
लेखिका हेलेन बेइलीसँग इयान स्टेवार्ट
२०१६ मा हत्या गरिएकी बाल साहित्यकी लेखिका हेलेन बेइलीका हत्याराले यसअघि पनि पत्नीको हत्या गरेको खुलासा भएको छ।
लामो समयदेखि सँगै बसेका इयान स्टेवार्टले उनको हत्या गरेका थिए।
हेलेनले बालबालिका तथा किशोरकिशोरीहरूका लागि शृंखला पुस्तक लेखेकी थिइन्। पुस्तक लेखेरै करोडपति बनेकी हेलेनको २०११ को अप्रिल ११ मा उनको घर नजिकै घुमघाममा निस्किएको पछिल्लो पटक देखिएयता २० पुस्तककी लेखिका उनी गायब भएकी थिइन्।
२०१८ मा उनको हत्या भएको र त्यसको आरोप त्यो बेला सँगै बसिरहेका इयानमाथि शंका सोझिएपछि उनलाई जेल हालिएको थियो।
अनुसन्धान थपिँदै गर्दा इयानकी प्रथम पत्नीको पनि हत्या गरेको खुलासा भएको छ । उनको यस नयाँ अपराध खुलासा भएपछि थप ३४ वर्ष सजाय थप्न प्रहरीले अदालतसँग आग्रह गरेका छन् ।
लेखिका हेलेन बेलीको इलेक्ट्रा ब्राउन शृंखला पुस्तक निकै चल्तीको पुस्तक हो । यही शृंखलाले उनलाई करोडपति लेखिका बनाएको थियो ।
फरेन्सिक साइन्टिस्ट बन्छु भनेर लक्ष्य ललिएकी उनी पछि लेखिका भएकी थिइन् ।
उनको पहिलो पति जोन सिनफिल्ड बिदा मनाउन बार्बाडोस गएका बेला पौडी खेल्दाखेल्दै ज्यान गुमाएका थिए।
हत्याराले ४० लाख पाउन्डको इन्स्योरेन्स हत्याउन हेलेनको हत्या गरेको थियो।
यतिबेला पूर्वपत्नीको समेत हत्या गरेको पाइएपछि एउटा हत्यारालाई लेखिकाले कसरी विश्वास गरिन् होला भन्दै लेखिका हेलेनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने प्रशंसक बढेका छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

