बुबा इमानुयल नोवेल र आमा केरोलिना अन्ड्रित्ती नोवेलबाट सन् २१ अक्टोवर १८३३ मा स्विडेनको स्टकहोममा जन्मेर १० डिसेम्वर १८९६ मा इटलीमा देहावसान भएका अल्फ्रेड वर्नहार्ड नोवेल सम्मानित नोवेल अवार्डको संस्थापक, बारूदको शोधकर्ता, परोपकारी, व्यापारी, आविस्कारक, इन्जिनीयरका साथै रसायनशास्त्री थिए । विशेष गरेर बारूदको आविस्कारकको रूपमा चिनिने अल्फ्रेड वर्नहार्ड नोवेलले बारूदको आविस्कारबाट मानवीय जीवनलाई सरल र सहज बनाउने उद्देश्य रहेको भएता पनि यसको दुरूपयोग भै मानवीय जीवन कै अस्तित्व नाश हुन्छ की भन्ने त्रासमा रहे । साहित्यमा लगाव रहेका र आफ्नै प्रेमीसंग वियोग बेहोर्नु परेको अल्फ्रेड नोवेल आजिवन अविवाहित रहेका थिए । बारूदी आविस्कारबाट अथाह सम्पत्ति कमाउन सफल श्री अल्फ्रेड वर्नहार्ड नोवेलले मर्नु अघि रसायन, चिकित्सा, भौतिक, शान्ति र साहित्य गरेर पाँच विधामा वार्षिक रूपमा उपयुक्त पात्रलाई नोवेल पुरस्कार दिने इच्छा अनुरूप सन् १९०० देखि यस सम्मानित पुरस्कार दिइंदै आएकोमा सन् १९६९ देखि सकारात्मक र दिगो विकास अनुरूप गरिवी निवारण गरि आर्थिक विकासमा सहयोग पुर्याउने व्यक्तित्व वा संस्थालाई अर्थशास्त्रमा पनि नोवेल पुरस्कार वितरण गर्दै ६ विधामा यस सम्मानित पुरस्कार दिंदै आएको छ ।

साहित्यमा नोवेल पुरस्कार विजेता र फ्रान्स
फ्रान्स आफैमा सभ्यताको जननी राष्ट्र हो । भनिन्छ जुन देशमा साहित्यको संरक्षण गरिदैन त्यो राष्ट्रको पतनको सुरूवात हुन्छ । फ्रान्स साहित्य लगायत स्रस्टाहरूको विशेष महत्वका साथ संरक्षण र सम्वर्धन गर्ने राष्ट्र हो । विश्व विजयको सपनाका साथ लडाईमा होमिने नेपोलियन बोनापार्टको देश साहित्य सिर्जनामा पनि अग्रिणी भूमिका खेल्न सधै अगाडि रहेको छ । विभिन्न दार्शनिकहरूको जन्म भएको यस देशमा जाँ ज्याक रूसो (Jean-Jacques Rousseau) जस्ता दार्शनिकको देशले चिनिन्छ। जाँ ज्याक रूसो (Jean-Jacques Rousseau) को दर्शनबाट प्रभावित फ्रान्स लगायत विश्वमा विविध परिवर्तन भएको थियो । संसारको विकसित तथा शिक्षित देशको रूपमा परिचित यूरोपको एक सम्पन्न देश फ्रासले सबै भन्दा पहिलो साहित्य तर्फको पुरस्कार जित्न सफल भएको थियो ।१९ तथा २० औं शताव्दीका विश्व विख्यात कवि सली प्रुधोम (Sully Prudhomme) ले सन् १९०० मा पहिलो साहित्यमा नोवेल पुरस्कार जित्न सफल भए । कवि प्रुधोमको विशेष कृतिमा स्टेन्जाज अफ पोइम्स, ह्यापिनेस, सोलिच्यूड तथा ट्रायल्स् जस्ता कविता तथा लेखहरू रहेका छन् ।स्विडेन देशमा जन्मेका सम्मानित व्यक्तित्व अल्फ्रेड नोवेलको नामबाट राखिएको विश्वको सबै भन्दा महत्वपूर्ण र प्रसिद्ध पुरस्कार पहिलो पटक नै फ्रेञ्च नागरिकलाइ किन दिइयो भन्ने कौतुहलका साथ सली प्रुधोमले फ्रान्स देशका नागरिकका हैसियतले पुरस्कार जितेरै छाडे, इतिहास रचेरै छाडे ।

