बिकम अ राइटर टुडे वेबसाइटले अन्तर्राष्ट्रिय पढ्नै पर्ने किताबको सूचीमा कर्नाली ब्लुजको अंग्रेजी अनुवादलाई पहिलो नम्बरमा राखेको छ ।
बेस्ट इन्टरनेसनल बुक्स भन्दै उसले यी किताब पाठकका लागि मनपर्ने नयाँ पुस्तक हुने भन्दै १८ वटा अनुदित पुस्तकको सूची तयार पारेको छ ।
यी पुस्तकले पाठकलाई अन्तर्राष्ट्रिय जगतका फरक संस्कृति, अनुभव र दृष्टिकोणहरू प्रस्तुत गर्ने भनी ती पुस्तक पढ्न सुझाएको छ ।
बेस्ट इन्टरनेसनल बुक्सको सूचीमा बुद्धिसागरको कर्नाली ब्लुज पहिलो नम्बरमा छ भने अफगानिस्तानका एक ड्राइभरको वास्तविक कथामा आधारित द नेकेड डन्ट फियर द वाटर उपन्यासलाई दोस्रो नम्बरमा राखेको छ । यसका लेखक म्याथ्यु एकिन्स रहेका छन् । उनी पत्रकारका रूपमा धेरै वर्ष अफगानिस्तानमा कार्यरत रहेका बेला भेटेका व्यक्तिमाथि लेखेका हुन् ।
तेस्रो नम्बरमा किम घेटाको ब्लाक वेभ रहेको छ। यो चाहिँ उपन्यास नभएर गैरआख्यानात्मक कृति रहेको छ ।
यस्त सूचीमा बन्द जर्नल रहेको छ । मुम्मद फादलीले लेखेको यो पुस्तक आख्यान गैरआख्यान भन्दा पनि तस्बिरको संग्रह हो ।
पाँचौँ नम्बरमा जापानका सतोरी इवाताको आस्क इवाता रहेको छ । यो इवाताका अन्तरवार्ता, भाषण, कुराकानीमा आधारित पुस्तक हो । इवाता भिडियो गेम उद्योगका निकै चर्चित व्यक्तिका रूपमा परिचित छन् ।
यस्तै सूचीमा लिभिङ द टर्माक, द बुक अफ भेल्स, द हाउस अफ द स्पिरिट्स, द फेमिस्ड रोड, पि.एस. आई लभ यु, माई लाइफ इन फुलः वर्क, फेमिली, एन्ड आवर फ्युचर, किलिङ मून, क्रोनिकल्स फ्रम द ल्यान्ड अफ द ह्यापिएस्ट पिपुल अन अर्थ, द गर्ल अन द ट्रेन, द अल्केमिस्ट, द ह्यान्डमेड्स टेल, बियरटाउन, काफ्का अन द सोर पुस्तकहरू यो सूचीमा रहेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।