इच्छामरण मृत्युको अलि बेग्लै आकारको विधि हो चलनचल्तीमा नभएकाले नौलो पनि लाग्नसक्छ,  तर इच्छामरणको बारेमा हाम्रा पुर्खाहरूले पनि चर्चा गरेका छन् पौराणिक ग्रन्थमा इच्छामरणका प्रसंगहरू छन् हालसालकै कुरा गर्ने हो भने भनिन्छगलेश्वर बाबाले इच्छामरण वरण गरे वर्तमानमा पनि सांसारिक कोलाहलबाट टाढा रहेका तपस्वीहरूले इच्छामरण विधि अवलम्बन गरिरहेका हुनसक्छन्, जहाँ सञ्चारको पहुँच नपुगेको हुनसक्छ सञ्चार जगत् प्रायः कोलाहल सतही कुरामा रमाउन थालेको

रामबाबु घिमिरे

 चलनचल्तीको मृत्यु विधिमा इच्छाअनिच्छाको सवालै हुँदैन मानिसहरू मर्न नचाहँदा नचाहँदै मरिरहेका हुन्छन् कवि शिरोमणि लेखनाथको कालमहिमा कविता पढ्नुभएकै होला ! यति चाहिं हो कि आधुनिक चिकित्साविज्ञानले मृत्युको म्याद गुजार्न केही सहयोग पुर्याएको

 प्रकृति विज्ञानको दृष्टिले विचार गर्दा शरीर प्राकृत संयोजन हो भने मृत्यु विघटन हो जेहोस् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो झट्ट विचार गर्दा आत्महत्या पनि इच्छामरण जस्तो लाग्न सक्छ, तर होइन | किनकि आत्महत्याको निर्णय अति नै विषाद्जन्य मनोदशाका कारण चरम् आवेगमा गरिको हुन्छ स्व:निर्णय जस्तो लागे पनि त्यस्तो अवस्थामा गरिएको निर्णयलाई सहज निर्णय मान्न सकिन्न आत्महत्यामा मृतक स्वयम्ले मृत्यु हुनेसम्मको शारीरिक आघात पुर्याउँछ, जबकि इच्छामरण भनेको शारीरिक आघात बिना सहज मृत्युवरण गर्नु हो इच्छामरणको निर्णय शान्त मनले सुविचारित किसिमले गरिएको हुन्छ बाह्य वा आन्तरिक कुनै शरीरजन्य आघात हुँदैन

 हो, मैले भनिसकें आत्महत्या पनि स्व:निर्णय जस्तो लाग्नसक्छ, तर मूल कारण अनियन्त्रित आवेग बन्छ आत्महत्या प्रयासमा असफल भएका कमैले दोस्रो प्रयास गर्छन् चलचल्तीको मृत्यु वा आत्महत्यामा बाह्य वा आन्तरिक शरीरजन्य आघात मृत्युको कारण बन्छ, तर इच्छामरणमा मात्र इच्छा वा निर्णयबाट मृत्युवरण गरिएको हुन्छ

इच्छामरण सहज पहुँचको विषय होइन तपसाधनाबाट मात्र त्यस्तो सिद्धि प्राप्त गर्न सकिन्छ त्यस्तो सिद्धि प्राप्तिको उपायको सम्बन्धमा मलाई पनि केही थाहा छैन मलाई लाग्छ, योगसाधनाको मार्गबाट त्यस्तो सिद्धि सम्भव होला !