सन् १९०४ मा साहित्य तर्फ दुई जना स्रष्टाहरूलाइ सम्मानित नोवेल पुरस्कार दिइएको थियो । त्यस मध्ये फ्रेडरिक मिस्त्राल (Frederic Mistral) फ्रान्सका रहेका थिए।सन् १८३० मा जन्मेका फ्रेडरिक मिस्त्राल विशेष गरेर कविका रूपमा परिचित छन् ।मिस्त्रालका मुख्य कृतिहरूमा आइल्याण्ड अफ गोल्ड, द सङ अफ द रोम, मेमोरिज अफ मिस्त्राल आदि रहेका छन् ।

सन् १८६६ मा जन्मेका रोमेन रोलाण्ड (Romain Rolland) विशेष गरेर उपन्यासकारका रूपमा परिचित छन् । सन् १९१५ मा साहित्य तर्फ नोवेल पुरस्कार जित्न सफल रोमेन रोलाण्डका मुख्य कृतिमा सेण्ट लुइस, माहात्मा गान्धी, दी इन्च्याण्टेड सोल आदि हुन् । साहित्यकार रोमेन रोलाण्ड (Romain Rolland) को सन् १९४४ मा निधन भयो ।

साहित्यिक यात्रामा अनवरत संघर्षरत एन्ताले फ्रान्स (Antole France) ले सन् १९२१ मा साहित्य तर्फ नोवेल पुरस्का प्राप्त गरेका थिए । सुखद पारिवारिक जिन्दगीका अभावमा रहेका साहित्यकार एन्ताले फ्रान्स (Antole France) ले तिन पटक विहे गरेका थिए । मुलतः उपन्यासकारका रूपमा परिचित एन्ताले फ्रान्सका प्रसिद्ध कृतिहरूमा थाया, द रिभोल्ट अफ द एन्जेल, द लाइफ अफ द जोन आर्क आदि हुन् ।

साहित्यकार मात्र नभएर दर्शनशास्त्रीका रूपमा परिचित हेनरी बार्गसन (Henri Bergson) ले सन् १९२७ मा नोवेल पुरस्कार जित्न सफल भएका थिए । साहित्यकार तथा दार्शनिकका रूपमा परिचित हेनरी बार्गसन (Henri Bergson) कुसल वक्ता पनि थिए ।सन् १८५९ मा जन्मेर सन् १९४१ मा देह त्याग गरेका हेनरी बार्गसन विशेष गरेर दार्शनिक इमानुयल कान्ट, दार्शनिक चार्ल्स डार्विन र दार्शनिक रेनेडेसेक्रेटबाट प्रभावित थिए । परिचित हेनरी बार्गसन (Henri Bergson) का मुख्य कृति मध्ये टाइम एण्ड फ्री वील, म्याटर एण्ड मेमोरी, लाफ्टर तथा द क्रियटीभ माइण्ड आदि हुन् ।

लियो टोल्स टोयको प्रसिद्ध पुस्तक The war and peace बाट प्रभावित रोगर मार्टिन दु गार्ड Roger Martin du Gard ले सन् १९३७ मा नोवेल पुरस्कार जित्न सफल भएका थिए । प्रसिद्ध साहित्यकार रोगर मार्टिन दु गार्डको १८८१ मा जन्मेर सन् १९५८ मा देहान्त भएको थियो ।मुलतः उपन्यासकारका रूपमा परिचित रोगर मार्टिन दु गार्डका डेवेनिर, जाँ वार्वा, द थिवाल्टस् तथा अफ्रिकन सेक्रेट जस्ता पुस्तकहरू प्रसिद्ध छन् ।

समलिङ्गीको समर्थनका कारण आलोचितले आलोचित महान साहित्यकार आन्द्रे जिद André Gid ले सन् सन् १९४७ मा नोवेल पुरस्कार जित्न सफल भएका थिए । सन् १८६९ मा जन्मेर १९५१ मा निधन भएका साहित्यकारको सन् १९५१ मा निधन भएको थियो ।दार्शनिक रूसोबाट प्रभावित महान साहित्यकार आन्द्रे जिद André Gid का नोटबुक अफ आन्द्रे वाल्टर, युरियन्स भोयज, मार्सल्याण्ड, फ्रुट्स अफ द अर्थ जस्ता पुस्तकहरू प्रसिद्ध छन् ।

