पुस्तक पढ्नु भनेको आफैँलाई बुझ्नु रहेछ । अरूलाई हेर्ने दृष्टिकोण फराकिलो बनाउनु रहेछ । थुप्रै किताबहरूले मलाई नयाँ अनुभव दिलाएका छन्, र नयाँ नयाँ कुराहरू सिकाएका छन्।

सिफल स्कुलले हरेक महिना अङ्ग्रेजी र नेपाली गरेर २ ओटा पुस्तक पढ्न दिने गरेको छ, र मैले अहिले १२ कक्षा सक्दा २४ ओटा किताबहरू पढेको छु । मैले हरेक किताबमा भएका हरेक पात्रलाई  छुट्टै हिसाबले हेरेको छु, र हरेकको कहानीबाट केही न केही कुरा सिकेको छु।  सिक्ने क्रममा कति ठाउँमा आँसु झरे, कति पात्रले हिम्मत नहार्ने ज्ञान दिए  र कतिले सङ्घर्ष सिकाए ।

पढ्नु भनेको ज्ञान प्राप्त गर्नु हो । मैले हरेक पुस्तकबाट एकदम नयाँ ज्ञान पाएको छु । यो किताब दिने र नयाँ कुरा सिकाउनेमा  सिफल स्कुल एउटा उदाहरण हुनसक्छ । जुन व्यक्तिले पढ्न जान्दछ उसले स्वयंलाई असल बनाउन सक्छ, आफ्नो व्यक्तित्वलाई विकसित गर्न सक्छ, जीवनलाई धेरै सम्पूर्णता, महत्त्व र दिलचस्पीले जिउन सक्छ । मैले हरेक किताबबाट केही न केही सिकेकी छु ।

सिफल स्कुलले पहिले पहिले किताब दिँदा, बानी नभएर होला, एकदम रिस उठ्थ्यो । तर पछि बाध्यताले पढ्नु परेपछि वा पढ्दै जाँदा थाहा भयो, मैले त्यही बाध्यताबाट हजारौँ कुरा सिकेको रहेछु । पहिले ध्यान जाँदैन थियो यस्ता किताब पढ्न तर जे गरे नि बानी रहेछ । पछि पछि त सबैभन्दा पहिले किताब सक्ने विद्यार्थी नै म हुन्थेँ । मेरा लागि यो जीवनको सायद ठुलो पल हुनेछ । त्यही प्रेरणाबाट म आज पनि किताब पढ्दै रमाउँदैछु ।

मलाई चलचित्र हेर्नु वा अरू गर्नुभन्दा किताब पढ्न रमाइलो लाग्छ । मैले  हरेक  किताबसँग समय बिताउँदा खुसी हुन सिकेको छु । दुख भन्ने चिजलाई मज्जाले बुझेको छु । जे होस्, मैले हरेक पुस्तकबाट जीवन बुझेको छु ।  सबै बुझेको कुरा सही छन् छैनन् भन्ने कुरा बताइदिने साथी, शिक्षकहरू हुँदा धेरै खुसी लाग्ने रहेछ। सबैभन्दा खुसी त हाम्रो READING BOOK कक्षा हुँदा हुन्थ्यौँ जहाँ हरेक विषयमा छलफल गर्ने मौका मिल्थ्यो । मैले हरेक पुस्तकलाई आफ्नो नजरले हेर्न पाउँदा र यति धेरै किताब पढे भन्न पाउँदा एकदम खुसी लाग्छ।

मैले हरेक विधाको पुस्तकहरू पढेको छु । हरेकलाई आफ्नै नजरले हेरेको छु र हरेक विधा आफ्नो ठाउँमा एकदम राम्रा हुँदा रहेछन् । मलाई  सबैभन्दा बढी चाहिँ उपन्यास मन पर्छ । यस लेखमा मैले व्यक्तिगत रूपमा मलाई राम्रो लागेका र मेरो मन छोएका पुस्तकहरूका बारेमा लेखेको छु ।

मलाई मन परेका अङ्ग्रेजी पुस्तकहरूः

१. लिडी (Lyddie):

