लोकले सिर्जना गर्दछ, विद्वद्ववर्गले पछि त्यसमा परिष्कार गरेर मर्यादा र  परम्परा स्थापित गर्दछ । साहित्यको यही सार्वदेशिक क्रम हो, र चीनको कथा-साहित्य पनि यसैको अनुसरण गर्दछ ।

हुन त अत्यन्तै प्राचीन सभ्यता सम्पन्न देश-चीनका गाउँघर इतिहासको मिर्मिरको नै भन्ने-सुन्ने कथाले मुखरित हुन थाले होलान् , तैपनि ‘ छ राजवंश ‘ का पाला (२२२-५८९ इ.) भन्दा अघिका कुराको यहाँ कुनै विशेष प्रसङ्ग छैन । त्यस खालका कथा – चाहे तिनमा देवता, भूतप्रेत आदि अमानवीय चरित्रकै वर्णन होस् , चाहे कुनै प्रसिद्ध व्यक्तिकै निन्दा-स्तुतियुक्त गाथा होस्-पछिका परिभाषाअनुसार ‘कथा’ नै भनिहाल्न नमिल्ने खालका छन् । मिङ-काल(१३६८-१६४४ इ.) मा भएका एक जना प्रसिद्ध समीक्षक  -हु यिङ लिङ(१५५१-१६०२ इ.) को कथनानुसार तीमध्य धेरैजसो अपरिपक्व छन्,र ती विवेकपूर्ण अथवा जागरूकताका साथ रचिएका नभई जनश्रुति र भ्रान्त धारणाका आधारमै प्रचलित हुन गएका छन् । ताङ वंशका समय (६१८-९०७ इ.) मा पुगेर मात्र सचेत कथाकृतिहरुको वैयक्तिक रचना प्रारम्भ भयो ।

लोककथाका परम्पराले भने कुनै युगविशेषको बाटो पर्खने -हाटबजारमा जीविकोपार्जनका लागि कथा भनेर हिँड्नेहरू भिड जम्मा पारी प्रत्येक कालमा सर्वसाधारणको मनोरञ्जन गर्दै रहे । जीविकाको आधारै त्यही भएको हुनाले कथा भन्नेहरु परम्परागत रूपमा तिनको संरक्षण र परिष्कार गर्नमा सदा प्रयत्नशील रहे । सयकडोैँ वर्षसम्म लोकका धरातलमा विभिन्न वक्ताद्धारा घोटिएर परिष्कृत पारिँदै गएको हुनाले तिनमा जीवनको वास्तविक शक्ति भरिदैँ गयो – ती जनजीवनका अङ्ग बन्न गए । तिनको मनोरञ्जकता वास्तविकताले आकृष्ट भएर लेखकहरू तिनलाई लिपिबद्ध र सङ्कलित गर्न लागे । तिनका लिखित प्रति ‘हुआ पेन’ अर्थात् कथा भन्नेहरूका अभिलेखकै नामले प्रसिद्ध भए । पछिका कथा सुनाएर हिँड्नेहरू पनि तिनैको उपयोग गर्न लागे । कारण, एक त त्यसले छोरानातिलाई कथाको सङ्कलन छोडेर जान सजिलो भयो, दोस्रो स्वयम् ती आफैँ पनि अरूका कथाको उपयोग गरी जीविकाको साधनमा अभिवृद्धि गर्न सक्ने भए । जनसमुदाय र बुद्धिजीवीहरूको यस्तो अन्यन्याश्रित सम्बन्धले चिनियाँ कथासाहित्यलाई नवीन रूप दियो।

इस्वी सातोैँ शताब्दीको दोस्रो दशकदेखि ताड-वंशीय शासकहरूका नेतृत्वमा चीनमा स्वर्णयुगको प्रारम्भ भयो । दुई सय नब्बे वर्षको अपेक्षाकृत छोटो अवधिभित्रै ली पो, तु, फु, पाइ चु-यी, ली कुङ-त्सो र पाइ शिङ-चियनजस्ता महान् कवि र कथाकार भए । यस कालका पचास हजारभन्दा बढी कविता र चार हजारभन्दा बढी कथा आज पनि उपलब्ध छन् । ताङ-कालका कविता र कथासाहित्यको विशेष अभिवृद्धि भयो ।

इस्वी सातौँ शताब्दीका प्रारम्भमा ली युआन र तीनका पुत्र ली शिह-मिनले सुई-वंश (५८१-६१८ इ.) का पालामा भएको किसान आन्दोलनबाट लाभ उठाएर समस्त चीनलाई आफ्नो छत्रछायामा सुसङ्गठित पारे । छाङआन (वर्तमान सिआइँ) तिनको राजधानी भयो । ली शिह-मिन अथवा ताइ-चुङकी छोरी फोङ चु, वेइ चन र नेपाली कन्या भृकुटीको बिहे स्रोङ-त्सन-गम्पोसित भएको हुनाले पनि चीनको सांस्कृतिक सम्बन्धको विस्तार सुदूर दक्षिणसम्म हुन गयो । छिन्नभिन्न भएको चीन चार सय वर्षपछि बल्ल सङ्घटित भयो । अब त्यो संसारको सबभन्दा ठुलो र शक्तिशाली राष्ट्र हुन गयो । त्यसले दक्षिणका देशका साथै पश्चिमतिरका देशहरूसित पनि नयाँ सम्बन्ध स्थापित गर्यो । कला कौशल, उध्योगधन्दा, ज्ञान विज्ञानको नयाँ अभिवृद्धि हुन गयो र छरछिमेकीहरूसितका सम्बन्धले चीनमा नवजीवनको सञ्चालन् गर्न थाल्यो । केवल राजधानीमै चारपाँच हजार विदेशीहरू थिए । लिएनचाउ, याङचाउ, कैन्टन आदि अनेक ठुल्ठुला सहर खडा हुन गए । तिनमा खास गरी अरब व्यापारी र विदेशी धर्म-प्रचारक विद्वान्हरूको समागम हुन गयो । परिणामस्वरूप चीनमा सांस्कृतिक आदान-प्रदानको बाढी नै आयो । ठुल्ठुला सहर भएपछि साहित्यिक विचारधाराको अभ्युदय स्वयमेव हुन जान्छ । झन् अन्तर्राष्ट्रिय सम्पर्कले त्यसमा परिष्कार र उच्च भावनाको अझ विकास हुन गयो । 