विशेष गरेर उपन्यासकार, कवि, जीवनी, नाटककारका रूपमा कलम चलाउने लेखक फ्रान्व्कियो मार्को François Mauriac ले सन् १९५२ मा नोवेल पुरस्कार जित्न सफल भएका थिए ।सन् १८८५ मा जन्मेर सन् १९७० मा मृत्यु भएका महान लेखक फ्रान्व्कियो मार्को François Mauriac का मुख्य कृतिहरू जोइन्टेड ह्यान्ड्स, द फ्यामीली, द डेजर्ट अफ लभ आदि हुन् ।

सन् १९५७ मा नोवेल पुरस्कार जित्न सफल अल्वेयर कामु (Albert Camus) एक महान विद्वान तथा अस्तित्ववादी लेखक थिए । फ्रेञ्च भाषामा साहित्य सिर्जना गरेता पनि उनको जन्म अरेविक मुलुक अल्जेरियामा भएको थियो ।सत्र वर्षे उमेरमा टि.वी. रोगका कारण क्वारेन्टीनमा रहेका यी लेखकले यही समयमा दर्शन तथा साहित्यको अध्ययन गरेका थिए । विशेष गरेर अस्तित्ववादमा लगाव रहेका यी लेखक जाँ पाल सात्रका विशेष मित्र थिए । यी लेखकका विशेष कृति मध्ये द स्ट्रेन्जर, द फल, मिथ अफ सिसिफस र द फर्स्ट म्यान हुन् । उमेरका हिसावले सानो उमेरमा साहित्य तर्फ नोवेल पुरस्कार पाउने लेखकमा उनी दोस्रो नम्बरमा पर्दछन् । उनले मात्र ४४ वर्षको उमेरमा नोवेल पुरस्कार हात पारेका थिए ।

फ्रान्सबाट साहित्यमा नोवेल पुरस्कार विजेता मध्ये दसौ नम्वरमा आउने प्रसिद्ध लेखक सेण्ट जोन पर्स Saint-John Perse को जन्म सन् १८८७ मा भएको थियो भने सन् १९७५मा मृत्यु भएको थियो । फ्रान्सको कुटनिती प्रतिनिधी भै चीनमा काम गरेका तथा फ्रान्सको विदेश विभागमा सचिव भै काम गरेका सेण्ट जोन पर्सले सन् १९६० मा साहित्य तर्फ नोवेल पुरस्कार जित्न सफल भएका थिए । औसधी विज्ञान, साहित्य र कानुन अध्ययन गरेका सेण्ट जोन पर्स यहुदी धर्मावलम्वी थिए भने नाजीहरूबाट विशेष पीडित थिए । फ्रेन्डसिप अफ द प्रिन्स, इलोजेज, एनावेसिस, रेइन्स तथा स्नोज आदिका सर्जक सेण्ट जोन पर्स खास गरेर कवि र अनुसन्धानदाता तथा अनुवादकका रूपमा परिचित थिए ।

फ्रान्सका अस्तित्वबादका एक सम्राटका रूपमा गनिने जाँ पाल सात्र Jean-Paul Sartre ले सन् १९६४ मा नोवेल पुरस्कार जित्न सफल भए । अचम्मको कुरा नोवेल पुरस्कारको सम्मान लिनका लागि निम्त्याइएका सार्त्र पुरस्कार लिन नै गएनन् । सन् १९०५ मा जन्मेका सार्त्र अस्तित्वबादी लेखक तथा दार्शनिक थिए । उनका मुख्य कृतिहरूमा नुसिया, बिइङ एण्ड नथिङनेस र एक्जिसटेन्टालिज्म इज ए हुमनिज्महरू हुन् ।जिन्दगी भर अविबाहित सार्त्रेकी महिला साथी सिमोन दे वोवा सम्भवत उनकी श्रीमती कै रूपमा उनको जिन्दगी भर साथी कै रूपमा रहिन् । सन् १९८५ मा लेखक सात्रको निधन भयो ।

