अजानको आवाज
दुईजना फकिर बाटोमा हिँडिरहेका थिए । अचानक एउटा फकिरले भन्यो – “सुन्यौ, अजानको समय भयो । मस्जिदबाट अजानको आवाज आइसक्यो ।”
साँझको बखत ।
अर्काे फकिरले भन्यो – “हैरानीमा पा-यौ त तिमीले ! बजारको यस कोलाहलमा, जहाँ हजारौँ मानिस व्यापारी भावमा छन्, चिजविज बेचिरहेका छन् । कराइरहेका छन् । जहाँ कुनै कुरा सुन्न बुझ्न सकिँदैन, यस्तो ठाउँमा तिमीले मस्जिदको अजान कसरी सुन्याै र ?”
उसले भन्यो – “हेर, म तिमीलाई प्रत्यक्ष प्रमाण दिन्छु ।”
उसले बगलीबाट एक ढ्याक पैसा निकाल्यो । उसले त्यसलाइ जोडले बाटोमा फाल्यो । खन्द्रङ्ग्र आवाज आयो । जो जोडजोडले हल्ला मच्चाइरहेका थिए, दोकानदार, ग्राहक, हल्लाखल्ला गर्ने सबैजना एक्कासि दौडेर आए ।
रुपैया ! ती सबको एकमात्र ध्यान त्यसैमा थियो । उनीहरूको आवाज जतातिर भए पनि ध्यान भने रुपैयाँतिरै थियो । त्यसैको लागि त सारा आवाज हराउँछन् । उनीहरूले अजानको आवाज सुनेनन् । जबकि त्यो ढ्याकको आवाज भन्दा बहुत चर्को थियो । रुपैयाँको आवाज तुलनात्मक रूपमा सानो भए पनि खस्नेबित्तिकै तत्क्षण सुने । किने सुने भने, उनीहरूको ध्यानै पैसामा थियो । भित्र सतत रुपमा रुपैयाँ कसरी बढाउने भन्ने धुन चलिरहेको हुन्छ । त्यसकै जप चलिरहेको हुन्छ । पैसा नै तिनको महामन्त्र हो ।
तिमी त्यही चिज देख्तछौ, जता तिम्रो बासना दौडिरहेको छ । तिमी त्यही चिज सुन्न सक्छौ, जता तिम्रो कान फर्काउँछौ । तिमी त्यसैलाई फक्राउन सक्छौ, जुन तिमी चाहन्छौ ।
(दीया तले अँधेराबाट)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
अच्युत कोइराला
श्रावण ३२, सोमबार ०६:०१