बेलायतका चर्चित बाल साहित्यकार माइकल रोजेनले स्कुलको परीक्षा प्रणालीले बालबालिकाहरूको आत्मविश्वासलाई धूलिसात पार्ने गरेको बताएका छन् ।
बालबालिकाका लागि १४० पुस्तक लेखिसकेका माइकलले स्कुले परीक्षाहरू ज्यादै साँघुरो हुने भएकाले बालबालिकाको मनोदशामा नराम्रो असर पारिरहेको बताएका छन् । परीक्षामा असफल हुने बालबालिकाले आफूलाई खराब सम्झने, कमजोर ठान्ने उनको भनाइ छ ।
थ्रि लिटल वर्ड्समा अन्तरवार्ता दिँदै ७७ वर्षे यी लेखकले सो कुरा बताएका हुन् । उनी सन् २००७ देखि २००९ सम्म बालबालिकाका लरेट थिए । लरेट कुनै पनि लेखकलाई दिइने सम्मान हो । यो सम्मान हरेक दुई वर्षमा अर्को लरेटलाई सुम्पिइन्छ ।
बेलायती शिक्षा प्रणाली र खासगरी परीक्षा प्रणाली साह्रै बोझिलो हुन पुगेको छ । परीक्षा, परीक्षा लिने शैलीले विद्यार्थी र स्वयं शिक्षकहरूका लागि पनि सीमित र साँघुरो पार्ने किसिमको भएको उनको भनाइ थियो । परीक्षामा सफल हुनेले आफूलाई सफल र राम्रो व्यक्ति महसुस गर्ने अनि नहुनेले खराब र असफल महसुस गर्ने शिक्षा प्रणाली राम्रो नहुने उनको धारणा छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।