(रवि रोदनले सुरु गर्नुभएको यस अभियानमा साहित्यपोस्टले सहकार्य गर्दै आइरहेको छ । यहाँ विभिन्न कविका छोटा आकारका कविता पोस्ट हुने गर्दछन् र कवितामाथि चित्रको सयोगार्थ समाजलाई कविता पढ्न उत्प्रेरित गराउने कवि रोदनको चाहाना रहेको छ । पोस्टरकवितामा कविता पठाउन नेपाली युनिकोड फन्टको प्रयोग गरेर सम्पादकलाई कविता सम्प्रेषणको निम्ति चिट्ठी लेखेर आफ्नो नाम, ठेगाना र एउटा पार्सपोर्ट साइजको फोटो ravirodan88@ gmail.com मा मेल गर्नुपर्ने छ ।- काव्य सम्पादक)
प्रस्तुत छ तेस्रो शृङ्खलाका पोस्टरकविताहरू:
१.
२.
३.
४.
५.
दार्जेलिङमा जन्मिएका राजु हिमांशु नेपाली कविताको फाँट एक चर्चित नाम हो । साहित्यमा राजु हिमांशु लेखे पनि उनको नाम राजु प्रधान हिमांशु हो । उनका धेरै कविता सङ्ग्रह र नाटक सङ्ग्रह प्रकाशित भएका छन् ।
६.
७.
धनकुटामा जन्मिएका सुमन राई कविता लेखिरहन्छिन् । अनलाइन पत्रिकातिर उनका कविताहरू धेरै छापिएका छन् ।
८.
अर्घाखाँचीमा जन्मेको शुभाष चन्द्र पोख्रेल हाल काठमाडौँमा बस्छन् । नेपाली स्नाकोत्तर गरेका उनले कविता लेख्छन् । उनको हालसम्म कुनै कृति प्रकाशित भएको छैन् ।
९.
भारतको सिक्किममा जन्मिएका पुरन कुमार भण्डारी पेशाले कृषक हुन् । विगत सात वर्षबाट लेखनमा सक्रिय भएका पुरनको मेरो खुसी नामको गीत सङ्ग्रह समेत प्रकाशित छ ।
१०.
पानी कविताबाट कविता यात्रा सुरु गरेकी समा श्री हाल काठमाडौँ बस्छिन् । वंशलोचन र अल्पविराम उनका प्रकाशित कृतिहरू हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

