एक वलिष्ठ पाखुरा र हुँकारबाट सामान्य जिन्दगी तथा असाहाय जिन्दगीलाई निचोडेर आफ्ना धाक र वलजफ्तीबाट आफ्नो प्रभुत्व जमाउन सफल हरमन काफ्काका छोरा फ्रान्ज काफ्का पिताजीको अगाडि सधै निरिह रहे।उनी कहिले आफ्नो अस्तित्व र यथार्थ वताउन असफल रहे न त पिताजी उनको गुनासो सुन्ने अवसर नै लिए । नौ वर्षको उमेरमा आफ्नै बाबाबाट पाएको पीडा सधैका लागि फ्रान्ज काफ्काको साहित्य तथा दर्शन रचनाका लागि सहायक सिद्ध भएर गयो । अन्ततः अस्तित्ववादी विश्व प्रसिद्ध पुस्तकहरू पाठक सामु आउन सफल भए ।
सन् १९८३ मा अस्ट्रियाको प्रागमा यहुदी परिवारमा जन्मेका जर्मनभाषी काफ्का परिस्थितिले उनलाई एक महान लेखक बनाएको थियो। सामान्य व्यापारी हर्मन काफ्काका छोरा फ्रान्ज काफ्का अन्तरमुखी तथा पिलन्धरे थिए।आफ्ना छोरालाई एक शशक्त, आज्ञा र आदेशबाट आफू जस्तै वलिष्ठ बनाउने सोच राखेका हर्मन काफ्का कहिले पनि छोरा प्रति सन्तुष्ट हुन सकेनन् ।
सकेको भनेर लिने, नसकेको थर्काएर लिने जस्ता सोंच भएका हर्मन काफ्का आफ्ना छोरा फ्रान्ज काफ्कालाई समाजमा रवाफ देखाउँदै धनी व्यक्ति बन्ने र बनाउने अभिलासाका साथ कानून पढाए । तर जति जति फ्रान्ज काफ्काको उमेर बढ्दै गयो पिताजी हर्मन काफ्काको आफू जस्तो छोरो बनाउने हौसला कम हुदै गयो । सानै उमेरमा यस्तो बन्नु पर्छ भन्ने ठूलो आवाजका साथ नियन्त्रणमा लिइएको छोराको मानसिक त्रास सधैका लागि डरको रूपमा मनमा बस्न पुगेको थियो। काफ्का एक पिलन्धरे, कमजोर, त्रासपूर्ण चेहरामा सधै विरामी जस्ता देखिन थाले । कानूनमा स्नातक गरेर एक वीमा कम्पनीमा जागिरमा लागेका काफ्काको संगत पत्रकार मक्स ब्रोडको साथ भयो जो साहित्य रचनामा विशेष रूची राख्दथे । पत्रकारका हैसियतले उनी एक लेखक पनि थिए। साथीका रूपमा रहेका मक्स ब्रोडले काफ्काको मनोविज्ञान बुझेर साहित्य लेख्न प्रेरित गरे।काफ्का एक कर्मचारीका रूपमा वीमा कम्पनीमा कार्यरत लेख्ने फुर्सद पाउदैनथे तर मक्स ब्रोडको त्यो सल्लाहलाइ उनले मन देखि लिए।उनले आफ्नो कहानी साहित्य मार्फत दिन जमर्को गर्न थाले ।
समाजमा आम मान्छेको जवाफ दिने माध्यम अनेक हुन्छ।मन परेन जवाफ कसरी दिने व्यक्तिगत त मारपिट, आर्थिक नसिहत, गाली गर्ने अनेक हुन सक्छन् तर अन्तरमुखी काफ्का केहि गर्न सक्ने अवस्थामा थिएनन् ।
हो धेरै चोटी आत्महत्या गर्ने कोशिस उनीबाट भएको हो तर आत्महत्या नै कसरी नगरूं भन्ने सोचको साहित्य हामी सामु ल्याउनलाई धेरै नै मिहिनेत गर्नु पर्यो जसबाट हामी सामु काफ्का रचित महान साहित्य तथा अस्तित्वबादी दर्शन हामीसंग आइपुग्यो।