Lyddieलिड्डी क्याथरिन प्याटरसन द्वारा १९ औँ शताब्दीको मध्यमा सेट गरिएको एक ऐतिहासिक कथा उपन्यास हो।यो पुस्तक अन्याय र कठिनाइले भरिएको संसारमा बाँच्नको लागि एक जवान केटीको सङ्घर्षको कथा बताउँछ।उपन्यासले दासत्व, बाल श्रम, गरिबी र मानव अवस्थालगायत धेरै विषयवस्तुहरूलाई छुन्छ।लिडी एक शक्तिशाली र गतिशील उपन्यास हो जसले धेरै महत्त्वपूर्ण विषयवस्तुहरूलाई छुन्छ। उपन्यासले दासत्वसँग सम्बन्धित स्वीकृतिको मनोविज्ञान, कथा बन्ने क्रममा बालबालिकाले भोगेका सङ्घर्ष र कठिनाइसँग सम्बन्धित भावनाहरूको दायराको अन्वेषण गर्दछ।मैले यो पुस्तकबाट  एउटा सङ्घर्ष के हो र एउटा नकारात्मक कुराले मै जस्ता युवा वा बालबालिकाहरूमा  कस्तो प्रभाव पर्दो रहेछ भन्ने कुराको ज्ञान पाए।

 

२. The Hitchhiker’s Guide to the Galaxy:

The Hitchhiker’s Guide to the Galaxy डगलस एडम्सको विज्ञान कथा उपन्यास हो।यस उपन्यासले पाठकहरूलाई बुद्धि, साहसिक र विचारशील सङ्गीतको मनमोहक मिश्रण प्रदान गर्दछ।एडमको उपन्यास हास्य, रचनात्मक शब्दले , र दार्शनिक अन्वेषणको अद्वितीय मिश्रणको साथ  रमाइलो र मनोरञ्जनात्मक पठन हो।मलाई यस पुस्तकमा भएका भनाइहरू  आफूसँग मेल खाने र जीवनमा लागु हुने खालका भएर एकदम मन परेको थियो

 

३. Sold:

“Sold” २००६ मा  Patricia McCormick द्वारा लिखित एक अद्भुत कथा उपन्यास हो जसमा विभिन्न माध्यमबाट बेचबिखन र शोषणमा परेकी लक्ष्मी नामकी किशोरीको जीवनको बारेमा उल्लेख गरिएको छ । यो पुस्तक पढ्दै गर्दा मेरो आँखा आँसुले डुबेको थियो। भर्खर किशोरावस्थामा हुँदा  पनि हरेक रात बेच्ने र बलात्कार। यसको बारेमा सोच्नु पनि डरलाग्दो र दर्दनाक छ  सहनु त परको कुरा हो ।साथै, यो लाखौँ मानिसहरूको जीवन कथा हो र यो  तथ्य वास्तवमा भयानक छ। मैले पुस्तककी पात्र लक्ष्मीलाई आफू जसरी नै हेरेको र पढेको थिए यदि म उसको ठाउँमा भएको भए  के गर्थी होला वा मैले हरेक ठाउँमा  उसले भोगेर गरेको सङ्घर्षलाई नमन गरेकी  छु।

 

४. Hope was Here :

“Hope was Here” एक २०००उपन्यास होप नामकी केटीको बारेमा जोन बाउर द्वारा लेखिएको हो । होप आमा बितेपछि  काकीसँग बस्छिन् र आफ्नो बुबाको खोजीमा छिन्।मलाई यो पुस्तक किन  मन पर्‍यो भने राजनीतिक पक्ष भए पनि  पुस्तक  भावनात्मक, प्रेरणादायी थियो।

भ्रष्टाचारीहरूले हाम्रो देशलाई तोडफोड गर्छन्। मलाई लाग्छ नेपाललाई पनि स्पष्ट गर्नको लागि   यस उपन्यासका पात्र जी .ती  स्तूप  चाहिन्छ सबै भ्रष्टलाई पदबाट हटाइयो  भने मात्र देशको विकास हुन्छ।मलाई यस पुस्तकको अन्त्य एकदम मन परेको थियो अन्त्यले मलाई महसुस गरायो कि जब हामीसँग आशा हुन्छ,सबै प्रकारका राम्रो चीजहरू सम्भव छन्।

 

