्यो ।
याङ पाओले त्यस चरोलाई घर लगी टोपी राख्ने गरेका बट्टामा आरामसाथ राखे । पखेटाको घाउ निको नभएसम्म उनले त्यसलाई पहेँला फूलका पत्र
खुवाई त्यसै बट्टामा राखे। घाउ निको हुन पूरा सय दिन लाग्यो, र अनि उडेर ऊ यताउति गर्न सक्ने भयो। याङ पाओलाई भने सधैँ त्यसैको ध्याउन्न रहन्थ्यो ।
एक दिन चरो उडेर बाहिर गएको गयै भयो । याङ पाओ त्यसैको फिक्री गरिरहेका थिए। त्यत्तिकैमा असाध्यै राम्रा आँखा र साई कोमल आँखिभुइँ भएको एउटा केटोले आएर उनलाई दण्डवत् गन्यो । त्यसले सुनौला रङको भोटो लाएको थियो । याङ पाओले त्यसलाई हत्तपत्त भुईँबाट उठाए। केटोले उनलाई सिंहासन मणिका एक जोर मुन्द्री चढाउँदै भन्यो, “हजुरले मेरो ज्यान बचाइबक्सेको हो । कृतज्ञतापूर्वक यी मुन्द्री चढाउन ल्याएको छु । योसिवाय चढाउनलायक मसित अरू केही छैन। यी मुन्द्री लाए हजुरका सन्तान- दरसन्तानसमेत ठुल्ठुला अफिसर भइरहनेछन् ।”
छक्क परेर याङ पाओले भने, “नानी, तिमीलाई अघि मैले कहिल्यै देखेको थिइन, तिम्रो ज्यान बचाउने कुरा कताबाट आयो ?”
केटोले मुसुक्क हाँस्तै भन्यो, “छि मलाई कसरी नचिनिबक्सिएको होला । जङ्गलमा चोट लागेर खसेका बखत ल्याई आफ्नो टोपी राख्ने बाकसमा पहेँला फूलका पत्र खुवाई पाल्नुभएको म उही चरो होइन र ?” यति भनी त्यो केटो चरो भई भुर्र उडेर गयो ।
याङ पाओले ती मुन्द्री हिफाजतसाथ राखे । तिनका प्रभावले उनका छोरानातिसमेतको बढिबढाउ हुँदैगयो ।
000
“ए कथा भन्ने, मुन्द्री दिने चराको यो कथा कसले सुनेको छैन र ? फेरि त्यही सुनाएर किन समय खेर फालेको ?” भनेको सुन्दछु। म त यहाँ अर्कै एक जना युवकको कथा पो सुनाउन लागेको हुँ। त्यसले जङ्गलका जनावरहरूलाई अनाहक घाइते पायो । तर, चरालाई घाइते पार्ने केटोले भ पछुतो नमानेको हुनाले उसले जम्मैजसो जेथा गुमाई सहरभरिका चर्चाको विषय बन्नुपर्यो । चराको कथा त यहाँ खालि दृष्टान्तका लागि भनेको हुँ । त्यसबाट याङ पाओले झैँ असल काम मात्र गर्नू, पछिल्लो कथाको युवकले भौँ नदुखेको आफ्नो कपाल डोरी लाएर आफैँले नदुखाउनू भन्ने शिक्षा पाइन्छ ।
नबोल व्यर्थे, न त काम नै गर
अचाक्ली – अर्काकन दुःखदायक |
ताङ वंशीय सम्राट् सुआन त्सुङ (७१२-७५६ इ) का पालामा राजधानी छाङआनमा वाङ चेन नामको मानिस थियो । ऊ टपरटुय्याँ खालको कवि पनि थियो। ऊ कहिलेकाहीँ लेखिटोपल्ने पनि गर्दथ्यो । रक्सी खान र तरबार खसिसकेका चलाउनमा भने उसलाई खुबै रउस लाग्दथ्यो । घोडसवारी र गुलेलीले सिकार खेल्नमा पनि उसको विशेष रुचि थियो । सानै छँदा त्यसका बाबु थिए । परिवारमा उसकी आमा स्वास्नी र एउटा अविवाहित भाइ मात्र थिए । स्वास्नी यू वंशकी थिई । भाइ वाङ त्सेइ चाहिँ असाध्यै बलियो र युद्धकलामा प्रवीण थियो । ऊ शाही फौजमा जागिरे थियो। यिनीहरूको परिवार सम्पन्न र सुखी थियो । घरमा नोकरचाकरको कुनै कमी थिएन। परिवारका सबै मानिस एकैसाथ आनन्दपूर्वक बसेका थिए । त्यसै मौकामा आन लु-शानले विद्रोह गरी तुङफुन घाटीमा हमला गयो । सम्राट्ले पश्चिमतिर भाग्नुपरेकोले वाङ त्सेइले पनि तिनकै साथ जानुपर्यो । गडबडीका त्यस्ता मौकामा राजधानीमा रहंदा डर हुने भएकोले वाङ चेनले घरका बहुमूल्य मालमत्ताका साथै आमा, स्वास्नी र नोकरचाकरसमेतलाई साथ लिई सुरक्षाका लागि याङ त्से उपत्यकातिर प्रस्थान गयो । उसले हाङचाउ नजिकै ‘सानो खाडी’ भन्ने ठाउँमा घरजग्गा किनेर त्यहीँ बसोबासको बन्दोबस्त मिलायो ।
केही दिनमा राजधानीमा फेरि सरकारको अधिकार भयो र बाटाघाटामा पनि अब कुनै डर छैन भन्ने खबर पाइयो । तसर्थ वाङ चेनले एक पटक राजधानी गएर आफ्ना पुराना साथीभाइ र कुटुम्बीहरूसित भेटघाट गर्ने विचार गयो । जेथाको बरबन्दोबस्त नमिलाई परिवारलाई एक्कासि लैजान मिल्दैनथ्यो । उसले त्यसको व्यवस्था मिलाएर आउने विचार गयो । उसले आमाचाहिंसित पनि सल्लाह गयो । त्यसपछि वाङ फु भन्ने नोकरलाई साथै लिएर आमा र स्वास्नीसित बिदा भई चाहिने मालमत्तासाथ ऊ छिटै बाटो पनि लागिहाल्यो ।
वाङ चेनले याङचाउसम्म नाउबाट यात्रा गन्यो । याङचाउ असाध्यै उन्नत सहर थियो। याङ्त्से र हुआइ नदीका क्षेत्रको यो एक साह्रै महत्त्वपूर्ण सहर थियो। उत्तरी र दक्षिणी प्रदेशहरूका सबै यात्री यसै बाटोबाट हिँड्दथे । यसका बन्दरगाहमा जहाजको, किनारामा मानिसको र बजारमा व्यापारी र गाहकीको घुइँचो भइ नै रहन्थ्यो । यस सहरबाट उसले एउटा भरियाको बन्दोवस्त गर्यो । त्यसपछि फौजी पोसाक लाएर ऊ घोडामा चढ्यो । अब उसले बाटोमा पर्ने पहाड र नदीहरूको शोभाको आनन्द लिँदै खुश्की यात्रा थाल्यो । केही दिनमै ऊ राजधानी नजिक फानचुआन भन्ने ठाउँमा आइपुग्यो । यस ठाउँमा लडाई परेको हुनाले यहाँका सार मानिस गाउँ छोडी भागेका थिए। मूल बाटोको नजिक पर्ने सारा घरहरू खाली र त्यसै लथालिङ्ग थिए। त्यस कारण बिरलाकोटी नै यो बाटो हिँड्ने गर्दथे ।
वरिपरि पर्वत-माला,
शीतल जङ्गल काला ।
अग्ला चुचुरा धेर
नभ तल छेड्ने हेर ।
झर्ने निर्भर भरभर-
स्वर्ग-पताका फरफर ।
रेसम झन्डाहरू हुन्
अथवा लहरा यी हुन् ?
दुर्गम पर्वत पथका
दुस्तर वन प्रान्तरका
बटुवा कति नै बन्लान्,
बस्ने को पो होलान् ?
शान्त बनैमा जस्तो
छैन समीरण यस्तो ।
गायन पक्षी गर्छन्,
सुमन प्रफुल्लित हुन्छन् ।
यसरी पहाड पर्वतका मनोहर दृश्यको आनन्द लिँदै वाड चेन घोडामा चढेर जाँदै थियो। साँझ पर्न पर्न लागेका बेला उसले जङ्गलमा कसैले कतै कुरा गरिरहेको सुन्यो । नजिक पुग्दा उसले देख्यो ती कुरा गर्नेहरू त मानिस – नभई दुइटा फ्याउरा पो रहेछन्। तीमध्ये एउटा चाहिँ आफ्ना पन्जामा कुनै पुस्तक व्यापी एउटा पुरानो रुखको अडेस लागेर बसेको थियो । लेखेका कुरा जम्मै बुझेकै गरी ती दुवै त्यस पुस्तकका ठाउँ-ठाउँ देखाएर हाँस्तै कुरा गरिरहेका थिए।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