बाबा माथि रिस उठेको छ।बाबालाई के गर्ने ? सम्झाउन सकिदैन।वहाँको व्यवहार पनि मन पर्दैन । बाउ छोराको, आमा छोराको, आमा छोरा, बाउ छोराको अनेक तिक्ततापूर्ण सम्वन्ध जसले समाजमा आत्महत्याको लागि प्रोत्साहित गर्दछ त्यसलाइ काफ्काले साहित्य मार्फत दर्शनमा मोड्ने अठोट लिए । उनी संकल्प लिए यस सामाजिक कहानी वा घरघरमा भैरहने कहानी, नदेखिने कहानीलाई लेख तथा साहित्य मार्फत दिने भन्ने संकल्प उनमा आयो । समाजको सुक्ष्म नाराजगीलाई साहित्य मार्फत दिंदा समाज कति सुरक्षित हुन्छ भन्ने कुरा उनले सोचेर उनले आफू र आफ्नो परिवेशलाई लेख मार्फत उतार्न थाले ।हट्टाकट्टा बाउको छोरो, आवाजले त्यसै निल्न खोज्ने स्वभाव भएका बाउको छोरो पिलन्धरे बोल्न पनि डराउने प्रत्येक शव्द शव्दमा डर तथा भय छ । अब कसरी गर्ने सामना, जिउने कसरी हो । यो पृथ्वीमा किन जन्म लिएँ, मैले जति सक्दो यस दुनियाँबाट छिटो विदा लिनु पर्छ भन्ने सोच आएका काफ्का आफ्नो जिन्दगीको लेख मार्फत संसारलाई दर्शन दिन सफल भए ।लेख उतार्ने, लेख प्रकाशन गर्न डराउने, नपढ भन्दा नपढ्ने तर पढ्ने संकल्प भित्रैबाट लिने, प्रत्येक शव्दशव्द बोल्दा डराउने यी सव उपहार उनले अरूबाट पाएका थिएनन् मात्र आफ्नै पिताजी मार्फत पाएका थिए ।
आफ्नो विहेका लागि उमेरको परिपक्व भएको अवस्थामा पिताजीबाट स्विकृति लिनु पर्ने अवस्था र आफ्नो पिताजीको नकारात्मक जवाफले काफ्का उमेर भरि अविबाहित रहे।उमेर अनुसार केटी साथीहरूसंग साथित्व नबढेको होइन।तर विहेका लागि उनका पिताजी कहिले राजी भएनन् । यौवनको चाहानाका कतिपय कुरा केटी साथीसंग भएता पनि उनको शारिरिक सम्वन्ध हुनका लागि वेश्यालय जाने गर्दथे । वेश्यालयबाट उनलाइ तितो अनुभव लिनु पर्थ्यो । उनको यौवन कालमा केटी साथी फेलिस भन्ने साथीसंग उनको प्रेम भएको थियो । उनको त्यो प्रेम सम्बन्धी चिठीहरू Letters to Felice भन्ने पुस्तकबाट उनको प्रेमको बारेमा थाहा पाउन सकिन्छ । उनको प्रेम प्रसंग Milena संग पनि चलेको थियो । उनको जिवनीको अन्तिम समयमा उनको प्रेम Dora Diamant संग भएको थियो ।उनको चाहाना Dora Diamant संग विहे गरि इजरेल गएर बस्ने थियो । संयोग ४१ वर्ष कै उमेरमा टि.वी. रोगबाट ग्रसित भै उनको निधन भयो ।
