केकेआर नामक प्राइभेट इक्विटी फर्मले प्रख्यात पुस्तक प्रकाशक सिमोन एन्ड सुस्टर किन्ने भएको छ । हलिउड कम्पनी पारामाउन्ट मुख्य मालिक रहेको सिमोन एन्ड सुस्टरले आफ्नो मूल कम्पनीको ऋण दिनदिनै बढेका कारण पुस्तक प्रकाशनको जिम्मेवारीबाट मुक्त हुन नाफामा चलिरहेको कम्पनी सिमोन एन्ड सुस्टर बेच्ने भएको हो । केकेआरले सिमोन एन्ड सुस्टरलाई १.६२ बिलियन डलरमा किन्ने भएको हो ।
पारामाउन्टका प्रमुख कार्यकारी बब बकिसले वाल स्ट्रिट जर्नल पत्रिकालाई भनेका छन्, ‘नाफामा चलिरहेको यो कम्पनी बेचेर आउने पैसाले मूल कम्पनीको ऋण तिरिनेछ भने यसपछि कम्पनीले गति समात्नेछ । यसले शेयरधनीहरूलाई कालान्तरमा फाइदा दिलाउनेछ ।’
यसअघि पेइन्गुइन रेन्डम हाउसले सिमोन एन्ड सुस्टर किन्ने तयारी अन्तिम चरणमा पुगेर रोकिएको थियो । त्यो बेला पेइन्गुइनले सिमोन एन्ड सुस्टर (एसएस)लाई २.१८ बिलियन डलरमा किन्ने पक्का गरेको थियो । यो खबर फैलनेबित्तिकै धेरै लेखकहरूले विरोध गरेका थिए । ठूला कम्पनी विलय भएपछि प्रकाशकको प्रतिस्पर्धा सकिने, लेखकहरूले पाउनुपर्ने सेवा र सुविधामा निकै ठूलो कटौती हुने र त्यसले लेखन जगतमा ठूलो भूकम्पको अवस्था सिर्जना गर्ने बताएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।