 योगको प्रसंग आउनासाथ योगगुरु रामदेवको सम्झना भयो तर इच्छामरणको सन्दर्भमा उनी असान्दर्भिक छन्, किनकि रामदेव हठमार्गी हुन् शरीरमा आधारित सबै योग कर्म हठमार्ग हो हठ मार्गबाट शरीर तन्दुरुस्त हुनसक्ला, तर इच्छामरणको अवस्थामा पुग्न सकिन्न त्यसका लागि मनोयोग मार्ग अवलम्वन गर्नुपर्छ हाम्रा ऋषिमहर्षिहरू शारीरिक निचेष्टापूर्वक तपसाधनामा लीन रहन्थे शरीरमा धमिरा लागेको पनि बेवास्ता गर्थे

 इच्छामरण विधिमा सहज पहुँच हुँदा हो खतरनाक पनि हुने थियो मान्छेहरू अनियन्त्रित आवेगका कारण भटाभट मर्न थाल्थे त्यसो हुँदो हो इच्छामरण पनि कानून प्रतिबन्धित हुन्थ्यो होला हुन आत्महत्या पनि कानूनमा प्रतिबन्धित , तर मर्नेहरू मरिरहेछन् निषेधित कानुनहरू मान्छेको कुनै प्रवृत्ति नियन्त्रणका लागि बनेका हुन्छन्

 इच्छामरणलाई अलि सजिलै बुझ्न यसो भन्नु उपयुक्त होला कि, मानौं आफू एउटा चालु अवस्थामा रहेको यन्त्र हो जसलाई विचारपूर्वक शान्त मनले आफैंले सधैँका लागि बन्द गर्नु इच्छामरण हो बिस्तारमा नगई भन्दा शरीरजन्य आघातबिना स्व:निर्णयबाट मृत्युवरण गर्नु नै इच्छामरण हो इच्छामरण मृत्युको एक विधि हो, प्रकार हो

यतिबेला मृत्यु चिन्तन होइन, मृत्युको विधिको बारेमा मात्र सोच्दैछु मर्नु प्राणी जगतको अकाट्य नियति नै हो प्राणीको अस्तित्व रहेसम्म मृत्यु परम्परा कायम रहने त्यसैलेले दार्शनिकहरू जन्मलाई नै मृत्युको कारण मान्छन् मृत्युबाट निजात पाउन धर्मले जन्ममृत्युबाट उन्मुक्ति खोज्छ हुन पनि हो, नजन्मेको भए मृत्युको झण्झट बेहोर्नु पर्ने थिएन अनि तपाईंलाई थाहा छँदैछ, दुनियाँमा सबैभन्दा असुरक्षित जीवित अस्तित्व भनेको बोटविरुवाको हो बोटविरुवासँग कुनै आत्मरक्षात्मक उपाय हुँदैन

हुन इच्छामरण विधिका बारेमा मलाई खासै थाहा छैन मैले एक अति नै खाँचोको विषयमा तपाईंसँग विचार विनियम गर्न मात्र खोजेको हुँ यदि इच्छामरण विधि अवलम्वन सम्भव भने तपाईँ अर्थात् हामी दुबैलाई काम लाग्न सक्छ

 जीवनमा हरक्षण कुनै कुनै साना वा ठूला निर्णय गर्नुपर्छ मैले पनि जीवनमा कैयन सानाठूला निर्णय गरें त्यसका परिणाम बेहोरें मेरो वर्तमान अवस्थाको कारक विगतका मेरा निर्णय हुन् वर्तमान जतिसुकै दु:खद भए पनि खुसी यसकारण छु कि ती सबै मेरा निर्णय हुन् चाहन्छु, मृत्यु जहाँबाट जीवन समाप्त हुन्छ, त्यो निर्णय पनि आफैं गरुँ कुनै पनि कारणबाट आफूउपर थोपरिएको मृत्यु मलाई रुचिकर छैन त्यसैले इच्छामरण मेरो लागि सरोकारको विषय बनेको

 इच्छामरणको बारेमा सोच्दै गर्दा जन्मपूर्व मृत्युपछिका रहस्यबारेमा मनमा उत्सुकता जागेको मलाई थाहा छैन, मेरो हालको जन्म पुनर्जन्म हो वा यसपटक नै प्रथमपटक पृथ्वीमा प्रकट भएको हुँ पुनर्जन्म भएको हो भने पूर्वजन्मको मलाई केही थाहा छैन पूर्वजन्मको जानकारी दिन ज्योतिषशास्त्र पनि समर्थ छैन जन्मपूर्वका बारेमा केही थाहा हुँदैन भने मृत्यु पछिको झन् थाहा हुने कुरै भएन मलाई यति चाहिं थाहा , एकदिन मृत्यु साक्षात्कार गर्नु त्यसो हुनाले नै सहज विधिबाट मृत्युवरण गर्नका लागि इच्छामरणको कुरा गर्दैछु

