
जब उनी श्रीपेचविहीन थिए
उनको यशस्वी आकाश जस्तै थियो
उनको शरीरको टोपी
कुनै भव्य मन्दिरको गजुर जस्तै थियो
उनको चेतना
ऋषि गौतम बुद्धको जस्तो थियो
मनीषी कवीर र चैतन्य जस्तो थियो
जब उनी
सरकार प्रायोजित श्रीपेचसहित भए
श्रीपेचको भारले थिचिएर
स्खलित हुँदै
छोटिँदै छोटिँदै गए
बुद्ध, कवीर, चैतन्य बिर्से
र, बामपुड्के भए
जो कुनै उच्चताबाट देख्न सकिँदैन
श्रीपेचको मोहमा यद्यपि
काकाकुल छन् उनी अद्यपि
खासमा
के छ हँ, श्रीपेच पहिरनमा ?
एउटा अज्ञात प्रश्न छ ।
(डुवर्स, पश्चिम बंगाल, भारत)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
