नेपाली साहित्यकारहरूलाई धेरै प्रभावित तुल्याउने हिन्दी उपन्यासमध्ये बाङ्लाभाषी साहित्यकार बंकिमचन्द्र चटर्जीको आनन्दमठ उपन्यास पनि एक हो ।
यस उपन्यासमाथि सन् १९५२ मा नै फिल्म निर्देशक हेमन गुप्ताले फिल्म बनाइसकेका हुन् । आज हामी यही फिल्म हेर्नेछौँ । हुन त अहिलेको समयमा उच्च गुणस्तरयुक्त फिल्म हेर्ने बानी भइसकेका पुस्ताका लागि श्यामश्वेतमा गुणस्तरहीन फिल्म हेर्नु त यातना नै हुन्छ । तर एक साता लगाएर पूरा उपन्यास हेर्नुभन्दा त अढाई घण्टे यातना नै ठीक हुन्छ नि हैन ?
त, आउनोस्, आज हामी प्रख्यात उपन्यासमाथि बनेको फिल्म अवलोकन गरौँ ।
यो उपन्यास १८ औँ शताब्दीमा आधारित छ । त्यो बेला हालको बाङ्लादेश तथा असमसम्मको क्षेत्रमा वर्षा भएन । यसले त्यस क्षेत्रमा अन्न उत्पादन ज्यादै कम भयो । उत्पादन कम भएपछि अंग्रेज शासकले त्यो बेला साराका सारा खाद्यान्न कब्जामा लिन थाले । घरघरबाट अन्न कब्जा गरियो । भोकमरीले सारा क्षेत्र आक्रान्त भइरहेका बेला कुनै ठाउँको जमिन्दार महेन्द्र प्रताप, उसकी पत्नी र सन्तानका साथ खाना र कामको खोजीमा गाउँबाट निस्कन्छन् ।
उनीहरूको सहयोगका लागि सत्यानन्द नामक संन्यासीहरूका मुखियाले आइपुग्छन । तिनले अंग्रेज आततायीहरूलाई आक्रमण गर्छन् भने गरिब पीडितहरूलाई सहयोग गर्छन् । यो संघर्षको क्रममा महेन्द्र प्रतापले आफ्नी पत्नी र सन्तानका लागि ज्यान जोगाउने कि देशका लागि ज्यान अर्पिने भन्ने छनोटका लागि उसले के छान्छ भन्ने कथा निकै मज्जाको छ ।
फिल्ममा पुराना कलाकारहरू पृथ्वी राज कपुर, भारत भूषण, अजित, गीता बाली, प्रदीप कुमार, रञ्जना देशमुखजस्ता कलाकारको अभिनय हेर्न पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।