हो, मलाई थाहा छैन मेरो पुनर्जन्म भएको हो वा यसपटक नै पहिलोपल्ट पृथ्वीमा प्रकट भएको हुँ पुराणमा पुनर्जन्मका धेरै कथाहरू छन् आजकल पनि पुनर्जन्मका रोचक घटनाहरू सुनिन्छ तिब्बती लामा गुरुहरूको छनौट पुनर्जन्मकै आधारमा गरिन्छ अद्भूत अपत्यारिला कुराहरू नै धर्मशास्त्रका विषय हुन्   मान्छेहरू फिदाइन बन्नुमा धर्मको अपव्याख्या जेहोस्, धर्म नै त्यस्तो विषय हो जसले जन्मपूर्व मृत्युपछिका कुरा गर्छ मृत्युपछि पनि मान्छे आफ्नो भलो चाहन्छ त्यही एउटा कारण, फगत् त्यही कारणले मान्छे धर्मउन्मुख हुन्छ आजको विश्वमा मान्छेको बढी जमात मानवीय विवेकभन्दा धार्मिक विश्वासबाट परिचालित

भन्दै थिएँ, मेरो पूनर्जन्म भएको हो वा प्रथमपटक नै प्रकट भएको हुँ ? मेरो अस्तित्वको आविस्कारक मातापिता मात्र हुन् वा कुनै अज्ञात कारण पनि ? त्यस विषयमा अनभिज्ञ छु मातापिता मात्र मेरो अस्तित्वको कारण हुन् भने मात्र एक भौतिक संयोजन हुँ मेरो अस्तित्व भनेको नै भोतिक उपस्थिति हो कहिलेकाहीँ यस्तो लाग्छ, यति मात्र होइन मेरो जन्मको कुनै अज्ञात कारण हुनुपर्छ अज्ञातको प्रसंग आउनासाथ धर्म टुप्लुक्क आइपुग् जन्मको कारण जैविक संयोजन मात्र मान्दा ममा धेरथोर नैराश्य उब्जन्छ अँ, बोटविरुवाको जस्तै रहेछ मेरो अस्तित्व पनि त्यसो हो भने जीवनको सम्बन्धमा खासै चिन्तन चिन्ता गर्न जरुरी छैन जीवन भनेको जन्म मृत्य बिचको एक कालखण्ड रहेछ

मनोविद्हरू भ्रूणमनोविज्ञान उत्खननमा लागेका छन् मलाई आमाको गर्भमा रहँदाको कुनै कुरा थाहा छैन सबै बिर्सें महाभारतका अभिमन्यू आमाको गर्भमै चक्रव्यूह भेदनमा प्रशिक्षित थिए पनि जीवनको चक्रव्यहूमा परेको छु कहींकतै बाटोझैं लाग्छ, तर दुईचार कदम हिंड्न नपाउँदै पर्खाल ठडिएको पाउँछु मलाई थाहा , जबसम्म सांसारिकताप्रति निश्पृह हुदिनँ तबसम्म यो चक्रव्यूहबाट मेरो उन्मुक्ति हुँदैन

 निश्पृहता इच्छामरण विधिको आधारभूमि हो आजकल निस्पृहताको अभ्यास गर्दै छु मायाप्रेमको कुरा गर्न छाडेको छु, युवती योगीमा फरक देख्न छाडेको छु युवती योगी दुवै प्रेमका प्रतीक हुन् युवती सांसारिक प्रेमको अनि योगी असांसारिक प्रेमको

