अकर्मको स्थिति
एकजना मानिसले एकजना यहुदी फकिरसित गएर सोधे‑ मेरा बाह्र जना सन्तान छन् । र, तेह्रौँ जन्मिने बेला भएको छ । तर म गरिब छु । म बडो कठिनाइमा परेको छु । अब म के गरुँ ?
सन्तले भने‑ तिमी अब केही पनि नगर । तिमीले अब कुनै पनि चिज गर्यौ भने तिमी झन्झटमा पर्नेछौ । अब तिमीले सबै गर्ने चिज जति बन्द गरिदिनु पर्छ । नत्र चोधौँ बच्चा गर्भमा आउन बेर लाग्दैन । केही नगर । सिर्फ प्रतीक्षा गर ।
(दीया तले अँधेराबाट)
जुन्नैदको सपना
मैले सुनेको छु, फकिर जुन्नैदले एकदिन सपना देखे । सपनामा ईश्वरले जुन्नैदसित सोधे, “तँ के बन्न चाहन्छस् ? तँ आस्तिक बन्न चाहन्छस् कि नास्तिक ?”
त्यसपछि जुन्नैदले भने, “तपाईं मलाई नास्तिक बनाइदिनुस् किनभने आस्तिकले त तपाईंलाई कहिलेकाहीँ भुल्न पनि सक्तछ । मैले देखेको छु, नास्तिकहरूले तपाईंलाई कहिल्यै भुल्दैनन् । उनीहरू चौबीसै घण्टा लागिरहेका हुन्छन् – ईश्वर छैन, छैन, छैन भनेर ।”
जुन्नैद निकै होशियार फकिर थिए । उनले भने, “यदि तिम्रै स्मरणबाट तिम्रो द्वार खुल्दछ भने मलाई नास्तिक बनाइदिनुस् । किनभने तिमीलाई घृणा गरेरै मैले तिमीलाई बढी स्मरण गर्न सक्छु ।”
(जीवित मन्दिरबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।