द ब्लु लागून भन्ने फिल्म हेर्नु भएको छ ? छैन भने खोजीकन हेर्नुहोस् तर तपाईंको उमेर १८ वर्षभन्दा बढी छ भने उत्तम ! छैन् भने लुकीछिपी भए पनि हेर्नुस् ।
एउटा टापुमा जहाज दुर्घटनापछि बाँचेका दुई बालबालिका हुर्कंदै जाँदा उनीहरूमा आउने शारीरिक तथा मानसिक वृद्धि, आकर्षण र यौनसँगै पारिवारिक जीवनबारे बनाइएको सुन्दर सिनेमा हो ।
हामीले तपाईंलाई हलिउडले बनाएको यो फिल्म हेर्न सिफारिस गर्नुका पछाडि त्यसकी अभिनेत्री ब्रुक शिल्ड हुन् । उनी १४ वर्षको छँदा यो फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्म यति सफल भयो कि, ब्रुक शिल्ड रातारात हलिउडकी प्रिय बन्न पुगिन् ।
त्यसो त हलिउडका लागि ब्रुक शिल्ड कुनै नयाँ नाम थिएन । उनले बाल्यकालदेखि नै मोडलिङ गरिरहेकी थिइन् तर उनले सानै उमेरमा नग्न र अश्लील मानिने फिल्ममा अभिनय गरेर नकारात्मक चर्चा बटुलिन् । त्यो फिल्मको नाउँ थियो, प्रेट्टी बेबी । युरोपेली यो फिल्ममार्फत उनी सिनेमाको पर्दामा उदाएकी भए पनि उनलाई रातारात स्टार बनाउने काम भने द ब्लु लागून नै थियो । यसपछि नै उनी अमेरिकाको सबैभन्दा बढी रूचाइएकी अभिनेत्री वा महिलाका रूपमा प्रख्यात भइन् ।
हरकोही जीवनमा सफलता चाहन्छ, चिनिन चाहन्छ तर एउटा समयपछि भिडले तँछाडमछाड गरेर एक झल्को लिन चाहेको दृश्यबाट दिक्क बनेर एक्लै जिउने इच्छा गर्न थाल्छ । ब्रुकको जीवनमा पनि यस्तै सफलता र जीवनका उतारचढाव आइरहे ।
उनका बारेमा बनाइएको प्रेटी बेबीः ब्रुक शिल्ड नामक डकुमेन्ट्री हालै बजारमा आएको छ । यो डकुमेन्ट्री गत जनवरीमा अमेरिकाको चर्चित फिल्म फेस्टिभल सन्डान्समा प्रदर्शन भएयता उनको चर्चा अझ चुलिएको छ ।
प्रेटी बेबी सन् १९७८ मा प्रदर्शित युरोपेली फिल्म हो । यो फिल्ममा एउटा वेश्यालयमा हुर्किरहेकी किशोरीको मनोविज्ञानमा आधारित थियो । यो फिल्म खेल्दा ब्रुक शिल्ड जम्मा ११ वर्षकी थिइन् । त्यसमा उनले यौनदृश्य दिनुपरेको थियो ।
एक ठाउँमा ब्रुक शिल्डका दुई जना छोरीहरूले त्यो फिल्मको चर्चा गर्छन् । उनीहरू त्यस्तो फिल्म यतिबेला खिच्नु अपराध हुने बताइरहेका थिए । अर्की एक जना छोरीले चाहिँ द ब्लु लागून भन्ने फिल्म जीवनभर नहेर्ने कसम खान्छिन् ।
यो डकुमेन्ट्रीमा एउटी प्रख्यात अभिनेत्री हुनुका सुखदुःख केलाइएको छ । जीवनमा जति युवासँग उनी सम्बन्धमा रहिन्, जोसँग उनले घरबार बसाउन चाहिन्, ती सबैसँगका समस्या, खासगरी उनकी आमाले ब्रुकलाई बनाउन र भत्काउन खेलेको भूमिकामाथि यो डुकुमेन्ट्री निर्मम बन्न पुगेको छ ।
जीवनमा हरकोही प्रख्यात बन्न चाहन्छ र जुनसुकै हालतमा पनि ऊ प्रख्याति चाहन्छ भने यो डकुमेन्ट्री उसले अवश्य नै हेर्नुपर्छ । कसरी सानै उमेरमा सफलताको चुलीमा पुगेका व्यक्तिले एउटा समयमा जीवनमा सबैथोकको तनाव बेहोर्नुपर्छ र त्यसले जीवन बाँच्ने दृष्टिकोण कसरी बदल्छ भन्ने जान्न यसले मद्दत गर्छ ।
खासगरी अभिनयको संसारमा दोस्रो इनिङ कसरी शुरू गर्ने भन्नेबारे पनि यो डकुमेन्ट्रीले हामीलाई सिकाउँछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।