 मृत्यु पश्चात् जीवनको अस्तित्व नकार्दा मृत्युलाई अलि पर धकेल्न मन लाग्दो रहेछ चिकित्सा विज्ञान मृत्युलाई पर धकेल्न केही सक्षम देखिएको थाहा भएन, महामृत्युञ्जय मन्त्र के कति कारगार जेहोस्, महामृत्युञ्जय मन्त्रको सार्थकता मृत्युको म्याद गुजार्नुमा

चलचित्रमा इच्छाधारी नागनागिनी देखाइन्छ त्यस्ता चलचित्र बढी उत्पादन हुनुको कारण के हो भने, मान्छेको अन्तस्मा इच्छाधारी हुन पाए भन्ने लालसा हुन्छ त्यसैले त्यस्ता चलचित्रले दर्शकको ठूलो भीड फेला पार्छ मणियुक्त सर्प इच्छाधारी हुन्छ रे !

 नागमणि दुर्लभ अमूल्य मानिन्छ आर्थिक अवस्था सारै बिग्रिएको बेला एकताका पनि नागमणिको खोजीमा थिएँ, नागहरू भने जहींतहीं फेला परे तर मणिचाहिं कहींकतै फेला परेन नागमणि प्राप्त गर्ने विधिचाहिं कहींकतै पढेको थिएँनागले रातमा मणि मुखबाट ओकलेपछि मणिको तीक्ष्ण प्रकाश एउटा सानो गोलाकारमा फैलन्छ, जहाँ किराफट्यांग्रा आउँछन् नागले आफ्नो आहारा बनाउँछ त्यतिबेला सुस्तरी नजिकै पुगेर गाईको गोबरले मणि छोप्नुपर्छ अन्धकार भएपछि नाग मणि खोज्न यताउता भौतारिन थाल्छ त्यही मौकामा सेता कपडाले मणिसहित गोबर उठाएर कुलेलम ठोक्नु पर्छ

 भनेको सुनेको हुँ, मान्छेसँग पनि मणि हुन्छ रे ! जसलाई नरमणि भनिन्छ मैले मणि नाम गरेका मान्छेचाहिं धेरै फेला पारेको छु, तर नरमणिका बारेमा चाहिं जानेको छैन

 अब सरोकारको विषयमा केन्द्रित हुँदै छु सरोकारको विषय भनेको इच्छामरण हो अब मलाई यति चाहिं विश्वास कि इच्छामरण विधि अति नै उत्तम मृत्यु विधि हो भन्नेमा तपाईं ममा मतान्तर रहेन होला ! इच्छामरण विधिका बारेमा चिन्तन गर्नुपूर्व मृत्यु सत्यचाहिं स्वीकार्नु पर्छ | किनकि यो एउटा विधि मात्र हो, मूल कुराचाहिं मृत्यु हो

मेरो अभिप्राय मृत्युलाई सस्तो बनाउन खोज्नु होइन यो विधि त्यतिबेलाको लागि हो जतिबेला सहज किसिमले जीवनबाट उन्मुक्तिको इच्छा हुन्छ शारीरिक वा अन्य कुनै कष्टले जीवन परित्याग गर्न खोजिएको अवस्था होइन मैले पूर्व उल्लेख गरिसकेको छुइच्छामरणको अवस्थामा पुग्न पूर्ण रूपले निस्पृह भैसक्नु पर्छ मनमा कुनै कामनावासना हुनुहुँदैन दीर्घ जीवन व्यतीत गरिसकेपछि, शरीरका अवयवहरू शिथिल भैसकेपछि, सांसारिक कुनै पनि आकर्षण समाप्त भएपछि शान्त मनले सोच्दा मृत्युवरण गर्ने इच्छा भएमा इच्छामरण विधि अवलम्वन गर्न सकिन्छ

 यति धेरै कुरा गरिसकेपछि तपाईंबाट आफ्नो मनोभाव छिपाउन चाहन्न इच्छामरण विधिबाट मृत्युवरण गर्न चाहन्छु त्यसैको लागि प्रयासरत छु केही वर्षपछि थाहा पाउनु हुनेछ, मेरो प्रयास सफल भयो वा भएन