उनी आफैलाइ थाहा थिएन की उनी यसरी साहित्य लेखनमा सफल होलान भनेर । उनले यथार्थ आफ्नो जिन्दगी लेखेका थिए।साहित्यिक रूपमा उनको लेखहरू उनको जीवनकालमा त्यति सफल भएका थिएनन्।उनी नमर्दै उनको साहित्कारका रूपमा नाम प्रचलित थिएन।उनले खासै किताव प्रकाशन पनि गरेका थिएनन् । उनको केहि कविता र मेटामोर्फोसिस भन्ने पुस्तक मात्रै उनको कृतिहरू प्रकाशित भएको थियो।उनी रचना तयार गर्थे तर आफ्नै रचना प्रकाशनमा उनी शंसयमा रहन्थे।उनी मर्नु भन्दा पहिले मक्स ब्रोडलाइ उनले भनेका थिए की मेरा यी कृतिहरूबाट म अति नै निरास छु मेरा जे जति यी लेखहरू छन् सबै जलाइदिनु । उनले मक्स ब्रडलाई यो भन्नुको अर्थ उनले आफ्ना साहित्यलाइ अझै शशक्त वनाउन चाहान्थे तर त्यो उनको मृत्युबाट सफल हुन सकेन।उनी मरे पश्चात मक्स ब्रोडले उनको कुरा मानेन्।काफ्काका जति कृतिहरू थिए ती सबै उनले एक एक गर्दै प्रकाशित गर्दै गए।साहित्य जगतको नाममा काफ्काका कृतिहरू अतुलनीय भएर आयो।
केटाकेटी उमेरमा पिताजीको त्रासबाट पीडित काफ्का सधै टोलाइरहने, जिन्दगीको बारेमा सोचेर जिन्दगीको यथार्थता खोज्ने फरक किसिम मनोविज्ञान थियो।उनी आफै सोच्थे म जस्तो मान्छे के गरेमा सफल व्यक्ति हुन सक्छ त ? उनी रणभुल्ल छन्।घरमा गए पिताजीको गाली, कार्यालयमा रहँदा हाकिमको गाली, चोक तथा वजारमा निस्क्यो प्रहरी तथा व्यापारीहरूको दादागिरी, चर्चमा गयो पादरीको दादागिरी।उनी कहिं पनि यस्तो ठाउँ भेट्दैनथे की आखिर सामान्य तथा अन्तरमुखी मान्छेहरू कसरी बाच्न लायक छ ? आवाजले मात्रै काम लिने हो भने हाम्रो विज्ञता र इश्वरियता के हो ? एक जनावरको हैसियत पनि कुनै कसैको दवाव विना रहन सक्छ भने मान्छे सामाजिक प्राणी तथा विवेकशील प्राणी भनेर किन हामी हुँकार गरिरहेका छौं । काफ्का अरू भन्दा अलग थिए । उनलाई कसैले जान्ने कोशिस पनि कसैले गरेको थिएन । मात्र उनका साथी मक्स ब्रोड उनका साथीले जिन्दगीको मकसद खोज्दाखोज्दै आफैमा हराउने काफ्काका बारेमा बुझेका थिए ।
द मेटामोरफोसिस
एक रात जव ग्रेगर साम्सा विस्तरामा सुतेको हुन्छ। विहान उठ्दा उ एक ठूलो किराको रूपमा परिणत भएको हुन्छ।उ एक किराको रूपमा परिणत भएको अनुभवमा उ बाहिर बोलेको आवाज सुनिरहेको हुन्छ।गाउँले उखान अनुसार भनिने ”छन् गेडा सबै मेरा छैनन् गेडा सबै टेढा” भने जस्तो ग्रेगर साम्सा कुनै त्यस्तो तिकडम गरेर कसैलाई प्रभावित गर्न सक्दैन।जान्छ काम गर्छ फर्कन्छ।उ गएको न गएको कुनै खास केही फरक पर्दैन।उसले काम गरेको कार्यालयमा उ भन्दा पछि आएका धेरै उ जस्तै कर्मचारीहरू धेरै गरिसकेका छन् तर उसमा त्यो तिकडम केही पनि छैन । जानु अह्राएको काम गर्नु नत्र त्यसै बस्नु एक सामाजिक रोगीको रूपमा देखिने ग्रेगर साम्सा घरको लागि पनि एक बोझ भएको हुन्छ । सधै काममा जानु आउनु कुनै विशेष केही छैन बढोत्तरी केही छैन । सबै उ देखि रूष्ट छन् भन्न केही सकेका छैनन् । किरामा परिणत भएको ग्रेगर साम्सालाई डर हुन्छ की कुनै वेला आफ्ना पिताजी कोठा भित्र पस्दा जुत्ताबाट नपिल्सियोस् । यस पुस्तकमा काफ्का आफ्नो भनौ या एक आम मान्छेको यथार्थ जिन्दगी कसरी चलेको छ भन्ने कुरा स्पष्ट देखाएका छन् ।
