२०५९ मंसीर ३ मा जन्मनु भएकी दीपा मग्रातीले सप्तकोशी बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहनु भएको छ । कविता विधामा राम्रो कविता चलाउने उहाँलाई चित्रकारितामा अझ ठूलो रूचि छ । स्वर्णिम साहित्य समाजकी सदस्य, हसनपुर सुनसरी सम्पर्क मञ्च, मिजार सेवा समाज, हतुवागढी शब्दघर अक्षरालयकी प्रस्तोतासमेत रहनु भएकी उहाँ सप्तकोशी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यसमेत हुनुहुन्छ । आज हामी उहाँले रचना गर्नुभएका सुन्दर चित्रकारिता अवलोकन गर्नेछौँ ।