ताङ शासकहरूले शासनमा कुलीनतन्त्रका सट्टा वर्तमान ‘लोक सेवा’ को आदि बेचेर सस्ता खालका मालमत्ता किनी काम चलाउनुपर्यो । आखिर घोडासमेत बेचेर त्यसले गधा किनी काम चलाउने खण्डसमेत पर्न गयो । केही दिनमै गधा पनि बेचेर ऊ पैदल हिँड्न थाल्यो । हुँदा-हुँदा ऊ फेरि अघि जस्तै हरिकङ्गाल हुन गयो । 

तू एक पटक फेरि बजारका ढोकामा उभिएर आफ्नो पुर्पुरोलाई सराप्न लाग्यो । 

केही दिन मात्र बितेका थिए, त्यत्तिकैमा एक दिन अघिकै बुढाले एक्कासि कतैबाट आएर त्यसको हात समातेर सोध्यो,”ओहो, फेरि यस अवस्थामा पुगिसक्यौ ? भैगो, भन कति चाहियो ? म मद्दत गरुँला ।”

तू लाजले भुतुक्कै भयो । त्यसको बोली नै फुटेन । उतातिर बुढोचाँहि त्यसलाई बारम्बार सोध्दै थियो । अन्त्यमा बुढोले भन्यो, “भोलि दिउँसो अघि भेटेकै ठाउँमा आउनू ।”

तू साह्रै लज्जित भएको थियो । तर, लाज मानेरै मात्र के हुन्थ्यो र ? लाचार भई त्यो भोलिपल्ट बुढाले भनेका ठाउँमा पुग्यो । बुढोले त्यसलाई यस पटक एक करोड रुपियाँ दियो । तूले यस पालि त सारा रकम व्यापारमै लगाई तनमनले काम गर्ने र अघि-अघिका सेठ-महाजनहरूभन्दा पनि बढी धन कमाउने अठोट गर्यो । तर, लागेको बानी सितिमिति कहिले छुट्थ्यो र ? पैसा हात पर्नासाथ ऊ अघिभन्दा पनि बढी मोजमज्जामा लाग्यो, र हुँदा-हुँदा तीनचार वर्षभित्रै फेरि जस्ताको तस्तै हरिकङ्गाल हुन गयो । 

यस पालि त्यसले धेरै दिन दुःख पाउनु परेन – भाग्यवश बुढो त्यसै ठाउँमा भेट भइहाल्यो । तूले पहिले त लाजले मुन्टो निहुराएर भाग्न खोज्यो, तर बुढोले भन्यो,”साह्रै बेकम्मा पो रहेछौ !”

बुढोले तूलाई फेरि अघिकै ठाउँमा लगेर तीन करोड रुपियाँ दिँदै भन्यो, “यस पटक सुध्रेनौ भने साक्षात् भगवानैले पनि तिम्रो उद्धार गर्न सक्ने छैनन् ।”

तूले विचार गर्यो -“मैले साह्रै बेकम्मा जिन्दगी बिताए । आफ्नो सम्पत्ति त गयो गयो,’आफ्ना’ भनाउँदाहरूबाट पनि कुनै उपकार भएन । यस बुढोले भने तीन-तीन पटक मलाई औला-दौला पारिसक्यो । अर्काको ऋण र उपकार त्यसै बोक्नु नामर्दको काम हो । मैले पनि यसको कुनै उपकार गर्नै पर्दछ । तसर्थ त्यसलेई हात जोरेर भन्यो,”यति धनले त संसारको सारा सुखभोग गर्न सकिन्छ । साथै आफ्ना गरिब नातादारहरूको पनि प्रशस्त उपकार गर्न सकिन्छ । अनि मैले गर्नुपर्ने कुनै कर्तव्य बाँकी रहन्न । म तपाईंप्रति साह्रै कृतक्ष छु । तसर्थ आफ्ना पारिवारिक कर्तव्यहरू पूरा गरिसक्नासाथ तपाईंले अह्राउनुभएको जुनसुकै सेवा गर्न पनि तयार छु- मर्न जा भने पनि नाइँनास्ति गर्ने छैन । कृपापूर्वक कुनै काम अह्राई मलाई यस महान् ऋणबाट केही उम्कन सक्ने उपाय गर्न दिनुहोस् – मलाई केही काम नअह्राई भएन ।”

बुढोले एक छिन घोरिएर भन्यो,”हुन्छ लौ, एउटा काम अह्राउँला आफूले गर्नुपर्ने सारा कामकाज सिध्याई अर्को वर्षको सातौँ महिनाको पन्ध्र गते ताओ मन्दिर अगाडिको सल्लाका रुखमुनि भेट्नू । त्यसै बखत जे भन्नुपर्ने भनुँला ।”

तू चे-चुनका सबै गरिब नातादारहरू हवी नदीका दक्षिणी उपत्यकामा बस्तथे । त्यसै कारण त्यसले याङचाउ क्षेत्रमा पन्ध्र सय एकड जमिन किन्यो । याङचाउकै उपनगरहरूमा त्यसले ठुल्ठुला घरहरू बनाउन लाग्यो । मूल