द ट्रायल
काफ्काको यो पुस्तक रसियन महान् अस्तित्ववादी लेखक फ्योदर दोस्त्योभोएस्कीको क्राइम एन्ड पनिस्मेन्ट र ब्रदर कारामाजोभबाट प्रभावित छ । यस पुस्तक अनुसार एक दिन विहानै जोसेफ के (Joseph K.) लाई प्रहरीले गिरफ्तार गर्छ तर उसलाई थाहा हुदैन की उ गिरफ्तार हुनुको कारण के हो । प्रहरी आउछ उस्लाई गरिफ्तार गर्छ, प्रहरीबाट बनाइएका कागजहरूमा उस्लाई हस्ताक्षर गराइन्छ । तर यथार्थ भन्ने कुरा केही थाहा नभै उ जेल बस्न बाध्य हुन्छ । यस पुस्तकको सारतत्वमा के देखाउन खोजिएको छ भने यथार्थ मान्छेको अस्तित्व के हो ? कस्तो मान्छे भैदिदा सानो हुने वा कस्तो मान्छे हुंदा मान्छे ठूलो भै दिने भन्ने विचको द्वन्द रहेको छ ।
द क्यासल
काफ्काको अस्तित्ववादी अपुरो रचना द क्यासल प्राचीन सभ्यता र इसाइको बारेमा वर्णन गरिएको छ ।यस पुस्तक अन्तर्गत यथार्थमा धर्म के हो ? इसाई के हो ? यसबाट हामी कसरी प्रभावित छौ भन्ने कुरा देखाइएको छ।समाजबाट बनाइएका पादरीहरू कसरी आफू सर्वेसर्वा हौं र कसरी सामान्य जिन्दगी माथि कसरी दमन गर्नु पर्छ भनेर गरिएको दमनलाई प्रकाश पारिएको छ ।
अमेरिका
सन् १९१२ देखि १९१४ सम्ममा लेखिएको अमेरिका एक अधुरो उपन्यास हो । मानवीय जिन्दगीमा स्वतन्त्रताको महत्वको बारेमा प्रस्तुत गरिएको यस पुस्तकमा काफ्काले आफ्नो त्रासदी विचमा हुर्किएको जिन्दगीलाई स्वतन्त्रताले कति खुशी दिन सक्छ भन्ने कुरा देखाएका छन् । अमेरिकन साहित्यकार चार्ल्स डिकेन्सको नियात्रा उपन्यास पढेर लेखिएको यस पुस्तक आफू अमेरिका गएर त्यहाँ स्वतन्त्रताको कसरी उपभोग गरिएको छ भन्ने कुरा स्पस्ट पारिएको छ ।
काफ्का एक महान लेखक हुन् । उनको लेख्ने तरिका र अस्तित्वबाद यसरी समाजमा समाहित भएको छ की समाजमा रहेका कैयौं निराशावादीलाई चिरेको छ।जानिदो नजानिदो तरिकाले समाज भित्र रहेका अस्तित्ववादी कुरिति र विसंगतिबाट आम युवा, वच्चा तथा प्रौढहरू प्रताडित छन् त्यसलाई चिर्नका लागि काफ्का सफल भएका छन्।समाजमा अस्तित्वबादी सिद्धान्त तथा दर्शनको प्रभाव बढाउन सकेमा समाज विसंगती, निराशा, विकृति, अहंमता, आडम्वरीबाट मुक्त हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।