प्रत्येक दशक एक जना तथा दुइ जनाका दरले साहित्यमा नोवेल पुरस्कार पाउन सफल फ्रान्स ७० को दशकमा यस पुरस्कार देखि वन्चित हुन पुग्यो। जाँ पाल सात्र Jean-Paul Sartre पश्चात २१ वर्ष पछि सन् १९८५ मा क्लाउडी सिमोनले साहित्यमा नोवेल पुरस्कार पाउन सफल भए ।सन् १९१३ मा जन्मेर सन् २००५ मा निधन भएका सिमोनका मुख्य कृतिहरू द विण्ड, द ग्रास, द प्यालेस, हिस्ट्री, द वर्ल्ड एवाउट अस मुख्य हुन् ।आत्मकथात्मक शैलीमा लेख्ने सिमोन विशेष गरेर दार्शनिक, उपन्यासकार र कथाकार हुन्।

चीनमा जन्मेका गाओ जियालिङ संगितकार आमाको छोरा थिए।कलमसंग खेल्दा खेल्दै र आमाको संगितमय भाषामा रमाउदै जाँदा महान लेखक बन्न सफल गाओ जियालिङको आफैमा प्रजातान्त्रिक अनुभव गर्न शुरू गरे।उनको लेखनबाट चीन सरकारक खुशी हुन सकेको थिएन ।उनको लेखबाट तर्सिएको चीन सरकार उनलाइ श्रम शिविरमा राख्ने प्रयत्नका बाबजुद उनी धेरै लेख रचना गर्न सफल भए । चीन मै फ्रेञ्च भाषा सिकेका गाओ जियालिङ यूरोप भ्रमणको अवसर प्राप्त गरे । यूरोप भ्रमणका क्रममा विभिन्न लेख रचना प्रकाशनबाट क्रुद्ध चीनले अरेष्ट वारण्ट जारी गर्यो । सन् १९८९ को तियानमेन चोक रक्तपात पछि चिनिया कम्युनिस्ट पार्टी परित्याग गरेका गाओ फ्रान्स तथा यूरोप भ्रमणका क्रममा फ्रान्समा शरणार्थीका रूपमा रहँदा रहँदै त्यहीको नागरिकता प्राप्त गरे ।सन् १९४० मा जन्मेका गाओले फ्रान्सेली नागरिकका रूपमा सन् २००० मा साहित्य तर्फ नोवेल पुरस्कार प्राप्त गरे । अस्तित्वबाद र विसङ्गतीबादको दर्शन पाइने गाओका मुख्य कृतिमा बस स्टप, वन म्यान्स वाइवल, सोल माउन्टेन आदि हुन् ।

फ्रान्सका प्रत्येक दशकको विजयी साहित्यकार जस्तै सन् २००८ मा फ्रान्सबाट जां पाल क्लेजियो हेस् ले साहित्य तर्फ नोवेल पुरस्कार जित्न सफल भए ।सन् १९४० मा जन्मेका जां पाल क्लेजियो हेस् विशेषत कवि, उपन्यासकार, कथाकार तथा यात्रा वृतान्त लेखकका रूपमा चिनिन्छन् । फिरन्ते स्वभावका कविका रूपमा चिनिने जां पाल क्लेजियो हेस् का कृतिहरूमा द फ्लड, द बुक अफ फ्लाइट्स, पावना, इन्फासेन्स तथा रिभोलुसन्स आदि हुन् ।

व्यापारी बाबु र अभिनेत्रीको छोरोको रूपमा सन् १९४५ मा जन्म लिएका प्याट्रिक म्याडियानोले सन् २०१४ मा फ्रान्सको तर्फबाट साहित्यमा नोवेल पुरस्कार जित्न सफल भए ।पहिलो उपन्यास द स्टार्स प्लेस कै प्रकाशितबाट उनी महान उपन्यासकारका रूपमा उदाएका प्याट्रिक म्याडियानोले द स्टार्स प्लेस, रिङ रोड्स्, मिसिङ पर्सन, हनिमुन आदि रचना गरेका छन्।

सबै भन्दा धेरै साहित्य तर्फ नोवेल पुरस्कार जित्न सफल फ्रान्सको पहिलो महिला विजेता प्रतिनिधीको रूपमा सन् २०२२ मा एना अर्नाक्सको उदय भयो । दुई बच्चा की आमा एर्नाक्सका लेखहरू आत्मकथात्मक शैलीका रहेका छन्।महिलाहरूका वास्तविक गुनासाहरू आत्मकथात्मक शैलीमा रोचक तरिकाले पस्कन सफल एर्नाक्सका मुख्य कृतिहरू ए म्यान प्लेस, ए ओमन स्टोरी, आइ रिमेन इन डार्कनेस आदि हुन् ।