५. Man’s  search for meaning:

“Man’s Search for Meaning” सन् १९४६ मा भिक्टर एमिल फ्रान्कले लेखेको आत्मकथा पुस्तक हो।फ्रान्कलको अनुभव एकाग्रता शिविर र उनी कसरी यस्तो डरलाग्दो वातावरणमा बाँच्न सक्षम भए भन्ने  यस पुस्तकमा उल्लेख छ।समग्रमा, “Man’s Search for Meaning” एक बलियो र विचार-उत्तेजक पुस्तक हो जसले हामी कसरी चुनौतीपूर्ण परिस्थितिहरूको सामना गर्न सक्छौँ भन्ने बारे अन्तर्दृष्टिपूर्ण जानकारी प्रदान गर्दछ।जीवनको अर्थ केही छ कि हामी मध्ये प्रत्येकले आफ्नो लागि पत्ता लगाउनु पर्छ र अरूबाट  फेला पार्न सकिँदैन। मलाई यो पुस्तकले एकदम ठुलो हौसला प्रदान गर्न मद्दत गरेको छ र हरेस नखाने सन्देश दिएको छ। जिन्दगी के हो त्यसको आवश्यकता के हो र त्यसलाई हामीले कसरी बुझ्ने भन्ने  कुरा को ज्ञान र त्यसलाई लागु गर्ने क्षमता मैले यो पुस्तकबाट लिएकी छु।

 

मलाई मन परेका नेपाली पुस्तकहरू:

१. सेतो धरती: अमर न्यौपाने

“यहाँ मैले केही बोल्न पाउँदिनँ । मेरो मुखमा ताल्चा लगाएर मानौँ चाबी उनीहरूले नै लिएका छन् । तर मेरो मनमा भने उनीहरूले ताल्चा लगाउन सकेका छैनन् । त्यसैले म मनमनै  मनलाग्दी बोल्छु ।”

सेतो धरती अमर न्यौपानेको दोस्रो उपन्यास जसमा एक बालविधवाको दुखद  कथा रहेको छ । यसमा मुख्य पात्र ‘तारा’ को अठहत्तर वर्ष सम्मको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा मिठो तरिकाले लेखिएको छ। मलाई यस उपन्यास वा यो उपन्यासले मलाई आकर्षित पर्नुको मुख्य कारण भनेको एउटा नारीले हिम्मत नहारी  गरेको  सङ्घर्षले हो।  यो किताब पढ्दा मैले मेरो आँखाको आँसुलाई रोक्न सकेको थिइन। म एउटा नारी भएर उपन्यास कि पात्र तारालाई  आफै नै जसरी पढेको छु।  यस उपन्यासका पात्रहरू संसारमा भएका  सुख दुःखका खेलमा सामेल भएका छन् ।

 

२. कदम: अनन्त वाग्ले

“अक्षर पढेपछि त मानिस पढ्न पनि जानिँदो रहेछ । समाज पढ्न पनि सकिँदो रहेछ | प्रकृति पढ्ने, देश पढ्ने , व्यवहार पढ्ने हर पढाइको आँखा खुल्दो रहेछ ।”

अनन्त वाग्लेले कदम उपन्यासमा  राउटे समाजको  आत्मवृत्तान्तलाई सफल ढङ्गले  उतारेका छन्।   राउटे  समाजमा पढ्न–लेख्न जान्दा बिग्रिन्छ भन्ने चिन्तन बोकेको राउटे समुदायमा कदमको यो कार्यलाई द्रोहकै रूपमा लिइन्छ।  कदम  पढी सकेपछि धनी-गरिब, सानो-ठुलो, कालो-गोरो, होचो-अग्लो, महिला-पुरुष केही नछुट्टाई अग्रताको सन्देश दिन्छ । जसरी राउटेहरू मिलेर बसेका हुन्छन् ।मलाई खुसी चाहिँ मैले सुनेको राउटे जीवन र  किताबमा  रहेको राउटे जीवनको सङ्घर्ष  उस्तै लग्यो र राउटेको  बच्ने शैलीको परिवर्तन हुँदै छ भन्ने किताबमा  स्पष्ट देखिएको हुँदा मलाई यो किताब एकदम राम्रो लागेको थियो  । मलाई यो पुस्तकले जीवनमा यो छैन त्यो छैन भनेर रुने वा बाबा आमालाई यो नदिएको त्यो नदिएको भनेर गाली गर्ने बाट जे छ त्यहीमा सन्तोष हुन सिकाएको छ र मलाई यो किताबको विशेषता नै त्यही लागेको थियो।

 

