अहिले सर्वत्र आर्टिफिसियल इन्टेलिजेन्सको होहल्ला छ । एआईले भविष्यमा आफूलाई कस्तो देखिएला वा बालापनमा आफू कस्तो देखिन्थेँ भनी हेर्नेहरूको घुइँचो छ ।

भारतको चर्चित फिल्म पत्रिका फिल्मफेयरले भने पछिल्लो समय भारतका प्रख्यात सुपरस्टारहरू भविष्यमा बूढो हुँदा कस्तो देखिएलान् भनी गरिएको आँकलन प्रकाशन गरेको छ ।

एक जना डिजिटल आर्टिस्टले एआईका माध्यमले वृद्ध सुपरस्टारहरूको अनुहार आँकलन गरेका छन् । एसके एमडी अबु साहिद नामक ती कलाकारले वृद्ध हुँदा कस्ता देखिन्छन् भनी एआईको सहयोगले यो तस्बिर बनाएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा यी तस्बिरहरू व्यापक रूपमा प्रसारित हुनेबित्तिकै ती भाइरल बन्न पुगेका छन् ।

आउनोस्, हामी पनि ती भाइरल वृद्ध सुपरस्टारलाई अवलोकन गरौँः