समयले हरेकलाई एक अवसर दिन सक्छ
बगेको खोला पनि बादल बनेर फर्किन सक्छ

सानो छु भन्नेले पनि प्रयास छाड्नु हुन्न
सानै धाराले ठूला पोखरी भर्दिन सक्छ

उस्ले सिङ्गै आकाश हारे पनि आफू हार्दैन
आफ्नी जुनलाई आफ्नै कौसीमा घर दिन सक्छ

ए समाज लैजा तेरो घमण्डलाई आर्यघाटसम्म
मेरो खुसीको झिल्कोले तँलाई खरानी गर्दिन सक्छ

ढुङ्गा पचाउन सक्छु भन्ने महाबलिहरूलाई पनि
बेमौकाले छोप्न सक्छ पानी सर्किन सक्छ

महोदय वर्षाको भ्रम छैन बाढीको डर पनि छैन
म बगर हुँ बगरजस्तै खडेरी पर्खिन सक्छ ।

दुधौली -1, गिचिहानी, सिन्धुली