गएको एक वर्ष यता नक्कली पत्रकार, विश्लेषक र राजनीतिक कन्सल्टेन्टले युनाइटेड अरब इमिरेट्सका बारेमा प्रशस्ती गाएका आलेखहरू संसारका चर्चित अखबारहरूमा ठाउँ पाएको खुलासा द डेली बिस्ट पत्रिकाले गरेको छ । ती कथित विद्वानहरूले जेरूसलेम पोस्ट र साउथ चाइना मोर्निङ पोस्टका लागि शृंखलाबद्ध आलेख लेखी युएईका पक्षमा माहोल बनाउने कार्य गरेको पत्रिकाले खुलासा गरेको हो।
यस्ता नक्कली लेखकहरूका बारेमा त्यो बेला शंका बढ्न थाल्यो, जब ती अनुहार भएका व्यक्तिका बारेमा खोजी शुरू भयो। त्यस्ता १९ नक्कली व्यक्ति फेला पारिएको पत्रिकाले जनाएको छ। यस्ता नक्कली लेखकले ४६ वटा विभिन्न पत्रिकाहरूमा ९० वटा सम्पादकीय पृष्ठमा ठाउँ सुरक्षित गरेको पनि खुलासा गरिएको छ।
नक्कली लेखकका नक्कली लिङ्क्ड इन र ट्वीटर प्रोफाइल बनाइएको, लेखकका तस्बिरहरू अरू नै कोही नचिनिएका मानिसहरूको राख्ने गरिएको वा आर्टिफिसियल इन्टेलिजेन्स उपयोग री बनाइउको समेत अखबारले जनाएको छ।
यस्ता अखबारहरू उदारवादी खेमाका पत्रिकाहरूमा प्रकाशित हुने गरकेो पनि जनाइएको छ। ब्रिटिस लाइब्रेरियनहरूको वेबसाइट स्पाइक्ड र अमेरिकी वेबसाइट वासिङ्टन एक्जामिनरका विचार पृष्ठमा यिनले महत्त्वका साथ ठाउँ पाउने गरेको जनाइएको छ। यस्ता आलेखमा युएईको प्रशंसा र कतार तथा कतारद्वारा स्थापित अल जजिरा मिडियाको खदो खन्ने गरिएको जनाइएको छ।
कतारले आतंकवादलाई सघाउ पुर्याउन लगानी गर्ने गरेको समेत यस्ता आलेखमा आरोप लगाइने गरेको छ।
यस्तो किन गरिन्छ त?
यस्तो गर्नुको प्रमुख कारण आफ्ना पक्षमा माहोल बनाउन यस्तो कार्य गर्ने गरिएको कतार स्थित हमाद बिन खलिफा विश्वविद्यालयका सहायक प्राध्यापक मार्व ओवन जोन्स बताउँछन्।
यस्ता लेखकको अनुहार सफ्टवेयरद्वारा निर्माण गरिने र त्यो मान्छे सक्कली हो कि नक्कली हो भन्ने पत्ता लगाउन कठिन हुने बताइएको छ । उबर सफ्टवेयरका पूर्व इन्जिनियर फिलिप वाङले बनाएको यो आर्टिफिसियल इन्टेलिजेन्समा हिजोआज खुबै प्रयोग हुने गरेको छ।
यस्ता अदृश्य लेखकको ट्वीटर अकाउन्टमा राजनीतिक कन्सल्टेन्ट र फ्रिलान्स जर्नलिस्टजस्ता परिचय राखिएको पाइएको छ। यस्ता लेखकको ट्वीटरमा अकाउन्ट हुनु स्वयं ट्वीटरकै नीतिको हनन हुने विश्लेषकहरू बताउँछन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।