नेपाली साहित्यको एउटा पूर्ण विद्युतीय पत्रिका सञ्चालनमा आएको देखेर हर्षित हुँदै हाम्रा हरेक गतिविधिमा साथ दिने हजारौँ पाठकहरुसमक्ष हामी क्षमा माग्दछौँ ।

हामीलाई साथ दिनेहरुमा बौद्धिक पाठकहरु हुनुहुन्छ, साहित्य अनुरागीहरु हुनुहुन्छ र साहित्यमा नाम बनाउन चाहने युवा पुस्ताका एउटा सिंगो जमात हुनुहुन्छ । सञ्चालनमा आएको दुई महिना बित्दा नबित्दै हामीले पाठकहरुको जुन ठूलो सङ्ख्या पायौँ, त्यो हाम्रो कल्पनाभन्दा बाहिर थियो ।

हामीले पाएको अपार मायाकै कारण हामीले चाँडै फोटो कविता प्रतियोगिता र मुक्तक प्रतियोगिता सुरु ग¥यौँ । हरेक दिन फरक विषय र विधालाई केन्द्रमा राखेर विशेष सामग्रीहरु पस्कन थाल्यौँ । यसो गर्दा हरेक दिन साहित्यपोस्टमा फरक–फरक स्वादका सामग्री आउन थाले । यसले पाठकहरुको आकार बढ्यो र सँगै अपेक्षा पनि । सानो टिम, कोरोनाकाल र दलनमा परेको विषयका कारण हामीले धेरै विविधता दिन सकेनौँ । तै पनि पाठकहरुको अपेक्षालाई सम्बोधन गर्न सकियोस् भन्ने कुरामा हरदम प्रयासरत रह्यौँ । हामीले नेपाली भाषा बोल्ने विश्वभरिका पाठक जोड्यौँ र उहाँहरुका लेखनी र समालोचनालाई पनि महत्त्वपूर्ण स्थान दियौँ ।
तर हामीले बिर्सियौँ, साहित्यभित्र पनि प्रतिस्पर्धा छ । साँघुरा सोच राख्ने व्यक्तिहरुको बोलावाला छ । साहित्यपोस्ट सुरु भएदेखि नै नेपाली साहित्यलाई आफ्नो घेरामा सीमित राख्न चाहनेहरुबाट पाएको असहयोगबाट हामीले यो कुरा बुझ्नु पर्दथ्यो ।

[bs-quote quote=”गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]


बाहिर भइरहेका आलोचना स्वस्थ हुन् कि आग्रहपूर्ण हुन्, बझ्नु पर्दथ्यो । हामीसँग जोडिएर आएका हरेक आलोचनालाई समालोचनाको कसीमा हेर्नु पर्दथ्यो । भोलि हुने सम्भावित आक्रमणमा सचेत हुँदै प्रत्येक कदम होसियारीका साथ चाल्नु पर्दथ्यो । त्यो हाम्रो लापरवाही थियो ।

यी र यस्तै लापरवाहीका कारण केही दिनदेखि साइट स्लो हुने, एकैछिनमा साइट लक हुने र पुनः सुरु हुने घटनाहरु बढ्न थाले । पाठकहरुबाट साइट खोल्दा आउने गरेका गुनासाहरुलाई हामीले समान्यरुपमा लिँदै गयौँ । तर गएको विहीबार बिहानैदेखि हाम्रो साइट पूरै ह्याक हुन पुग्यो । ह्याकरले हाम्रा सामग्रीहरुमा पहुँच राखेर त्यसलाई छिन्नभिन्न पारे । केही सामग्रीहरु पूर्णरुपमा नष्ट भए भने साइट हेर्न मिल्ने अवस्थामा आइपुग्न पूरै ४८ घन्टा लाग्यो ।

यसो गर्दा हामीले सोमबारदेखि बिहीबारसम्म ४ दिन राखिएका सम्पूर्ण साहित्यिक रचना गुमायौँ । जसमा नेपाली साहित्यका चर्चित कथाहरु, नियात्राहरु, बहसहरु, समाचारहरु, फोटा कविता प्रतियोगिता मुक्तक प्रतियोगिताका रचनाहरु थिए । ह्याकहरुले प्रतियोगिताका लागि पाठकहरुले पठाउनु भएका मुक्तक र फोटोकविताहरुलाई पनि नष्ट पारे ।

यी सबै कुरामा लापरवाही गरेको महसुस गर्दै हामी सम्पूर्ण पाठकहरुसमक्ष क्षमा माग्दछौँ । हामीसँगै एउटै स्पेसमा रहेका सर्भरका अन्य साइटहरुमा केही नभई केवल साहित्यपोस्टमाथि नै आक्रमण हुनु र त्यहाँका महत्त्वपूर्ण सामग्री नष्ट गर्नुका पछाडि कसको के नियत छ, ढिलो चाँडो प्रकाशमा आउने नै छ । यसका लागि नेपाल प्रहरी र साइबर विज्ञहरुको सहयोग हामीले लिएका छौँ र यसलाई गम्भीररुपमा अनुसन्धान गर्ने आश्वासन पनि उहाँहरुबाट पाएका छौँ ।

भोलिका दिनमा हाम्रो साइटको सुरक्षामा लापरवाही नगरी यथेष्ट सुरक्षा कवच लगाउँदै अघि बढ्न कुनै कसर बाँकी नराख्ने कुरामा हामी प्रतिबद्ध छौँ ।

[bs-quote quote=”साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ ।” style=”default” align=”right” color=”#dd3333″][/bs-quote]

साइट ह्याक हुनेबित्तिकै प्रत्यक्षरूपमा सयौँ पाठकहरुबाट आएको चिन्ता, आश्वासन र चासोले साहित्यपोस्ट एक्लो छैन भन्ने सन्देश पनि दिएको छ । यो प्रकरणले गलत नियतले हामीमाथि गर्ने साइबर वा बौद्धिक आक्रमणहरुलाई निस्तेज गर्न ठूलो टिमको साथ पनि पाएका छौँ ।

केही दिनभित्रै हामी पुनः पुरानै लयमा फर्किनेछौँ । त्यसो गर्दा फोटो कविता प्रतियोगिता, मुक्तक प्रतियोगिता र साप्ताहिक विधागत प्रस्तुतिहरु एक साताका लागि रोक्नु पर्ने बाध्यताका लागि पनि क्षमा चाहन्छौँ ।

हामी डराएका होइनौँ, केवल तयारीका लागि थोरै समयको जोहो मात्र गरेका हौँ । हजारौँ पाठकको साथ पाएर हामी अझ बलिया भएका छौँ ।

हाम्रो टिम सम्पूर्ण पाठकलाई विश्वास दिलाउन चाहन्छ, साहित्यपोस्ट नेपाली भाषा, संस्कृति, परम्परा र साहित्यका सम्पूर्ण सामग्री पस्कन आतुर छ । हामी हरेक दिन फरक र हरेक दिन विशेष काम गर्न आतुर छौँ ।

विशेष प्रस्तुति एक साताका लागि रोकिए पनि साहित्यका अन्य गतिविधिहरु, समाचारहरु, सामयिक सामग्रीहरु भने नियमित अपडेट भइरहनेछन् । यसलाई बढी भन्दा बढी पाठकसम्म पुर्याएर एक सातापछि आउने सामग्रीकाहरुका लागि वातावरण तयार पारिदिन पनि तपाईँहरुसँग विशेष आग्रह गर्दछौँ ।

जदौ… आउँदा जाँदा लाउँला पिरती !