ब्रिटिश राजनीतिज्ञ, उत्कृष्ट वक्ता सैनिक अधिकृत तथा लेखक विन्सटन चर्चिलको खास नाउ डेभिड चर्चिल समरवेल हो । उनी ३० नोभेम्बर १८७४ मा बेलायत, अक्सफोर्डशायरको सम्पन्न घरानियाँ परिवारमा जन्मेका थिए। उनी रोबर्ट समरवेलका जेठा छोरा थिए। मेरो प्रारम्भिक जीवन (My Early Life) नाउँको पुस्तकमा उनी आफू उपन्यासबाट लेखन कार्यमा प्रवेश भएको कुरा बताउँछन् । उनको उक्त उपन्यास म्याकमिलन म्यागजिनमा सावरोला नाउले प्रकाशित भएको थियो।
सन् १९०० मा चर्चिल कन्जरभेटिभ पार्टीका तर्फबाट सांसद निर्वाचित भए। यस अघि उनी ब्रिटिश आर्मीमा काम गर्थे। उनले युद्ध समाचारदाताको रूपमा कम गरेर त्यसबेलाका आफ्ना अभियानहरू बारे पुस्तक लेखे । उनी सन् १९४० देखि १९४५ सम्म र १९५१ देखि १९५५ सम्म दुई पटक संयुक्त अधिराज्यका प्रधानमन्त्री भए। उनी राजनीतिज्ञ र साहित्यकार दुवै भएकाले उनको प्रसिद्धि दिन प्रतिदिन बढ्दै गयो । १९१४ मा जर्मनेली फौजहरूले ब्रिटेनमाथि हमला गरे। त्यसैवेला उनले आफ्नो विलक्षण राजनीतिक प्रतिभा प्रदर्शन गर्ने अवसर पाए।
जर्ज लयड र चर्चिल दुई राजनीतिज्ञहरूको पराक्रमबाट नै ब्रिटेनले विजय प्राप्त गर्यो। उनको बुद्धिमत्तापूर्ण नेतृत्वमा ब्रिटेनले दोस्रो विश्वयुद्धमा पनि विजय प्राप्त गर्यो । उनले प्रथम विश्वयुद्धको सम्बन्धमा विश्व संकट १९१७-१८ भन्ने एउटा विख्यात पुस्तक लेखे । यसमा विश्वयुद्धको सजीव र तथ्यपूर्ण वर्णन थियो । पछि उनले दोस्रो विश्वयुद्धको सम्बन्धमा पनि पुस्तक प्रकाशित गरे। विचार र साहसका कामहरू (Thoughts and Adventures, 1932 ) र महान समकालीन विचारहरू (Great Contemporaries) दुई उनका प्रख्यात पुस्तक हुन्। उनले सन् १९५३ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे ।
चर्चिलको नाम चर्चित वक्ताको रूपमा इतिहासमा अमर छ। उनी उच्चकोटीका वक्ता थिए । आफ्नो वक्तव्यमा अङ्ग्रेजी भाषा प्रयोग गर्ने उनको शैली विशिष्ट थियो। उनले प्रयोग गर्ने भाषाको सुन्दरता र आकर्षण उच्च कोटीको थियो। उनले आफ्ना वक्तव्यमा यस्ता शक्तिशाली र सिर्जनशील शब्दहरू छनौट गर्थे जसबाट सबैको ध्यान उनीप्रति आकर्षित हुन्थ्यो । २४ जनवरी १९६५ मा केन्सिङ्टन, लण्डनमा चर्चिलको मृत्यु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।