३. पाल्पासा क्याफे: नारायण वाग्ले

धर्मले अर्को जुनीमा सपार्ने बचन दिन्छ

तर यो जुनीमा सङ्घर्ष गर्न सिकाउँदैन ।

नारायण वाग्लेको पाल्पासा क्याफे नेपालको आख्यान इतिहासमा सबैभन्दा बढी बिक्री भएको उपन्यासका रूपमा ‘पल्पसा क्याफे’ परिचित छ।  माओवादी युद्धताकाका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। पल्पसा क्याफेले नेपाली युद्धको उचाइमा रहेको कलाकार दृश्यको कथा बताउँछ। यो पुस्तकले मलाई जीवनमा सङ्घर्ष गरिराख्नु  पर्छ सङ्घर्ष  बिनाको जीवन  हुने सक्दैन भन्ने कुरा सिक्ने मौका दियो। मलाई यस उपन्यासमा मन परेको कुरा भनेको  यस पुस्तकमा भएको  चिठी लेख्ने शैली ह। यस पुस्तकमा भएको सबै चिठी  लेख्ने शैली धेरै नै मन पर्‍यो त्यसमा  प्रयोग गरिएको शब्दहरू एकदम राम्रो र मेरो लागि नयाँ पनि थिए। यो पुस्तक दुई व्यक्तिबिचको प्रेम कथा हो तर प्रेम कथा मात्रै नभएर यो चाहिँ हाम्रो देशको पनि कथा हो ।  नेपाली जनयुद्धको समयको बारेमा यदि राम्रोसँग जान्नु छ भने धेरै कुरा यस उपन्यासबाट बुझ्न, लिन र महसुस गर्न सकिन्छ ।

 

४. अपरिचित अनुहार: महेश पौड्याल

“लेखिनु र मेटिनु नियति हो ।” मेटिएपछि फेरि लेखिनु जीवन हो ।

कथाकार महेश पौड्यालको नवीनतम कथासङ्ग्रह हो ‘अपरिचित अनुहार’ ।नेपाली समाजभित्र रहेका त्यस्ता पात्रहरूको कथा हो जसलाई कसैले  देखिकै छैनन् चिनेकै छैनन् त्यही पनि त्यी पात्र यो समाजको महत्त्वपूर्ण पाटो हुन्।  १८ वटा कथा समेटिएका  कथाहरूमा सरल भाषा, सबैका अगाडि पढ्न सकिने, सबैले बुझ्न सक्ने, सुरुदेखि अन्त्यसम्म पाठकलाई चुम्बकले फलाम तानेजस्तै तानिरहने, पढ्दै जाँदा कहीँ हँसाउने त कहीँ रुवाउने, संस्कृतिमा पारेको कुरूप प्रभावजस्ता संवेदनशील विषयलाई सरल ढङ्गले कथामा खिप्नु कथाकारको विशिष्ट कला र साहित्यिक चेतको उपज हो। यो सङ्ग्रहको सबै भन्दा मन परेका कथाहरू चाहिँ “आवाजहरू” ,र “मृगनयनी” हुन् ।”आवाजहरू” भन्ने कथा चाहिँ दार्शनिक कथा लाग्यो । अन्य कथा भन्दा धेरै नै स्तरीय पनि लाग्यो । “मृगनयनी” कथा सुरुमा पढ्दै जाँदा उति खास लागेन तर कथाको अन्तिम तिरको भागले दह्रो दिमाग हल्लायो । यो कथाले आफैलाई , आफ्नै लेखनलाई प्रश्न गर्न लगाइरह्यो । लेखक दृष्टि कता सम्म हुनुपर्छ , कति सम्म संवेदनशील/जिम्मेवार भएर लेख्नु पर्छ भन्ने यो कथाले मलाई व्यक्तिगत रूपमा साउती मारेर सुस्तरी बताइ रहे जस्तो अनुभूत भयो ।”अपरिचित अनुहार” भित्र पसेर केही अनुहारसँग परिचय गरेँ |

 

५. महाभारा: वसन्त बस्नेत

“मौनताको आवाज सबैभन्दा डरलाग्दो हुन्छ, प्रेमले मान्छेलाई बदल्छ ।”

