
एङ्लो- आयरेली व्ययकार, लेखक तथा राजनीतिक अभियन्ता जोनाथन स्विफ्ट ३० नोभेम्बर १६६७ मा आयरल्याण्डको डब्लिनमा अबिगेल एरिकको कोखबाट जन्मेका थिए । उनको बाबुको नाउँ पनि जोनाथन स्विफ्ट (१६४०-१६६७) नै थियो । बाबुको मृत्युको सात महिनापछि उनी जन्मेका थिए । उनले डब्लिनको ट्रिनिटी कलेज र हेर्टफोर्ड कलेजबाट उच्च शिक्षा प्राप्त गरेका थिए ।
सन् १६८९ मा उनी सर विलियम टेम्पलका सचिव नियक्त भए। केही वर्षपछि उनलाई आयरल्याण्डमा बेल्फास्ट नजिकैको एक गिर्जाघरमको जिम्मा दिइयो । त्यसैबेला उनले पीपाका कथा र पुस्तकहरूको सङ्घर्ष दुई व्ययहरू लेखे । उनले पटक पटक लण्डनको यात्रा गरे र हवीग समुदायका लेखकहरूसँग मित्रता बढाए । पहिले उनी विग्सका राजनीतिक अभियन्ता थिए भने सन् १७१० देखि टोरी समुदायमा सङ्लग्न भई राजनीतिक अभियन्ता समेत भए । विदेशीहरूको आचरण (Conduct of the Allies) मा उनले यही प्रचार गरेका छन् । १७१३ मा उनी ज्यादै हतोत्साहित भए। उनलाई बिशपको पद दिइएता पनि उनले स्वीकार गरेनन् । त्यसपछि सधैँ उनी विरक्त भएर आयरल्याण्डमा एकान्त जिन्दगी बिताउन लागे । उनी सेन्ट प्याट्रिक्स क्याथेड्रल, डब्लिनमा डिन थिए ।
एउटा टबको कथा (A Tale of a Tub, 1704), इशाई धर्म समाप्त पार्ने विरुद्ध एउटा तर्क (An Argument Against Abolishing Chirstianity, 1712), गुलिभरका यात्रा (Guliver’s Travels, 1726) र एउटा विनयशील प्रस्ताव (A Modest Proposal, 1729) का निम्ति उनी प्रसिद्ध छन् । सुरुमा उनी लेमुएल गुलिभर, इज्याक बिकरस्टाफ, एम. बी. ड्रापियर जस्ता छद्मनामहरूले लेख्ने गर्थे ।
जीवनका अन्तिम वर्षहरूमा उनले दुखद दिनहरूको सामना गर्नु पर्यो । स्टेलालाई खबरपत्र (Journal to Stella) मा उनले आफ्नी प्रेमिका एस्थर जोन्सनलाई सम्बोधन गरेका छन् । उनको सर्वश्रेष्ठ कृति गुलिभरका यात्राहरू (Gulliver’s Travels) १७२६ मा प्रकाशित भयो । यस कृतिमा उनले मावनवजातिलाई नै तीक्त र तीक्षण व्यङ्ग्य गरेका छन्। उनी आफ्नो समयका एक शक्तिशाली विद्वान थिए, उनको शैली सरल, स्वच्छ र प्रभावशाली हुन्छ ।
१९ अक्टोबर १७४५ मा डब्लिनमा स्विफ्टको देहान्त भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

