अमेरिकाको सबैभन्दा प्रख्यात भाषा, साहित्य, संस्कृति तथा पत्रकारिताको पुरस्कार पुलित्जर पुरस्कार २०२३ गत साता घोषित भएको छ ।
विभिन्न १५ विधामा पत्रकारिताका रिपोर्टिङ र विविध विधामा पुरस्कार दिइन्छ ।
पब्लिक सर्भिस विधामा एपी, ब्रेकिङ न्युज रिपोर्टिङमा लस एन्जल्स टाइम्स, इन्भेस्टिगेटिभ रिपोर्टिङमा वाल स्ट्रिट जर्नल पत्रिकाले पुरस्कार हात पारे ।
यसैगरी एक्सप्लेनटरी रिपोर्टिङ द एटल्यान्टिक म्यागेजिनका क्याटलिन डिकरसनले पुरस्कार हात पारिन् । लोकल रिपोर्टिङमा मिसिसिपी टुडेकी एना वल्फ तथा एएलडटकमले हात पारे ।
नेसनल रिपोर्टिङका तर्फ द वासिङ्टन पोस्टकी क्यारोलिन किचरले पुरस्कार जितिन् । इन्टरनेसनल रिपोर्टिङ पुरस्कार भने द न्यु योर्क टाइम्स पत्रिकाले हात पार्यो ।
फिचर राइटरिङमा द वासिङ्टनपोस्ट, कमेन्टरी विधामा एएलडटकम, क्रिटिसिज्ममा न्यु योर्क म्यागेजिनले पुरस्कार हात पारे ।
यस्तै सम्पादकीय लेखनमा मियामी हेराल्ड पुरस्कृत भयो । इलुस्ट्रेटिभ रिपोर्टिङ एन्ड कमेन्टरी विधामा द न्युयोर्क टाइम्सले पुरस्कार हात पार्यो । यस्तै ब्रेकिङ न्युज फोटोग्राफी विधामा एसोसिएटेड प्रेसले पुरस्कार जित्यो । फिचर फोटोग्राफीतर्फ द लस एन्जल्स पत्रिका र अडियो रिपोर्टिङतर्फ गिमलेट मिडिया विजयी भए ।
संगीततर्फ यो पुरस्कार रियानन गिडेन्स र माइकल एबेल्सको ओमार गीति एल्बमलाई दिइएको छ ।
साहित्यतर्फ दिइने पुरस्कारमा फिक्सनमा डेमन कपरहेड उपन्यासले सबैको मन जित्यो । प्रख्यात उपन्यास डेभिड कपरफिल्डलाई अहिलेको समयलाई पृष्ठभूमिमा लेखिएको सो उपन्यासकी लेखिका बारबरा किङसल्भर हुन् । यस्तै हर्मन डियाजको ट्रस्ट उपन्यासले पुलित्जर साहित्यतर्फ संयुक्त रूपमा पुरस्कार जितेका हुन् ।
यस्तै पुलित्जर ड्रामा पुरस्कार जित्ने सानाज तुसीको इङ्लिस नाटक रहेको छ ।
यस्तै इतिहास विधामा यो पुरस्कार फ्रिडम्स डोमिनियन रहेको छ। जेफर्सन कवीले लेखेको यो उपन्यासले १९ र २० औँ शताब्दीमा अमेरिकालाई आफ्नो आकार दिने उपनिवेश तथा दासताको राम्रो चिरफार गरिएको छ ।
बायोग्राफी विधामा यो पुरस्कार जी‑म्यानः जे. एडगर हुभर एन्ड द मेकिङ अफ द अमेरिकन सेन्चुरी पुस्तकले जितेको छ । पुस्तकलाई बेभर्ली गेजले लेखेका हुन् । यस्तै स्टे ट्रयु पुस्तकबाट हुवा सुले मेमोएर अथवा अटोबायोग्राफी विधाको पुरस्कार हात पारेका छन् ।
यसैगरी कविता विधामा देन द वारः एन्ड सेलेक्टेड पोयम्सबाट कार्ल फिलिप्सले पुरस्कार जितेका छन् । यस्तै जेनरल ननफिक्सनतर्फ हिज नेम इज जर्ज फ्लोयडः वन म्यान्स लाइफ एन्ड द स्ट्रगल फर रेसियल जस्टिसले पाएको छ । यो पुस्तकलाई रोबर्ट स्यामुएल्स र तोलुज ओलोरूनिपा रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।