वसन्त बस्नेतको महाभारा राजनीति, धर्म, युद्ध, अन्तरजातीय प्रेम, इतिहास आदि इत्यादि सामाजिक र जटिल विषयवस्तुलाई समेटेर लेखिएको उपन्यास हो । यस उपन्यासभित्रका पात्रहरूले मनमस्तिष्कमा मिठो छाप छोड्न सफल भएका छन् । मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।मलाई यस  पुस्तकमा मन परेको कुरा भनेको यस उपन्यासमा  हरेक पात्र, घटना र विषयवस्तुको सजीव चित्रण गरिएको छ ।त्यहाँ धेरै चिजहरू छन् जसले हाम्रो जीवनलाई ऊर्जा दिन्छन् । यसले व्यक्तिलाई संवेदनशील रूपमा सोच्न, गहिराइमा कुराहरू बुझ्न, फलदायी रूपमा विश्लेषण गर्न र आफूलाई बुद्धिमानीपूर्वक व्यक्त गर्न मद्दत गर्दछ । यसले संसारलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्दछ । प्रेम कहिल्यै मर्दैन । पहिलो प्रेमको सम्झना मुटुमा छाप बनी सधैँ अजर अमर बनेर रहिरहने छ भन्ने तथ्य पनि उपन्यासमा देखाइएको छ । डुक्पा र सुक्मतीको प्रेम कथामार्फत् मलाई  उपन्यासले  तानिरहेको थियो  ।

 

६. ‘नमोनम:’: महेश थापा

महेश थापाको यस उपन्यासमा लेखकले जीवनका विभिन्न पक्षहरूमा व्यङ्ग्य लागू गरेका छन् ।  ।यस उपन्यासमा  नेपालको राजनीतिक प्रणाली र यसले सामना गर्ने विभिन्न चुनौतीहरूको अन्तर्दृष्टि प्रदान गर्दछ। पुस्तकमा  संवादको पहिलो पाठ ‘फुर्क्यो प्रेम !’ थियो । पढ्दै जाँदा लाग्यो प्रवृत्तिगत हिसाबले हामी सबै फुर्को मोह क्लबका सदस्य हौँ । वाक्य पढ्दा त मलाई कतै कतै झसङ्ग नै भएँ –

“हुँदाहुँदै अनधिकृत श्रीमती सङ्घ खुल्यो भने के गर्ने ?”

‘नामोनम:’ मा रहेका प्रत्येक निबन्धले पाठकलाई ध्यानाकर्षण गराउँछ | मान्छे समाजमा बाँच्छ र विकृति मान्छेमा हुन्छ | त्यस विकृतिलाई व्यङ्ग्यात्मक शैलीमा पस्कँदा पाठक मुसुमुसु हाँस्न बाध्य हुन्छन् | यी व्यङ्गहरूमा समाजमा बस्ने मान्छेहरूको कथा छ | कता कता हाम्रै कथा हो कि जस्तो पनि लाग्छ | हामी पनि त त्यही विकृत समाजका मान्छे हौँ |किताबमा  पत्रकार देखि जनतासम्मलाई मज्जाले व्यङ्ग गरिएको छ।एक त हास्य व्यङ्ग भनेकै मेरा लागि नयाँ विधा थियो। यो स्वतन्त्र विधा होइन । यो शैली साहित्यका सबै विधामा  प्रयोग गरिएको छ । यसर्थ हास्यव्यङ्ग्य विधा नभई एक शैली मात्र हो  यो पुस्तक को मूल उद्देश्य भनेकै ज्ञानको वृद्धि गराउने हो जस्तो लग्यो। यो पुस्तकले कहिले  हामी अरूको भरमा बस्नु हुँदैन भने सिकाउँछ  भने  कहिले हामी पनि दोषी छौँ हौ यो समाज बिग्रनुमा भनेर महसुस गराएको थियो। 

अन्त्यमा,

स्कुलको शिक्षाले प्रमाणपत्र दियो, बाहिरी किताबले बाँच्न सिकायो’ तर यो भनिरहँदा म  मेरो विद्यालयप्रति धेरै आभारी छु। सायद म  यसरी  आज मैले पढेका किताबहरूको बारेमा लेखिरहेको हुँदिन थिए होला यदि  विद्यालयले हरेक महिना २ ओटा पुस्तक दिएर  हामीलाई पढ्ने हौसला दिँदैन थियो होला। पक्कै यसका लागि सिफल स्कुल एउटा ठुलो उदाहरण हो । यो बाट अरूहरूले  पनि सिक्न र लागु गर्न जरुरी छ जस्तो मलाई लाग्छ। अझै किताबहरू पढ्ने क्रम जारी हुने नै छ र अझ  धेरै ज्ञान बटुल्न म सधैँ तयार नै हुने छु ।

डियरवाक सिफल स्कुल